२०७७ कार्त्तिक १४ गते / 30th Oct 2020, Friday
investment investment

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न

शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ ।


समूहको आज सोमवार असोज ५ गते सम्पन्न २१ औं साधारणसभाले यो प्रस्तावलाई सर्वसम्मत पारित गर्दै दिवस मनाउने निर्णय गरेको हो ।


शिक्षालाई ‘रिपोर्टिङ बीट’ बनाउन पत्रकारहरु संगठित भएको दिनलाई स्मरण गर्दै फागुन ५ गतेलाई शिक्षा पत्रकारिता दिवसका रुपमा साझा रुपमा भव्यतापूर्वक मनाउन समूहले पहल गर्ने निर्णय गरिएको हो । सरोकारवाला सरकारी निकाय, सम्बद्ध संघ–संस्थासँगको सहकार्यमा शिक्षा पत्रकारिता दिवस मनाउने पहल गरिने समूहले जनाएको छ । फागुन ५ शिक्षा पत्रकार समूहको स्थापना दिवस पनि हो ।


२१ औं साधारणसभामा महासचिव जनक नेपालले सांगठनिक र कोषाध्यक्ष ममता थापाले प्रस्तुत गर्नुभएको आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।


कोभिड–१९ को प्रतिकूल स्थितिमा शिक्षा पत्रकार समूहले भर्चुअल माध्यमबाट सम–सामयिक शैक्षिक सवालमा नियमित रुपमा साप्ताहिक संवाद शिक्षाबार सञ्चालन गर्दै आएको छ । त्यस्तै, शैक्षिक मुद्दामा गहन रिपोर्टिङका लागि ३३ वटा लेखनवृत्ति वितरण गरेको छ ।


शिक्षा पत्रकार समूहले राष्ट्रिय तथा प्रदेश तहमा शैक्षिक खबरदारी, बहस र कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि साधारणसभाद्वारा गरएको छ ।
यसैगरी, साधारणसभाले प्रदेश समन्वय समितिलाई पूर्णता दिने निर्णय पनि गरेको छ ।


समूहका अध्यक्ष तुला अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा कोभिड–१९ को महामारीमा सावधानी अपनाउँदै साधारणसभाका अधिकांश सदस्यहरु भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

प्रमुख समाचार

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...

कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने

हिमाली क्षेत्रमा छुट्टै सिकाइ विधि ल्याउने तयारी कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ वि ...