२०७८ मंसिर १२ गते / 28th Nov 2021, Sunday
investment investment

सबैखाले प्रविधि साउथवेस्टर्न कलेजमा छ

 

राजेन्द्र केसी
प्रिन्सिपल
साउथवेस्टर्न कलेज, बसुन्धरा, काठमाडौं

साउथवेस्टर्न कलेज कस्तो कलेज हो ?
यो आफैंमा पृथक कलेज हो । नेपालकै भूमिमा, नेपालीद्वारा नै सञ्चालित तर फरक ढंगले चलेको छ । शिक्षण सिकाइ प्रक्रिया, सिक्ने सिकाउने कुरा, सिकाइ व्यवहार, सम्झने र सम्झन सक्ने बनाउने विधि फरक छ । संसारमा सबैलाई दिनमा २४ घण्टा नै मिल्छ । सबैलाई बराबर समय भएपनि कोहीले चन्द्रमा चुमिरहेको छ, कोही सजिलोसँग बाच्न नै संघर्ष गरिरहनु परेको छ । यही भूमिमा हाम्रो कलेज छ, पढ्ने र पढाउने दुबै यही भूमिका हुन् । पाठ्यक्रम नेपाल सरकारकै हो । तर, हामी फरक ढंगले सञ्चालन गरेका छौं । हामीले नयाँ काम भन्दा पनि हरेक काम नयाँ ढंगले गर्दै आएका छौं । यही कारणले यहाँ विद्यार्थी र अभिभावकले उपलब्धि हासिल गर्नुभएको छ । विद्यार्थीहरुले हामी यस्तो वातावरण दिने प्रयास गरेका छौं । उनीहरु पछि संसारका जुनसुकै कलेजमा गएपनि नौलो अनुभुति महशूस गर्दैनन् । भौतिक पूर्वाधारमा, गुणस्तरमा, प्रतिभा प्रष्फुटनमा ।


अन्तर्राष्ट्रियस्तरको शिक्षण सिकाइका लागि कस्तो प्रयास गर्नुभयो ?
यो कुरा अन्यले बोलेर सुनाउँछन् । तर, हामीले गरेर देखाएका छौं । हामीले विद्यार्थी र अभिभावकहरुलाई आएर हाम्रो कलेजको भिजिट गर्न आग्रह गर्छौं । हाम्रो नतिजा हेर्नुहोस्, उत्तीर्ण प्रतिशत हेर्नुहोस्, हाम्रो अनुसन्धान र विकासको समूहको टिम हेर्नुहोस्, यहाँका शिक्षक समूह हेर्नुहोस् हामीले गरेका कुराहरु लेखाइमा भन्दापनि भिडियोमा पनि हेर्नुहोस् । मलाई गाउँ, शहर, विदेश र विश्वकै अनुभव छ । विश्वका झण्डै ३७ बढी देशका २०० विश्वविद्यालय घुमेको छु र अमेरिका बसेर पढेको छु । यी अनुुभवका आधारमा हामीले कलेजको विकास गरेका छौं । एकातिर हाम्रा युवाहरु जागिर नपाएर विदेशिन बाध्य छन् भने अर्कोतर्फ हामी जस्ता संघ–संस्थाहरुलाई दक्ष जनशक्ति पाउनै मुस्किल छ । हाम्रो स्कूल र कलेजको उत्पादन श्रम बजारमा बिक्नेखालको भएनन् । सर्टिफिकेट गोल्डमेडलिष्ट र डिष्टिङ्कसन हुनेले पनि जागिर पाउन सकेनन् सीप नहुनाले । त्यसैले, हामीले सीप र शिक्षालाई सँगसँगै लगेका छौं । हामीले काम पाउने मात्रै होइन, रोजगारी सिर्जना गर्नसक्ने बनाएका छौं । हाम्रो कलेज आइएसओको गुणस्तर प्रामाणित कलेज हो । हामी अन्य कलेजसँग प्रतिस्पर्धा गर्दैनौं । हामी असल काम र फरक काम गर्दै अघि बढ्छौं ।


राम्रो कलेज कसरी छनोट गर्नुपर्ला ?
अहिले जुन प्रक्रिया देखिएको छ । त्यसलाई त म विकृति भन्छु । एकातिर विद्यार्थीहरु दिनमै १०/२० वटा कलेज भिजिट गरिरहेका छन् । अर्कोतिर कलेज सञ्चालकहरु लोभ्याउनतिर गइरहेका छन् । अनेक थरीका विज्ञापन गरेर । ११ महिना चूप लागेर बस्ने १२ औं महिनाको १ महिनामा चाहिँ व्यवसायिक विज्ञापन गर्ने र फेरि सकियो । १६/१७ वर्षको प्रमुख उमेर को २ वर्ष बिताउन एउटा कलेज छनोट गर्ने हो । सस्तो कलेज मात्रै छान्दा पछि समस्या आउन सक्छ । त्यसैले कलेज छान्दा पहिले त्यो कलेज भौतिक पूर्वाधारको अवस्था कस्तो छ हेर्नु पर्छ, सुरक्षित र बलियो हुनु पर्छ । वातावरण राम्रो हुनु पर्छ । वातावरण सिकाइका लागि महत्वपूर्ण हुन्छ । त्यस्तै, फ्याकल्टिजहरु र विगतको नतिजा कस्तो छ हेर्नु पर्छ । विगतका कलेजका उत्पादन हाल के गरिराखेका छन् ? कहाँ–कहाँ पुगेका छन् ? हेर्नु पर्छ । कलेजको लोकेसन पनि विचार गर्नु पर्छ । धेरै डिस्टर्ब हुने ठाउँमा छ कि छैन, विचार गर्नु पर्छ । कलेजको समुदायमा कस्तो छाप छ ? कत्तिको नाम कमाएको छ ? यी सबै कुरालाई ध्यानमा राखेर राम्रो कलेज छनोट गर्नु पर्छ ।

अभिभावक वा विद्यार्थी यसै कलेजमा किन आउनुपर्ला ?

आउनैपर्छ, भर्ना भएर पढ्नै पर्छ भन्ने छैन । तर, एकपल्ट कलेजको भिजिट गरेपछि त्यत्तिकै फर्कन मन मान्ने छैन । कलेजको वातावरण हेर्नुहोस् । नतिजा, अतिरिक्त क्रियाकलाप हेर्नुहोस् । हामीले भनेको कुरा नसुन्नुस्, गरेको कुरा हेर्नुहोस् । हाम्रो शुल्कको अवस्था अन्यभन्दा थोरै महङ्गो छ । तर, तिरेको भन्दा धेरै गुणा विद्यार्थीले फिर्ता पाउँछन् । हामीले लिएको उनीहरुको दुई वर्ष समयलाई स्वर्णिम बनाइदिनेछौं । यहाँ भर्ना भएपनि थप ट्युसन पढ्नै पर्दैन । हाम्रोमा भर्ना गरिदिएपछि अभिभावकले विद्यार्थीको गुणस्तरीय शिक्षा, सुरक्षा र भविष्यको बारेमा सोच्नै पर्दैन । हाम्रो कलेजमा बजारका उत्कृष्ट शिक्षकहरुको समूह छ । जसलाई हामीले विभिन्न शिक्षण तालिम दिएका छौं । कजेल पूर्णरुपमा डिजिटल छ । पेपरलेस छ । सबै काम प्रविधिमा आधारित छ । गृहकार्य विद्यार्थीको प्रोफाइमा पुग्छ । संसारमा शिक्षण सिकाइमा प्रयोग हुने सबैखाले प्रविधि हामीसँग छ ।

 

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...