२०७८ बैशाख २५ गते / 8th May 2021, Saturday
investment investment

कक्षा ११ को परीक्षा सर्यो, कक्षा १२ को भने यथावत् (तालिका सहित)

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को निर्धारित परीक्षा तालिका परिमार्जित गरेको छ । बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।


बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ ३ गतेसम्म लिनेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।


सरकारले आउँदो वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले वैशाख २४ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा पछि सारिएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले दिनुभयो । बोर्डले कक्षा १२ को परीक्षा भने यथावत मितिमा नै गर्ने  निर्णय गरेको छ । कक्षा १२ को परीक्षा आउँदो वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने छ ।

प्रमुख समाचार

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...

शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...