२०७८ बैशाख २५ गते / 8th May 2021, Saturday
investment investment

कक्षा १२ को विज्ञान विषयमा झण्डै ८० प्रतिशत उत्तीर्ण

काठमाडौं । कक्षा १२ को विज्ञान विषयमा झण्डै ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।


परीक्षामा नियमिततर्फ सहभागी भएका ४४ हजार ८ सय ९७ परीक्षार्थीमध्ये ३५ हजार ६ सय ८८ उतिर्ण भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।त्यस्तै, आंशिकतर्फ सहभागी ९ हजार ४ सय ८९ मध्ये ४ हजार १ सय ३७ जना(४३.६ प्रतिशत) उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।


परीक्षा नियन्त्रक बतासका अनुसार नियमित तर्फ १७ जना र आंशिक तर्फ ३ जनाको परीक्षा रद्द गरिएको छ । गतवर्ष विज्ञान विषयमा नियमित तर्फ ७३.७७ प्रतिशत र आंशिकतर्फ ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला 

प्रमुख समाचार

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...

शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...