२०७८ मंसिर १२ गते / 28th Nov 2021, Sunday
investment investment

अब हरेक प्राविधिक स्कूलले रणनीतिक योजना बनाउनै पर्छ


डा.रामहरि लामिछाने, डाइरेक्टर जनरल, कोलम्बो प्लान स्टाफ कलेज, मनिला, फिलिपिन्स


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) र फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)को संयुक्त आयोजनामा भर्खरै सानोठिमी भक्तपुरमा ‘स्ट्राटेजिक प्लान फर म्यानेजमेन्ट एक्सिलेन्स’ तालिम सम्पन्न भएको छ । विशेषगरी, सिटिइभिटिका अधिकारी र यसअन्तर्गतका प्राविधिक स्कूलहरुका प्रिन्सिपलहरुलाई आफ्ना प्राज्ञिक संस्थाहरुको पाँच वर्षे रणनीतिक योजना बनाउन यो तालिम केन्द्रित थियो । सिटिइभिटिकै सदस्य–सचिवसमेत भइसक्नुभएका डा. रामहरि लामिछाने तीन वर्ष अघि फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)को महानिर्देशक हुनुभएको थियो । प्रस्तुत छ, तालिम दिने क्रममा काठमाडौंमा आउनुभएका डा. लामिछानेसँग आजको शिक्षाले गरेको कुराकानी ।

‘स्ट्राटेजिक प्लान फर म्यानेजमेन्ट एक्सिलेन्स’ भनेर तालिम दिइरहनुभएको रहेछ । यो कस्तो खालको तालिम हो र किन आवश्यक छ ?


यो कार्यक्रम कोलम्बो प्लान स्टाफ (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि)को संयुक्त आयोजनामा सिटिइभिटिको केन्द्रीय कायर्।लय र यसअन्तर्गतका टेक्निकल स्कूल र पोलिटेक्निक्सहरुको ‘क्वालिटी एक्सिसलेन्स म्यानेजमेन्टको लागि स्ट्राटेजिक प्लान डेप्लोपमेन्ट’ अर्थात् ‘स्ट्राटेजिक प्लान फर म्यानेजमेन्ट एक्सिलेन्स’ भन्ने शीर्षकमा सिद्धान्तका अतिरिक्त प्राक्टिकल एप्रोचमा दिइएको एउटा तालिम कार्यक्रम हो । यो सबै प्राविधिक शिक्षालयहरुका प्रिसिन्पलहरुलाई दिइन्छ । यसको मुख्य उद्देश्य भनेको यो तालिम पछि हरेक संस्था र सिटिइभिटि केन्द्रको आगामी पाँच वर्षका लागि आफ्नै रणनीतिक योजना होस् । तालिमको अन्तिम दिन पाँच वर्षे रणनीतिक योजना तर्जुमा गर्ने र हरेक स्कूलको आफ्नै रणनीतिक ड्राफ्ट प्लान तयार हुन्छ । त्यसपछि आफ्नो संस्थामा गएर सरोकारवालासँग बसेर उहाँहरुले अन्तिम मस्यौदा एक महिनाभित्र तयार गर्नुपर्ने हुन्छ । त्यो ड्राफ्टलाई सिटिइभिटिमा बुझाउने र सिटिइभिटिले पनि केन्द्रको रणनीतिक योजना बनाउने मुख्य उद्देश्य हो । यसले गर्दा आगामी पाँच वर्षमा नेपालको टिभेट प्रणालीलाई कहाँ लैजाने ? हरेक इन्स्टिच्युटले कतिजना उत्पादन गर्ने ? कस्ता–कस्ता विषयमा गर्ने ? बजारको माग के–केमा छ ? भन्ने स्पष्ट उल्लेख गरिन्छ । किनभने, यसमा ‘प्रब्लम ट्रि एनालाइसिस’, ‘अब्जेक्टिब ट्रि एनालाइसिस’, ‘सोट एनालाइसिस’ गरेर यसको भिजन, मिसन, गोल अब्जेक्टिब, स्ट्राटेजी र एक्सन प्लानसहित संस्थागत विकास योजना पनि तय गर्नुपर्ने हुन्छ । जस्तो कि पाँच वर्षका लागि के–के पूर्वाधार बनाउने भन्ने हो ।


रणनीतिक योजना बनाउँदा प्राविधिक शिक्षाको गुणस्तर प्राप्तिमा ध्यान कतिको दिइएको छ ?


प्राविधिक स्कूलमा पहुँच र बिस्तारको मात्र कुरा गर्ने तर गुणस्तर सुनिश्चितता नहुने हो भने त त्यो अर्काे बेरोजगार उत्पादन गर्ने केन्द्र बन्छ । भन्नेचाहिँ प्राविधिक स्कूल तर गुणस्तरीय पूर्वाधार भएन र योग्य शिक्षकले तालिम दिएन भने त त्यहाँको उत्पादित जनशक्ति बेरोजगार हुन्छन् । अनि त्यहाँ निराशा मात्र जन्मन सक्छ । किनभने, साधारण शिक्षामा भन्दा यसमा बढी खर्च भएको हुन्छ । त्यसकारण गुणस्तर सुनिश्चितताको योजना हरेक शिक्षण संस्थाको हुनै पर्छ । यसका लागि रणनीतिक योजना बनाउनु पर्छ । रणनीतिक योजनाले के केन्द्रित गर्छ भने अहिले हामी कहाँ छौं, पाँच वर्षमा कहाँ पुग्ने हो र त्यहाँ कसरी पुग्ने ? भन्ने तीनवटा प्रश्नको उत्तर खोज्छ । त्यो बनाइसकेपछि कुन–कुन पूर्वाधार बनाउनुपर्ने हो ? जस्तो कि के–के विषयहरु सञ्चालनमा छन् ? कुन विषय बढी थप्नुपर्ने हो ? भन्नेमा प्रष्ट हुन सकिन्छ । मानौं, ‘इनोभेसन ।’ अहिले संसारचाहिँ इनोभेसन र टेक्नोलोजीमा गइरहेको छ । आर्टिफिसिएल इन्टेलिजेन्स टेक्नोलोजी । डिजिटल टेक्नोलोजी आइरहेको छ, हामीचाहिँ पुरानै सय वर्ष पछिको प्रविधिमा छौं । पूर्वाधारमा इन्टरनेट, डिजिटल टेक्नोलोजीसहित नेपाललाई सुहाउँदो प्रविधि पनि हुनु पर्यो । अन्तको ठूला कुरा गरेर पनि भएन । यी सबका लागि पाँच वर्षे एउटा योजनाबद्ध रणनीतिक योजना चाहिन्छ ।


तपाईँले यो तालिम पाँच वर्षे रणनीतिक योजना बनाउनका लागि भन्नुभयो, यस अघि पनि त सिटिइभिटिले रणनीति बनाएकै हो । यस अघिको र अब बनाउन खोजिएको रणनीतिमा तात्विक फरक के छ ?


सिटिइभिटि केन्द्रको राष्ट्रियस्तरमा सन् २०१४ देखि २०१८ सम्मको रणनीतिक योजना थियो । जुन म पहिला यहाँ काम गर्दा नै बनेको हो । अब २०१८ त दुई महिना पछि सकिँदैछ । सन् २०१९ देखि २०२३ सम्मको योजना त हुनु पर्यो नि । नत्र कसरी अघि बढ्ने सिटिइभिटिले ? के–के नयाँ इन्टरभेन्सन गर्ने ? कहाँ–कहाँ म्यापिङ गर्ने ? एउटा रणनीतिक योजना त हुनु पर्यो । अहिलेसम्म सिटिइभिटिको ८/१० वटा बाहेकका स्कूलमा रणनीतिक योजना छैन ।


अर्काे कुरा, पहिलाको रणनीतिले पनि अब हुँदैन । अहिले त प्रान्तीय, संघीय संरचनाको अवधारणामा जाँदा परिवेशसँग कार्यक्रम पनि बदलिनु पर्यो नि । अब त संघीय संरचनामा प्रान्तीय सरकार, स्थानीय तहसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ । सिटिइभिटिको स्कूलले प्रान्तीय र स्थानीय त्यहाँको आवश्यकता के–के हो ? जस्तै, जुम्लाको खलंगा नगरपालिकाले त्यहाँको उत्पादनलाई प्रबद्र्धन गर्न यो–यो इन्टरप्राइज विकास गर्ने भन्ने हुन्छ । त्यो इन्टरप्राइजमा काम गर्ने प्राविधिज्ञ त प्राविधिक शिक्षालयले बनाइदिनु पर्यो । तर, टेक्निकल स्कूलहरुचाहिँ उही पुरानै कोर्ष सिभिल डिप्लोमा, एग्रिकल्चर डिप्लोमा, एग्रिकल्चर लाइभस्टक र अनमि चलाएर मात्र रहेका छन् । यसरी त हुँदैन । जस्तै, जुम्लाको मार्सी चामल अहिले धेरै प्रख्यात भएको छ । जुम्लाको अन्नबाट नयाँ उत्पादन बन्न सक्ला त ‘भ्यालु एड’का रुपमा ? कोदो र फापरको रोटी बनाएर कम्तिमा ५ नं प्रदेशमा खान दिन सकियो भने किन नेपालगञ्जबाट पाउरोटी लैजाने ? त्यो कुरा त प्रविधिले सिकाउनु पर्यो नि । त्यहाँको सरकारको चाहना पनि त त्यहीँे होला । हामीले त्यो प्रोग्रामलाई पनि लक्षित गरेर स्थानीयस्तरका इन्स्टिच्युटहरुको ‘कम्पिटिटिभ एड्भान्टेज’ केमा छ ? के कोर्ष चल्ला ? कस्ता–कस्ता सर्ट टर्मका कोर्ष चलाउँदा बढी फाइदा हुन्छ ? कस्ता–कस्ता डिप्लो चलाउने ? एक वर्षे वा दुई वर्षे, कस्ता–कस्ता प्रफेसनल कोर्ष बनाउने ? जस्तै, जुम्लामा स्याऊ छ । मुस्ताङमा ब्रान्डी वाइन छ । स्याऊबाट बन्ने नयाँ उत्पादन जुस नै किन नबनाउने ? कम्तिमा ५ र ६ नं प्रदेशलाई मात्रै स्याऊको जुस दिन सकियो भने त ‘अष्ट्रेलियाको जुसचाहिँ ५ नं प्रदेशमा निषेध गर्छाैं, हामी लोकल जुस नै खाने’ भनेर महत्व दिनेखालको रणनीतिक योजना बनाउनु राम्रो हुन्छ ।


कोलम्बो प्लानको कुरा गरौं । यसमा विभिन्न देशका सिटिइभिटिहरु सम्मिलित रहेछन् । नेपालसँग यसको अन्तरसम्बन्ध कस्तो छ ?


जब विश्वमा ब्रिटिस साम्राज्यवाद ढल्यो, कमन्वेल्थ देशहरु बने । त्यहीँ हिसाबमा ब्रिटिसले विभिन्न देशमा उपनिवेश हटेपछि सन् १९५३ मा श्रीलंकाको राजधानी कोलम्बोमा कोलम्बो प्लान अफिस स्थापना ग¥यो । त्यो एकैचोटी चलाउँदा त्यहाँ मान्छेसँग टेक्नोलोजी भएन, टेक्निसियन भएनन् र सहयोग भएन भनेर कोलम्बो प्लान सेक्रेटरियट नै बनाइयो । तर, त्यसको २० वर्ष पछि १९७३ मा उनीहरुले के ठाने भने ‘ओहो ! हामीले समन्वय गर्ने संयन्त्र त बनायौं तर टेक्निसियन नै रहेनछ’ भनेर एसिया प्यासिफिकका देशहरु मिलेर सिङ्गापुरमा कोलम्बो प्लान स्टाफ कलेज स्थापना भयो । यसको मुख्य उद्देश्य भनेको हरेक देशमा टिभेट सेक्टरमा पढाउने शिक्षकहरु, प्रफेसनलहरु उत्पादन गर्ने हो । १९८७ मा सिङ्गापुरबाट यो अफिस मनिलामा सर्यो । अहिलेसम्म सक्रिय सदस्य देश १६ वटा र चार्टर १० वटा छन् । यसमा एसिया प्यासिफिक देशहरुचाहिँ सक्रिय छौं । अहिले सिटिइभिटिसँगको कुरा गर्दा कोलम्बो प्लान स्टाफ कलेजको नेपालमा सम्बन्धित अफिस सिटिइभिटि हो, शिक्षा मन्त्रालयअन्तर्गत । कोही देशमा श्रम मन्त्रालय छ, कुनै देशमा टिभेट विभाग छ । कहीँ शिक्षा मन्त्रालय त कोहीमा परराष्ट्र मन्त्रालय पनि छ । जस्तो सिङ्गापुरमा परराष्ट्र मन्त्रालय छ ।


प्राविधिक शिक्षकहरुलाई उत्पादन गर्ने भन्ने कुरा रहेछ । नेपालमा सामुदायिक विद्यालयमा पनि प्राविधिक शिक्षा सञ्चालनमा छन् तर के चुनौती छ भने त्यहाँ शिक्षक, प्राविधिज्ञ र प्रशिक्षक छैनन् । सरकारसँग कोलम्बो प्लानले प्रविधि जानेको शिक्षक उत्पादनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सक्छ ?


अवश्य गर्न सक्छ । कोलम्बो प्लानले शिक्षक उत्पादनभन्दा पनि प्राविधिकलाई शिक्षण पेडागोजी सिकाउने हो । नेपालको अहिले प्राविधिक क्षेत्रमा शिक्षकको अभाव छ तर हामीसँग एग्रिकल्चर, हेल्थ, इञ्जिनियर ग्रयाजुएट छन् । तिनलाई हाम्रो टिआइटिआइले गर्ने काम जस्तै यदि सरकारले अतिरिक्त रुपमा यति जना शिक्षकलाई यो विषयमा सहयोग गर्नुपर्यो भनी प्रस्ताव गर्यो भने सहकार्य हुन्छ । जस्तो, पाठ्यक्रम विकासमा, तालिममा, इन्स्ट्रक्सनल डिजाइनमा, पाठयोजना, पेडागोजिकल सीप वा प्रस्तुति सीप अथवा अप्रेन्टिसिपमा हो कि ? यस्तोमा सरकारसँग अतिरिक्त बजेटमा सहकार्य गर्न सकिन्छ । तर, हाम्रो नियमित बजेटबाट चाहिँ एउटा देशमा एउटा कार्यक्रम चलाउँछौं । यो चाहिँ हाम्रो नियमित कार्यक्रमचाहिँ मार्चमा हुन्छ । इन्डस्ट्री इन्स्टिच्युट लिङ्केजमा शिक्षकहरुलाई तालिम छ । टिभेटमा रिसर्च गर्छाैं र त्यसलाई सरकारलाई सेयर गर्छाैं । जस्तै, भर्खरै अन्तर्राष्ट्रिय कन्फेरेन्स भयो । ‘इनोभेसन इन टिभेट’ भनेर ३० देशका उद्योग क्षेत्रका द्विग्गज व्यक्तिहरु यहाँ जम्मा भएका थिए । अरु देशमा टिभेटमा कस्ता प्राविधिक विकास भएका छन् ? जस्तै ‘इन्डष्ट्रियल रिभोलुसन ४’ भनिन्छ । इन्डष्ट्रियल रिभोलुसन ४ भित्र डिजिटल टेक्नोलोजी, रोबर्ट टेक्नोलोजी रहेको छ । भनिन्छ, अबको १५ वर्षमा अमेरिका र चीनमा ड्राइभरहरु हुने छैनन् । सबै ड्राइभरहरु बिस्थापित हुनेछन् । भनेपछि अब ड्राइभर उत्पादन गरेर भयो त ? कस्तो मान्छे चाहियो भने त्यो गाडीलाई कमाण्ड दिने । आर्टिफिसियल इन्टेलिजेन्स डिजिटल टेक्नोलजी रोबर्टलाई कमाण्ड दिने मान्छे चाहिन्छ । चीनमा २० हजार रोबर्ट आर्मी छन् । अमेजन डट कम वेयर हाउसमा ४५ हजार रोवर्टले काम गर्छन् । मान्छेले गर्ने काम रोबर्टले गर्छ र रोबर्टलाई चलाउने कार्यचाहिँ मान्छेले गर्ने हो । संसार त्यतातिर गइसकेको छ । हामी त धेरै पछि छौं । हाम्रोमा धानिने काम गर्नुपर्ने हुन्छ । जस्तै पर्यटनका जनशक्ति चाहिन्छ भने ट्राभल टुर अपरेटर उत्पादन गरेर हुँदैन । अब त अनलाइनबाटै त्यहीँ प्राइज किन्न सकिन्छ, टिकेटिङ त्यहीँ हुन्छ । त्यस्तो डिजिटल कम्पिटेन्सी भएको व्यक्ति उत्पादन गर्नुपर्ने बेला आयो अब । यस्ता कुराहरु परम्परागत शिक्षकहरुलाई अतिरिक्त नयाँ प्रविधिको सीप दिनुपर्ने हुन्छ । अब त कम्प्यूटरबाट थ्रिडि सिस्टम छ । अब ल्याबमा मेसिन नै चाहिँदैन । गाडीको पांग्रा बिग्रियो भने कुन बेरिङ टुट्यो भन्ने डिजिटल प्रविधिबाटै हेर्न सकिन्छ । यसखाले थ्रिडि प्रविधियुक्त पूर्वाधार बनाउनु पर्यो नेपालका प्राविधिक स्कूलहरुले । नेपाल पछि पर्नुको कारण नै प्रविधिलाई नबुझ्नु नै हो । हाम्रो काम भनेको सरकारलाई नीति बनाउन सहयोग गर्नु हो ।


तपाईँ कोलम्बो प्लानमा जानु भएपछि नेपालले कस्तो फाइदा लिन सकेको छ ?


एउटा कार्यक्रम हुने ठाउँमा दुई–तीनवटा भएका छन् । नेपालमा दुई वर्षमै तीनवटा अन्तर्राष्ट्रिय कार्यक्रम भएका छन् । सहभागिताका हिसाबले पनि नेपाल सरकारका अधिकारीहरुले बाहिर गएर प्राविधिक विषयमा जान्न पाएका छन् ।


कार्यक्रमहरु त भए हुनु र यहाँका व्यक्ति बाहिर जानुभन्दा पनि ठ्याक्कै उपलब्धिचाहिँ के–के भएका छन् ?


उपलब्धि त शिक्षण स्तरमा भएका छन् । नीतिगत कुरा त हामीले दिने हो तर ग्रहण गर्ने मान्छे र नीति बनाउनेले यसलाई लिनु पर्यो नि । हामीले टेक्नोलोजी चाहिन्छ भनेका छौं । त्यो भएको छैन । टिभेटको कुरा गर्ने अनि ल्याबविनाको प्राविधिक स्कूल खोलेर हुन्छ र ?


तुरुन्तै कोलम्बो प्लान र सिटिइभिटिसँग जोडिएर केही नयाँ काम हुँदैछ कि ?


आउने मार्चबाट ‘इन्डस्ट्री इन्स्टिच्युट लिङ्केज’सम्बन्धी कार्यक्रम हुँदैछ । सिटिइभिटिका अधिकारीहरुलाई एक्सपोजर भिजिट गराइ नै रहेका छौं । अर्काे कुरा, सीप परीक्षणको स्टाण्डर्ड तय गर्न फिलिपिन्सलाई आधारित बनाएर काम गरिँदैछ ।

 

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...