२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

प्रधानमन्त्रीले चाहे मात्रै शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने प्रधानमन्त्रीले चाहे मात्रै शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने

काठमाडौं । प्रधानमन्त्रीले चाहे मात्रै शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने देखिएको छ । मुलुक नयाँ संरचनामा गइसकेको अवस्थामा पुरानै संरचनामा बनेको नियमावली मस्यौदा पारित हुने संभावना आधा– आधा देखिएको छ । तर प्रधानमन्त्रीले चाहे मस्यौदा मन्त्रिपरिषदको बैठकमा प्रवेश हुने स्रोतले बतायो । नियमावली पारित हुने नहुने संभावना बराबर छ । स्रोतले भन्यो । अहिलेकै अवस्थामा नियमावली मन्त्रिपरिषदबाट पारित हुने नहुने संभावना आधा–आधा रहेको स्रोतले जनाएको छ । स्रोतले भन्यो – अर्थ मन्त्राल ...

इसीडीमा सिकाउने कि पढाउने ? इसीडीमा सिकाउने कि पढाउने ?

काठमाडौं - प्रारम्भिक बाल सिकाइ केन्द्र (इसीडी)मा बालबालिकालाई सिकाउने हो कि पढाउने भन्नेमै शिक्षकहरु अनविज्ञ रहेका विज्ञहरुले बताएका छन् । इसीडीमा बालबालिकाहरुलाई पाठ्यपुस्तक पढाउने, गृहकार्य दिने, अंग्रेजी घोकाउने कार्य भइरहेको भन्दै उनीहरुले त्यो इसीडीको मर्म विपरीत भएको बताएका छन् । इसीडीे पाठ्यक्रमको परिकल्पना बालबालिकहरुलाई सिकेको भन्ने थाहै नपाई खेल्दै, रमाउँदै अंक अक्षर सिक्नुपर्ने भएपनि उनीहरुलाई अंक र अक्षर रटाउने र घोकाउने गरिएको भन्दै उनीहरुले आपत्ति जनाए । इसीडीमा अध्यापन गर्ने शिक ...

दुबै हातमा औंला नभए के भो र ! दुबै हातमा औंला नभए के भो र !

शम्भु यादव/लहानलहान–१९ छरापट्टीका सुरेशकुमार चौधरीको दुबै हातमा औंला छैनन् । औंला नभएपछि मानिसलाई धेरै काम गर्न अफ्ठ्यारो त हुन्छ नै । तर, उनमा त्यस्तो देखिएन । चौधरीले कक्षा १० सम्म पढे । अहिले एसइई परीक्षा दिइरहेका छन् । लेख्नलाई पनि असहज नभएको उनले सुनाए । तर, यस्ता परीक्षार्थीका लागि समय पनि बढी दिइएको छैन । चौधरी लक्ष्मण ललिता कुशवाहा मावि लहान परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् । मेरी चिल्र्डेन स्कूलमा चौधरी कक्षा ८ देखि १० सम्म पढेका छन् । उनलाई पढाइको सबै खर्च विद्यालयले नै व्यहो ...

बढुवाको आशमा ५५ वर्षे उमेरमा परीक्षा बढुवाको आशमा ५५ वर्षे उमेरमा परीक्षा

दीपबहादुर घर्ती/जाजरकोटभगवती–३ औलगुर्ताका ५५ वर्षीय मालबहादुर शाही यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका छन् । जिल्ला सदरमुकाम खलंगादेखि पूर्वमा रहेको वीरेन्द्र हिमालय माध्यामिक विद्यालय भगवती–२ तल्लु परीक्षा केन्द्रबाट ५५ वर्षीय शाही चश्मा लगाएरै परीक्षामा लेखिरहेका भेटिन्छन् । ३१ वर्ष पहिलेदेखि हुलाकमा हलकाराको जागिरमा रहेका  शाही यस वर्ष एसइईमा सामेल भएका छन् । यत्तिका वर्षसम्म सरकारी सेवामा कार्यरत शाही शैक्षिक योग्यताकै कारण फाइल बढुवामा परेन् । शैक्षिक योग्यता ...

शिक्षा नियमावली मन्त्रिपरिषदमा दर्ता शिक्षा नियमावली मन्त्रिपरिषदमा दर्ता

काठमाडौं – नियमावली संशोधन मस्यौदा मन्त्रिपरिषदमा दर्ता भएको छ । शिक्षा मन्त्रालयले आज दिउँसो प्रधानमन्त्री कार्यालयमा मस्यौदा दर्ता गराएको प्रवक्ता डा. हरि लम्सालले जानकारी दिनुभयो । ६ गते दर्ता गराउने कार्यसूची भएपनि आवश्यक कागजात व्यवस्थापनमा ढिलाई हुँदा आजमात्रै मस्यौदा मन्त्रिपरिषदमा शिक्षा मन्त्रालयले दर्ता गराएको हो ।मस्यौदालाई मन्त्रिपरिषदले कहिले पारित गर्छ भन्ने प्रश्नमा लम्सालले भने यसबारेमा अब मन्त्रालयलाई जानकारी नहुने बताउनुभयो । ‘अब यत्ति बुझौं कि नियमावली मन्त्रिपरिष ...

दश विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम दश विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम

लक्ष्मण केसी/रुकुम रुकुमका सबै विद्यालयमा कम्प्युटर शिक्षा दिने उद्देश्यले जिल्लाका पूर्वी विद्यालयमा डिजिटल साक्षरता अभियान सञ्चालन गरिएको छ । रुकुम जिल्लालाई नै साक्षर घोषणा सँगै रुकुमका दश विद्यालयमा डिजिटल साक्षरता कक्षा शुरु गरिएको छ । विद्यार्थीको सिकाइमा सहजता ल्याउने उदेश्यले जिल्ला शिक्षा कार्यालय, युनाइटेड मिसन टु नेपाल र मिक नेपाल रुकुमको अगुवाईमा जिल्लाका कोल, राङसी, तकसेरा, हुकाम, मैकोट लगायतका दश विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बिशेष ग ...

रुकुममा पाठ्यपुस्तकबिनै बालमैत्री कक्षा सञ्चालन रुकुममा पाठ्यपुस्तकबिनै बालमैत्री कक्षा सञ्चालन

लक्ष्मण केसी /रुकुम तारा राना डाँगी प्राथमिक विद्यालय विचकटिया नुवाकोटमा बालविकास केन्द्रमा अध्यापन गराउन लाग्नुभएकोे १२ बर्ष भयो । शुरुमा जिल्ला शिक्षा कार्यालयले दिएको एक हप्ता तालिमका आधारमा उहाँले अहिले सम्म पनि बाल विकास केन्द्रमा पढाउदै आउनुभएको छ । अहिले सम्म पनि नत उहाँसँग पाठक्रम छ नत पाठ्यपुस्तक नै । उहाँले एक हप्ता लिएको तालिमका आधारमा बाल विकास केन्द्र सञ्चालन गर्दै आउनुभएको छ । उषा ढकाल हिमालय प्राथमिक विद्यालय खोलागाउँकी बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता हुनुहुन्छ । २०६५ स ...

सुत्केरी भएको दुई दिनमै परीक्षा ! सुत्केरी भएको दुई दिनमै परीक्षा !

शम्भु यादव/लहान सुत्केरी भएपछि यहाँको समाजमा महिला ६ दिनसम्म घरबाट बाहिर निस्कँदैनन् । उनीहरुले अरुलाई छुन पनि नहुने परम्परा छ । तर, वस्तीपुरकी रीताकुमारी महतो आफ्नो सबै पीडा बिर्सेर परीक्षा दिँदैछिन् । उनी यस वर्ष वस्तीपुर माविबाट माध्यमिक शिक्षा (एसइई) परीक्षामा सहभागी छिन् । तुलसीराम सत्यभामा डोटेल माविमा माध्यमिक शिक्षा परीक्षामा सहभागी भएकी रीताकुमारीले अंग्रेजी र नेपाली विषयको परीक्षा दिएकी छिन् । उनी गर्भवती थिइन् । दुई दिन परीक्षा दिएर घर फर्केकी रीताले शुक्रबार छोरी पाइन् । तर, उनले आफ् ...

कागजात नपुगेर नियमावली आइतबार दर्ता भएन, सोमबार सबेरै हुने कागजात नपुगेर नियमावली आइतबार दर्ता भएन, सोमबार सबेरै हुने

काठमाडौं–शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधन मस्यौदा आइतबार नै मन्त्रिपरिषदमा लैजाने भनेपनि ‘आफ्नै तयारी नपुगेका’ कारण  देखाउँदै ७ चैत सोमबार लग्ने बताएको छ । आवश्यक कागजात व्यवस्थापनमा ढिलाई हुँदा ६ गते नियमावलीको मस्यौदा मन्त्रिपरिषदमा लैजानका लागि दर्ता गर्न नसकिएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिनुभयो । साँझ पाँच बजेसम्म भएपनि मस्यौदा प्रधानमन्त्रीको कार्यालयमा दर्ता गर्ने तयारी गरेको मन्त्रालयले कागजात मिलाउँदा मिलाउँदै ढिलो भएको जनाएको छ ...

शिक्षा नियमावली पारित गराउन आज क्याबिनेट लगिँदै शिक्षा नियमावली पारित गराउन आज क्याबिनेट लगिँदै

सुदर्शन सिग्देल/काठमाडौंशिक्षा मन्त्रालयले शिक्षा नियमावलीको संशोधन प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकबाट पारित गराउने भएको छ । मन्त्रालयले संशोधन प्रस्तावको मस्यौदालाई अन्तिम रुप दिँदै आज बस्ने मन्त्रिपरिषद् बैठकबाटै पारित गराउन लागेको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिनुभएको छ । ‘अब सबै तयारी सकिएको छ, ६ गतेको मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछौं,’ उहाँले आजको शिक्षासित भन्नुभयो । शिक्षा ऐन आठौं संशोधन भएको नौ महिना बितिसक्दा पनि शिक्षा मन्त्रालयले संशोधित ...

निजी विद्यालय र केन्द्राध्यक्षकै मिलेमतोमा चिट चोराइँदै

शम्भु यादव/लहानसिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा निजी विद्यालय र केन्द्राध्यक्षको सेटिङ्गमा व्यापक चिट चोरी भइरहेको खुलेको छ । चिट चोरीको सेटिङ्ग मिलाउन निजी विद्यालयहरुले मोटो रकम खर्चेको पनि बताइएको छ । उनीहरुले त्यो रकम अभिभावकबाट ‘सेन्टर खर्च’ भनेर असुलेका हुन् । चिट चोरी गराउने उद्देश्यले परीक्षा केन्द्रमा निजी र सामुदायिक विद्यालयका विद्यार्थीलाई छुट्टाछुट्टै कक्षामा बसाउने गरेका छन् । परीक्षामा सम्बन्धित विद्यालयका प्रावि शिक्षक गार्ड बस्न नपाउने व्यवस्था भएपनि सिरहामा ...

सिरहामा शिक्षाका ८४ वटा उजूरीमाथि अख्तियारको छानबिन सिरहामा शिक्षाका ८४ वटा उजूरीमाथि अख्तियारको छानबिन

शम्भु यादव/लहान सिरहामा चालू आर्थिक वर्ष ०७३/०७४ मा शिक्षाका ८४ उजूरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । पूर्व र बहालवाला प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यालय, बालविकासमाथि उजूरीका आधारमा भ्रष्टाचारको अभियोगमा अख्तियारले छानबिन गरिरहेको हो । भौतिक निर्माण, छात्रवृत्ति, पाठ्यपुस्तक, नागरिक लगानी कोष, तलब–भत्ता, शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापन समिति गठन, ठेक्कालगायतमा भ्रष्टाचारको गरेको आरोपसहित अख्तियारमा उजूरी परेको छ । छानबिनमा १० जना पूर ...

दिदी परीक्षामा, भाई किरियामा दिदी परीक्षामा, भाई किरियामा

कृष्ण मल्ल/बुटवल बाबु–आमाको मोटर साइकल दुर्घटनामा ज्यान गएपछि तीन बालबालिका शोकमा डुबेका छन् । उनीहरु तीनैजना विद्यालय तहका विद्यार्थी हुन् । उनीहरु बाबु आमा र तीन छोराछोरीका साथ एकल परिवारमा बस्दै आएका थिए । आमा–बुवाको मृत्युपछि कक्षा १० मा पढ्दै गरेकी सुस्मिता खनाल (१५) शोकमै बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् । उनको सिम्बल नम्बर ०४८९६८९ इ रहेको छ । उनी परिस्थितीवस साधारण अवस्थामा रहेकी विद्यार्थी होइनन् । परीक्षाको दुई दिन अघि मात्र उनको आमा–बुवाको दुर् ...

बन्द रहेको एउटा छात्रावासको बिजोक कथा बन्द रहेको एउटा छात्रावासको बिजोक कथा

शम्भु यादव/लहान सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहाको छात्रवास वर्षौंदेखि प्रयोगबिहीन अवस्थामा छ । दिनदिनै छात्रवास जीर्ण पनि बन्दै गएको छ । आठ वर्ष अगाडि विद्यार्थी संगठनबीच भएको विवादले यो छात्रवास तत्कालका लागि क्याम्पस प्रशासनले बन्द गर्ने निर्णय गरेको थियो । क्याम्पसको अन्य कुरामा विद्यार्थी संगठन तथा प्रमुखले चासो देखाएपनि छात्रवास पुनः सुचारु गर्न कसैले ध्यान दिएका छैनन् । कुनैबेला सुन्दर, सफा र रमणीय देखिने यो छात्रवास अहिले खण्डहर बन्दै गएको छ । क्याम्पस हाताभित्र ...

आजबाट एसएलसीको सट्टा एसईई परीक्षा शुरु आजबाट एसएलसीको सट्टा एसईई परीक्षा शुरु

तस्बिरः शम्भु यादव/सिरहा काठमाडौं–कक्षा १० पछि प्रवेशिका (एसएलसी) हटाएर नामाकरण गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । परीक्षाको समय तालिका बिहान ८ देखि ११ बजेसम्मको रहेको छ ।   शिक्षा ऐनको संशोधित प्रावधान अनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम भएपछि कक्षा १० को परीक्षालाई ‘सेकेन्डरी एजुकेसन एक्जाम’ (एसईई) नामकरण गरिएको हो । आज शुरु भएको परीक्षा साधारणतर्फ चैत ११ र प्राविधिकतर्फ १४ गते सकिनेछ । ५ लाख ३८ हजार परीक्षार्थीआजबाट शुरु भएको परीक्षामा सामेल हु ...

शिक्षकसंघ संखुवासभा अध्यक्षमा पुनः राई शिक्षकसंघ संखुवासभा अध्यक्षमा पुनः राई

संखुवासभा । नेपाल शिक्षक संघ संखुवासभाको अध्यक्षमा थिर बहादुर राई पुनः निर्वाचित हुनुभएको छ । संघको आठौं जिल्ला अघिवेशनले राई अध्यक्षसँगै २७ सदस्यीय जिल्ला कार्यसमिति नै निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, अधिवेशनबाट महिला उपाध्यक्षमा सुष्मा कोइराला, खुला मा सेरबहादुर पराजुली र सचिवमा दिव्यराज अधिकारी निर्वाचित भएका छन् । अर्थसचिवमा प्रशान्त श्रेष्ठ निर्वाचित हुँदा अर्थ सह–सचिव रिता त्रीताल,महिला सह–सचिवमा लक्ष्मी अधिकारीसँगै अन्य सह–सचिवहरुमा माधव भेट्वाल, बुद्धि कुलुङ, रा ...

विद्यालयलाई सुन्दर भवन, सभामुखलाई तेल ! विद्यालयलाई सुन्दर भवन, सभामुखलाई तेल !

सुदर्शन सिग्देल/खोकना (ललितपुर) मंगलबार मीठो मंगल धुन बज्दैथियो । नेवारी धिमे धुनमा संगीत गुञ्जायमान थियो । खचाखच मानव भिडमा हाकुपटासीमा सजिएका महिला सयौं थिए । सबै अनुहार उत्सुक र स्वागत गर्न तम्तयार लाग्थे । यत्तिकैमा पर्रर ताली छुट्यो र मञ्चबाट उद्घोषण भयो, ‘सम्माननीय सभामुख ओनसरी घर्तीज्यू आउँदै हुनुहुन्छ...।’ यो दृश्य ललितपुर खोकनास्थित रुद्रायणी माविको हो । यही १ चैतका दिन विद्यालयले अपार खुशी साट्न आयोजना गरेको समारोह थियो त्यो । २०७२ को महाभूकम्पले क्षतविक्षत बनेपछि स्कूलले आ ...

एसइइ परीक्षाका लागि केही टिप्सहरु एसइइ परीक्षाका लागि केही टिप्सहरु

बाबुकाजी कार्की   यसवर्षको एसइइ परीक्षा यही चैत्र ३ गते बिहान ८ बजे देखि ११ बजे सम्म संचालन हुँदै छ । एसइइ लेटर ग्रेडिंग मूल्यांकन पद्धतिको अन्यौलता र अनविज्ञताले पनि परीक्षार्थीलाई आफ्नो नतिजाको बारेमा रणभूल्ल बनाएको छ । गत बर्ष सरकार र सरोकार पक्ष बीच प्रचुर संवाद र सहकार्य बिना नै ल्याइएको यस मूलांकन पद्धति बारे अझै आमरुपमा स्पष्ट भै सकेको छैन् । लेटर ग्रेडिंग मूल्यांकन प्रणालीका विभिन्न पक्षमा अन्यौलता अझै जिज्ञाषाका विषय नै बनेको छ । कसैले पनि फेलको बिल्ला भिर्नु नपर्ने हौवाको वास्तविक ...

पाठ्यपुस्तक ढिलाईको एक मुख्य कारण शिक्षा विभागको मिथ्यांक पाठ्यपुस्तक ढिलाईको एक मुख्य कारण शिक्षा विभागको मिथ्यांक

  बजेट पठाउँदा दश लाख ९१ हजार कम विद्यार्थी देखिए   शिक्षा विभाग फ्ल्यास रिपोर्ट अनुसार किताब छाप भन्ने तर आफूचाहिँ सोही तथ्याड्ढलाई विश्वास नगरी कम विद्यार्थी संख्यालाई पाठ्यपुस्तकको रकम पठाउने । जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्र पनि फ्ल्यास रिपोर्टको विश्वास नभएको भन्दै कम किताब छाप्ने । तथ्यांक र मिथ्यांकको गोलचक्कर कहिलेसम्म ? यही अन्यौलमा आखिर हरेक वर्ष विद्यार्थीले पाठ्यपुस्तक नपाइरहेको यथार्थ घामजत्तिकै छर्लङ्गिएको छ । सुदर्शन सिग्देल, रोशन क्षेत्री गाउँले/काठमाडौं ...

शिक्षक बढुवाको विज्ञापन खुल्यो शिक्षक बढुवाको विज्ञापन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।आयोगले आयोगले शिक्षा विभागबाट प्राप्त विवरणको आधारमा कार्यसम्पादन मूल्याङ्कन बढुवा (७५ प्रतिशत ) तथा आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत ) परीक्षाको विज्ञापन गरेको हो ।  आयोगको नियमावलीको नियम २८ अनुसार बढुवा (कार्यसम्पादन मूल्यकनन) द्वारा पूर्ति गर्नुपर्ने भएकोले २०७२ चैत्र मसान्तसम्ममा शिक्षक सेवा आयोग नियमावलीको नियम २७ बमोजिम आयोगले तोकेको दरखास्त फाराममा आवश्यक विवरणरणका साथ सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा दरखास्त ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...