२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

अनशनमा विद्यालय कर्मचारी अनशनमा विद्यालय कर्मचारी

सर्वोच्च अदालतको फैसला अनुसार आफूहरुलाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले यही ५ असोजदेखि खुलामञ्चमा रिले अनशन शुरु गरेका छन् । यदि सरकारले यसबीच मागप्रति वेवास्ता गरे असोज ९ गतेदेखि आमरण अनशन बस्ने विद्यालय कर्मचारीहरुले जनाएका छन् । नयाँ मागभन्दा पनि विगतको सम्झौता, सर्वोच्च अदालतको २०६७ सालको आदेश र शिक्षा ऐनको आठौं संशोधन अनुसार व्यवस्थापनको माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत पियन, पाले, भण्डारे र लेखापालहरु आन्दोलित भएका हुन् । २०३७ सालदेखि विद्य ...

शैक्षिक अभियानमा रोटरी क्लव दरवारमार्ग शैक्षिक अभियानमा रोटरी क्लव दरवारमार्ग

काभ्रे । रोटरी क्लव अफ दरवारमार्गले शैक्षिक अभियान अन्तर्गत सोमवार काभ्रेको पाँचखालस्थित नेपाल बाल संगठनमा रहेका विद्यार्थीलाई आवश्यक भाँडाकुडा, लत्ता कपडा, खेलौना र अन्य अत्यावश्यक सामाग्री प्रदान गरेको छ । अभियान क्लवले करिव ७० जना बालबालिकालाई ती सामाग्री र नगरपालिकामा रहेका कुचिकार र इसीडी शिक्षकलाई ३२ थान रेनकोट प्रदान गरेको हो ।क्लवले अभियान अन्तर्गत एक कार्यक्रमका बीच विद्यार्थी एवं शिक्षकहरुलाई शैक्षिक सामग्री सहयोग गरेको रोटरी क्लव अफ दरवारमार्गका अध्यक्ष रोटरियन सकुन्दराज अर्यालले जानक ...

एउटा विद्यालयका सबै बालबालिकालाई कम्प्यूटर शिक्षा एउटा विद्यालयका सबै बालबालिकालाई कम्प्यूटर शिक्षा

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीमा रहेको तोलीदेवल डाँडा माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीका लागि कम्प्यूटर शिक्षा शुरु गर्ने योजना अघि सारिएको छ । अहिले कक्षा ६, ७ र ८ का ऐच्छिक विषयमा नै कम्प्यूटर राखिएकाले ती तीनवटा कक्षाका लागि दैनिक रुपमा अनिवार्य कक्षा सञ्चालन गरिएको छ । चालू शैक्षिक शत्र २०७५ मा विद्यालयको प्राथमिक तह कक्षा १ देखि ५ सम्म २४३ जना बालबालिका भर्ना भई अध्ययन गरिरहेका छन् । विद्यालयमा कम्प्यूटर ल्याबका लागि अलग्गै कक्षाकोठा व्यवस्था गरिएका छन् । कम्प्यूटर ...

गोलबजार नगरपालिका वडा नं ४ ‘पूर्ण साक्षर’ घोषित गोलबजार नगरपालिका वडा नं ४ ‘पूर्ण साक्षर’ घोषित

‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’, ‘समग्र प्रदेश शिक्षित प्रदेश’, ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्ता नाराका साथ गोलबजार नगरपालिकास्थित श्री जनता माविले ‘३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७५’ कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नगरपरिक्रमा, खेलकुद, वृक्षारोपणजस्ता कार्यक्रम गरिए । साथै, हाँडीफोर, जिलेवी रेस, स्लो साइकल रेसजस्ता मनोरञ्जनात्मक कार्यक्रम गरिनुका ...

विव्यस अध्यक्षले नटेरेपछि गाउँपालिकाका अध्यक्षले प्रशासनलाई गुहारे विव्यस अध्यक्षले नटेरेपछि गाउँपालिकाका अध्यक्षले प्रशासनलाई गुहारे

विव्यसका अध्यक्षले शिक्षक छनोट प्रक्रियामा अबरोध गरेको आरोप लगाउँदै बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह र विद्यालयका प्रधानाध्यापक रत्न थापाले प्रशासनको सहयोग मागेका छन् । आफू अनुकूलको व्यक्ति शिक्षक बन्ने नदेखेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक नियुक्ति प्रक्रियाबाट अलग भएको उनीहरुको आरोप छ । जिल्लाको बारेकोट गाउँपालिका–७ स्थित सीता आधारभूत विद्यालयको आधारभूत तह ( ६–८ ) को अंग्रेजी विषयक शिक्षण सिकाइ अनुदान कोटाको शिक्षक छनौटका लागि शिक्षा विकास तथा समन्वय इकाई खल ...

विद्यार्थीले ‘दलित’ हुनुको पीडा सुनाए दलित विद्यालयकै वार्षिकोत्सवमा विद्यार्थीले ‘दलित’ हुनुको पीडा सुनाए दलित विद्यालयकै वार्षिकोत्सवमा

सीप चल्छ, श्रम चल्छ, पानी चल्दैन किन ?यहाँ जातिय विभेदविरुद्दको कानून बन्यो धेरै पहिलेअझै पनि हट्दैन छुवाछुत किन ? यहाँ मठमन्दिर, पाटीपौवा, विद्यालयमा अझै गरिँदैछ विभेद किन ? डोल्पामा अझै पनि जातिय विभेद हुने गरेको छ र दलित भएकै कारण विद्यालयमा समेत अपहेलित हुनु परिरहेको छ । यो वास्तविकता कवितामार्फत् हिमज्योति आधारभूत विद्यालयमा कक्षा ५ मा अध्यायनरत छात्रा पुष्पा सार्कीले कार्यक्रम उपस्थित श्रोताहरुलाई जब सुनाउनुभयो, प्रायः सबैको मुद्रा भावुक बन्यो । डोल्पा जिल्लाकै दलित मात्रको ...

सरकारले दिएको शिक्षा पुरस्कार फेरि पनि विवादमा सरकारले दिएको शिक्षा पुरस्कार फेरि पनि विवादमा

काठमाडौं–सरकारले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विभिन्न उत्कृष्ट शैक्षिक संस्थाहरुलाई पुरस्कृत गरेको छ । यस वर्ष कक्षा १० तर्फ उत्कृष्ट सामुदायिक विद्यालयहरु क्रमशः शितलादेवी सामुदायिक माध्यमिक विद्यालय (कास्की), त्रिपद्य विद्याश्रम माध्यमिक विद्यालय (ललितपुर), कालिका माध्यमिक विद्यालय (बुटवल) पुरस्कृत भएका छन् । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजासहित नगद पुरस्कार प्रदान गर्नुभएको हो । यसैगरी, संस्थागत विद्यालयहरुतर्फ मदरल ...

दरबन्दी मिलान कार्यदलले प्रतिवेदन बुझायो दरबन्दी मिलान कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । सरकारले विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले मंगलवार शिक्षा मन्त्रीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रतिवेदन बुझाएको हो । गत असार ४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । ४५ दिनभित्र प्रतिवेदन दिनेगरी गठन भएको कार्यदलले आफ्नो निर्धारित म्याद भित्र काम नसकेपछि  पुनः ४५ दिन थपिएको थियो । ७ स ...

राष्ट्रपतिद्वारा अनिवार्य र निःशुल्क शिक्षा विधेयक प्रमाणिकरण राष्ट्रपतिद्वारा अनिवार्य र निःशुल्क शिक्षा विधेयक प्रमाणिकरण

अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । मंगलबार अबेर राष्ट्रपति विद्यादेवि भण्डारीले योसमेत १६ विधेयक प्रमाणिकरण गर्नुभएको हो । गत ३० भदौमा बसेको संसद बैठकले विधेयक बहुमतका आधारमा पारित गरेको हो । राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै अब राजपत्रमा प्रकाशित हुनसाथ संविधानमा उल्लेख भएको शिक्षाको  मौलिक हक कार्यान्वयनमा आउने भएको छ । 'आज मिति २०७५ साल असोज २ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लाग ...

विद्यालयमा शिक्षक दरबन्दी अभावलाई नजिकैबाट नियाल्दा विद्यालयमा शिक्षक दरबन्दी अभावलाई नजिकैबाट नियाल्दा

सिन्धुली अनुभव विद्यालयमा सामाजिक जवाफदेहिता अभिवृद्धिका लागि सिन्धुली जिल्लाका विभिन्न २५ वटा सामुदायिक विद्यालयमा नागरिक आवाज र कर्तव्य विधि अन्तर्गत कार्यक्रमको थालनी भएको छ । तीनपाटन, गोलञ्जोर र फिक्कल गाउँपालिकाका विभिन्न ४ वटा सामुदायिक विद्यालयमा भदौको दोस्रो साता वास्तविक अवस्था पहिचान गर्ने कार्यक्रम तय भयो । यही कार्यक्रमअन्तर्गत विद्यालयको स्थलगत भ्रमण गरी वास्तविक अवस्था पहिचानको लागि विद्यालयमा बैठक आयोजना गरियो । नागरिक आवाज र कर्तव्य विधिअन्तर्गत विद्यालयको सुधार गर्न एउटा चरणको र ...

संघीय नेपालको शिक्षा, फेरिएको तस्बिर संघीय नेपालको शिक्षा, फेरिएको तस्बिर

सन्दर्भः३९ औं राष्ट्रिय शिक्षा तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस     अहिले मुलुकमा संघीय प्रणाली लागू भइसकेको छ । शिक्षा पनि यही प्रणालीमा रुपान्तरण हुँदै गएको छ । राणाकालीन शासन, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक र निरंकुश राजतन्त्रीय शासन व्यवस्थामा लामो समय केन्द्रमा रहेको शैक्षिक तन्त्र मुलुकमा संघीय गणतन्त्र बहालीसँगै गाउँनगरमा पुगेको हो । अब आफ्नो शिक्षा कस्तो बनाउने, कस्ता जनशक्ति उत्पादन गर्ने, शिक्षा कसरी सुधार्ने विषय गाउँ–गाउँका अधिकार र सरोकारको विषय बन्न पुगेका ...

‘छोरी शिक्षा’कै खातिर ५ हजार किलोमिटर साइकलयात्रा ‘छोरी शिक्षा’कै खातिर ५ हजार किलोमिटर साइकलयात्रा

५ हजार किलोमिटर यात्रा, त्यो पनि साइकलमा । दृढ उद्देश्य र सन्देशका साथ यात्रामा उत्रनुभएकी एकजना साहसी महिला । जसले यही १७ भदौमा भारतको गुजरातस्थित सोमनाथ मन्दिरदेखि काठमाडौंसम्मको यात्रा टुंग्याउनुभएको छ । उहाँ अर्थात् सुनितासिंह चोकेन जो सगरमाथा आरोही पनि हुनुहुन्छ । भारत सरकारको ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानको एम्बेस्डर पनि हुनुहुन्छ । नेपालसम्म साइकल यात्रामा आउनुको मूल उद्देश्य ‘आधारभूत शिक्षा तथा साक्षरता र वातावरण सम्बर्द्धन’ रहेको उहाँले सुनाउनुभयो । वातावरण सम्ब ...

 जहाँ अभिभावक दाउरा बोकी पुग्छन् विद्यालय  जहाँ अभिभावक दाउरा बोकी पुग्छन् विद्यालय

  बुढीनन्दा नगरपालिका–२ मा रहेको बुढीनन्दा आधारभूत विद्यालय नगरपालिकाकै राम्रोमध्येमा पर्छ । विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयका प्रशासनिक कार्य र अभिभावकहरुको सक्रियताका कारण अन्य विद्यालयभन्दा अब्बल हुनसकेको हो । शैक्षिक शत्र २०७३ को औषत विद्यार्थी सिकाइ उपलब्धि ४६.१९ प्रतिशत रहेकोे थियो । शैक्षिक शत्र २०७४ को वार्षिक विद्यार्र्थी सिकाइ उपलब्धि ५२.६७ प्रतिशतले छ । विद्यालयमा दिवा खाजा खुवाउने कार्यक्रम २०७० देखि विद्यालयमा लागू गरिएको खाजा व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर कार ...

‘उत्कृष्ट शिक्षकबाट मात्रै गुणस्तरीय शिक्षा’ ‘उत्कृष्ट शिक्षकबाट मात्रै गुणस्तरीय शिक्षा’

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले उत्कृष्ट शिक्षकबाट मात्रै गुणस्तरीय सम्भव भएको बताउनुभएको छ । योग्य र दक्ष शिक्षकले मात्रै शिक्षाको गुणस्तर बढ्ने भएको भएपनि उत्कृष्ट विद्यार्थीलाई शिक्षा विषयको अध्ययनमा आकर्षित गर्न नसकिएको उहाँको भनाइ थियो । एसइइ परीक्षामा न्यूनतम १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले शिक्षा संकाय अध्ययन गर्न पाउने निर्णयको एक हस्ताक्षरकर्ता समेत रहनुभएका पौडेलले सबैभन्दा कम जिपिए ल्याउनेलाई शिक्षक बनाउने निर्णय गर्नु गलत भएको ...

छोराछोरी नपढे, अभिभावकलाई कार्बाही छोराछोरी नपढे, अभिभावकलाई कार्बाही

छोराछोरी विद्यालय नपढे अभिभावकलाई कार्बाही हुने भएको छ । सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको निःशुल्क शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो । प्रत्येक व्यक्तिको आधारभूत मानवअधिकारलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षामा सबैको सहज पहुँच, जीवनोपयोगी र गुणस्तरयुक्त शिक्षा सुनिश्चित गर्न सो विधेयक पेश गरिएको जनाइएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको मस्यौदा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि संसदमा पेश गरिएको हो । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वय ...

पढाइमा छात्रभन्दा छात्रा अब्बल पढाइमा छात्रभन्दा छात्रा अब्बल

‘छात्रभन्दा छात्राको शैक्षिक उपलब्धि कम हुन्छ’ भन्ने आममानसिकतालाई सनसाइन सामुदायिक आधारभूत विद्यालयका छात्राहरुले गलत साबित गरिदिएका छन् । विद्यालयको सामाजिक परीक्षण प्रतिवेदनमा कक्षा १ देखि ५ सम्मको सबै कक्षामा लगातर तीन वर्षदेखि छात्रभन्दा छात्राको शैक्षिक उपलब्धि धेरै छ । यस विषयमा सामाजिक परीक्षण कार्यक्रममा आएका अतिथि तथा अभिभावकले शुरुमा पत्याएनन् पनि । तर, विद्यालयका प्रधानाध्यापक रामसुभाव यादवले विश्वास नभए सबै विद्यार्थीको परीक्षा उत्तरपुस्तिकासमेत देखाउन सकिने दाबी गरेपछि ...

दरबन्दी पुनर्वितरण कार्यदलको यो हविगतः बजेट अभावमा खल्ति टकटकाउँदै सदस्यहरु काम गर्न बाध्य  दरबन्दी पुनर्वितरण  कार्यदलको यो हविगतः बजेट अभावमा खल्ति टकटकाउँदै सदस्यहरु  काम गर्न बाध्य

    सरकारले विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि कार्यदल गठन गरेपनि आवश्यक बजेट व्यवस्था नगरिदिँदा कार्यदलका सदस्यहरुले आफ्नै खल्ति टकटकाउँदै खर्च गर्नु परिरहेको खुलासा भएको छ । ४५ दिनभित्र प्रतिवेदन दिनेगरी गठन भएको कार्यदलले आफ्नो निर्धारित म्याद सकिएपछि पुनः ४५ दिन थपिएको अवस्था छ । आयोगलाई कार्यदलको बैठक बस्न, प्रदेशस्तरमा छलफल चलाएर सुझाब संकलन गर्नै आर्थिक समस्या देखिएको छ । गत असार ४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा ९ सदस् ...

बाढीले पुल बगाउँदा ४ सय विद्यार्थी विद्यालय जान पाएनन् बाढीले पुल बगाउँदा ४ सय विद्यार्थी विद्यालय जान पाएनन्

  अविरल वर्षाका कारण खोलामा आएको बाढीले पुल बगाउँदा जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न विद्यालयका चार सय बढी विद्यार्थीको पढाइ बन्द भएको छ । बाढीले २ पक्की र ४ वटा काठेपुल बगाएको छ । गत ३० साउनमा नलगाड नगरपालिकाको ३ देखि ६ नं वडासम्मका बस्तीहरुमा बाढीले वितन्डा मच्चाउँदा पुल मात्र नभई खेत र घर पनि बगाएको छ । नलगाडका मेयर टेकबहादुर रावलले झुप्रा खोलामा आएको बाढीले पुल बगाउँदा नगरपालिकाभित्रका दुई मावि र अन्य चार प्राथमिक एवं आधारभूत तहमा पढ्ने चार सय विद्यार्थी पुल अभावमा स्कूल जान नपाएको ब ...

निजी विद्यालय तत्काल बन्द हुँदैनन् – शिक्षामन्त्री पोखरेल निजी विद्यालय तत्काल बन्द हुँदैनन् – शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल निजी विद्यालय बन्द नगरिने बताउनुभएको छ । मन्त्री पोखरेलले निजी लगानीबिना सरकार एक्लैले शिक्षा धान्न नसक्ने स्वीकार गर्नुभएको हो । सरकार एक्लैले शिक्षा धान्न नसक्ने यसमा सवैको योगदान आवश्यक रहेको भन्दै उहाँले निजी विद्यालय सञ्चालकहरुलाई गैरनाफामुलक ढंगमा शिक्षामा काम गर्नसमेत आग्रह गर्नुभयो । शिक्षालय मासिकले गत साता राजधानीमा गरेको एक कार्यक्रममा मन्त्री पोखरेलले भन्नुभयो, ‘निजी विद्यालय सञ्चालकहरुलाई नाफा नलिइ शिक्षामा योगदान ...

मुलुकमा प्राविधिक शिक्षा अध्ययन हुने सामुदायिक विद्यालय ३ सय १२ मुलुकमा प्राविधिक शिक्षा अध्ययन हुने सामुदायिक विद्यालय ३ सय १२

  मुलुकका थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पठन–पाठन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटि)ले थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठनको स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । योसँगै मुलुकभर प्राविधिक शिक्षा अध्ययन हुने सामुदायिक विद्यालयको संख्या ३ सय १२ पुगेको छ । यस अघि सिटिइभिटिले २ सय १७ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठनका लागि सम्बन्धन दिइसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री गिरिराजमणि ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...