२०७७ कार्त्तिक १४ गते / 30th Oct 2020, Friday
investment investment

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा अर्याल, मन्त्रालयको योजनामा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो योजना महाशाखा प्रमुख र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक बदलेको छ ।


मन्त्रालयले केन्द्रमा महानिर्देशक रुपमा रहेका सहसचिव डा. तुल्सी थपलियालाई योजना महाशाखामा तानेको छ । केन्द्रको महानिर्देशक वैकुण्ठ अर्याललाई बनाइएको छ । उहाँ शिक्षक सेवा आयोगमा प्रशासकीय प्रमुख हुनुहुन्थ्यो ।


शिक्षा मन्त्रालयमा योजना महाशाखा प्रमुखको जिम्मेवारीमा रहनुभएका सहसचिव कृष्ण काप्रीलाई प्रदेश २ मा सरुवा गरिएपछि सो स्थान केही समयदेखि खाली थियो । यस्तै मन्त्रालयकै सहसचिव रामशरण सापकोटालाई केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)मा सरुवा गरिएको छ । उहाँको ठाउँमा मन्त्रालयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रे्ष्ठलाई सरुवा गरिएको बताइएको छ ।


शिक्षा मन्त्रालयमा गोपीनाथ मैनालीले नयाँ सचिवका रुपमा पदभार ग्रहण गर्नुभएपछि सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको हो ।

प्रमुख समाचार

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...

कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने

हिमाली क्षेत्रमा छुट्टै सिकाइ विधि ल्याउने तयारी कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ वि ...