२०७८ बैशाख २५ गते / 8th May 2021, Saturday
investment investment

अस्थायी शिक्षकका लागि आयोग खुल्यो

शिक्षक सेवा आयोगले स्थायी हुनका लागि अस्थायी शिक्षकलाई विज्ञापन आहवान् गरेको छ ।


शिक्षा ऐनको नवौं संशोधनबमोजिम खोलिएको यो विज्ञापन अनुसार आउँदो मंसिर तीन गतेसम्म आवेदन दिन सकिनेछ ।


आयोगले यसअघि नै सामुृदायिक विद्यालयमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्न १९ चैत २०७३ मा विज्ञापन गरेको भएपनि सो विज्ञापन अनुसारको परीक्षा सञ्चालन नहुँदै शिक्षा ऐन २०२८ मा नवौं संशोधन भएपछि सोहीबमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ ।


‘शिक्षा ऐन, २०२८ को आठौं र नवौं संशोधनबमोजिम परीक्षामा सहभागी हुन पाउनेगरी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको अन्तिम नामावली, परीक्षा मिति र समय पछि प्रकाशित गरिनेछ’ आयोगद्वारा मंगलबार जारी सूचनामा भनिएको छ, ‘लिखित परीक्षाको नतिजा प्रकाशनसँगै अन्तरवार्ता मिति, समय र स्थान तोकिनेछ ।’


ऐन संशोधन हुनेबित्तिकै योग्य शिक्षकलाई सेवा प्रवेशमा बन्देज लगाइएको भन्दै विरोध गरिएको थियो । आन्तरिक ७५ र खुल्ला २५ प्रतिशतको व्यवस्थाका कारण विरोध भएको हो ।


शिक्षा ऐनको नवौं संशोधनविरुद्ध संवैधानिक अदालतमा मुद्दा दायर भई सुनुवाईकै क्रममा रहेको छ तर आयोगले भने विज्ञापन खोलेको अवस्था छ ।

यस्तो छ, आयोगको विज्ञापनः

प्रमुख समाचार

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...

शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...