वासिङटन । विजुली बत्तीको उपयोग विश्वभरी नै महत्वपूर्ण मानिन्छ। किनकी धेरै ठूला ठूला काम विजुलीले सम्भव बनाएको छ। यही कारण वैज्ञानिकहरुले एउटा यस्तो रुखको विकास गरेका छन् जसले फल होइन की विजुली उत्पादन गर्ने गर्छ।
अमेरिकास्थित इयवा यूनिवर्सिटीका शोधकर्तारुले विजुली दिने रुखको विकास गरेका छन्। उनीहरुका अनुसार जब यो रुख हावामा कृत्रिम पातहरुका साथ हलिन्छ तब रुखबाट बिजुली उत्पन्न हुन्छ। यसबाट उत्पादन भएको विजुलीले घरमा चल्ने उपकरणलाई चार्ज गर्न मद्दत पुर्याउँछ भने घरेलु काममा समेत सघाउ पुर्याउँछ।
इयवा यूनिवर्सिटी वैज्ञानिक माइकल क्याकक्लोस्कीले यस्तो डिजाइन बनाएका हुन्। उनले भनेका छन्,' यो रुखमा हावाले घुम्ने टर्वाइनलाई परिवर्तन गर्दैन तर यहाँ हुने सानो मेसिनले विजुलीको उत्पादन गर्छ।' उनले यस्तो मेसिनको विकासले घरको काममा सजिलो र समयको बचत हुने दाबी गरेका छन्।
यसबाट अफग्रीड विजुलीको समेत उत्पन्न हुने उनको तर्क छ भने यस्तो प्रकारको रुखलाई थप परिमारजित गरी ठूलो मात्रामा विजुली उत्पादन गर्ने समेत उनको लक्ष्य रहेको छ।
साभार : अन्नपुर्णपोष्ट
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...
Comments