२०७८ बैशाख २४ गते / 7th May 2021, Friday
investment investment

शिक्षक आयोगले तोक्यो परीक्षाको मिति र केन्द्र, यस अघिको विज्ञापनमा थपघट


भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि खुलाइएको आन्तरिक विज्ञापनको परीक्षा मिति र परीक्षा केन्द्र निर्धारण गरेको छ । यस अघि परीक्षा मिति र परीक्षा केन्द्र पछि तोक्नेगरी आयोगले विज्ञापन गरेको थियो ।


अस्थायी शिक्षकहरुको लागि खुलाइएको आन्तरिक परीक्षा असार २४ गते शनिवार ११ बजे तीनैतहको क्षेत्रीयरुपमा एकैचोटी सञ्चालन हुने भएको छ । आयोगले बुधवार परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो ।


आयोगले यसअघि परीक्षा मिति पछि तोक्नेगरी प्रावि निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि विज्ञापन गरेको थियो । यसअघि तथ्यांक नआएर बाँकी रहेका जिल्लामा समेत विज्ञापन गरिएको छ ।


आयोगले दरखास्त संकलन गर्ने जिल्ला शिक्षा कार्यालयहरुले आ–आफ्नो जिल्लाको उम्मेदवारहरुको तहगत÷विषयगत विवरण २०७४ जेठ ७ गतेभित्र परीक्षा केन्द्र तोकिएका जिल्लाहरुमा पठाई आयोगमा जानकारी गराउन समेत भनेको छ ।


परीक्षा केन्द्र
पूर्वाञ्चल विकासक्षत्र – जिल्ला शिक्षा कार्यालय, झापा
मध्यमाञ्चल विकास क्षेत्र– जिल्ला शिक्षा कार्यालय, काठमाडौं
पश्चिमामाञ्चल विकास क्षेत्र– जिल्ला शिक्षा कार्यालय, कास्की
मध्यपश्चिमामाञ्चल विकास क्षेत्र– जिल्ला शिक्षा कार्यालय, वाँके
सुदूरपश्चिमामाञ्चल विकास क्षेत्र– जिल्ला शिक्षा कार्यालय, कंचनपुर

 

प्रमुख समाचार

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...

शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...