२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको नियुक्तिमा ढिलाई हुँदा क्यान्सर र मुटु रोगको उपचारका लागि सरकारले दिएको १८ करोड रुपैयाँ फिर्ता हुने अवस्था सृजना भएको छ । प्रतिष्ठानमा मुटु रोग उपचार केन्द्रकालागि १५ करोड रुपैयाँ र क्यान्सर उपचार केन्द्रको आधुनिक भवन निर्माणकालागि ३ करोड दिएको थियो । मुटु र क्यान्सरको उपचार केन्द्रकालागि बोलपत्र समेत निकालेर मुल्याङ्कन समेत गरी सकिएको भएपनि स्वीकृत गर्ने अधिकार उपकुलपतिलाई मात्र भएको तर उपकुलपति नियुत्ती नहुँदा म्याद गुज्रन लागेको र ...

कपिलवस्तुमा आधाभन्दा बढी विद्यालयमा व्यवस्थापन समिति गठन नै भएन कपिलवस्तुमा आधाभन्दा बढी विद्यालयमा व्यवस्थापन समिति गठन नै भएन

जानु पाण्डे/कपिलवस्तु  कपिलवस्तुका आधा विद्यालयमा व्यवस्थापन समिति गठन हुन बाँकी रहेका छन् । शिक्षा मन्त्रालयले माघ मसान्तसम्म समिति गठन हुन पत्राचार गरेपनि यहाँका कतिपय विद्यालयले चासो देखाएका छैनन् । केहीले सहमति गराउने नाममा र केही विद्यालयले गठन प्रक्रिया शुरु गरेका छैनन् । यहाँका १३ विद्यालयमा व्यवस्थापन समिति गठनको सुरसार नै छैन । नियम पालन गर्नका साटो आफ्नो आयु लम्ब्याउन पदाधिकारीहरुले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । केही मेसो नमिलेपछि उनीहरु मुद्दाको आडमा व्यवस्थापन समिति लम्ब ...

टुँडिखेलमा नौलो परीक्षा ! टुँडिखेलमा नौलो परीक्षा !

  काठमाडौं-काठमाडौंको टुँडिखेल । समय थियो बिहान ११ः३० को । विभिन्न रङ्गमा विद्यालय पोशाक लगाएका कलिला बालबालिका खाली चौरमा कापी–कलम लिएर बस्न थाले । त्यो एक–दुई सयको समूह थिएन । हजारौं थिए । ती थिए परीक्षा दिन लामबद्ध विद्यार्थी । जहाँ एकै समयमा आठ हजार विद्यार्थीले एकसाथ परीक्षा दिए । काठमाडौं उपत्यकाका तीन सय २५ विद्यालयका आठ हजार विद्यार्थी यसमा सहभागी भए । यो घटनालाई दर्शकहरुले निकै नौलो र रोचक माने ।  ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’को नाम दिइएको ...

प्याब्सनमा पनि दलीय प्रतिस्पर्धा !  प्याब्सनमा पनि दलीय प्रतिस्पर्धा !

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को आसन्न महाधिवेशनका लागि चुनावी प्रतिस्पर्धा तीब्र बनेको छ । प्याब्सनका नेताहरु दलीय प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । सत्ता साझेदार माओवादी र कांग्रेस निकटको एउटा र प्रमुख प्रतिपक्ष एमाले समर्थक अर्को प्यानल बनेको छ । दुबै प्यानल चुनावी घोषणा र प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन् । दुबै प्यानलले चुनावी घोषणा पत्रमा प्याब्सनलाई समृद्ध, विज्ञ तथा प्राज्ञिक संगठन बनाउने, निजी विद्यालयहरुको शैक्षिक विकास, लगानीको सुर ...

प्राविधिक शिक्षाबारे दुईदिने अभिमुखीकरण प्राविधिक शिक्षाबारे दुईदिने अभिमुखीकरण

  काठमाडौँ । सार्वजनिक शिक्षाको गुणस्तरवृद्धिका लागि एक्काइशौँ शताब्दी अनुकूल रोजगारमूलक प्राविधिक शिक्षासम्बन्धी दुइदिने अभिमुखीकरण सम्पन्न भएको छ । ‘ग्लोबल पिस फाउन्डेसन’ (जिपिएफ) र विभिन्न संस्थाको आयोजनामा सम्पन्न दुईदिने शैक्षिक सम्मेलनमा सीपमूलक र व्यावसायिक शिक्षाका लागि निजी क्षेत्रसँग सहकार्यलाई पनि बढाउँदै विद्यालयको कक्षा कोठाको सुधारमा ध्यान दिन जोड दिइएको थियो । अभिमुखीकरणमा निजी तथा सरकारी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु सहभागिता रहेको थियो । निजी विद्यालयका ...

जनक शिक्षाले ढुवानीको भुक्तानी नदिए किताब नउठाउने चेतावनी जनक शिक्षाले ढुवानीको भुक्तानी नदिए किताब नउठाउने चेतावनी

काठमाडौं/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले शुक्रबार राजधानीमा एक छलफल कार्यक्रम आयोजना गर्दै त्यहीँ बोलाइएका शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापन पत्र दिएरै चेतावनी दिएका हुन् । महासंघका अध्यक्ष हरि अर्यालले शिक्षामन्त्री पौडेललाई ज्ञापन पत्र दिँदै भन्नुभयो, ‘हामीले जनक शिक्षाकै बिलमा किताब बेच्नुपर्ने अनि ढुवानीको रकम पनि अहिलेसम्म नपाउनुले हामी पीडित छौं । त्यसैले मन्त्रीज्यू ! यो भुक्तानी नहुञ्जेल किताब उठाउन हामी सक्दैनौं ।’ अध्यक्ष अर्यालका अनुसार जनक शिक्षा सामग्री क ...

शिक्षा परिषदमा  सात जना मनोनित  शिक्षा परिषदमा  सात जना मनोनित 

काठमाडौँ। शिक्षा मन्त्रालयले शैक्षिक नीति परामर्शका लागि गठित राष्ट्रिय शिक्षा परिषद्लाई आज सात जना मनोनयन गरी पूर्णता दिएको छ । शिक्षा ऐनानुसार विभिन्न निकायबाट सात सदस्य मनोनयन गरिएको हो । परिषद्मा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा तथा सामुदायिक विद्यालय सञ्चालक समितिका अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी, निजी विद्यालयका तर्फबाट एनप्याब्सनका उपाध्यक्ष डा कुस्मिला आचार्य र ...

क्याम्पसका ‘बाजे‘ बिद्यार्थीद्वारा अक्षयकोष क्याम्पसका ‘बाजे‘ बिद्यार्थीद्वारा अक्षयकोष

धनगढी । सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत ६७ वर्षीय पूर्णानन्द जोशीले क्याम्पसमा रु ५० हजारको अक्षयकोष खडा गर्नुभएको छ । विद्यालयको बुधबार भएको वार्षिकोत्सवका अवसरमा सो क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत ६७ वर्षीय ज्येष्ठ विद्यार्थी जोशीले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष खडा गरिएको जानकारी दिनुभयो । जोशी ११ कक्षादेखि नै सोही क्याम्पसमा अध्यययनरत हुनुहुन्छ । उहाँ हाल मानविकी सङ्कायतर्फ स्नातक तह दोस्रो वर्षमा अध्यययनरत हुनुहन्छ । पढाइलाई उमेरले नछेक्ने उदाह ...

पचास वर्ष अघि जस्तो थियो त्यस्तै छ, बदलिएन हाम्रा शिक्षा र शिक्षालय पचास वर्ष अघि जस्तो थियो त्यस्तै छ, बदलिएन हाम्रा शिक्षा र शिक्षालय

काठमाडौं । शिक्षाविद् प्रा. केदारभक्त माथेमाले गएकोको पचास वर्षमा शिक्षामा खासै परिवर्तन हुन नसकेको बताउनु भएको छ । शिक्षा र शिक्षालय कस्को स्वामित्वमा हो भन्ने प्रष्ट नहुँदा कसैले पनि शिक्षालाई प्राथमिकतामा राखेनन् भन्दै माथेमाले विद्यालय र विश्वविद्यालय राम्रो बनाउने सरकारले हो या जनताले हो प्रष्ट हुनुपर्ने बताउनुभयो । धेरै नीतिहरु आए, योजनाहरु आए, शिक्षामन्त्रीहरु आए तर शिक्षामा परिवर्तन आएन भन्दै माथेमाले गएको पचास वर्षमा शिक्षामा उल्लेखनीय सुधार हुन नसकेको जिकिर गर्नुभयो । पचास वर्ष अगाडि त ...

अभिभावकहरुको महासंघ बन्दै अभिभावकहरुको महासंघ बन्दै

शिक्षा संवाददाता/काठमाडौं अभिभावकहरुको प्रतिनिधि संस्था अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ मिलेर महासंघ बन्ने प्रक्रिया सुरु गरिएको छ । अभिभावक संघ नेपालको बिहीबार बसेको केन्द्रीय समिति बैठकले महासंघ गठन प्रक्रियाका लागि पाँच सदस्यीय समिति बनाएको छ । जसमा उपाध्यक्ष सरिता अर्याल, सुवास भण्डारी, बद्रि सञ्जेल, प्रकाश धिताल र मोदती केसी रहनुभएको छ । महासंघ किन र कस्तो बनाउने भन्ने प्रश्नमा अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भन्नुभयो, ‘शिक्षकहरुको पनि महासंघ बन्यो । शिक ...

एक करोड ४३ लाख पाठ्यपुस्तक नष्ट गरिँदै एक करोड ४३ लाख पाठ्यपुस्तक नष्ट गरिँदै

सुदर्शन सिग्देल/काठमाडौं निजी क्षेत्रका प्रकाशकद्वारा छपाइएको कक्षा १ र २ को गत सालको बाँकी एक करोड ४३ लाख थान अब कामै नलाग्ने भएको छ । यी किताब नष्ट गर्नुपर्ने वा कवाडीमा बेच्नुपर्ने अवस्था आएको निजी प्रकाशकहरु बताउँछन् । सरकारले कक्षा १ र २ को किताब रङ्गीन बनाउने निर्णय गरेपछि निजी क्षेत्रका प्रकाशकहरुले पनि सोही अनुसार पाठ्यपुस्तक छापिरहेका छन् । गत सालको श्याम–श्वेत (ब्ल्याक एण्ड ह्वाइट) पाठ्यपुस्तक नै एक करोड ४३ लाख थान रहेको र त्यो अब काम नलाग्ने निजी मुद्रकहरु बताउँछन् । ‘अब ...

अस्थायी शिक्षकको माग नाजायज : शिक्षामन्त्री पौडेल अस्थायी शिक्षकको माग नाजायज : शिक्षामन्त्री पौडेल

  काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकहरुले नाजायज माग राखेर आन्दोलन गरिरहेको बताएका छन् । अस्थायी शिक्षकहरुले आफुहरु कार्यरत दरवन्दीमा आयोग नखोल्न र आफुहरुले कामगर्नसक्दा सम्म काम गर्न दिन माग गरेका शिक्षामन्त्री पोखरेलले खुलासा गरेका हुन् । अस्थायी शिक्षकहरुलाई आयोग खोल्नै पर्दैन हामीहरु अस्थायी भएरै उमेरहदसम्म काम गर्न चाहन्छौं सुविधा लिएर हटाउन पाइदैन भनेर माग राखेको अवस्था छ । पौडेलले भने । यसले अस्थायी शिक्षकहरुलाई नै फाइदा गर्दैन । निरेन्द्र कुवँर नेतृत्वको अस्थायी ...

अर्थले अनुमति नदिएका विषय पनि शिक्षा नियमावलीमा आउने अर्थले अनुमति नदिएका विषय पनि शिक्षा नियमावलीमा आउने

काठमाडौं–शिक्षामन्त्री धनीराम पौडेलले अर्थ मन्त्रालयले स्वीकृति नदिएका विषयहरु पनि समावेश गरेर नियमावली/कानून मन्त्रालयमा पठाइएको खुलासा गर्दै ऐनले गरेका सबै व्यवस्थाहरु नियमाववलीले समेट्ने बताउनुभएको छ । संसदले पास गरेको ऐन सरकारले लागू गर्नैपर्ने भन्दै अर्थको असहमतिका बाबजुद पनि सबैलाई समेट्नेगरी नियमावली ल्याएरै छाड्ने मन्त्री पौडेलले दाबी गर्नुभयो । ‘ढुक्क हुनुहोस्, अर्थले असहमति दिएका विषय पनि नियमवलीले समेट्छ,’ उहाँले भन्नुभयो, ‘नियमतः नमिल्ने भएपनि अर्थले असहमति दि ...

डिग्री तहका लागि धार्मिक यज्ञ डिग्री तहका लागि धार्मिक यज्ञ

  होम साउद/अछाम अछाम क्याम्पसको स्तरोन्नति र डिग्रि (स्नातकोत्तर) तह सञ्चालनका लागि धार्मिक महोत्सव तथा महायज्ञ लगाइएको छ । अछाम बहुमुखी क्याम्पसको आयोजनामा जिल्लामै उच्च शिक्षा अध्ययन/अध्यापन गर्न पाउने उद्देश्यका साथ धार्मिक यज्ञ तथा महोत्सव सञ्चालन गरिएको हो । निर्माणाधिन अछाम दरबार परिसरमा २१ माघबाट सञ्चालन गरिएको महायज्ञ २८ गते सम्पन्न भएको थियो । क्याम्पसमा डिग्री तह सञ्चालनका साथसाथै प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य पनि राखिएको महायज्ञ मूल आयोजक समितिका संयोजक पदम बोहराले बताउ ...

विद्यालयमार्फत विद्रोह विद्यालयमार्फत विद्रोह

-गोरक्षबहादुर न्हुछें प्रधान कलिला बालबालिका र विद्यार्थी पनि राणा शासकको हैकम र थिचोमिचोमा पिल्सिनुपरेको थियो । समवयी राणा परिवारका केटाकेटीसमेत हामीसँग फरक व्यवहार गर्थे । हामीसँग घुलमिल भए जातै जान्छजस्तो गर्थे । राणाका छोराछोरीलाई आठपहरियाले सुरक्षा दिएर स्कुल पुर्‍याउँथे । विद्यालयले उनीहरू र हामी सर्वसाधारणका छोराछोरीलाई गर्ने व्यवहार नै फरक हुन्थ्यो । सँगसँगै पढ्ने राणा परिवारका केटाकेटी गृहकार्यबारे छलफल गर्नुपर्‍यो भने घरअगाडिको चोकबाटै हाम्रो नाम लिएर चिच्याउँथे । तर, घरभित्र ...

योग्यता स्नातक, तर वली कपाल काटेरै कमाउँछन् महिनाको ५० हजार योग्यता स्नातक, तर वली कपाल काटेरै कमाउँछन् महिनाको ५० हजार

 कविता उपाध्याय रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आउनुभएको छ । स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिले मात्रै पद्मोदय पब्लिक उच्च मावि भरतपुर दाङबाट स्नातक उत्तीर्ण गर्नुभएको हो । वलीले केही वर्ष यता रोल्पामा हेयर कटिङ सञ्चालन गर्दै आउनुभएको छ । एकाबिहानै होस् वा राति अबेरसम्म, उहाँको पसलमा सेवाग्राहीको ब ...

एसएमएसमार्फत विद्यार्थी भर्ना अभियान सुरु एसएमएसमार्फत विद्यार्थी भर्ना अभियान सुरु

जुम्ला । जिल्ला शिक्षा कार्यालयको निर्देशनमा यहाँका सामुदायिक विद्यालयले ले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् ।माघ २५ गतेबाट कार्यालयको निर्देशनमा यहाँका विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् । भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल देखिन थालेको छ ।खासगरी जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो अभियान सुरु भएको छ । माघ २५ गते सरोकारवालासँगको छलफलमा विगतको भन्दा अहिले भर्ना अभियानलाई आधुनिकतासँग गाँसिएको जिल्ला शिक्षा अधिकारी कुलबहादुुर ...

अखिल क्रान्तिकारीद्वारा स्ववियु अध्यक्षका १ सय १ उम्मेदवारहरुको नामावली सार्वजनिक अखिल क्रान्तिकारीद्वारा स्ववियु अध्यक्षका १ सय १ उम्मेदवारहरुको नामावली सार्वजनिक

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि १ सय १ क्याम्पसहरुमा अध्यक्षका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेरहद सहित मिश्रित निर्वाचन प्रणालीको आधारमा सम्बन्धित क्याम्पस समितिहरुबाट सर्वसम्मत रुपमा सभापतिको उम्मेद्वारको निर्णय भएको क्रान्तिकारीले बताएको छ ।अखिल क्रान्तिकारीका अध्यक्ष ...

बेञ्चमा ढुङ्गाको सकसपूर्ण आसन बेञ्चमा ढुङ्गाको सकसपूर्ण आसन

होम साउद/अछाम यी विद्यार्थी कुनै खेल खेलिरहेका छैनन् । न त जङ्गलबीचको कुनै गोठमा उनीहरु बसिरहेका छन् । यो त एउटा विद्यालयको कक्षाभित्रको दृश्य हो । जिल्लाको विकट र सदरमुकामबाट निकै टाढा रहेको सोकट गाविस–३ मा रहेको विद्यामन्दिर प्राथमिक विद्यालयको कथा चाखलाग्दो र दुःखद छ । २०५१ सालमा स्थापना भएको यो विद्यालयमा न गुणस्तरीय भवन छ न त विद्यार्थी बस्ने फर्निचर नै । पुरानो र जीर्ण भवनभित्र कक्षा ५ सम्म पढाइ हुन्छ । फर्निचर अभावका कारण विद्यार्थीहरु भूईँमा चिसो माटोमै बसेर पढ्न बाध्य छन् । कोही ...

डोल्पाका बालबालिकाको जाजरकोटमा विचल्ली डोल्पाका बालबालिकाको जाजरकोटमा विचल्ली

यहाँको ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् । डोल्पा फुलचिङ, खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेपछि बालबालिका बिचल्लीमा परेका हुन् ।६ वर्षअघि डोल्पाको खदाङमा अज्ञात व्यक्तिले बाबुको हत्या गरेका थिए । एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ–७, चाउलेचौरमा बिहे गरेपछि ४ वर्षीय अनील, ६ वर्षीय रेखा, ८ वर्षीय चन्द्रा र १० वर्षीय पार्वती बिचल्लीमा परेका हुन् । द्वन्द्वकालमा माओवादी पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...