२०७७ कार्त्तिक १४ गते / 30th Oct 2020, Friday

मुख्य समाचार

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्यार्थी सिकाइ सहजीकरणलाई प्रभावकारी बनाउन दूर सञ्चारप्रदायकहरुलाई निश्चित रकम दिने र स्थानीय तहले काम गर्नेगरी इन्टरनेट उपलब्ध गराउने योजनामा सरकार रहेको जानकारी दिएको छ । विद्यार्थीका लागि छुट्याइएको दिवा खाजा बजेटलाई रकामान्तर गरेर सिकाइ सहजीकरणका निम्ति अनलाइन व्यवस्था गर्न खर्च गर्ने तयारी भइरहेको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभएक ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि नै छलफल गर्ने बेला आएको बताउनुभएको छ । शिक्षा पत्रकार समूहद्वारा बिहीबार आयोजित ‘प्रदेश २ का शैक्षिक सवाल र भावी दिशा’ विषयक भरचुअल संवादमा राज्यमन्त्री शर्माको यस्तो अभिव्यक्ति आएको हो । कोरोना जोखिम र विद्यालय खुलाउने सन्दर्भमा संघीय सरकारको सहयोग नभएको भन्दै मन्त्री शर्माले अब अधिकार सूचीकै विषयमा छलफल केन्द्रित गर्नुपर्ने धारणा राख् ...

कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने

हिमाली क्षेत्रमा छुट्टै सिकाइ विधि ल्याउने तयारी कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । अरु प्रदेशको तुलनामा कर्णालीमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र शैक्षिक सामग्री भए पनि बालबालिकालाई घरमै पढ्ने वातावरण नभएकाले विशेष विधिको खाँचो औंल्याइएको हो । कर्णालीका शैक्षिक सवाल र भावी दिशाबारे शिक्षा पत्रकार समूहले बुधबार आयोजना गरेको भर्चुअल संवादका सहभागीले भौगोलिक अवस्था र मौलिक ...

यो वर्ष परीक्षा होइन, मूल्याङ्कनबाट कक्षोन्नति : पाठ्यक्रम विकास केन्द्र यो वर्ष परीक्षा होइन, मूल्याङ्कनबाट कक्षोन्नति : पाठ्यक्रम विकास केन्द्र

मंसिर र चैतको अन्तिम साता गरी जम्मा दुईपटक मात्र मूल्याङ्कन गर्नुपर्ने कोभिड–१९ का कारण घरमै रहेर वैकल्पिक माध्यमबाट सिकिरहेका विद्यालय तहका विद्यार्थीलाई यो शैक्षिक शत्रमा परीक्षाभन्दा मूल्याङ्कन गरेर कक्षोन्नति गरिने भएको छ ।  पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनलाई नै जोड दिएको स्पष्ट पार्नुभएको हो । शिक्षा पत्रकार समूहको नियमित छलफल कार्यक्रम शिक्षाबारका लागि सोमबार आयोजित ‘वैकल्पि ...

सिन्धुमा हर्क तामाङको नेतृत्वमा एनसिई नेपाल जिल्ला समन्वय समिति गठन सिन्धुमा हर्क तामाङको नेतृत्वमा एनसिई नेपाल जिल्ला समन्वय समिति गठन

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल)ले सिन्धुपाल्चोकमा हर्क तामाङको संयोजकत्वमा जिल्ला समन्वय समिति गठन गरेको छ । सिन्धुपाल्चोकमा शिक्षा तथा बालबालिकाका लागि क्रियाशील संघ–संस्थाहरुको यही २५ असोजमा भएको भर्चुअल भेला जिल्ला साधारणसभामा परिणत भई सो सभाले ९ सदस्यीय समन्वय समिति गठन गरेको हो । संस्था नै सदस्य रहने प्रावधानअनुसार गठित समितिमा संयोजक तामाङले ग्रामीण महिला सिर्जनशील परिवार (जिएमएसपि)का तर्फबाट प्रतिनिधित्व गर्नुभएको हो । यसैगरी, समितिको सह–संयोजकमा पेम्बातेम्ब ...

शिक्षा क्षेत्रमा संघीयता आएन है शिक्षामन्त्रीज्यूः मन्त्री दल रावल शिक्षा क्षेत्रमा संघीयता आएन है शिक्षामन्त्रीज्यूः मन्त्री दल रावल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले संघले नै सबथोक गर्न खोजेकाले संघीयताको महशूस हुन नसकेको आफूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सुनाएको बताउनुभएको छ । शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिद्वारा आज आयोजित भर्चुअल संवाद कार्यक्रममा मन्त्री रावलले भन्नुभयो, ‘अहिलेसम्म संघीय शिक्षा ऐन पनि आएन । यसले प्रदेशले ऐन बनाउन कठिनाई पर्यो । मैले भनेको छु कि शिक्षामन्त्रीज्यू शिक्षामा संघीयता आएन है । दुःख नमान्नोस् भनेँ ।’ मन्त्री रावलले शिक्षा प ...

शिक्षा पत्रकार समूहको सचिवमा रोशन क्षेत्री गाउँले शिक्षा पत्रकार समूहको सचिवमा रोशन क्षेत्री गाउँले

  शिक्षा पत्रकार समूहको केन्द्रीय कार्यसमितिले सचिवमा रोशन क्षेत्री गाउँलेलाई चयन गरेको छ । गत फागुन ५ गते सम्पन्न समूहको २० औं साधारणसभाले संस्थाको  नयाँ नेतृत्व निर्वाचित गरेको थियो । सो साधारणसभाबाट निर्वाचित सचिव श्याम तण्डुकार संस्थाबाट अलग्गिएपछि पद रिक्त हुन गएको थियो । समूहको कार्यसमितिको सोमबार बसेको बैठकले विधानबमोजिम रिक्त पदमा कार्यसमितिकै सदस्य क्षेत्रीलाई सचिवमा सर्वसम्मत चयन गरेको जनाएको छ । एजुकेसन पाटी डटकममा सम्पादक रहनुभएका क्षेत्रीले आजको शिक्षा साप्ताहिक, शिक् ...

प्रदेश १ का पालिकाहरु तत्कालै विद्यालय खोल्ने तयारीमा प्रदेश १ का पालिकाहरु तत्कालै विद्यालय खोल्ने तयारीमा

सामाजिक विकास मन्त्री घिमिरे भन्नुहुन्छ–हामीले स्थानीय तहलाई डिक्टेड गर्न मिल्दैन तर स्कूल खोल्नु पर्छ प्रदेश नं १ का पालिका जनप्रतिनिधि र शिक्षकहरु स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न आफूहरुले तयारी गरिरहेको जानकारी दिएका छन् । शिक्षा पत्रकार समूह प्रदेश १ समन्वय समितिद्वारा आज सोमबार आयोजित ‘विद्यालय सञ्चालनको अवस्था र चुनौती’ विषयक भर्चुअल संवादमा उनीहरुले यस्तो बताएका हुन् । दमक नगरपालिका झापाकी उपप्रमुख गीता अधिकारीले भन्नुभयो, ‘क्लष्टर छुट्याएर भएपनि व ...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा अर्याल, मन्त्रालयको योजनामा थपलिया शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा अर्याल, मन्त्रालयको योजनामा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो योजना महाशाखा प्रमुख र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक बदलेको छ । मन्त्रालयले केन्द्रमा महानिर्देशक रुपमा रहेका सहसचिव डा. तुल्सी थपलियालाई योजना महाशाखामा तानेको छ । केन्द्रको महानिर्देशक वैकुण्ठ अर्याललाई बनाइएको छ । उहाँ शिक्षक सेवा आयोगमा प्रशासकीय प्रमुख हुनुहुन्थ्यो । शिक्षा मन्त्रालयमा योजना महाशाखा प्रमुखको जिम्मेवारीमा रहनुभएका सहसचिव कृष्ण काप्रीलाई प्रदेश २ मा सरुवा गरिएपछि सो स्थान केही समयदेखि खाली थियो । यस्तै मन्त्राल ...

‘दिगो विकास लक्ष्य ४ को प्रारुप ड्रोनबाट हेरेजस्तो भयो’ ‘दिगो विकास लक्ष्य ४ को प्रारुप ड्रोनबाट हेरेजस्तो भयो’

गाउँपालिकाका महासचिवको प्रश्न: एसडिजि गोल केन्द्रमै रहने हो भने स्थानीय पोष्टमा कसरी छिर्ला र ? दिगो विकास लक्ष्य (एसडिजि गोल) ४ हासिल गर्न शिक्षाक्षेत्रको ‘तदर्थवाद’मा सम्भव नहुने र यसका निम्ति संघ, प्रदेश तथा स्थानीय तीनै सरकारले स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन थाल्नुपर्नेमा सरोकार पक्षले जोड दिएका छन् । विश्वव्यापी रुपमा दिगो विकास लक्ष्य कार्य सप्ताह (एसडिजि एक्सन विक) मनाउने क्रममा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालद्वारा बिहीबार आयोजित भर्चुवल संवाद कार्यक्रममा सह ...

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस  अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ । समूहको आज सोमवार असोज ५ गते सम्पन्न २१ औं साधारणसभाले यो प्रस्तावलाई सर्वसम्मत पारित गर्दै दिवस मनाउने निर्णय गरेको हो । शिक्षालाई ‘रिपोर्टिङ बीट’ बनाउन पत्रकारहरु संगठित भएको दिनलाई स्मरण गर्दै फागुन ५ गतेलाई शिक्षा पत्रकारिता दिवसका रुपमा साझा रुपमा भव्यतापूर्वक मनाउन समूहले पहल गर्ने निर्णय गरिएको हो । सरोकारवाला सरकारी निकाय, सम्बद्ध संघ– ...

बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा

संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई साँच्चै नै सिकाइमा जोड्ने हो भने स्थानीय तहले न्यूनतम रुपमा एफएम रेडियो र साना टोल समूहका लागि टेलिभिजन किनिदिनुपर्ने सरकारलाई सुझाब दिनुभएको छ । सरकारले गत १९ भदौमा ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरी कार्यान्वयनमा ल्याएको अवस्था छ । यसअघि वैकल्पिक सिकाइ माध्यमका रुपमा अपनाइँदै आएको रेडियो, टिभि, अनलाइन माध्यमलाई नै निय ...

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वारा स्थानीय तहको अधिकार हनन् हुनु हो भनिएको छ भने यसभित्र उल्लिखित प्रावधानहरु झनै विवादस्पद रहेको देखिन्छ । कोभिड–१९ को महामारी शुरु भएसँगै करिव विद्यालय शिक्षाका ८१ लाख विद्यार्थी लकडाउनमा रहनु पर्यो । घरमै रहेर रेडियो, टेलिभिजन तथा अनलाइनबाट पढाउनेगरी गत जेठमा शिक्षा मन्त्रालयले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको थियो । सोही ...

पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक

पाठ्यक्रम विकास केन्द्रले कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलमार्फत् पाठ्यवस्तु समायोजन ढाँचा आज मंगलबार भर्चुअल पत्रकार सम्मेलन गर्दै केन्द्रले ढाँचा बनेको जानकारी गराएको हो । कार्यक्रममा ढाँचाको पूर्णांश भने बाँडिएन । ढाँचाको मुख्य अंशहरु समेटी शिक्षामन्त्रीको वक्तव्यमार्फत् सार्वजनिक गरिएको हो । शिक्षा मन्त्रालयले यही १९ भदौमा जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीक ...

निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु

शिक्षाविज्ञको प्रश्न–संविधानमा निःशुल्क लेख्ने, सरकारचाहिँ शुल्क उठा भनेर निर्देशिका बनाउने ? पूर्व शिक्षामन्त्रीहरु र शिक्षाविद्हरुले वैकल्पिक शिक्षण सिकाइका क्रममा निजी विद्यालयले ३० प्रतिशतभन्दा बढी शुल्क अभिभावकबाट लिन नहुने सुझाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गर्दै विद्यालयले शुल्क लिने सम्बन्धमा स्थानीय सरकारले ‘प्रचलित ऐन’मा रही तोक्न सक्ने प्रावधान ल्याएपछि यसबारे सरोकार पक्षहरु बोलेका हु ...

निर्देशिका संशोधनमार्फत् निजी स्कूलले शुल्क लिन पाउने बाटो खुला निर्देशिका संशोधनमार्फत् निजी स्कूलले शुल्क लिन पाउने बाटो खुला

सरकारले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका संशोधन गर्दै विद्यालयले शुल्क लिन पाउने प्रावधान राखेपछि अब निजी स्कूलहरुले अनलाइन कक्षाको शुल्क लिन पाउने भएका छन् । गत १९ भदौमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संशोधित निर्देशिकामा हस्ताक्षर गरेपछि शुल्क लिने बाटो खुलेको हो । निर्देशिकामा चलाखीपूर्वक ‘निजी विद्यालय’ भनेर सम्बोधन गरिएको छैन । तर, शुल्क लिन पाउने विषयमा उल्लेख हुनुले निजीबाहेक अरु विद्यालयले ‘फि’ लिदैनन् भन्ने हो । शुल्कको विषयमा संशोधित नि ...

एनसिई नेपालको पहलमा प्रदेश शिक्षा नीति सुधार्न नागरिक सुझाब एनसिई नेपालको पहलमा प्रदेश शिक्षा नीति सुधार्न नागरिक सुझाब

‘विद्यालय र विश्वविद्यालयलाई गोलमटोल गरेर एकै ठाउँमा राखिएको पाइयो, अलग्गै राखौं’   बागमति प्रदेशको शिक्षा नीति अपूरो रहेको भन्दै त्यसलाई सुधारी पूर्ण बनाउन नागरिकस्तरका शिक्षा अभियन्ताहरुले सुझाब दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल बागमति प्रदेश समन्वय समितिले प्रदेश शिक्षा नीतिमाथि बिहीबार गरेको नागरिक छलफलका क्रममा यस्तो सुझाब दिइएको हो । बागमति प्रदेश सरकारले हालै शिक्षा नीति २०७७ को मस्यौदा बनाई त्यसलाई अन्तिम रुप दिन नागरिकस्तरबाट सुझाब लिन १५ दि ...

शिक्षा पत्रकार समूहको लेखनवृत्तिमा १३ जना पत्रकार छानिए

लेखनवृत्ति राशी २५ हजार रुपैयाँ शिक्षा पत्रकार समूहले शिक्षाका समसामयिक मुद्दा र कोभिड–१९ को सन्दर्भमा शैक्षिक क्षेत्रमा भएका असल अभ्यासबारे गहन रिपोर्टिङका लागि आह्वान गरेको लेखनवृत्तिका लागि १३ जना पत्रकार छनोटमा परेका छन् । लेखनवृत्तिका लागि छानिएका पत्रकारको नामावाली समूहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो । लेखनवृत्तिका लागि छनोट हुने पत्रकारहरुमा प्रदेश १ बाट दमन राई (रिपब्लिका), प्रदेश २ बाट दिपेन्द्रप्रसाद सिंह (क्षिरेश्वर डट कम), कमलेश ठाकुर (आर्थिक अभ ...

शैक्षिक शत्र दुईदेखि तीन वर्षसम्म लम्ब्याउन सकिन्छ: डा. अवस्थी शैक्षिक शत्र दुईदेखि तीन वर्षसम्म लम्ब्याउन सकिन्छ: डा. अवस्थी

कोरोना कहरका कारण यसपालिको शैक्षिक शत्र खेर जाने हो कि भन्ने सर्वत्र चिन्ता भइरहँदा भाषा आयोगका अध्यक्ष एवं तत्कालीन शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले दुई वा तीन वर्ष थपेर सदुपयोग गर्न सकिने धारणा राख्नुभएको छ । कोरोना महामारी र शिक्षाका विषयमा सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज गरेको ‘अन्वेषण यात्रा’ भर्चुअल छलफलमा डा. अवस्थीले भन्नुभयो, ‘निश्चय पनि कोरोना महामारीको यो अवस्थामा लचक भएर शैक्षिक शत्रका विषयमा सरकारले निर्णय गर्न जरुरी छ । २ वा ३ वर्षको फ्लेक्जिबल ...

विरोध भएपनि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गरिछाड्ने विरोध भएपनि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गरिछाड्ने

लागू हुन दिँदैनौंः हिसान कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने क्रममा कार्यान्वयनका लागि चाहिने सबै तयारी पूरा गर्दै अघि बढ्न पाठ्यक्रम विकास केन्द्रलाई सरोकारवालाहरुले सुुझाएका छन् । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘कक्षा ११ मा नयाँ पाठ्यक्रमः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल छलफलमा यस्तो सुझाब दिइएको हो । मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णय अनुसार यही शैक्षिक शत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यक्रम लागू गर्ने तालिका रहेको छ । सोही तालिका अनुसार पाठ्यक्रम विकास केन ...

प्रमुख समाचार

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...

कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने

हिमाली क्षेत्रमा छुट्टै सिकाइ विधि ल्याउने तयारी कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ वि ...