२०७७ असोज २ गते / 18th Sep 2020, Friday
investment investment

एकीकृत पाठ्यक्रम प्रारुप यही सालबाट लागू हुँदै

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले विद्यालय शिक्षाको एकीकृत राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ लाई २०७६ बाटै कक्षा १ मा परीक्षण गरी लागू गर्ने भएको छ ।


केन्द्रका अनुसार यही २०७६ सालमा कक्षा १ का लागि एकीकृत पाठ्यक्रम प्रारुप परीक्षण गरिनेछ भने कक्षा २–३ मा २०७७ सालमा लागू गर्ने कार्यक्रम छ । त्यस्तै, कक्षा ६ का लागि २०७७ सालमै परीक्षणका साथ लागू गरिनेछ । कक्षा ११ र १२ मा भने यही २०७६ सालबाट लागू गर्ने कार्यक्रम छ । २०७७ सालभरिमा नयाँ पाठ्यक्रम नेपालका सबै विद्यालयमा पुगिसक्ने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।


एकीकृत पाठ्यक्रमका लागि चार तहमा विषयगत क्षेत्रहरु निर्धारण गरिएका छन् । चार विषयगत क्षेत्रमा नेपाली, अंग्रेजी, गणित र विज्ञान रहेका छन् । विज्ञानभित्र सामाजिक, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक अभिव्यक्तिशील कला समावेश छन् ।


विद्यालय शिक्षाको संरचनागत परिवर्तन भइसकेको छ । प्रारम्भिक बाल विकास (इसीडी) देखि १२ कक्षासम्म विद्यालय शिक्षाको एकलपथीय पाठ्यक्रम लागू गर्ने निर्णय सरकारले गरिसकेको अवस्थामा एकीकृत पाठ्यक्रम बनेको हो । यो अनुसार आधारभूत शिक्षा १ देखि ८ कक्षासम्मको हुने र माध्यमिक शिक्षा ९ देखि १२ कक्षासम्म सञ्चालनमा रहेको छ ।

प्रमुख समाचार

पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक

पाठ्यक्रम विकास केन्द्रले कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ सार्वजनिक गरेको छ । शिक्षा, विज्ञा ...

निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु

शिक्षाविज्ञको प्रश्न–संविधानमा निःशुल्क लेख्ने, सरकारचाहिँ शुल्क उठा भनेर निर्देशिका बनाउने ? पूर्व शिक्षामन्त्रीहरु र शिक्षाविद्हरुले वैकल्पिक ...

निर्देशिका संशोधनमार्फत् निजी स्कूलले शुल्क लिन पाउने बाटो खुला निर्देशिका संशोधनमार्फत् निजी स्कूलले शुल्क लिन पाउने बाटो खुला

सरकारले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका संशोधन गर्दै विद्यालयले शुल्क लिन पाउने प्रावधान राखेपछि अब निजी स्कूलहरुले अनलाइन कक्षाको शुल्क लिन पाउने भ ...