२०७८ मंसिर १२ गते / 28th Nov 2021, Sunday

शिक्षा-संवाद

सिकाइ सुधारका लागि मुख्य भूमिका शिक्षककै हुन्छ सिकाइ सुधारका लागि मुख्य भूमिका शिक्षककै हुन्छ

  नातिकाजी महर्जनप्रधानाध्यापकज्ञानोदय मावि, बाफल, काठमाडौं ज्ञानोदय माविको अवस्था कस्तो छ ?विद्यालयको पठनपाठन राम्रो छ । विद्यार्थीको चाप यति बढेको छ कि उनीहरुलाई सुविधायुक्त कक्षाकोठा उपलब्ध गराउनै हम्मे–हम्मे परेको अवस्था छ । सिकाइ उपलब्धि हेर्दा एसइइ सम्मिलित २०६ विद्यार्थीमध्ये गत वर्ष ३.२ भन्दा माथि ३.६ सम्म जिपिए ल्याउने विद्यार्थी ५८ जना, ३.६ देखि माथि ४ सम्म जिपिए ल्याउने ४८ जना थिए । सि प्लसभन्दा तलको ग्रेड कसैले ल्याउनु परेन । पहिलेका वर्षहरुमा विज्ञान र गणितको औषत अंक अन् ...

आउँदो वर्ष मुलुककै उत्कृष्ट विद्यालय बनाउनेछौं आउँदो वर्ष मुलुककै उत्कृष्ट विद्यालय बनाउनेछौं

पूर्णप्रसाद दवाडीप्रधानाध्यापकनारायणी नमूना मावि, भरतपुर, चितवन विद्यालयको अवस्था कस्तो छ ?समग्रमा भन्नुपर्दा उत्साहजनक नै छ । शुरुमा विद्यालयको शैक्षिक गुणस्तर एकदमै कमजोर थियो । २०२० सालमा दिनभर काम गर्ने र राती पढ्नेहरुका लागि खोलिएको रात्री विद्यालय हो । उमेर पुगेका र पाका मान्छेहरुले रात्रीकालीन समयमा पढ्ने भएकाले गुणस्तर अत्यन्तै नाजुुक थियो । यो विद्यालयलाई अझैपनि पुराना मान्छेहरुले नामले भन्दापनि रात्री विद्यालय भनेरै चिन्छन् । यो विद्यालय प्रावि, निमावि र मावि भएको नभई पहिले मावि, निमा ...

शिक्षकको हितमा संविधानको अनुसूची आठ मात्रै नभई नौ पनि हेरौं शिक्षकको हितमा संविधानको अनुसूची आठ मात्रै नभई नौ पनि हेरौं

  बाबुराम थापाअध्यक्ष, नेपाल शिक्षक महासंघ   महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । जिम्मेवारी त बढ्यो नि होइन ?हो, थप जिम्मेवारी महशूस गरेको छु । संविधानमै प्रबन्ध गरिएका शिक्षकहरुको ट्रेड युनियन अधिकार तथा आइएलओ कन्भेन्सन ८७ र ८९ ले व्यवस्था गरेका अधिकार प्रबन्ध गर्न लाग्ने छु । महासंघको महाधिवेशनको नारा नै यसपटक ‘गौरवपूर्ण विगत, चुनौतिपूर्ण वर्तमान, अधिकार र कर्तव्यका निम्ति नेपाल शिक्षक महासंघ’ तय गरिएको थियो । गौरवपूर्ण विगतको निरन्तरता दिँदै, चुनौतिपूर्ण वर्तमानसँ ...

विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकको केही गुम्ला, अभिभावकको त सर्वश्व जान्छ विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकको केही गुम्ला, अभिभावकको त सर्वश्व जान्छ

  डा. हरिप्रसाद कँडेलप्रधानाध्यापक, भीमोदय मावि,कालिका–५, चितवन भीमोदय माविको विशेषताहरु के–के छन् ?कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजी माध्यममा पढाइहुने गरेको छ । कक्षा ८ को नतिजामा जिल्ला टप गरेको छ । भने एसइइ र एसएलसीको पनि नतिजा उत्कृष्ट छ । ९ र १० मा अंग्रेजी नेपाली दुबै माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यार्थीका लागि होस्टेलको व्यवस्था छ । त्यहाँ कक्षा १० का विद्यार्थी बसेर एसइइको तयारी गर्ने गर्छन् । कक्षा ८ का विद्यार्थीहरुका लागि बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्ष ...

‘शिक्षकहरुको पनि वर्षैपिच्छे क्षमता परीक्षण हुनु पर्छ’ ‘शिक्षकहरुको पनि वर्षैपिच्छे क्षमता परीक्षण हुनु पर्छ’

लक्ष्मण पौडेल प्रधानाध्यापक, जुद्धोदय मावि, क्षेत्रपाटी, काठमाडौं   यस ऐतिहासिक जुद्धोदय र अन्य विद्यालयबीच के फरक छ ?दरबार हाइ स्कूल दरबारियाहरुका लागि खोलिएको थियो । जुद्धोदय विद्यालयचाहिँ सर्वसाधारणहरुका लागि खुलेको थियो । वि.सं. १९९५ चैत्र २६ गते जुद्ध शम्शेरले यो विद्यालयको स्थापना गरेका हुन् । यो स्थापना नै पब्लिक स्कूलको रुपमा भएको हो । यसका आफ्ना आधारभूत र मौलिक विशेषताहरुले गर्दा एकदमै भिन्न छ । यसको ऐतिहासिकता, प्रतिष्ठा र भौगोलिक अवस्थिति भिन्न छ । यो विद्यालय राणाकाल, प्रजातान् ...

सामुदायिक विद्यालयप्रति अभिभावकको चासो घटेको भन्न मिल्दैन सामुदायिक विद्यालयप्रति अभिभावकको चासो घटेको भन्न मिल्दैन

      सूर्यप्रसाद घिमिरे प्रधानाध्यापक प्रगति शिक्षा सदन मावि, कुपण्डोल, ललितपुर     सामुदायिक विद्यालयहरुको भिडमा प्रगति शिक्षा सदन माविलाई कसरी चिनाउनुहुन्छ ?हामी विद्यार्थी र अभिभावकहरुको चाहना अनुसार काम गर्छौं । अभिभावकहरुको चाहना अंग्रेजी माध्यमप्रति देखेपछि हामीले त्यसैमा जोड दिएका छौं । अतिरिक्त क्रियाकलापहरु धेरै नै गर्छौं । हामीले गृहकार्यको साटो कक्षाकार्य बढी गराउने प्रोजेक्ट वर्कका आधारमा अनुसन्धानमुखी शिक्षा दिने गरेका छौं । नियमित स्वास्थ्य सरसफाईका गतिवि ...

‘गुणस्तरमा सामुदायिकभन्दा कमजोर निजी विद्यालयहरु छन् भने बन्द गर्नु पर्छ’ ‘गुणस्तरमा सामुदायिकभन्दा कमजोर निजी विद्यालयहरु छन् भने बन्द गर्नु पर्छ’

दिपिका थापा रिमालउपाध्यक्ष, प्याब्सनप्रिन्सिपल, सिद्धार्थ विद्यापीठ मावि, गठ्ठाघर, भक्तपुर   सामुदायिक र निजी विद्यालयमा के फरक छ ? मलाई त नाममा मात्रै फरक लाग्छ । वास्तविकतामा केही फरक छैन । चामल त्यही हो । भात पकाउने त्यही हो । एउटामा भात पकाउँदा सायद पानी बढी हालिन्छ । अलि–अलि गिलो हुन्छ । अर्कोले ठिक्क हाल्छ, सायद भात राम्रो पाक्छ । चामल एउटै हो, पकाउने तरिका मात्रै बेग्लै । पकाउने ढंग नपुगेकाले मात्रै भात दुई किसिमको देखिएको हो । निजी विद्यालयहरुले पनि सामुदायिकले जस्तै शिक्षा म ...

'स्थानीय तहलाई संघ र प्रदेशले थप कामको जिम्मेवारी दिन सक्छ' 'स्थानीय तहलाई संघ र प्रदेशले थप कामको जिम्मेवारी दिन सक्छ'

                    काठमाडौं–माध्यमिक तहसम्मको विद्यालय शिक्षाको सम्पूर्ण अधिकार संविधानतः स्थानीय तहमा पुगेको विषयलाई सकारात्मक र नकारात्मक रुपमा चर्चा –परिचर्चा हुने गरेको छ । यसले विद्यालय व्यवस्थापन, स्रोत र शिक्षक– कर्मचारी व्यवस्थापन तथा गुणस्तरमा अलमल एवं अन्यौलसमेत सिर्जना भएको देखिन्छ । तर, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलिया भने स्थानीय तहमा शिक्षा जानु भनेको शिक्षा क्षेत्रकै विकास, प्रगत ...

बालअधिकार महासन्धिको तेस्रो इच्छाधीन आलेख अनुमोदन गर्ने हो भने नेपालको छबि अझ बढ्नेछ बालअधिकार महासन्धिको तेस्रो इच्छाधीन आलेख अनुमोदन गर्ने हो भने नेपालको छबि अझ बढ्नेछ

      तारक धितालकार्यकारी निर्देशककेन्द्रीय बालकल्याण समिति बालअधिकार महासन्धिको तेस्रो इच्छाधीन आलेख भनेको के हो ? यो किन आवश्यक छ ?बालअधिकार महासन्धिमा उल्लेख भएका बालअधिकारहरु कुनै पनि देशका बालबालिकाले पाएनन् । वा त्यो देशको कानूनी अवस्थाबाट पनि बालबालिकाको अधिकार सुनिश्चित भएन भने त्यस्तो विषयमा अन्तर्राष्ट्रिय बालसमितिमा कुरा उठाउनका निम्ति गरिएको व्यवस्था हो । अन्तर्राष्ट्रिय महासन्धिहरुमा यस्तो व्यवस्था हुन्छ तर सबै कुराहरु अन्तर्राष्ट्रियस्तरमा जान्छ भन्नेचाहिँ होइन । सम् ...

सामुदायिक विद्यालयले निजीसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छन् सामुदायिक विद्यालयले निजीसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छन्

  यामलाल घिमिरे प्रधानाध्यापक, श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम, सुर्खेत अन्य सामुदायिक विद्यालयको भिडमा श्रीकृष्ण संस्कृत तथा साधारण माविलाई कसरी चिनाउनुहुन्छ ?यो विद्यालयले आफ्नोे मिहिनेत, फरक अभ्यास, निरन्तरको उत्कृष्ट नतिजा, जनचाहनाबमोजिम प्राविधिक शिक्षा, संस्कृत, नेपाली र अंग्रेजी माध्यममा शिक्षण सिकाइ, उत्कृष्ट भौतिक पूर्वाधारलगायतले मध्यपश्चिममा नै फरक पहिचान बनाउन सफल रहेको छ । यो विद्यालय खुल्ने, पढाइ हुने र बन्द हुने, समय तालिका अनुसार हुने गर्छ । पठनपाठनमा कुनै घण्टि खा ...

यो विज्ञापनले मात्रै अस्थायी शिक्षक समस्या पूर्ण रुपमा समाधान हुँदैन यो विज्ञापनले मात्रै अस्थायी शिक्षक समस्या पूर्ण रुपमा समाधान हुँदैन

  ताना गौतम, अध्यक्षशिक्षक सेवा आयोग अहिले आयोगले ठ्याक्कै के गर्दैछ ?आयोग अहिले आफ्नो नियमित कामहरु नै गरिरहेको छ । शिक्षा ऐनको नवौं संशोधन पछि पुनः दरखास्त आह्वान गर्ने काम भएको छ । पहिले परीक्षार्थी कम भएकाले कम प्रश्नपत्र र उत्तरपुस्तिका व्यवस्था गरिएको थियो । अब त्यसको थप व्यवस्था गर्नुपर्ने भएको छ । त्यसको तयारी, तथ्याङ्क संकलनलगायतका काम गरिरहेका छौं । परीक्षाको मिति कहिले तोक्नुहुन्छ ?परीक्षा मिति तोक्न समय लाग्छ । दरखास्त संकलन गरिसकेपछि कति परीक्षार्थी हुन्छन्, त्यसको आधारमा प्रश ...

‘हामी निजी विद्यालयभन्दा कुनै कुरामा कम छैनौं’ ‘हामी निजी विद्यालयभन्दा कुनै कुरामा कम छैनौं’

  प्रेमबहादुर बस्नेतप्रधानाध्यापक, नवीन औद्योगिक कदरबहादुर रीता माविदेवीनगर, बुटवल, रुपन्देही अरु विद्यालयभन्दा नवीन औद्योगिक कदर बहादुर रीता मावि के मानेमा फरक छ ?हामी फरक छौं भन्दापनि फरक गर्ने कोशिस गर्छौं । बालमैत्री वातावरणमा समयको माग अनुसार श्रम बजारमा सजिलै समायोजन हुने किसिमले पठनपाठन गर्ने प्रयास गरेका छौं । ९–१२ कक्षामा सिभिल इञ्जिनियरिङ अध्ययन गराउँदै आएका छौं । २०६४ सालदेखि नै विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएका छौं । कक्षा ४ देखि नै कम्प्यूटर विषय पठनपाठन ...

ऐन चाँडो नल्याए दोहोरो भूमिका हुन्छ–द्वन्द्व निम्तिन्छ ऐन चाँडो नल्याए दोहोरो भूमिका हुन्छ–द्वन्द्व निम्तिन्छ

चार महिनाअघि तनहुँ जिल्लामा सरुवा भएर पुग्नुभएका जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीसँग प्रस्तुत छ सुदर्शन सिग्देलले हालै गर्नुभएको कुराकानी । समग्रमा तनहुँको शिक्षा अवस्था कस्तो छ ? पहाडी जिल्ला भएपनि तनहुँ उच्च सूचकाङ्कमा रहेको ठान्दछौं । यो जिल्लामा विद्यालय बाहिर तीन प्रतिशत बालबालिका मात्र रहेको देखिन्छ । अरु पक्षमा जस्तै लैंगिक समतामा पनि यो जिल्ला अघि नै छ । पहिलेदेखि नै शिक्षामा अग्रगामी भूमिका खेलेको जिल्ला भएपनि जुन रुपमा फड्को मार्नुपर्ने हो, यसमा चाहिँ केही कमजोरी नै रहेको मेरो छो ...

अभिभावकको विश्वास जित्नु नै हाम्रो सफलता अभिभावकको विश्वास जित्नु नै हाम्रो सफलता

मुलुककै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक ललितपुरको बुङमतिस्थित आदर्शसौल युवक माध्यमिक विद्यालयका  प्रधानाध्यापक हुनुहुन्छ सरोजभक्त आचार्य । २०५६ सालदेखि सोही विद्यालयममा अध्यापन गर्दै आउनुभएका उहाँ कार्यसम्पादन पाँच वर्षे करारमा २०६९ मा प्रधानाध्यापकमा नियुक्ति हुनुभएको हो । तनहुँ चुँदी रम्घामा २०३१ सालमा जन्मनुभएका आचार्यले विद्यालयको सिकाइ उपलब्धि बढाउन, भौतिक पूर्वाधार सुधारमा, विद्यार्थी संख्या वृद्धि गर्न, ११ र १२ कक्षामा नयाँ विषय थप्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ...

पचहत्तरै जिल्ला साक्षर नहुञ्जेलसम्म पूर्ण साक्षर अभियान घोषणा क्रम जारी राख्छौं पचहत्तरै जिल्ला साक्षर नहुञ्जेलसम्म पूर्ण साक्षर अभियान घोषणा क्रम जारी राख्छौं

  चुडामणि पौडेलनिर्देशकअनौपचारिक शिक्षा केन्द्र साक्षरता अभियान अब कसरी अघि बढ्छ ?हामीले शुरुमा साक्षरता अभियान सञ्चालन गर्यौं । साक्षर, प्रौढ कक्षामार्फत् साक्षर बनाउने काम गरिए । तर, हामीले अहिले साक्षरतालाई नयाँ ढंगबाट अगाडि पढाइ रहेका छौं । अहिले हामी मुख्यतः बाँकी रहेका निरक्षरलाई साक्षर बनाउने र साक्षर भइसकेकालाई साक्षरोत्तर कक्षा सञ्चालन गर्नेगरी दुई तहको निरन्तर शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं । निरन्तर शिक्षालाई हामीले प्रविधिमैत्री बनाउने प्रयास समेत गरेका छौं । ...

संघीय संरचनाको शैक्षिक सेवा प्रवाहमा अपेक्षित नीतिगत व्यवस्था संघीय संरचनाको शैक्षिक सेवा प्रवाहमा अपेक्षित नीतिगत व्यवस्था

हाल स्थानीय तहको एकीकृत कार्यालयको प्रमुख वा कार्यकारी अधिकृत पद साविक नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहबाट मात्र रहनेगरी स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आदेश, २०७४ जारी भएको छ । यो व्यवस्थाले राज्य पुनः संरचनाको मर्म, स्थानीय तहमा एकीकृत सेवा प्रवाहको संवैधानिक निर्देश र हाल बहाल रहेको निजामती सेवाको जनशक्तिको एकीकृत व्यवस्थापन गर्ने मर्मलाई आत्मसात गर्न सक्दैन । फलतः हाल स्थानीय तहले विभिन्न सेवा समूहका योग्य र अनुभवी जनशक्ति प्राप्त गर्न नसक्ने अवस्था सिर् ...

विश्वविद्यालयका प्राध्यापकलाई पूर्व प्राथमिक तहमा पढाउन लगाउने योजनामा छौं  विश्वविद्यालयका प्राध्यापकलाई पूर्व प्राथमिक तहमा पढाउन लगाउने योजनामा छौं

लामो समय निजामती सेवामा बिताउनुभएका भोलानाथ शर्मा अवकाश पछि पनि आराम गरेर बस्नुभएन । आफ्नो गाउँ फलेवास पर्वतको भवानी विद्यापिठ माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर निरन्तर विद्यालय सुधारमा लागिरहनुभएको छ । छाना होइन, पहिले जग बलियो बनाउनुपर्छ भन्दै उहाँले विद्यालयको तल्लो तहदेखि नै सुधार गर्नुपर्छ भनेर एउटा स्वयंसेवी विज्ञहरुको समूह नै बनाउनुभएको छ । सुधारिनुपर्ने सामुदायिक विद्यालयहरुका निम्ति नयाँ व्यवस्थापन र योजना बनाएर उहाँ अनुकरणीय बन्नुभएको छ । उहाँको योजना नै पहिले पूर्व&ndash ...

'कर्मचारीको केन्द्रीय कब्जाबाट विद्यालयलाई मुक्त गर्नुपर्छ' 'कर्मचारीको केन्द्रीय कब्जाबाट विद्यालयलाई मुक्त गर्नुपर्छ'

प्रा.डा. राजेन्द्रध्वज जोशी भन्नुहुन्छ– सामुदायिक विद्यालयलाई सरकारले २०२८ सालमै समुदायबाट खोसेर कब्जामा लिएको हो । अहिले विद्यालयहरु सरकारी कर्मचारीहरुको कब्जामा छ । अब समुदायलाई पूर्ण अधिकारसहित व्यवस्थापनको जिम्मेवारी नदिएसम्म सामुदायिक विद्यालय वास्तविक ‘सामुदायिक’ हुने छैनन् र सुध्रने पनि छैनन् । नेपालको समस्या के हो भने आफ्नो हितबाहेक अर्काको हितलाई वास्ता नगर्ने ठूलो वर्ग यहाँ छ । त्यसलाई एक हिसाबले सम्भ्रान्त वर्ग भनिन्छ । सम्भ्रान्त वर्गकै हातमा विद्यालय रहुञ्जेल संघीयतामा पनि सुध्रन सक ...

शिक्षक पुनर्बहालीको प्रतिवेदन चैत पन्ध्रभित्रै शिक्षक पुनर्बहालीको प्रतिवेदन चैत पन्ध्रभित्रै

पुनरावेदन अदालतका पूर्व मुख्य न्यायधीश गोविन्दप्रसाद पराजुली अहिले सरकारले राजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएका शिक्षकको छानबिन गरी पुनर्बहालीका लागि गत पुसमा गठन गरेको जाँचबुझ समितिको अध्यक्ष हुनुहुन्छ । समितिले पूर्वाग्रहका कारण सेवाबाट हटाइएका शिक्षक, कर्मचारी पुनर्बहाली गर्ने सम्बन्धमा २०५२ सालमा गठित कार्यदलले सिफारिस गरेका तथा सो कार्यदलको मापदण्डभित्र परी सिफारिस गर्न बाँकी रहेका शिक्षक र द्वन्द्वकाल (२०५२/६३)मा तथा जनआन्दोलनको कारणबाट सेवाबाट हटाइएका शिक्षक तथा कर्मचारीहरुका विषयम ...

हामी सुर्खेतलाई शिक्षक काजविहीन जिल्ला बनाउँदैछौं

जीतबहादुर शाह, जिशिअ, सुर्खेत   जिल्लाको समग्र शैक्षिक अवस्था कस्तो छ ? पहुँचको सवालमा जिल्लाको शैक्षिक अवस्था राम्रो छ । आधारभूत विद्यालय उमेरका ९८ भन्दा बढी प्रतिशत विद्यार्थीहरु विद्यालयमा भर्ना भइसकेको अवस्था छ । सुर्खेत मध्यपश्चिममै पहिलो साक्षर जिल्ला र देशमै पहिलो अनिवार्य आधारभूत शिक्षाप्रदायक जिल्ला पनि हो । शिक्षाको क्षेत्रमा सुर्खेतलाई मध्यपश्चिमकै हव भन्दा उपयुक्त हुन्छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयसमेत रहेको यस जिल्लाले यो क्षेत्रको शिक्षा क्षेत्रको ...

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...