‘गुरु ब्रह्मा गुरु विष्णु ..’ भनी शिक्षकलाई शब्दमा सम्मान गर्ने परम्परा त छ तर व्यवहारमा भने हाम्रो देशमा शिक्षकलाई हरेक कुरामा पछि पार्ने गरिएको छ । शिक्षकहरूका लागि सञ्चयकोषमा जम्मा गर्ने व्यवस्था पछि भएको हो । शिक्षकहरूलाई स्थायी गर्ने उद्देश्यले शिक्षक सेवा आयोग पछि स्थापना भएको हो । शिक्षकका लागि पोसाक तोक्ने र त्यसका लागि भत्ता दिने काम पछि थालिएको हो । अझ यो सुविधा शुरुमा त स्थायी शिक्षकलाई मात्रै दिने गरिएको थियो । यी व्यवस्था एवं सुविधाहरू सरकारले स्वेच्छा, स्वविवेक र मनज्ञानले दिएको नभई लामो समयसम्म शिक्षकहरूको देखाएको असन्तुष्टि सम्बोधन गर्ने क्रममा बाध्यताले दिनु परेको हो । पेशागत सेवा–सुविधा (ग्रेड, बढुवा इत्यादि)–का दृष्टिकोणले अझै पनि शिक्षकहरू धेरै कुरामा पछाडि पारिएका छन् । कुनै दिन यी कुरामा पनि विचार गरिएला । त्यसका लागि अहिले नै सुरुमा चाहिँ शिक्षकलाई परिचयपत्रको व्यवस्था गर्नुपर्योे ।
कुनै विद्यालयमा कार्यरत शिक्षकले परिचयपत्र बनाउन चाहेमा वा उनलाई आवश्यक परेमा त्यसका लागि प्रअलाई गुहार्नु पर्छ । यस क्रममा, कुनै विद्यालयमा आफूभन्दा तल्लो तहको शिक्षक प्रअ भए त्यस्ता प्रअबाट परिचयपत्र लिन पनि अफ्ठ्यारो लाग्न सक्छ । यो अवस्थामा शिक्षकको परिचयपत्र जारी गर्ने काम स्थानीय सरकारले लिएपनि हुने हो । अहिले त विद्यालयहरू नै स्थानीय सरकारको मातहत्मा चलेका छन् । स्थानीय तहमा मुख्य रूपमा पालिका प्रमुख, प्रशासकीय अधिकृत, शिक्षा अधिकृत रहन्छन् । उनीहरू, परिचयपत्र दिइने सबै शिक्षकसरहका हुन् कि होइनन् भन्ने कुरा पनि छ । यस सन्दर्भमा अस्थायी, स्थायी, करार इत्यादि विभिन्न थरी शिक्षकका परिचयपत्र कसले प्रमाणित गरेर जारी गर्ने भन्ने विषयमा पहिला यकिन हुनुपर्योे । विद्यालयका प्रअ र स्थानीय तहका पदाधिकारीभन्दा माथि जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई पनि छ । सबैथरी शिक्षकहरूको परिचयपत्र त्यहीँबाट प्रमाणित गराएर जारी गर्ने व्यवस्था भए अझ राम्रो हुन्थ्यो कि !
अनि शिक्षक परिचयपत्रको नमूना कस्तो बनाउँदा उपयुक्त हुने हो ? एकरूपताका लागि, शिक्षा तथा मानव स्रोत विकास केन्द्र वा शिक्षा मन्त्रालयले नै त्यसको नमूना जारी गरिदिए बेस । जे-जस्तो र जसरी भएपनि शिक्षकहरूलाई परिचयपत्र त चाहिने नै भयो । परिचयपत्रको निश्चित व्यवस्था नभएका कारण कामका सिलसिलामा कतै जाँदा आफूलाई ‘शिक्षक हुँ’ भनेर चिनाउनका लागि कहिलेकाहीं नियुक्तिपत्र र नागरिकता सँगसँगै देखाउनुपर्ने अवस्था पनि सिर्जना भएको छ ।
जे-जस्तो र जसरी भएपनि शिक्षकहरूलाई परिचयपत्र त चाहिने नै भयो । परिचयपत्रको निश्चित व्यवस्था नभएका कारण कामका सिलसिलामा कतै जाँदा आफूलाई ‘शिक्षक हुँ’ भनेर चिनाउनका लागि कहिलेकाहीं नियुक्तिपत्र र नागरिकता सँगसँगै देखाउनुपर्ने अवस्था पनि सिर्जना भएको छ ।
पछिल्लो समयमा, विद्यालय शिक्षक किताबखानाले अवकाशप्राप्त शिक्षकका लागि पट्टासँगै ‘सेवानिवृत्त शिक्षक परिचयपत्र’ समेत उपलब्ध गराउन थालेको छ । ‘कुनै बेला म पनि शिक्षक थिएँ’ भन्ने सम्झौटोका लागि गरिएको यो व्यवस्था पनि राम्रै हो । तर, कार्यरत अवस्थामै शिक्षक परिचयपत्रको व्यवस्था हुन सके त्यसको उपयोगिता बढी हुने थियो ।
केही समयअघि शिक्षकहरूको मागअनुसार रामेछाप नगरपालिकाले विवरण मागेर शिक्षक परिचयपत्र जारी गर्ने तयारी गरेको थियो । यस्तो तरिका कतिपय अन्य पालिकाहरूले पनि अपनाएका छन् ।
शिक्षकमा व्यक्तिगत, सामाजिक र शैक्षिक गुणहरू हुनु पर्छ । विद्यालयमा निर्वाह गरिने जिम्मेवारी र देखाइने आदर्श व्यवहार त छँदैछ । परिचयपत्रसमेत लाएर हिँडेपछि शिक्षकले अझ त्यसकोे पनि व्यवहारिक इज्जत राख्न सक्नुपर्योे । ‘शिक्षक परिचयपत्र’ का आधारमा, सवारी साधनमा आरक्षण सिट, अस्पतालमा उपचार छुट, कुनै पनि सरकारी निकायमा प्रवेश अनुमतिसमेत दिने गरिएमा शिक्षकहरूले आफू सम्मानित भएको अनुभूति पनि गर्लान् ।
(लेखक, ओखलढुङ्गा जिल्लाको खानीभञ्ज्याङस्थित सरस्वती माविका शिक्षक हुनुहुन्छ ।)
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...
Comments