२०७६ मंसिर २१ गते / 7th Dec 2019, Saturday

समाचार

जेहेन्दार विद्यार्र्थीलाई वडा कार्यालयद्वारा झोला तथा स्टेसनरी वितरण जेहेन्दार विद्यार्र्थीलाई वडा कार्यालयद्वारा झोला तथा स्टेसनरी वितरण

सिमकोट गाउँपालिकाको वडा कार्यालयले दुुई विद्यालयका गरीब र जेहेन्दार विद्यार्र्थीलाई झोला तथा स्टेसनरी वितरण गरेको छ । यसले उनीहरु निकै खुशी देखिएका छन् । सिमकोट गाउँपालिकाको वडा नम्बर पाँचले भिमसेन बालमन्दिर मावि र भिमसेन विद्यालयका विद्यार्र्थीलाई झोला तथा स्टेसनरी वितरण गरेकोे हो । भिमसेन आधारभूत विद्यालयमा कक्षा चारका छात्र सञ्जिव रावतले जेहेन्दार विद्यार्र्थी भएको कारण वडा कार्यालयबाट वितरण गरिएको शैक्षिक सामग्री पाउँदा पढाइका लागि झन् उत्प्रेरणा मिलेको बताउनुभयो । कक्षा प्रथम रावतले यी अतिर ...

पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला जेठ १० गतेदेखि पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला जेठ १० गतेदेखि

काठमाडौँ  । स्वदेशमा नै गुणस्तरीय शिक्षाबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’ यही जेठ १० गतेदेखि शुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा सञ्चालन हुने मेला जेठ १३ गते सम्म सञ्चालन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले  बिहीबार मेलाको उद्घाटन गर्ने जनाइएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा  मेला संयोजक लोकबहादुर भण्डारीले मेलामा विद्यार्थीले कुन विषय, ...

शिक्षासेवी प्रकाशसिंह अधिकारीको निधन शिक्षासेवी प्रकाशसिंह अधिकारीको निधन

शिक्षासेवी प्रकाशसिंह अधिकारीको आज (जेठ ८ गते) निधन भएको छ । अधिकारी विगत एक वर्षदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । गत आइतबार मस्तिष्कघात भई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना हुनुभएका अधिकारीको आज बिहान निधन भएको होे । उहाँ ६३ वर्षको हुनुहुन्थ्यो । दशकौं शिक्षा विकासमा सक्रिय अधिकारी अनौपचारिक शिक्षाको प्रबर्द्धक र अभियन्तामध्ये एक मानिनुहुन्थ्यो । तीन दशकअघि प्रकाशित प्रौढ शिक्षाका लागि चर्चित किताब ‘नयाँ गोरेटो’को अवधारणाकर्तामध्ये उहाँ मुख्य व्यक्तित्व हुनुहु ...

संघीय व्यवस्थामा : यस्तो बन्दैछ विद्यालय तहको पाठ्यक्रम संघीय व्यवस्थामा : यस्तो बन्दैछ विद्यालय तहको पाठ्यक्रम

सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार पारेको छ । विद्यालय तहको शिक्षा विद्यार्थीकेन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११–१२ पनि विद्यालय शिक्षामा समाहित भएपछि नयाँ पाठ्यक्रम जारी गर्न लागिएको हो  । प्रारम्भिक बालविकास, आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (९ देखि १२) गरी सक्षमताका आधारमा मस्यौदालाई पनि ३ तहम ...

संघीय शिक्षा ऐन मन्त्रिपरिषद्मा दर्ता संघीय शिक्षा ऐन मन्त्रिपरिषद्मा दर्ता

संघीय शिक्षा ऐन मन्त्रिपरिषद्मा दर्ता काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ । कानून मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतको राय लिएर तयार भइरहेको ऐन यही २ जेठमा मन्त्रिपरिषद्मा दर्ता गरिएको हो । संविधानतः आगामी असार महिनाभित्रै संघीय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षा मन्त्रालयलाई बाध्यता रहेको छ । मुलुक संघीय संरचनामा रुपान्तरण भई तीनै तहको सरकार गठन भइसकेको छ । विद्यालय तहको शिक्षा स्थानीय तहको व् ...

अंग्रेजी माध्यमद्वारा पढाइ हुुँदा नेपालीमा कमजोर अंग्रेजी माध्यमद्वारा पढाइ हुुँदा नेपालीमा कमजोर

हिमाली जिल्ला हुुम्लाको बालविकास आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुुँदा विद्यार्थी नेपाली विषयमा कमजोर हुुँदै गएका छन् । महिलालाई कमजोर मान्ने मानसिकतालाई गतिलो जबाफ दिँदै महिला शिक्षकहरुले हिम्मतका साथ विद्यालयमा अंग्रेजी माध्यममा पढाइ शुुरु गरे । तर, विद्यार्थीले बढी ध्यान अंग्रेजीमा दिनुुपर्ने भएकाले नेपाली विषयमा कमजोर भएको शिक्षकहरुकै अनुभव छ । शुुरुको तुुलनामा अहिले अंग्रेजी पठनपाठन विद्यार्थीका लागि सन्तोषजनक रहेको बताउँदै बरु नेपाली विषयमा विद्यार्थी कमजोर देखिन थालेको प्रधाना ...

प्रधानाध्यापक नेपाललाई विद्यावारिधि प्रधानाध्यापक नेपाललाई विद्यावारिधि

काठमाडौं– निलबाराही मावि कालीमाटीकी प्रधानाध्यापक जानुका नेपालले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गर्नुभएको छ । उहाँले नेपाली विषयअन्तर्गत ‘बदरीनाथ भट्टराईका कथाहरुमा आध्यात्मिक दर्शनको प्रभाव’ विषयमा विधावारिधि गर्नुभएको हो । २०६९ चैत्रमा विद्यावारिधिका लागि आवेदन दिनुभएकी उहाँले २०७० मा त्यसको शुरुवात गर्नुभएको थियो । उहाँले गत बुधवार विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको हो । काभ्रेको पाँचखालमा जन्मनुभएकी नेपालले गाउँकै सर्वमंगला माविबाट एसएलसी उत्तीर्ण ग ...

संविधानमा अनिवार्य र निःशुल्क शिक्षा :सामुदायिक विद्यालयमै मासिक शुल्क संविधानमा अनिवार्य र निःशुल्क शिक्षा :सामुदायिक विद्यालयमै मासिक शुल्क

कतै मासिक शुल्क तोकेरै त कतै ‘चन्दा सहयोग’का रुपमा राम्रा भनिएका सामुदायिक विद्यालयहरुले अभिभावकबाट शुल्क लिइरहेका छन् । ‘स्वेच्छिक’ र ‘चन्दा सहयोग’ जुनसुकै नाममा भएपनि घुमाइफिराइ अभिभावकबाटै रकम असुल्ने विद्यालयहरुको नीति देखिन्छ । यसले सीमान्तकृत र सर्वसाधारण अभिभावकका बालबालिकाको पहुँच राम्रा ठानिएका सामुदायिक विद्यालयमा क्रमशः खुम्चिँदै गएको छ । नेपालको संविधानमा कक्षा ८ सम्म अनिवार्य र निःशुल्क तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने व्यवस्था छ । त्यसो त ...

जहाँ शिक्षकले नै पोशाक र कापी किनिदिन्छन् जहाँ शिक्षकले नै पोशाक र कापी किनिदिन्छन्

यहाँको त्रिपुरासुन्दरी नपा १० डोल्पास्थित काञ्जिरोवा आधारभूत विद्यालयका विद्यार्थीहरु पोशाक नभएर स्कूल नआउने समस्याको हल भएको छ । यस विद्यालयका शिक्षकहरु आफैंले रकम उठाएर गरीब विद्यार्थीका लागि पोशाक किनेर उपलब्ध गराउँदा यहाँका गरीब बालबालिका विद्यालय रमाई–रमाई आउने गरेका छन् । कापी–कलम किन्न नसक्ने विद्यार्थीका लागि शिक्षकले नै व्यवस्था गर्ने गरेको अभिभावक रामबहादुर धरलाले बताउनुभयो । ‘कोही पनि विद्यार्थी पनि पोशाक र कापी–कलमकै लागि विद्यालय आउनबाट बञ्चित नहुन् भन्ने हाम ...

निजी विद्यालयले बढेको शुल्क फिर्ता गर्ने सहमति निजी विद्यालयले बढेको शुल्क फिर्ता गर्ने सहमति

विद्यालय हाताभित्र झोला, ड्रेस र पाठ्यपुस्तक बिक्रि–वितरण गर्न नपाइने     काठमाडौं– निजी विद्यालयहरुले मनोमानी ढंगमा बढाएका शुल्क फिर्ता हुने भएको छ । यही २२ वैशाखमा शिक्षा विभागमा भएको शिक्षामन्त्री, निजी विद्यालय सञ्चालक, विद्यार्थी संगठन, स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र शिक्षा सचिवसहितको वार्तामा निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता गर्ने सहमति भएको हो । बढेको शुल्क फिर्ता गर्न भन्दै लामो समयदेखि विद्यार्थी संगठनहरु चरणबद्ध आन्दोलनमा थिए । उनीहरुले यसैको विरोधस्वरु ...

विद्यालय कर्मचारीको दरबन्दी नभएको होइन, लुकाइयो  विद्यालय कर्मचारीको दरबन्दी नभएको होइन, लुकाइयो

शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीका दरबन्दी, नियुक्तिका किसिम र पेन्सन सुविधाका लागि आवश्यक बजेटसहितको विवरण यही वैशाख १३ गते अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले पटक–पटक गरेको आग्रह पछि शिक्षाले सो विवरणसहितको पत्र अर्थमा पठाएको हो । अर्थ मन्त्रालयले विद्यालय कर्मचारीको विवरण माग गर्दै शिक्षामा पत्र लेखेपछि सो जानकारीका लागि भन्दै शिक्षा मन्त्रालयले विभागमा पत्र पठाएको थियो । शिक्षा विभागले पनि विवरण पठाउन सबै जिल्ला शिक्षा कार्यालयहरुलाई पत्र लेखेको थियो । अन्त्यमा शिक्षा ...

भानु मोरङ आधारभूत विद्यालय ६३ औं वर्षमा भानु मोरङ आधारभूत विद्यालय ६३ औं वर्षमा

मोरङ – विराटनगर नपा–१० संसारीमाईस्थित भानु मोरङ आधारभूत विद्यालयले आफ्नो ६३ औं वार्षिकोत्सव मनाएको छ । वि.सं. २०१२ सालमा स्थापित विद्यालय पछिल्लो समय शैक्षिक र भौतिक सुधारमा अब्बल रहँदै आएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं विराटनगर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष माधवराज वाग्लेले सामुदायिक विद्यालयको विकासविना शिक्षा समृद्ध नबन्ने र सार्वजनिक शिक्षा नसुध्रिकन मुलुक विकशित नबन्ने बताउनुभयो । विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षाको क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै वडाध् ...

तत्काल शिक्षक परीक्षाको मिति तोक्न शिक्षक महासंघको माग तत्काल शिक्षक परीक्षाको मिति तोक्न शिक्षक महासंघको माग

काठमाडौं – नेपाल शिक्षक महासंघले अस्थायी शिक्षकहरुको स्थगित परीक्षाको मिति तत्काल तय गर्न सरकारसँग माग गरेको छ । महासंघले तत्काल परीक्षाको मिति तय गर्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । यही २२ वैशाखमा महासंघका राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा बसेका कार्यदलीय बैठकले स्थगित गरिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तोक्न तथा गिरफ्तार अखिल नेपाल शिक्षक संगठनका पदाधिकारी सदस्यहरुलाई तत्काल रिहाई गर्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने नि ...

‘सबै सामुदायिक विद्यालयहरु ज्ञानोदय जस्तै बन्नु पर्छ’ ‘सबै सामुदायिक विद्यालयहरु ज्ञानोदय जस्तै बन्नु पर्छ’

काठमाडौं – सामुदायिक विद्यालयमध्ये उत्कृष्ट मानिने ज्ञानोदय मावि बाफलले भव्य समारोहबीच आफ्नो ५५ औं वार्षिक उत्सव मनाएको छ । यही बिहीबार विद्यालय परिसरमा आयोजित ५५ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा १ कक्षा देखि १० सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा लामो समय विद्यालयमा सेवा गरेर उमेर हदका कारण अवकाशप्राप्त शिक्षक कुलदीप प्रकाश बुढाथोकीलाई दीर्घसेवी सम्मान र भरतपुर महानगरपालिकामा नाम निकालेर विदा हुनुभएकी पूर्व विद्यालय कर्मचारी ...

‘अस्थायी शिक्षकको परीक्षा रद्द नभइ स्थगित मात्रै’ ‘अस्थायी शिक्षकको परीक्षा रद्द नभइ स्थगित मात्रै’

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा रद्द नै नभई स्थगित मात्रै भएको बताउनुभएको छ । अस्थायी शिक्षकको परीक्षा नै नहुने समाचारहरु सार्वजनिक हुन थालेकोप्रति रुष्ट हुँदै मन्त्री पोखरेलले परीक्षा रद्द नभई तत्कालका लागि स्थगित मात्रै भएको स्पष्ट पार्नुभएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक दिवशीय शैक्षिक कार्यशालामा बोल्दै मन्त्री पोखरेलले छिट्टै अस्थायी शिक्षकहरुका लागि आन्तरिक परीक्षाको नयाँ मिति तय गरिने बताउ ...

‘मुलुक समृद्धिका लागि समाजवादी शिक्षा’ ‘मुलुक समृद्धिका लागि समाजवादी शिक्षा’

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक समृद्धिका लागि समाजवादी शिक्षाको विकास आवश्यक रहेको बताउनुभएको छ । वर्तमान शिक्षा अवैज्ञानिक भएका कारण समाजमा अन्धविश्वास कायमै रहेको भन्दै प्रचण्डले समाजवादी शिक्षाको विकल्प नै नभएको स्पष्ट पार्नुभयो । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजधानीमा आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ विषयक एक दिवशीय शैक्षिक कार्यशालामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले संविधानले ...

अन्तर्राष्ट्रिय विद्यालय पुरस्कारका निम्ति स्वदेशी–विदेशी विद्यार्थीको परियोजना तयारी अन्तर्राष्ट्रिय विद्यालय पुरस्कारका निम्ति स्वदेशी–विदेशी विद्यार्थीको परियोजना तयारी

काठमाडौं–काठमाडौंको गोठाटारस्थित द सेलिब्रेसन कोएड स्कूलका विद्यार्थीले आइएसए पुरस्कार तयारीका लागि अहिले स्वदेश र विदेशका विभिन्न विद्यालयका विद्यार्थीसँग मिलेर परियोजना कार्य (प्रोजेक्ट वर्क) गरिरहेका छन् । शिक्षा मन्त्रालय नेपाल सरकार र बेलायतको शिक्षा हेर्ने निकाय ब्रिटिस काउन्सिलको मातहत्मा रही यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसभन्दा अघि पनि यो कार्यक्रममा सहभागी भई सेलिब्रेसन कोएड विद्यालयले सन् २०१३ देखि २०१६ सम्मको अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (आएसए) प्राप्त गरिसकेको छ । ...

पचास हजार विद्यालय कर्मचारीहरुले पेन्सन र सुविधा पाउँदै पचास हजार विद्यालय कर्मचारीहरुले पेन्सन र सुविधा पाउँदै

मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु पेन्सन र सुविधा पाउने भएका छन् । यसै वर्ष कार्यरत र अवकाश भएका गरी झण्डै ५० हजार विद्यालय कर्मचारीहरुले पेन्सन र सुविधा पाउन लागेका हुन् । शिक्षा विभागका अनुसार हाल ३०,३०० सामुदायिक विद्यालयमा ३०,३०० विद्यालय सहयोगी (पाले, पियन) र ६,३०० विद्यालय सहायक कर्मचारी (लेखापाल) गरी ३६,६०० विद्यालय कर्मचारी कार्यरत रहेका छन् । त्यस्तै, १३ हजार बढी कर्मचारी संख्या उमेर हदले अवकाश प्राप्त एवं मृत्यु भएकाहरुको रहेको छ । यसरी हेर्दा झण्डै ५० हजारको ...

प्रदेश राजधानीको विद्यालयमा फुटेको दराज नै विज्ञान प्रयोगशाला प्रदेश राजधानीको विद्यालयमा फुटेको दराज नै विज्ञान प्रयोगशाला

शैक्षिक हब भनेर चिनिने बुटवल । प्रदेश ५ को राजधानी । राजधानीको प्रदेश सचिवालय छेऊमा रहेको सामुदायिक विद्यालय । जहाँ अधिकांश बालबालिका सुकुम्बासी परिवारका छन् । यहाँका परिवारले न अभिभावकको नामबाट घुमाउरो तरिकाले शुल्क तिर्न सक्छन् न त सरकारले नै सिधा तरिकाले सहयोग गर्छ । बुटवलमा आउने शिक्षा मन्त्रालयका अधिकारीहरु पनि यस्ता विद्यालय देख्दैनन्, पस्दैनन् । विद्यालयबाट सहयोग माग्न पुग्दा ‘दिन्छु’, ‘गर्छु’ भन्दै तर्काउँछन, फर्काउँछन् । विद्यालयमा पुगी अवस्था हेर्दा, बुझ्दा पनि ...

अध्ययन रिपोर्ट भन्छ: घरायसी काममा सहयोग गर्ने विद्यार्थीको सिकाइ राम्रो अध्ययन रिपोर्ट भन्छ: घरायसी काममा सहयोग गर्ने विद्यार्थीको सिकाइ राम्रो

  काठमाडौं – घरायसी काममा पनि सहयोग गर्ने बालबालिकाको सिकाइ उपलब्धि नगर्नेको भन्दा गतिलो हुने हालै सार्वजनिक आधिकारिक अनुसन्धानले देखाएको छ । घरायसी काममा दिनको १/२ घण्टा काम गर्ने विद्यार्थीको सिकाइ उपलब्धि अन्यको भन्दा राम्रो पाइएको हो । दिनको १/२ घण्टा घरायसी काममा संलग्न हुने विद्यार्थीको सिकाइ उपलब्धि नेपालीमा ५०७, गणितमा ५०२ र विज्ञानमा ५०३ पाइएको छ । शिक्षा मन्त्रालयमातहत्को शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत शैक्षिक शत्रमा नमूना छनोटमा परेका २६ जिल्लाका १ हजार ९ सय ५० विद्या ...

प्रमुख समाचार

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...

स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक

स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञा ...