२०७७ असोज १३ गते / 29th Sep 2020, Tuesday
investment investment

शिक्षा पत्रकार समूहको लेखनवृत्तिमा १३ जना पत्रकार छानिए

लेखनवृत्ति राशी २५ हजार रुपैयाँ

शिक्षा पत्रकार समूहले शिक्षाका समसामयिक मुद्दा र कोभिड–१९ को सन्दर्भमा शैक्षिक क्षेत्रमा भएका असल अभ्यासबारे गहन रिपोर्टिङका लागि आह्वान गरेको लेखनवृत्तिका लागि १३ जना पत्रकार छनोटमा परेका छन् ।

लेखनवृत्तिका लागि छानिएका पत्रकारको नामावाली समूहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो ।

लेखनवृत्तिका लागि छनोट हुने पत्रकारहरुमा प्रदेश १ बाट दमन राई (रिपब्लिका), प्रदेश २ बाट दिपेन्द्रप्रसाद सिंह (क्षिरेश्वर डट कम), कमलेश ठाकुर (आर्थिक अभियान), सुरेश बिडारी (अनलाइन खबर) सुनिता बराल (कान्तिपुर) र बागमति प्रदेशबाट केशब भुल (सीआइएन) रहेका छन् । त्यस्तै, गण्डकी प्रदेशबाट भरत कोइराला (द हिमालयन टाइम्स), प्रदेश ५ बाट गोपाल शर्मा (अन्नपूर्णपोष्ट) छन् भने कर्णाली प्रदेशबाट चाँदनी कठायत (कान्तिपुर), राजन रावत (गोरखापत्र), विष्णुप्रसाद न्यौपाने (अन्नपूर्णपोष्ट), मुना हमाल (गोरखापत्र) र सुदूरपश्चिम प्रदेशबाट तेजकुमार भट्ट (नयाँपत्रिका) छनोट भएका हुन् । .  हुनु पर्ने । 

देशभरबाट समसामयिक शैक्षिक मुद्दा छनौटका लागि शिक्षा पत्रकार समूहले आयोजना गरेको राष्ट्रियस्तरको भर्चुअल कार्यशाला र अभिमुखीकरण तालिमपछि लेखनवृत्तिका लागि प्रस्ताव आह्वान गरेको थियो । ४९ जना पत्रकारले लेखनवृत्तिका लागि तोकिएको विषयवस्तुमा प्रस्ताव पठाएकोमा छनोट तथा सम्पादन समितिले १३ जना पत्रकारका प्रस्तावलाई छानेको हो । छनोट तथा सम्पादन समितिमा शिक्षा पत्रकार समूहका पूर्वअध्यक्षहरु राजन शर्मा, हरि थापा र नारायण अमृत हुनुहुन्छ ।

तोकिएको थिममा प्राप्त आउटलाइनको अन्तर्वस्तु, समावेशिता र सञ्चार माध्यमको विविधतालगायतका आधारमा पत्रकारहरुलाई छनोट गरिएको हो । लेखनवृत्तिको राशी २५ हजार रुपैयाँ रहेको छ ।

समूहले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा लेखनवृत्ति आह्वान गरेको हो ।

 

प्रमुख समाचार

शिक्षा पत्रकार समूहको सचिवमा रोशन क्षेत्री गाउँले शिक्षा पत्रकार समूहको सचिवमा रोशन क्षेत्री गाउँले

  शिक्षा पत्रकार समूहको केन्द्रीय कार्यसमितिले सचिवमा रोशन क्षेत्री गाउँलेलाई चयन गरेको छ । गत फागुन ५ गते सम्पन्न समूहको २० औं साधारणसभाले  ...

प्रदेश १ का पालिकाहरु तत्कालै विद्यालय खोल्ने तयारीमा प्रदेश १ का पालिकाहरु तत्कालै विद्यालय खोल्ने तयारीमा

सामाजिक विकास मन्त्री घिमिरे भन्नुहुन्छ–हामीले स्थानीय तहलाई डिक्टेड गर्न मिल्दैन तर स्कूल खोल्नु पर्छ प्रदेश नं १ का पालिका जनप्रतिनिधि र शिक्ष ...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा अर्याल, मन्त्रालयको योजनामा थपलिया शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा अर्याल, मन्त्रालयको योजनामा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो योजना महाशाखा प्रमुख र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक बदलेको छ । मन्त्रालयले केन्द्रम ...