२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

कर्णालीमा समयमै पाठ्यपुस्तक पुग्नेमा आशङ्का

गत साल शैक्षिक शत्रको शुरुमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याएर प्रशंसा पाएको सरकार र निजीक्षेत्र यसपालि भने आपसी समन्वय अभावले चुक्ने देखिएको छ ।   निजी क्षेत्रलाई कक्षा १–४ सम्मका लागि मात्र किताब छाप्न दिने सरकारबाट ढिलागरी गरिएको निर्णयले पनि यसपालि कर्णालीमा समयमै पाठ्यपुस्तक नपुग्ने देखिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २ पुसमा यो निर्णय गरेपछि पाठ्यक्रम विकास केन्द्रले भोलिपल्टै ३ गते सूचिकृत हुनका लागि निजीक्षेत्रलाई आह्वान गरेको थियो । सूचिकृत प्रक्रिया ...

मन्त्रिपरिषद्को ढिलाईले साक्षर नेपाल घोषणा मिति सर्यो मन्त्रिपरिषद्को ढिलाईले साक्षर नेपाल घोषणा मिति सर्यो

२०७६ सालको राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन ‘साक्षर नेपाल’ घोषणा गर्न आफैंले तोकेको मितिबाट सरकार पछि हटेको छ । शिक्षा मन्त्रालयको कार्यान्वयन निकाय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘साक्षर नेपाल वर्ष २०७६’ अवधारणा पत्र तयार पारी स्वीकृतिका लागि प्रस्ताव गरेपछि मन्त्रिपरिषद्ले ढिलागरी गत १० पुसमा स्वीकृत गरेको थियो । केन्द्रले गत कात्तिकदेखि लागू हुनेगरी आउँदो भाद्र २२/२३ गतेसम्मका लागि गत ११ कात्तिकमै कार्ययोजनासहितको प्रस्ताव पेश गरेको थियो ...

निजीक्षेत्र केही समयपछि भाग्ने बनाउँछौंः प्रधानमन्त्री निजीक्षेत्र केही समयपछि भाग्ने बनाउँछौंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा निजीक्षेत्रलाई पुल्पुल्याएर राख्ने स्थिति नभएको र केही समयपछि भाग्ने अवस्था बनाउने बताउनुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन बुझाउन प्रधानमन्त्री निवास बालुवाटारमा यही माघ १ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर, सामुदायिक विद्यालयको स्टाण्डर्ड धेरै नै माथि पुर्याएपछि मात्र निजीलाई भाग्ने अवस्था बनाउनेछौं ।’ आयोगको प्रतिवेदनमा निजी विद्यालयहरुलाई ट्रस्टमा रुपान्तरण गरी ‘सेवामुखी’ बनाइने उल्लेख छ ...

विश्वविद्यालयहरुले संघीय र प्रादेशिक ऐन नआउञ्जेल सम्बन्धन दिन नपाउने

विदेशी सम्बन्धनका कार्यक्रमलाई स्वीकृति र समकक्षता रोक्न सिफारिशविश्वविद्यालयहरुले अब संघीय र प्रादेशिक ऐन नआउञ्जेल सम्बन्धन दिन नमिल्ने भएको छ । विश्वविद्यालयहरुको सम्बन्धनसम्बन्धी निर्णयको अध्ययन, तिनका ऐन–कानूनमा भएका सम्बन्धन व्यवस्था र अपनाउनुपर्ने प्रक्रिया वा मार्गनिर्देशनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २२ साउनमा गठन गरेको कायदलले यस्तो सुझाब दिएको हो । नेपालको संविधानले निर्दिष्ट गरेको उच्च शिक्षा संरचनाको प्रणाली संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालय भएक ...

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा पन्त निर्वाचित पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा पन्त निर्वाचित

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा नवनीधि पन्त निर्वाचित हुनु भएको छ । महासंघको यही पुस २८ र २९ गते काठमाडौंमा सम्पन्न पाँचौ महाधिवेशनले दुई वर्षे कार्यकालका निम्ति पन्तको नेतृत्वमा ४१ सदस्यीय कार्यसमितिका लागि ३७ जनालाई निर्वाचित गरेको हो । बाँकी चारजना केन्द्रीय सदस्य मनोनित हुनेछन् । पन्त यसअघि महासचिव हुनुहुन्थ्यो । महासंघका नवनिर्वाचित अध्यक्ष पन्तले खसेको जम्मा ४५२ मतमध्ये २५४ भोट पाई जित हासिल गर्नुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रभात सुवेदीले १९९ मत ल्याउनुभएक ...

पुस्तक नीति ल्याउन मेरो पूरा सहयोग हुनेछः प्रचण्ड पुस्तक नीति ल्याउन मेरो पूरा सहयोग हुनेछः प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारद्वारा नेपालमा पुस्तक नीति ल्याउनका निम्ति आफ्नो तर्फबाट पूर्ण सहयोग हुने वचन दिनुभएको छ । ‘कस्ता पुस्तक कसरी छाप्ने अनि वितरण गर्ने ? कहाँ कति कर लगाउने भनेर एउटा एकीकृत पुस्तक नीति ल्याउनुपर्ने जुन आवश्यकता यहाँ देखिएको छ, यसका लागि वातावरण बनाउन म लाग्छु,’ अध्यक्ष प्रचण्डले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको काठमाडौंमा शनिबार शुरु पाँचौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने क्रममा भन्नुभय ...

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौं महाधिवेशन आजबाट पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौं महाधिवेशन आजबाट

काठमाडौं–नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । महासंघको महाधिवेशन उद्घाटन आज र भोलि २९ पुसमा बन्द शत्र गरी समापन गर्ने कार्यक्रम रहेको छ । ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने नाराका साथ पुस्तक व्यवसायीहरुको हक–हितका निम्ति पाँचौ महाधिवेशन केन्द्रित भएको यसका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो । महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्र ...

‘स्वदेशमा पुस्तक उत्पादन ३८ प्रतिशत महङ्गो’ ‘स्वदेशमा पुस्तक उत्पादन ३८ प्रतिशत महङ्गो’

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौं महाधिवेशन पुस २८ र २९ गते काठमाडौंमा काठमाडौं–पुुस्तक तथा स्टेशनरी व्यवसायीहरुले स्वदेशभित्र पुस्तक उत्पादन तथा प्रकाशन गर्न अति महङ्गो परेको र यसले आफूहरु धरासयी बन्न लागेको गुनासो गरेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन यही पुस २८ र २९ गते काठमाडौंमा हुन गइरहेको बारेमा जानकारी दिने क्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरिप्रसाद अर्यालले भन्नुभयो, ‘पुस्तक तथा पाठ्य–सामग्री ...

‘उच्चस्तरीय शिक्षा आयोगले विवादस्पद प्रावधानलाई नरम बनायो’

  स्रोतव्यक्तिबाहेक अरु विषयमा समाधान भएको दाबीउच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले अन्ततः विवादस्पद विषयलाई संशोधन गरी आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । आयोगले सार्वजनिक गरेको प्रारम्भिक मस्यौदामा केही प्रस्ताव र त्यहाँ प्रयोग गरिएका भाषा विवादमा तानिएका थिए । शिक्षालाई ‘सार्वजनिक वस्तु’ लेखिएकोमा त्यसलाई हटाइएको आयोगका सदस्यले जानकारी दिएका छन् । अंग्रेजी शब्दमा ‘पब्लिक गुड्स’ लेखिएको र यही भावलाई नेपालीमा अनुवाद गर्दा विवादस्पद हुने भन्दै आयोगकै सदस्यबीच चर्का ...

हेलम्बु र चेपाङलाई जोड्ने त्यो रातो झोला ! हेलम्बु र चेपाङलाई जोड्ने त्यो रातो झोला !

पुसको ठिही र छोटो दिन । घाम ढल्कँदै थियो । चम्किलो किरण फिकामा मलिन हुँदै गर्दा मनहरि नदीको किनार नजिक एकसरो निलो पोशाकमा बालबालिका पलेँटीबद्ध थिए । तिनका मुहारमा चाहिँ आशा र खुशीका किरण झल्किरहेथ्यो । मकवानपुर जिल्लाको दुर्गम क्षेत्रमध्ये राक्सीराङ गाउँपालिका चैनपुरमा रहेको एउटा विद्यालयमा हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प) संस्थाका स्वयंसेवीहरु रातो झोला लिएर जब पुगे, वातावरण एकाएक गडगडाहट तालीमा गुञ्जायमान भयो । त्यो रातो झोला ‘बाँडिदिऊ न त’ भन्दिए जस्तो केवल औपचार ...

विद्यालय व्यवस्थापन समितिको नाम नफेर्न र अधिकार नघटाउन चेतावनी विद्यालय व्यवस्थापन समितिको नाम नफेर्न र अधिकार नघटाउन चेतावनी

शिक्षामन्त्रीलाई ज्ञापनपत्रसामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले विद्यालय व्यवस्थापन समितिको नाम नफर्न र यसको अधिकार तथा भूमिका नघटाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका अध्यक्ष गिरिराजमणि पोखरेललाई यही पुस १४ गते एक ज्ञापनपत्र बुझाउँदै महासंघले आयोगद्वारा प्रस्तावित प्रावधानप्रति असहमति जनाएको हो । आयोगले प्रतिवेदन मस्यौदालाई अन्तिम रुप दिनै लागेको बेला महासंघले सुझाबसहितको सात बुँदे ज्ञापनपत्र मन ...

अस्थायीलाई विस्थापित नगर्न माग राख्दै शिक्षकले नै बन्द गराए प्रदेश २ मा सामुदायिक विद्यालय अस्थायीलाई विस्थापित नगर्न माग राख्दै शिक्षकले नै बन्द गराए प्रदेश २ मा सामुदायिक विद्यालय

–८ वटै जिल्लाका सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प  –कपी परीक्षणमा कडाई गरिएकोमा विरोध –शिक्षक आयोगले कोण नं नभएको वस्तुगत प्रश्नपत्र बाँडेको खुलासा –आयोगको सोही ‘गल्ति’बाट तराईका शिक्षक अनुत्तीर्ण गराइएको दाबी  प्रदेश २ का शिक्षकहरुको आन्दोलनले गर्दा ८ वटै जिल्लाका सामुदायिक विद्यालयको पठनपाठन २ दिनदेखि प्रभावित भएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुत्तीर्ण शिक्षकलाई हटाउन नहुने माग गर्दै उनीहरुले विद्यालय बन्द गरेका हुन् । शिक्षक सेवा आयो ...

उच्चस्तरीय शिक्षा आयोगका यी हुन् विवादस्पद प्रस्ताव उच्चस्तरीय शिक्षा आयोगका यी हुन् विवादस्पद प्रस्ताव

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले भर्खरै सार्वजनिक गरेको आफ्नो प्रारम्भिक मस्यौदाका केही प्रस्ताव र त्यहाँ प्रयोग गरिएका भाषा विवादमा तानिएको छ ।   मुख्यगरी, स्रोतव्यक्तिलाई ‘हुलाकी’को संज्ञा दिई यो पदलाई नै खारेज गर्ने प्रस्ताव गरिएकोप्रति कडा विरोध भएको छ । त्यसैगरी, विद्यालय व्यवस्थापन समितिलाई ‘विद्यालय विकास समिति’ वा ‘सहयोग समिति’ बनाउने प्रस्तावप्रति सम्बन्धित सरोकारवालाले आपत्ति मात्र जनाएका छैनन् कि तत्काल यसमा संशोधन नगरे आन्दोलन गर्ने चेतावनीस ...

अबको शिक्षा नीति नियोजन र बेरोजगार उत्पादन गर्ने नबनाऔं–प्रधानमन्त्री अबको शिक्षा नीति नियोजन र बेरोजगार उत्पादन गर्ने नबनाऔं–प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगार जनशक्ति उत्पादन गर्ने र योजनाको सट्टा नियोजन गर्नेखालको शिक्षा नभई आवश्यकतालाई प्रक्षेप्पण हुनेगरी राष्ट्रिय शिक्षा नीति तथा योजना बनाउनुपर्ने धारणा राख्नुभएको छ । ‘भोलि कति विषय, कति डक्टर, कति इञ्जिनियर, कति कृषिविज्ञ, कति ड्राइभर देशका लागि चाहिने हो ? नीति र योजना बनाऔं,’ प्रधानमन्त्री ओलीले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा प्रारम्भिक मस्यौदा सार्वजनिक गर्न बुढानिलकण्ठ स्कूलमा यही पुस ५ गते आयोजित राष्ट्रिय शिक्षा सम्मेलनको उद्घा ...

निजीक्षेत्रले कक्षा ४ सम्मको मात्र पाठ्यपुस्तक छाप्न पाउने सरकारको निर्णय फिर्ता गर्न माग निजीक्षेत्रले कक्षा ४ सम्मको मात्र पाठ्यपुस्तक छाप्न पाउने सरकारको निर्णय फिर्ता गर्न माग

नमानेमा ‘असहयोग’ गर्ने चेतावनीसरकारले निजी प्रकाशकहरुलाई कक्षा ४ सम्मका लागि मात्र पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेपछि त्यसको नेपाल मुद्रण उद्योग महासंघले विरोध गरेको छ । महासंघको यही ३ पुसमा काठमाडौंमा आकस्मिक बसेको केन्द्रीय समिति बैठकले सरकारको निर्णयप्रति विरोध जनाएको हो । ‘सरकारले यो निर्णयमा पुनर्विचार गरोस् र तुरुन्त सच्याओस्,’ महासंघका अध्यक्ष पुष्कल गौतमले चेतावनीको भाषामा भन्नुभयो, ‘यदि सच्याएन भने हामी असहयोग गर्नपट्टि लाग्नेछौं ।’ त्यस्तो असहयोग क ...

निजीक्षेत्रले कक्षा ४ सम्मको मात्र पाठ्यपुस्तक छाप्न पाउने सरकारको निर्णय निजीक्षेत्रले कक्षा ४ सम्मको मात्र पाठ्यपुस्तक छाप्न पाउने सरकारको निर्णय

सरकारले आउँदो शैक्षिक शत्रका निम्ति निजी प्रकाशकहरुलाई कक्षा ४ सम्मका लागि मात्र पाठ्यपुस्तक छाप्न दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गत साता मन्त्रीस्तरको निर्णय गरी निजी क्षेत्रलाई १–४ सम्मको पाठ्यपुस्तक मात्र छाप्न दिने निष्कर्षमा पुगेको हो । यसको पुष्टि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गर्नुभएको छ । उहाँले आजको शिक्षासित भन्नुभयो, ‘हो, हामीले निर्णय गर्यौं। अब निजी क्षेत्रले कक्षा १ देखि ४ सम्मका लागि मात्र पाठ्यपुस्तक छाप्नेछन् ।’ विद ...

शिक्षामा व्यापारीकरण रोक्न र लगानी बढाउन आग्रह गर्दै नागरिक घोषणा जारी शिक्षामा व्यापारीकरण रोक्न र लगानी बढाउन आग्रह गर्दै नागरिक घोषणा जारी

  काठमाडौं– शिक्षामा निजीकरणले निम्त्याएको व्यापारीकरण रोक्न र सार्वजनिक शिक्षालाई बलियो पार्न राज्यले लगानी बढाउनुपर्ने सारसहित नागरिक तहबाट १० बुँदे काठमाडौं घोषणापत्र जारी गरिएको छ । शिक्षा र बालबालिकाका लागि क्रियाशील सत्रवटा सञ्जाल तथा संस्थाहरुको संयुक्त साझेदारीमा राजधानीमा यही मंसिर २६ र २७ गते आयोजित ‘शिक्षा अधिकारका लागि राष्ट्रिय नागरिक सम्मेलन’ले राज्यका तीनै तहका सरकारलाई सुझाबसहितको ‘नागरिक घोषणा तथा प्रतिबद्धता-पत्र’ जारी गरेको हो । ‘शैक्षि ...

हेलित बालकक्षा, हेपिएका बालबालिका हेलित बालकक्षा, हेपिएका बालबालिका

-इसिडिका बालबालिका मन्दिरमा, राम्रा कोठामा चाहिँ ठूला कक्षाका विद्यार्थी   -मदरसाको चिसो भूईँमा पलेँटी मार्नुपर्ने कस्तो बाध्यता ? धनुषाको सबैला ठिल्लास्थित सरस्वती माविमा वरपरका स्कूलका तुलनामा भौतिक अवस्था राम्रो देखिन्छ । विद्यालयमा रहेका भवनहरुमा जम्मा ३५ कोठा छन् तर कक्षा अभावमा प्रारम्भिक बालकक्षा (इसिडि)का बालबालिकालाई स्कूल प्राङ्गणभित्रै रहेको सरस्वती मन्दिरमा पढाइने गरिएको रहेछ । मध्य जाडो पुस लाग्नै आटेको छ तर इसिडिका ३ देखि ५ वर्षका ३९ जना बालबालिका लुगलुग कामेर मन्दिरको खुला पर ...

मातृभाषामा शिक्षा नदिए विद्यालयको सार्थकता प्रमाणित नहुने मातृभाषामा शिक्षा नदिए विद्यालयको सार्थकता प्रमाणित नहुने

विनय कुशियत भन्नुहन्छ–नत्र संविधान खारेज गरे हुन्छविद्यालय तहको प्राथमिक तहमा मातृभाषालाई माध्यम नबनाए संविधानविपरित काम हुने भाषाविज्ञहरुले चेतावनी दिएका छन् । ‘मातृभाषामा शिक्षा नदिने हो भने संविधानविपरित काम हुन्छ र संविधान कार्यान्यवन नगर्ने अवस्था बन्छ भने संविधान नै किन चाहियो र ? खारेज गरिदिए हुन्छ,’ शिक्षा पत्रकार समूहद्वारा यही २१ मंसिरमा राजधानीमा आयोजित ‘मातृभाषामा शिक्षाः अभ्यास र चुनौती’ विषयक छलफलमा शिक्षा अनुसन्धाता डा. विनय कुशियतले आक्रोश व्यक्त गर् ...

‘होमवर्क मिस’ले सुध्रिएको पढाइ ‘होमवर्क मिस’ले सुध्रिएको पढाइ

अञ्जन यादवलार्ई टोल–टोल पुग्न निकै हतारो हुने गर्छ । उहाँको हातमा एउटा डायरी कहिल्यै छुट्दैन । त्यसभित्र बालबालिकालाई सिकाउन टिपिएका टिपोट छन् । उहाँ बालबालिकालाई ‘घर भेट’ गर्न टोलमै पुग्नुहुन्छ अनि उनीहरुलाई स्कूलले दिएको गृहकार्यमा परेका अफ्ठ्यारोमा सघाउनुहुन्छ । ‘विद्यालयले गृहकार्य दिएको छ/छैन त्यो हेर्छु,’ अञ्जनले आफ्नो कामको फेहरिस्त लगाउनुभयो । धनुषाको चारनाथ गणेशमान नगरपालिकास्थित महरा टोलमा अञ्जन एक वर्ष यता यसरी नै सक्रिय हुनुहुन्छ । यो दलित बस्ती हो । &ls ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...