२०७७ असोज १३ गते / 29th Sep 2020, Tuesday

सम्पादकीय

कोरोनाको कहर

कोरोना भाइरस (कोभिड–१९) को महामारीले यतिबेला विश्वका सबै मानव जीवनलाई जोखिममा पारिरहेको छ । कोरोनाको संक्रमणमा परिने त्रासदीमा विश्व गुज्रिरहेका बेला नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले सचेत गराइसकेको छ । भलै नेपालमा यसबाट संक्रमित व्यक्तिहरु रहेको पुष्टि भइसकेको छैन । यस्तो जोखिका बेला हाम्रा विद्यालय तथा उच्च शिक्षालयहरु सञ्चालन भइरहेका छन् तर निर्धक्क भने छैनन् । एउटा व्यक्तिबाट अर्काेमा संक्रमित हुने यो महामारी केहीगरी लाखौं बालबालिका पढ्ने हाम्रा विद्यालयहरुमा संक्रमण ...

पश्चगामी हुनबाट जोगियोस् शिक्षक महासंघ

नेपाल शिक्षक महासंघले २३ बुँदे घोषणा जारी गर्दै भर्खरै आफ्नो प्रथम राष्ट्रिय परिषद् सम्पन्न गरेको छ । प्रमुख शिक्षक संगठन घटकबीच विवाद र असहमतिबीच घम्साघम्सी चलेपनि अन्ततः सहमतिमै टुंगिएको महासंघको परिषद्ले गरेको निर्णयहरुले देशको राष्ट्रिय जीवनमा निश्चय पनि दूरगामी प्रभाव पार्छ नै । महासंघले शिक्षकहरुको पेशागत आवाज र हकहितका निम्ति पैरवी गर्नु स्वाभाविकै हो । तर, केही अस्वाभाविक माग गर्नुचाहिँ चिन्ताको विषय भएको छ । जस्तै, शिक्षकको सेवा अवधि ६० बाट बढाएर ६३ वर्षको हुनुपर्ने माग गर्नु त्यो अस्वा ...

जय संविधान ! तर शिक्षा ? जय संविधान ! तर शिक्षा ?

सरकारले आज असोज ३ गते संविधान दिवस ‘भव्यपूर्वक’ मनाएको छ । पूर्वतयारी अनुसार राज्यका तीनै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मात्र नभई नयाँ संविधानले तय गरेको संघीय संरचनामा रहेका प्रदेश सरकार तथा स्थानीय पालिकाले समेत संविधान दिवस आ–आफ्नै तरिकाले मनाइरहेका छन् । यो रित तीन दिन अर्थात् यही २ देखि ४ असोजसम्म रहनेछ । २०७० को चुनाव पछि बनेको संविधानसभाले २०७२ साल असोज ३ गते संघीय शासन प्रणाली लागू हुनेगरी नयाँ संविधान जारी गर्यो । यही संविधानबमोजिम अहिले देशमा संघीय ...

१२ वर्षमा हाम्रो अविचलित पाइला... १२ वर्षमा हाम्रो अविचलित पाइला...

आजको शिक्षा साप्ताहिकले ११ वर्षलाई विगत बनाएको छ । अर्थात् प्रकाशनको यात्रामा यसले १२ वर्षे पाइला टेकेको छ । अरु कति पाइला टेक्नुछ, मानिसको जस्तो सरदर आयु यसले ल्याएको छैन, न त यसको शुरुवातकर्ताले नै भन्न सक्ने ल्याकत राख्दछ । मानिसको उमेरसँग तुलना गर्ने हो भने यसले भर्खर उत्तरबाल्यावस्था पार लगाउँँदैछ । अखबारी उमेरलाई बुझ्ने हो भने संक्रमणकालीन चार खण्ड यसले व्यतित गरिसकेको छ । पत्रिका शुरु भएको तीन वर्षलाई संक्रमणकालीन अवस्था बुझ्ने परम्परा छ । हो, यो अब परिपक्व बनिसकेको छ । विषयवस्तुका उठानका ...

उल्लासमय बनोस् दशैं उल्लासमय बनोस् दशैं

नेपालीको महान् चाड दशैं घर–आँगनमै आइपुगेको छ । उत्साह र उमंगले भरिएको दशैं शुरु भएपनि शिक्षाका समस्यारुपी दशाचाहिँ  सकिन बाँकी छ । शिक्षक–कर्मचारीहरुको राजधानी केन्द्रित आन्दोलनले स्थायी निकास पाउन सकेको छैन, केवल सम्झौताको चाङमा अर्काे चाङ थपिएको छ । शिक्षाका कर्मचारीहरुले दशैंको मुखमा समेत तलब–सुविधाबिहीन हुनु परिरहेको छ । भूकम्प प्रभावित विद्यालयका बालबालिका अझै छाप्रामै पठनपाठन गर्न बाध्य छन् । शिक्षा मन्त्रालयले हरित विद्यालय बनाउने योजना अघि सारेको छ तर विद्यालयहरुमा ...

‘अक्षम’को ठाउँमा अयोग्य !

  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटि पछि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीको जिम्मेवारी खोसेर कार्बाहीस्वरुप मन्त्रालय तान्नुभयो । परीक्षा व्यवस्थापनमा ‘अक्षम’ भनी रेग्मीलाई मन्त्रालय तानेपनि मन्त्री पोखरेलले रेग्मीको जिम्मेवारी आफ्नो जिम्मेवारी पूरा गर्न चुकेका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई दिनुभएको छ । किनभने काप्री पनि पाठ्यक्रम प्रारुप निर्माण गरेर यसै वर्ष पाठ्यक्रम लागू गर्छु भनेर लागेका थि ...

विज्ञापन, विद्यार्थी र विद्यालय

कक्षा १० को अन्तिम परीक्षा (एसइइ)को नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरु कक्षा ११ र १२ मा के पढ्ने होला भनेर राम्रो विषय र विद्यालय छान्न व्यस्त छन् । कक्षा ११ र १२ विद्यालय शिक्षाको अन्तिम तह मात्रै होइन, पूर्वविश्वविद्यालय तह पनि हो । विश्वविद्यालय तहमा जानका लागि तयारी कक्षा ११ र १२ बाटै हुनु पर्छ । भविष्यमा के बन्ने भन्ने बाटो कक्षा ११ र १२ मा रोज्ने विषयले निर्धारण गर्ने भएकाले विद्यार्थीहरु राम्रा विद्यालय र विषय छान्न व्यस्त देखिन्छन् । कक्षा ११ र १२ उच्च शिक्षाको द्वार मात्रै होइन, भविष् ...

शिक्षा प्राथमिकतामा पर्ने कहिले ?

भर्खरै सार्वजनिक शिक्षा बजेट निराशाजनक रह्यो । अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रका लागि छुट्याउनुपर्ने हो । तर, नेपाल सरकारले अन्तर्राष्ट्रिय मापनभन्दा आधा नै कम बजेट शिक्षामा विनियोजन ग¥यो । आर्थिक वर्ष २०७४÷०७५ का लागि छुट्याएको शिक्षा बजेट जम्मा १० प्रतिशतको हाराहारीमा मात्र छ । बजेट कम भएपछि आगामी वर्ष पनि शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम आउने सम्भावना रहेन । यसले विगतमा सरकारले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा गरेका प्रतिबद्धताहरु पूरा गर्नसम ...

अस्थायी शिक्षकको आत्मघाती दाऊ अस्थायी शिक्षकको आत्मघाती दाऊ

अस्थायी शिक्षक व्यवस्थापनका लागि सरकारले बाह्र वर्षपछि आन्तरिक विज्ञापन गरेको छ । विज्ञापन गरेसँगै यसमा चौतर्फी हमला हुन थालेको छ । विज्ञापन खुलेदेखि नै केही अस्थायी शिक्षकहरुले विज्ञापन खारेज गर्न अदालतमा मुद्दा दायर गर्नेदेखि, कर्मचारी धम्क्याउने र सडक संघर्ष गर्नेसम्मका कार्य गर्दै आएका छन् । केही अस्थायी शिक्षकहरुले त विद्यालय बन्दको कार्यक्रमसहितको आन्दोलन घोषणा गरेका छन् । परीक्षाको तयारी गर्नुपर्ने बेलामा अस्थायी शिक्षकहरु सडकमा संघर्षमा व्यस्त रहेका छन् । यसले अस्थायी शिक्षक आफैंलाई आत्म ...

अनिर्णित नियमावली, अक्षम शिक्षामन्त्री अनिर्णित नियमावली, अक्षम शिक्षामन्त्री

शिक्षा नियमावलीको मस्यौदा पारितका लागि मन्त्रिपरिषद्मा दर्ता भएको छ । तर पारित हुने/नहुने अन्यौल छ । मुलुक संघीय संरचनमा गएको भएपनि शिक्षा नियमालीको मस्यौदा केन्द्रिकृत भएको भन्दै मन्त्रिपरिषद्बाट पुनः फिर्ता आउने सम्भावना पनि देखिन्छ । शिक्षा ऐन जारी भएको १० महिनापछि त्यसको कार्यान्वयनका नियमावली बनाएर मन्त्रिपरिषद्सम्म पु¥याउन शिक्षा मन्त्रालयले १० महिना लगायो । तर पनि नियमावली मन्त्रिपरिषद्ले पारित गरिहाल्ने छाँट देखिँदैन । जबकी ऐन आएको एक वर्षसम्म नियमाली जारी नभए कार्यान्वयनबिनै ऐन नै ख ...

नामका शिक्षक दलका नेता

भर्खरै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार राजनीतिक पार्टीका विभिन्न तहका कार्यसमितिमा सामुदायिक विद्यालयका २.६७ प्रतिशत शिक्षक प्रत्यक्ष संलग्न रहेको पाइएको छ । तीन ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्र पार्टीमा संलग्न शिक्षकहरूको अध्ययन गर्ने क्रममा यस्तो तथ्य बाहिर आएको हो । प्रतिवेदनअनुसार सबभन्दा बढी एमालेमा १.४० प्रतिशत, कांग्रेसमा ०.४४ र माओवादी केन्द्रमा ०.८३ प्रतिशत शिक्षक आबद्ध पाइएको छ । शिक्षा ऐनमै शिक्षकलाई राजनीतिक दलको कार्यकारी प ...

प्रमुख समाचार

शिक्षा पत्रकार समूहको सचिवमा रोशन क्षेत्री गाउँले शिक्षा पत्रकार समूहको सचिवमा रोशन क्षेत्री गाउँले

  शिक्षा पत्रकार समूहको केन्द्रीय कार्यसमितिले सचिवमा रोशन क्षेत्री गाउँलेलाई चयन गरेको छ । गत फागुन ५ गते सम्पन्न समूहको २० औं साधारणसभाले  ...

प्रदेश १ का पालिकाहरु तत्कालै विद्यालय खोल्ने तयारीमा प्रदेश १ का पालिकाहरु तत्कालै विद्यालय खोल्ने तयारीमा

सामाजिक विकास मन्त्री घिमिरे भन्नुहुन्छ–हामीले स्थानीय तहलाई डिक्टेड गर्न मिल्दैन तर स्कूल खोल्नु पर्छ प्रदेश नं १ का पालिका जनप्रतिनिधि र शिक्ष ...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा अर्याल, मन्त्रालयको योजनामा थपलिया शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा अर्याल, मन्त्रालयको योजनामा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो योजना महाशाखा प्रमुख र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक बदलेको छ । मन्त्रालयले केन्द्रम ...