२०७७ कार्त्तिक १४ गते / 30th Oct 2020, Friday
investment investment

जिन विशेषज्ञ भन्नुहुन्छ–भाइरसको खतराबाट बच्न जेनेटिक्स भ्याक्सिन चाहिन्छ

प्रा.डा. नन्दबहादुर सिंह मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति हुनुहुन्छ । उहाँ जिन विशेषज्ञ हुनुहुन्छ । द युनिभर्सिटी अफ टोकियोबाट नेपालका विभिन्न जनजातिहरुमा रोगका विरुद्ध लड्न सक्ने जिनहरुमा उहाँले पिएचडी गर्नुभएको छ । कोभिड–१९ को महामारी फैलिरहेका बेला कस्ता मानिसले रोगसँग प्रतिरोध गर्न सक्छन्, कस्ताले सक्दैनन् भन्ने सम्बन्धमा उहाँसित कुराकानी गरिएको  । वरिष्ठ जिन विशेषज्ञ प्रा.डा. सिंह भन्नुहुन्छ–


बेलायतलगायत यूरोपमा सन् १३४७ देखि शुरु भएर १७ औं शताब्दीसम्म पटक–पटक गरी प्लेगको महामारीले ७ करोड ५० लाखदेखि २० करोडसम्म मानिस मरे । जसलाई ‘ब्ल्याक डेथ’ भनियो । सन् १९१८ मा स्पेनिस फ्लूले लाखौंको ज्यान गयो । सन् २००२ मा सार्स कोबले मानिस हताहत बने । त्यस्तै सन् २०१२ मा साउदी अरबमा मर्स कोबको महामारी आयो । अहिले २०१९/०२० मा कोरोना भाइरस (कोभिड १९) ले विश्वभर महामारीको रुप लिइरहेको छ ।


यो महामारीलाई जिनेटिक दृष्टिले यहाँ विश्लेषण गर्न खोजिएको छ । भाइरोलोजी अनुसार पृथ्वीमा धेरै भाइरस स्प्रेड हुन्छन् । खासमा भाइरस दुईखाले हुन्छन् । एउटा सिङ्गल स्ट्रान्डेड र अर्काे डबल स्ट्रान्डेड । कोभिड १९ सिङ्गल स्ट्रान्डेड mRNA भाइरस हो ।


चीनको उहानबाट कोरोना भाइरस (कोभिड १९) संक्रमण शुरु भयो । त्यहाँ शुरुमा पाँचजना संक्रमितलाई आइसोलेसनमा राखियो । तिनीहरुमा संक्रमित कोरोना भाइरसको जिनोम हेरियो । एनसिबिआईको डाटाबेसमा जिनमलाई फ्रि पाउनेगरी राखियो । यसलाई अमेरिकी र अष्ट्रेलियाली वैज्ञानिकले पनि अध्ययन गरे । त्यसबाट के पुष्टि भयो भने कोरोना भाइरस कुनै प्रयोगशालामा निर्मित वा ‘जेनेटिकल्ली मोडिफाइड’ नभई प्राकृतिक नै हो । बरु, यो चमेरा र प्याङ्गोलिनको डिएनएसँग मिल्न गयो । अझ चमेराको डिएनएसँग ९० प्रतिशत नै मिल्न गयो ।


कोभिड १९ लाग्दा कस्ता बाँच्छन्, कस्ताको मृत्यु हुन्छ ?


कोरोना भाइरस संक्रमित हुनेबित्तिकै मरिहालिन्छ भन्ने मनोवैज्ञानिक त्रास र आतङ्क मानिसमा देखिन्छ । तर यो सही होइन । यसलाई जेनेटिक्स कोणबाट हेर्नुपर्ने हुन्छ । कस्तो जिन भयो भने कोरोना भाइरस लागेपनि मानिस बाँच्न सक्छन् ? यो अहिलेको चासो हो । हामीसँग दुईखाले जिन हुन्छन् । एउटा रेजिस्टेन्ट र अर्काे ससेप्टिबल जिन ।


रेजिस्टेन्ट जिन जुन LY6E हो । यो जिनको बढी मात्रा भएका व्यक्तिसँग भाइरससँग लड्न सक्ने प्रतिरोधी क्षमता बढी हुन्छ । यसले Increased  expression गराउँछ । हाम्रा ४६ वटा क्रोमोजोम हुन्छन् । तीमध्ये LY6E आठौंं हो । अमेरिकाको युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न (UTSW) का एसोसिएट प्रोफेसर Dr. John Schoggins ले अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् । जो व्यक्तिसँग LY6E को मात्रा कम हुन्छ, इम्युनिटी पावर (प्रतिरोधी क्षमता) पनि ऊसँग कम हुन्छ । उसले भाइरससँग लड्न सक्दैन । उमेर पुगेका व्यक्तिसँग इम्युनिटी पावर कम हुने हुँदा उनीहरु भाइरसबाट बढी प्रभावित हुन्छन् ।
ससेप्टिबल जिनअन्तर्गत MBL पर्दछ । Mannose Binding lectin दशौं नं को क्रोमोजोममा पर्छ । MBL भएका व्यक्तिमा रोग प्रतिरोधी क्षमता कम हुन्छ । ससेप्टिबल जिनले भाइरसलाई उत्तेजित बनाउँछ । यसले Mutation अर्थात् उत्परिवर्तन गराउँछ । MBL जिनमा रहेको कोडन ५४ मा उत्परिवर्तन (mutation) भएका व्यक्तिको भाइरसबाट बढी हताहती हुने सम्भावना रहन्छ । यसमा छिटो संक्रमण हुन्छ । सानो रोग भएपनि प्रतिरोध क्षमता कम भएका कारण मान्छे मर्न सक्छ । इटाली, स्पेनलगायतका यूरोपेली देशमा कोरोना भाइरसबाट बढी मानिसको मृत्यु हुनुको कारण यही हुन सक्छ । त्यहाँका मानिसका MBL जिनमा म्यूटेसन भएको हुनु पर्छ ।


नेपालमा के होला ?


यदि नेपालको जनसंख्यामा LY6E को मात्रा कम र MBL जिनको codon 54 मा उत्परिवर्तन (mutation) भयो भने मात्र महामारी बढ्ने तथा मृत्युदर धेरै हुने खतरा हुन्छ । दक्षिण एशियाली देशहरुमा लसुन, अदुवा, कागती खाने प्रवृत्ति छ । भातभान्छामा यी चिज प्रायः हुने गर्छन् । योगा यहाँको जीवन पद्धति हो । यस्ता खाद्य पदार्थ र योगाले मानिसको इम्युन पावर बढाउँछ । जसले LY6E जिनलाई सक्रिय बनाउँछ । यहाँका मानिसमा LY6E जिनको प्रभाव बढी छकि छैन, अध्ययन नगरी भन्न सकिँदैन ।


मूलतः नेपालका विभिन्न जनजातिमा मोलिक्युलर विश्लेषण गर्न आवश्यक छ । यो उच्चस्तर (ए लेभल)को रिसर्च हो । मेडिकल जिनोमिक्स एण्ड मोलिक्युलर बायोलोजीको ल्याब खडा गरी रिसर्च गर्न आवश्यक छ । कुन जातमा कस्तो जिन छ भन्ने पत्ता लागेपछि त्यही अनुसारको उपचार सिफारिश गर्ने अवस्था आउँछ । यसलाई जिनोमिक्स मेडिसिन भनिन्छ । अहिलेको उपचार पद्धति जनरल मेडिसिन हो ।


आशा पनि जागेको छ


कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमै आतंकित अवस्था सिर्जना गरिरहँदा यसविरुद्ध भ्याक्सिन बनाउने प्रयासमा वैज्ञानिकहरु जुटेका छन् । चीनमै पाँचवटा एप्रोचबाट भ्याक्सिन बनाइएको छ, जुन परीक्षणमा जाँदैछ । अमेरिकाले चीनभन्दा एक दिनअघि बनाएको बताएको छ । यति छिटो भ्याक्सिन बन्नु सुखद हो । तर यी सबै ट्रायलमै छन् ।


मुख्यतः भाइरसको DNA परिवर्तन भइरहन्छ । छिटो–छिटो डिएनए परिवर्तन भइरहने भाइरसविरुद्ध खोप बनाउन गाह्रो हुन्छ । छिटो र ढिलो हुने दुईखाले डिएनए छन् । न्यूक्लिएर र माइक्रोकोन्ड्रियल डिएनए । माइक्रोकोन्ड्रियल डिएनए न्यूक्लिएरभन्दा दशगुणा छिटो परिवर्तन हुन्छ ।


आशालाग्दो पक्ष के छ भने कोरोना भाइरसको डिएनए छिटो–छिटो परिवर्तन भएको देखिँदैन । HIV को तुलनामा कोभिड १९ को डिएनए धेरै ढिलो परिवर्तन भइरहेको छ । यसबाट पनि अहिले परीक्षणमा रहेका खोप तथा औषधी सफल बन्न सक्ने आशा गर्न सकिन्छ ।


अहिलेसम्म एन्टिबडी भ्याक्सिन आविष्कार गरिएका छन् । अब जेनेटिक भ्याक्सिनको युग आयो । कुनै न कुनै समयमा भाइरसको खतरा रहिरहन्छ । अब जिन विश्लेषणका आधारमा ‘पर्सनलाइज मेडिसिन’ दिने समय आएको छ ।


प्रस्तुतिः सुदर्शन सिग्देल

प्रमुख समाचार

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...

कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने

हिमाली क्षेत्रमा छुट्टै सिकाइ विधि ल्याउने तयारी कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ वि ...