काठमाडौं । कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययन गरिरहेका ५ जना बिद्यार्थीले आकासबाट मल, बिउ, तथा बिषाधी छर्न मिल्ने ड्रोन बनाएका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न प्रविधी प्रर्दशनमा उक्त ड्रोनले पुरस्कार समेत जितेको छ । ललितपुरमा रहेको ओमेगा क्याम्पसका बिद्यार्थीले ३ महिना लगाएर ड्रोन निर्माण गरेका हुन् ।
प्रविधी प्रदर्शनी भएका बेला केही देखाँउ भनेर ५ जना साथिहरु मिलेर उक्त ड्रोन बनाएको बिद्यार्थी प्रमोद अधिकारीले बताए । उनीहरुले नेपाल कृषिप्रधान देश भएकोले रासायनिक मल, बिउ तथा विषाधी माथिबाट छर्न मिलोस भनेर यस्तो उपकरणको परिकल्पना गरेको बताए ।
प्रमोद अधिकारी, प्रभाकर पाण्डे, एन्जल जंग कार्की, वत्सल घिमिरे र अंकित अधिकारीको टोलीले ३० हजार खर्च गरेर उक्त ड्रोन बनाएका हुन् ।
साभार : रातोपाटी
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...
Comments