२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday

समाचार

मनको मिररमा प्रकट भएकी प्रकृति मनको मिररमा प्रकट भएकी प्रकृति

उनले साहित्य लेख्न थालेको कक्षा ७ देखि नै हो । शुरुमा यसो सानोखालको डायरी लेख्ने उनको बानी थियो । लेख्दा–लेख्दै कविता लेख्ने उनलाई आदत परेछ । उनी अर्थात् प्रकृति नकर्मी । स्कूले जीवन छँदा मनका उकुसमकुसभित्र गुम्सिएका सयौं पात्रलाई उनले कविताको माध्यमबाट बाहिर ल्याइन् । ती कोही प्रेम गर्ने मायालु थिए त कोही घृणा गर्ने पात्र । किशोर अवस्थामा जोकोहीसँग हुने उत्सुकता, मनभित्रको द्वन्द्व, सिर्जना अनि संवेगलाई प्रकृतिले कवितामा उतारिन् । स्वभावले उनी अन्तर्मुखी छिन् । एक्लै बस्न रुचाउने र शान्त ...

संघीय संरचनामा शिक्षा : केमा स्पष्ट, केमा अस्पष्ट ? संघीय संरचनामा शिक्षा : केमा स्पष्ट, केमा अस्पष्ट ?

  रोशन क्षेत्री गाउँले / काठमाडौं मुलुकमा संघीयता प्रणाली लागू भएसँगै संघीयतामा शिक्षाको व्यवस्थापन कस्तो हुने भन्ने सबैमा जिज्ञासा छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै संघीय शिक्षाको बहस गर्मिएको छ । संघीय शिक्षा प्रणालीको स्वरुप र व्यवस्थापनबारे अहिले विभिन्न अनुमान र अड्कल गरिँदैछ । हालसम्म संघीयतामा शिक्षाको व्यवस्थापनका बारेमा केही प्रावधान स्पष्ट भएपनि धेरै विषयहरु अझै स्पष्ट हुन बाँकी नै देखिन्छ । यसैबीच, शिक्षा मन्त्रालयले पनि संघीयतामा शिक्षाको मोडल कस्तो हुने भन्नेमा विभिन्न छल ...

कक्षा १ मै प्रवेश परीक्षा ? कक्षा १ मै प्रवेश परीक्षा ?

काठमाडौं । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले अभिभावक आफ्ना छोराछोरीका लागि राम्रो स्कुल खोज्न दौडधुपमा छन् । उनीहरूमध्ये धेरैका सन्तान कक्षा १ मा भर्ना गर्नुपर्ने उमेरका छन् । ‘छोरीलाई सेन्ट जेभियर्स वा सेन्ट मेरिजमध्ये एउटामा पढाउँ भनेर धाइरहेको छु,’ कक्षा १ का भर्ना गराउने तयारीमा रहेका राजधानीका एक अभिभावकले भने, ‘दुईतिर जाँच दिन लगाएको छु । फेल भइन् भने कसरी सम्झाउने, बालमस्तिष्कमा कस्तो असर पर्ला रु’ नाम चलेका स्कुलले भर्खर पढाइ आरम्भ गर्न लागेका बालबालिक ...

आरआर क्याम्पसमा अनेरास्ववियुको विवादस्पद जित आरआर क्याम्पसमा अनेरास्ववियुको विवादस्पद जित

काठमाडौं–राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) यही १५ चैतमा सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियु विजयी भएको छ । सो संगठनको प्यानल नै विजयी भएको छ । सभापति पदमा तपेन्द्रबहादुर शाही ६९९ मत ल्याई विजयी भएका हुन् । सचिवमा नारायण शर्मा ६९६ र कोषाध्यक्षमा संगमप्रसाद देवकोटा ७१० मत प्राप्त गरी विजयी भएका छन् । पदाधिकारीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्रिविमा यो वर्षदेखि मिश्रित प्रणालीमा स्ववियु चुनाव भएको हो । यसैगरी, समानुपातिकतर्फ अनेरास ...

रत्नराज्य क्याम्पसको स्ववियु चुनावमा १२७५ मत खस्यो, मतगणना जारी रत्नराज्य क्याम्पसको स्ववियु चुनावमा १२७५ मत खस्यो, मतगणना जारी

  काठमाडौं । विद्यार्थी संगठनहरुको अवरोधका बावजुद सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एक हजार २ सय ७५ मत खसेको छ । मंगलबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो । कुल ३ हजार २ सय ८१ विद्यार्थी मतदाता भए पनि १ हजार २ सय ७५ मत मात्र खसेको हो । त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चुनावको मिति फागुन १८ गते मनोनयन विवादका कारण अन्य केही क्याम्पसहित आरआरमा पनि स्थगित भएको थियो । नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण यहाँ चुनाव रोक ...

शिक्षक पुनर्बहाली जाँचबुझ समितिले प्रतिवेदन बुझाउन सकेन शिक्षक पुनर्बहाली जाँचबुझ समितिले प्रतिवेदन बुझाउन सकेन

थप एक महिना म्याद माग्यो सुदर्शन सिग्देल/काठमाडौंराजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएका शिक्षकको छानबिन गरी पुनर्बहाली गर्न बनेको जाँचबुझ समितिले यही १५ चैतभित्रै प्रतिवेदन बुझाउने भनेपनि थप एक महिनाको समय माग गरेको छ । समितिका अध्यक्ष गोविन्दप्रसाद पराजुलीले तोकिएको अवधिमा काम भ्याउन नसकिएकाले एक महिना थप्न शिक्षा मन्त्रालयलाई लिखित आग्रह गरेको जानकारी दिनुभयो । ‘धेरै कागज आयो । काम भ्याइएन, म्याद थप्न पत्र पठाएका छौं,’ उहाँले आज आजको शिक्षासित भन्नुभयो । पराजुलीले गत पुसमा काम ...

पाठ्यपुस्तक अझै ७० लाख थान छाप्न बाँकी पाठ्यपुस्तक अझै ७० लाख थान छाप्न बाँकी

काठमाडौं–जनक शिक्षा सामग्री केन्द्रले सोमबार (१४ चैत) सम्म १ करोड २५ लाख थान विद्यालय तहको पाठ्यपुस्तक छापेको छ । शैक्षिक शत्र शुरु हुन १६ दिन मात्र बाँकी रहँदा केन्द्रले पाठ्यपुस्तक यति मात्र छाप्न सफल भएको हो । कक्षा ६ देखि १० सम्म एक करोड ९५ लाख थान किताब छाप्नुपर्ने जनक शिक्षा सामग्री केन्द्रको जिम्मा हो । यो हिसाबले अझै ७० लाख थान किताब छाप्न बाँकी नै छ । यद्यपि, १३ लाख थान भने छपाइकै क्रममा रहेको जनक शिक्षा सामग्री केन्द्रका निर्देशक कपिलदेव पोखरेलले जानकारी दिनुभयो । जनक शिक्षाले चै ...

डोल्पाको सीमानामा आठ महिनादेखि विना तलब पढाउँदै डोल्पाको सीमानामा आठ महिनादेखि विना तलब पढाउँदै

हेमन्त केसी/जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका–१३ मा रहेको एक विद्यालयका शिक्षकहरुले आठ महिनादेखि विना तलब पढाइरहेका छन् । विद्यालयमा पर्याप्त दरबन्दी छैन । निजी स्रोतबाट राखिएका शिक्षकलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले तलव दिन नसक्दा शिक्षकहरु उधारैमा पढाउन बाध्य भएका हुन् । २०२२ सालमा स्थापना भएको यो विद्यालय जिल्लाको अत्यन्त दुर्गममा पर्छ । प्रावि तहको दरबन्दीको भरमा यहाँको मावि सञ्चालनमा रहेको छ । ६ जना निजी स्रोतबाट राखिएका शिक्षकबाट विद्यालयमा मावि तह सञ्चालनमा आएको छ । भवन अभाव ...

यस्तो छ सिएलसी थप्ने नयाँ प्रस्ताव यस्तो छ सिएलसी थप्ने नयाँ प्रस्ताव

काठमाडौं–प्रौढ साक्षरता कक्षाका लागि लोकप्रिय सामुदायिक अध्ययन केन्द्र (सिएलसी)को कोटा यो वर्ष डेढ सय थप्ने तयारी भएको छ । अनौपचारिक शिक्षा केन्द्रले आउँदो आर्थिक वर्ष २०७४/०७५ का लागि एक सय ५० वटा सिएलसी थप्न प्रस्ताव गरेको  अहिले देशभरी २ हजार १ सय ५१ वटा सामुदायिक अध्ययन केन्द्र रहेका छन् । शिक्षा मन्त्रालयको बृहत् शैक्षिक कार्यक्रम ‘एसएसडिपी’ (विद्यालय क्षेत्र विकास कार्यक्रम–सन् २०१६–२२) मा पनि सात वर्षभित्र सामुदायिक अध्ययन केन्द्रको संख्या अहिलेकोमा थपेर ...

अब प्रत्येक शिक्षकको प्रोफाइल सार्वजनिक गर्ने शिक्षा विभागको तयारी अब प्रत्येक शिक्षकको प्रोफाइल सार्वजनिक गर्ने शिक्षा विभागको तयारी

सुदर्शन सिग्देल/काठमाडौंशिक्षा विभागले आफ्नो तथ्यांक अभिलेखिकरणलाई चुस्तदुरुस्त पार्ने क्रममा आउँदो २०७४ को फ्ल्यास रिपोर्टमा प्रत्येक शिक्षकको नालीबेली (प्रोफाइल) पनि सार्वजनिक गर्ने भएको छ । अहिले विभागको शैक्षिक सूचना तथा तथ्यांक शाखा (एमिस)ले यसको तयारी गरिरहेको छ । अब शिक्षकको विषयगत जानकारीदेखि उसले कक्षाकोठामा कुन विद्यार्थीलाई कुन विषयमा कति बुझाउन सक्यो भन्ने सिकाइ उपलब्धिको रेकर्डसम्म प्रोफाइलमा रहनेछ । ‘स्कूल लेभल एमिस’ नाम दिइएको यस तथ्यांकीय प्रोफाइलमा विभागले सामुदायिक ...

रजिष्टरमा ५४, पढ्न आउने चारजना मात्रै रजिष्टरमा ५४, पढ्न आउने चारजना मात्रै

शम्भु यादव/लहान गएको आइतबार दिउँसो १ बजेर १२ मिनेट भएको थियो । सिरहा नगरपालिका–८ महिसोथाका आधारभूत विद्यालयमा पुग्दा चारजना बालबालिका खेलिरहेको देखिए । छेउमै दुईजना महिला शिक्षक मञ्जु कर्ण र विनाकुमारी यादव भने कुर्सीमा बसिरहेका थिए । प्रधानाध्यापकचाहिँ ‘अफिस रुम’मा थिए । अर्का शिक्षक रामप्रकाश यादव आएकै थिएनन् । यो बालमैत्री विद्यालय हो । अफिस कोठामा धेरै शैक्षिक, खेलकुद, शिक्षण सामग्रीहरु छन् । चारजना विद्यार्थी मात्रै हेरेपछि प्रधानाध्यापक महेश्वरप्रसाद यादवलाई अरु विद्यार्थ ...

द्रुतगतिमा विद्यालय पुनर्निर्माण गर्न माग द्रुतगतिमा विद्यालय पुनर्निर्माण गर्न माग

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले द्रुतगतिमा विद्यालय पुनर्निर्माण गर्न सरकारसँग माग गरेको छ ।   भूकम्प पछिको विद्यालय पुनर्निर्माणमा ढिलाई हुँदा १० लाख बढी विद्यार्थी अस्थायी टहरामा पढ्न बाध्य भएको भन्दै महासंघले यही गति हो भने अब १० वर्षमा पनि विद्यालय पुनर्निर्माण हुन नसक्ने बताएको छ । शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त सबै विद्यालय तीन वर्षभित्र बनाइसक्ने दाबी गर्दै आएको छ । तर, भूकम्प गएको दुई वर्ष बितिसक्दासमेत भत्किएका विद्यालयहरु पुनर्निर्माण हुन न ...

प्रधानमन्त्रीले चाहे मात्रै शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने प्रधानमन्त्रीले चाहे मात्रै शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने

काठमाडौं । प्रधानमन्त्रीले चाहे मात्रै शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने देखिएको छ । मुलुक नयाँ संरचनामा गइसकेको अवस्थामा पुरानै संरचनामा बनेको नियमावली मस्यौदा पारित हुने संभावना आधा– आधा देखिएको छ । तर प्रधानमन्त्रीले चाहे मस्यौदा मन्त्रिपरिषदको बैठकमा प्रवेश हुने स्रोतले बतायो । नियमावली पारित हुने नहुने संभावना बराबर छ । स्रोतले भन्यो । अहिलेकै अवस्थामा नियमावली मन्त्रिपरिषदबाट पारित हुने नहुने संभावना आधा–आधा रहेको स्रोतले जनाएको छ । स्रोतले भन्यो – अर्थ मन्त्राल ...

इसीडीमा सिकाउने कि पढाउने ? इसीडीमा सिकाउने कि पढाउने ?

काठमाडौं - प्रारम्भिक बाल सिकाइ केन्द्र (इसीडी)मा बालबालिकालाई सिकाउने हो कि पढाउने भन्नेमै शिक्षकहरु अनविज्ञ रहेका विज्ञहरुले बताएका छन् । इसीडीमा बालबालिकाहरुलाई पाठ्यपुस्तक पढाउने, गृहकार्य दिने, अंग्रेजी घोकाउने कार्य भइरहेको भन्दै उनीहरुले त्यो इसीडीको मर्म विपरीत भएको बताएका छन् । इसीडीे पाठ्यक्रमको परिकल्पना बालबालिकहरुलाई सिकेको भन्ने थाहै नपाई खेल्दै, रमाउँदै अंक अक्षर सिक्नुपर्ने भएपनि उनीहरुलाई अंक र अक्षर रटाउने र घोकाउने गरिएको भन्दै उनीहरुले आपत्ति जनाए । इसीडीमा अध्यापन गर्ने शिक ...

दुबै हातमा औंला नभए के भो र ! दुबै हातमा औंला नभए के भो र !

शम्भु यादव/लहानलहान–१९ छरापट्टीका सुरेशकुमार चौधरीको दुबै हातमा औंला छैनन् । औंला नभएपछि मानिसलाई धेरै काम गर्न अफ्ठ्यारो त हुन्छ नै । तर, उनमा त्यस्तो देखिएन । चौधरीले कक्षा १० सम्म पढे । अहिले एसइई परीक्षा दिइरहेका छन् । लेख्नलाई पनि असहज नभएको उनले सुनाए । तर, यस्ता परीक्षार्थीका लागि समय पनि बढी दिइएको छैन । चौधरी लक्ष्मण ललिता कुशवाहा मावि लहान परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् । मेरी चिल्र्डेन स्कूलमा चौधरी कक्षा ८ देखि १० सम्म पढेका छन् । उनलाई पढाइको सबै खर्च विद्यालयले नै व्यहो ...

बढुवाको आशमा ५५ वर्षे उमेरमा परीक्षा बढुवाको आशमा ५५ वर्षे उमेरमा परीक्षा

दीपबहादुर घर्ती/जाजरकोटभगवती–३ औलगुर्ताका ५५ वर्षीय मालबहादुर शाही यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका छन् । जिल्ला सदरमुकाम खलंगादेखि पूर्वमा रहेको वीरेन्द्र हिमालय माध्यामिक विद्यालय भगवती–२ तल्लु परीक्षा केन्द्रबाट ५५ वर्षीय शाही चश्मा लगाएरै परीक्षामा लेखिरहेका भेटिन्छन् । ३१ वर्ष पहिलेदेखि हुलाकमा हलकाराको जागिरमा रहेका  शाही यस वर्ष एसइईमा सामेल भएका छन् । यत्तिका वर्षसम्म सरकारी सेवामा कार्यरत शाही शैक्षिक योग्यताकै कारण फाइल बढुवामा परेन् । शैक्षिक योग्यता ...

शिक्षा नियमावली मन्त्रिपरिषदमा दर्ता शिक्षा नियमावली मन्त्रिपरिषदमा दर्ता

काठमाडौं – नियमावली संशोधन मस्यौदा मन्त्रिपरिषदमा दर्ता भएको छ । शिक्षा मन्त्रालयले आज दिउँसो प्रधानमन्त्री कार्यालयमा मस्यौदा दर्ता गराएको प्रवक्ता डा. हरि लम्सालले जानकारी दिनुभयो । ६ गते दर्ता गराउने कार्यसूची भएपनि आवश्यक कागजात व्यवस्थापनमा ढिलाई हुँदा आजमात्रै मस्यौदा मन्त्रिपरिषदमा शिक्षा मन्त्रालयले दर्ता गराएको हो ।मस्यौदालाई मन्त्रिपरिषदले कहिले पारित गर्छ भन्ने प्रश्नमा लम्सालले भने यसबारेमा अब मन्त्रालयलाई जानकारी नहुने बताउनुभयो । ‘अब यत्ति बुझौं कि नियमावली मन्त्रिपरिष ...

दश विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम दश विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम

लक्ष्मण केसी/रुकुम रुकुमका सबै विद्यालयमा कम्प्युटर शिक्षा दिने उद्देश्यले जिल्लाका पूर्वी विद्यालयमा डिजिटल साक्षरता अभियान सञ्चालन गरिएको छ । रुकुम जिल्लालाई नै साक्षर घोषणा सँगै रुकुमका दश विद्यालयमा डिजिटल साक्षरता कक्षा शुरु गरिएको छ । विद्यार्थीको सिकाइमा सहजता ल्याउने उदेश्यले जिल्ला शिक्षा कार्यालय, युनाइटेड मिसन टु नेपाल र मिक नेपाल रुकुमको अगुवाईमा जिल्लाका कोल, राङसी, तकसेरा, हुकाम, मैकोट लगायतका दश विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बिशेष ग ...

रुकुममा पाठ्यपुस्तकबिनै बालमैत्री कक्षा सञ्चालन रुकुममा पाठ्यपुस्तकबिनै बालमैत्री कक्षा सञ्चालन

लक्ष्मण केसी /रुकुम तारा राना डाँगी प्राथमिक विद्यालय विचकटिया नुवाकोटमा बालविकास केन्द्रमा अध्यापन गराउन लाग्नुभएकोे १२ बर्ष भयो । शुरुमा जिल्ला शिक्षा कार्यालयले दिएको एक हप्ता तालिमका आधारमा उहाँले अहिले सम्म पनि बाल विकास केन्द्रमा पढाउदै आउनुभएको छ । अहिले सम्म पनि नत उहाँसँग पाठक्रम छ नत पाठ्यपुस्तक नै । उहाँले एक हप्ता लिएको तालिमका आधारमा बाल विकास केन्द्र सञ्चालन गर्दै आउनुभएको छ । उषा ढकाल हिमालय प्राथमिक विद्यालय खोलागाउँकी बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता हुनुहुन्छ । २०६५ स ...

सुत्केरी भएको दुई दिनमै परीक्षा ! सुत्केरी भएको दुई दिनमै परीक्षा !

शम्भु यादव/लहान सुत्केरी भएपछि यहाँको समाजमा महिला ६ दिनसम्म घरबाट बाहिर निस्कँदैनन् । उनीहरुले अरुलाई छुन पनि नहुने परम्परा छ । तर, वस्तीपुरकी रीताकुमारी महतो आफ्नो सबै पीडा बिर्सेर परीक्षा दिँदैछिन् । उनी यस वर्ष वस्तीपुर माविबाट माध्यमिक शिक्षा (एसइई) परीक्षामा सहभागी छिन् । तुलसीराम सत्यभामा डोटेल माविमा माध्यमिक शिक्षा परीक्षामा सहभागी भएकी रीताकुमारीले अंग्रेजी र नेपाली विषयको परीक्षा दिएकी छिन् । उनी गर्भवती थिइन् । दुई दिन परीक्षा दिएर घर फर्केकी रीताले शुक्रबार छोरी पाइन् । तर, उनले आफ् ...

प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...