२०७८ बैशाख २५ गते / 8th May 2021, Saturday
investment investment

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक,८६ दशमलव २४ प्रतिशत उतीर्ण

काठमाडौं । कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको हो ।


बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएका हुन् । बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो ।

 

 

नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्

प्रमुख समाचार

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...

शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...