२०७७ जेष्ठ १३ गते / 26th May 2020, Tuesday

समाचार

एसइइको परीक्षा दिनुको सट्टा आन्तरिक मूल्याङ्कनलाई मान्यता दिन प्याब्सनको माग  एसइइको परीक्षा दिनुको सट्टा आन्तरिक मूल्याङ्कनलाई मान्यता दिन प्याब्सनको माग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले एसइइ परीक्षा गराउनुभन्दा विद्यालयले अहिलेसम्म लिएको आन्तरिक मूल्याङ्कनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेडसिट र प्रमाणपत्र दिने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ । अध्यक्ष टीकाराम पुरीद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै प्याब्सनले २०७६ सालमा एसइइ दिने विद्यार्थीका लागि मात्र यो व्यवस्था गर्नुपर्ने बताएको छ । कोभिड–१९ को महामारीका कारण विश्वका विभिन्न विश्वविद्यालय र विद्यालय परीक्षा बोर्डहरुले सम्बन्धित महा ...

कुनै पनि नयाँ भर्ना र शुल्क नलेऊः शिक्षा मन्त्रालय कुनै पनि नयाँ भर्ना र शुल्क नलेऊः शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना र शुल्क नलिन विद्यालयहरुलाई सूचना जारी गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विद्यालयहरुको भर्ना तथा पठनपाठन स्थगित गरिएको अवस्थामा यस नगर्न सूचित गरेको हो । आजै गरिएको मन्त्रीस्तरीय निर्णय अनुसार जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्काे निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नू, नगराउनू ।’ ...

अब विद्यालयमा ‘अस्माकम् संस्कृतम्’ अर्थात् हाम्रो संस्कृत अब विद्यालयमा ‘अस्माकम् संस्कृतम्’ अर्थात् हाम्रो संस्कृत

स्थानीय विषयका रुपमा विद्यार्थीले अब कक्षा १ मा ‘अस्माकम् संस्कृतम्’ पढ्न पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्थानीय विषयका रुपमा कक्षा १ का लागि संस्कृत भाषामा पाठ्यपुस्तक नै तयार पारेको छ । साधारण विद्यालयमा पनि कक्षा १ बाटै पढ्न पाउनेगरी बनाइएको यस खालको पाठ्यपुस्तकलाई नेपालकै लागि पहिलो मानिएको छ । २०४० को दशकमा कक्षा ४ मा भने संस्कृत अनिवार्य पढ्ने व्यवस्था थियो । अहिले यसलाई अनिवार्य नभई स्थानीय विषयका रुपमा तयार पारिएको हो । राष्ट्रिय पाठ्यक्रम प्रारुप लागू गर ...

सार्वजनिक विद्यालय सबलीकरणका निम्ति पाँचवर्षे आयोजना ल्याइँदै सार्वजनिक विद्यालय सबलीकरणका निम्ति पाँचवर्षे आयोजना ल्याइँदै

–७५३ वटै स्थानीय तहमा एक–एक वटा सामुदायिक मावि छानेर ‘नमूना’ बनाइने –८६ अर्ब रुपैयाँ लाग्ने अनुमान सरकारले ७५३ वटै स्थानीय तहमा एक–एक वटा सामुदायिक माध्यमिक विद्यालयलाई नमूना बनाउने लक्ष्यका साथ आउँदो आर्थिक वर्ष २०७७/०७८ देखि लागू हुनेगरी पाँचवर्षे आयोजना सञ्चालन गर्ने भएको छ । राष्ट्रिय योजना आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त प्रयासमा अघि सारिएको सो आयोजनाको नाम ‘सार्वजनिक विद्यालय सबलीकरण आयोजना’ रहेको छ । आयोजना २०७७/०७ ...

प्रदेश १ सरकार इलर्निङबाटै पठनपाठन गराउने तयारीमा प्रदेश १ सरकार इलर्निङबाटै पठनपाठन गराउने तयारीमा

प्रदेश १ ले कोरोना भाइरसको प्रकोप र लकडाउनलाई मध्यनजर गर्दै विद्युत्तीय माध्यममार्फत् ‘इलर्निङ’मै आधारित पठनपाठन गराउने तयारी गरेको छ । इलर्निङलाई विशेष प्राथमिकता दिन प्रदेश सरकारले आउँदो बजेटमा इन्टर्नेट पहुँचका निम्ति खर्च गर्नेगरी शिक्षामा रकम बढाउने गृहकार्य गरिरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको भिडियो प्रेस मिटमा मन्त्री घिमिरेले भन्नुभयो, ‘हामी अब शिक्षा र स्वास्थ्यमै बजेट यथोचित राख्नेछौं ।’ उहाँले आफू मन्त् ...

शिक्षामा २ प्रतिशत बजेट बढ्दै शिक्षामा २ प्रतिशत बजेट बढ्दै

–अर्थमन्त्रीद्वारा बजेट बढ्नेगरी राष्ट्रिय योजना आयोगसँग सिलिङ माग –बढेको बजेट दूर शिक्षाका लागि खर्च गरिने –राष्ट्रिय गौरवका आयोजना नथपिने आउँदो आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय कूल बजेटको शिक्षामा चालू आ.व.भन्दा २ प्रतिशतले बढी रकम थपिने भएको छ । चालू आ.व.मा कूल बजेटमध्ये शिक्षामा १०.६८ प्रतिशत मात्र रहेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अत्यधिक असर परिरहेको स्वास्थ्य र शिक्षामा विशेष खर्च गर्नका लागि नेपाल सरकारले बजेट आकार बढाउ ...

लकडाउन खुलेको तीन सातामै एसइइ परीक्षा गर्न समितिको सुझाब

परीक्षासम्बन्धी सुझाब दिन गठित समितिले एसइइको जाँच लकडाउन खुलेको ३ सातापछि गर्न सरकारसमक्ष सिफारिश गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले आज १८ वैशाखमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै यो सिफारिश गरेको हो । वैशाख २५ पछि लकडाउनको रुप फरक भए जेठ अन्तिम हप्तादेखि एसइइ परीक्षा गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । वैशाख २५ गते भित्र कक्षा १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि भिडभाड नगरी भौतिक दूरी कायम ...

कक्षा १२ को बाहेक एसइइ र अरु तहको परीक्षा नलिऔंः मन्त्री दुलाल कक्षा १२ को बाहेक एसइइ र अरु तहको परीक्षा नलिऔंः मन्त्री दुलाल

बागमति प्रदेशले कक्षा १२ को मात्र केन्द्रीयस्तरमा परीक्षा लिन र एसइइ तथा ११ लगायत अरु तहको विद्यालयले यस अघि लिएको जाँचको अंक जोडेर सोही आधारमा विद्यार्थीलाई कक्षा चढाउनुपर्ने धारणा अघि सारेको छ । आफ्नो यो धारणालाई प्रदेशले सुझाबका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाइसकेको छ ।   शिक्षा पत्रकार समूहद्वारा आज आयोजित भिडियो प्रेस मिटमा बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले यो जानकारी गराउनुभएको हो । ‘१२ कक्षाको जाँच अनिवार्य रुपमा लिनु पर्छ । ...

किताब डेढ करोडभन्दा बढी छापियो, विद्यार्थीको हातहातमा पुर्याउन सरकारले सहयोग गरोस् : जनक शिक्षा किताब डेढ करोडभन्दा बढी छापियो, विद्यार्थीको हातहातमा पुर्याउन सरकारले सहयोग गरोस् : जनक शिक्षा

जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहको पाठ्यपुस्तक हालसम्म एक करोड ७० लाख थान छापिसकेको विवरण दिँदै विद्यार्थीको हात–हातमा पुर्याउनका निम्ति सरकारको सहयोग हुनुपर्ने बताएको छ । ‘जम्मा दुई करोड थान किताब छाप्ने हाम्रो लक्ष्य हो । जसमा एक करोड ७० लाखको संख्या छापिसकिएको छ,’ जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक महेशप्रसाद तिमिल्सिनाले भन्नुभयो, ‘एक करोड किताब पनि जनक शिक्षाका सबै बिक्री डिपोहरुमा पठाइसकेका छौं, मूल कुरा अब विद्यार्थीको हात–हातमा पुग्नु पर्य ...

निजी विद्यालयका शिक्षकहरुले पुस/माघदेखि नै तलब पाएनन्, तुरुन्त देऊः इस्टु

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले कोरोना भाइरसका कारण लकडाउनमा परेका बेला निजी स्कूलहरुले शिक्षकहरुलाई तलब नदिएको भन्दै त्यो तुरुन्त प्रदान गर्न माग गरेको छ । अध्यक्ष होमकुमार थापा र महासचिव भोलानाथ चालिसेद्वारा आज हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै इस्टुले गत पुस/माघदेखिकै शिक्षकहरुले तलब नपाएको गुनासो आएकोले शिक्षक तथा विद्यालय कर्मचारीहरु ठूलो मर्कामा परेको बताएको छ । साथै, नेपाल सरकारले गत चैत ९ यताको समयलाई सार्वजनिक विदाको रुपमा स्वीकृत गर्न र कसैको पनि तलब नकटाउन राजपत्रमा उल्लेख ...

कक्षा १ देखि १० सम्मका लागि ‘सिकाइ चौतारी’ अनलाइन शुरु कक्षा १ देखि १० सम्मका लागि ‘सिकाइ चौतारी’ अनलाइन शुरु

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षाको पठनपाठन गराउन कक्षा १ देखि १० सम्मका अनलाइन सामग्री समावेश गरी छुट्टै एडु पोर्टल ‘सिकाइ चौतारी’ शुरु गरेको छ । केन्द्रले कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन भएपछि विद्यार्थी घरमै बस्नुपरेकाले उनीहरुलाई लक्षित गरी सरकारीस्तरमा नयाँ सिकाइ पोर्टल शुरु गरेको हो । यो पोर्टल हेर्न चाहनेले सोझै learning.cehrd.gov.np मा क्लिक गर्नु पर्छ । पोर्टलमा कक्षा १ देखि १० सम्मका विषयगत सिकाइ सामग्रीहरु राखिएका छन् । सामग्रीहरु अंग्रेजी ...

कर्णाली प्रदेशले जेठको अन्तिमसम्म एसइइ परीक्षा लिन सक्छ : मन्त्री रावल कर्णाली प्रदेशले जेठको अन्तिमसम्म एसइइ परीक्षा लिन सक्छ : मन्त्री रावल

कर्णाली प्रदेशले केन्द्रीय सरकारबाट अनुमति भएमा अहिलेसम्मको स्थितिमा जेठको अन्तिमसम्म एसइइ परीक्षा दिलाउन सक्ने बताएको छ । शिक्षा पत्रकार समूहद्वारा आज आयोजित अनलाइन प्रेस मिटमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भन्नुभयो, ‘अहिलेसम्म कर्णाली प्रदेशमा कोभिड १९ को पोजिटिभ भेटिएको छैन । यसमा हामी भाग्यमानी नै सम्झन्छौं । वैशाखको अन्तिमसम्म हेरौं, त्यत्तिञ्जेल अहिलेकै अवस्था रहन सक्यो भने केन्द्रले अनुमति दिएमा हामी जेठमा परीक्षा दिने सक्ने अवस्थामा रहन्छौं ।’ सामाजि ...

‘यस्तो बेला शिक्षक महासंघभित्र विवाद मात्रै गर्ने हो भने अदालत गए हुन्छ’ ‘यस्तो बेला शिक्षक महासंघभित्र विवाद मात्रै गर्ने हो भने अदालत गए हुन्छ’

बाबुराम थापा, अध्यक्ष, नेपाल शिक्षक महासंघ कोरोना भाइरस (कोभिड–१९) को विश्व महामारीबाट बच्न नेपाल पनि लकडाउनमा छ । लकडाउनका कारण शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द छँदै छन्, स्थगित गरिएका एसइइ र कक्षा ११–१२ का परीक्षा कहिले हुन्छन् भन्ने अन्यौल यथावत् छ । त्यसो त, कक्षा १–९ सम्मका विद्यार्थीको परीक्षा भएर पनि नतिजा आउन बाँकी नै छ । यो विपद्मा नयाँ शैक्षिक शत्र कहिलेबाट शुरु होला ? घरमै बसिरहेका करिव ७५ लाख विद्यार्थीलाई कसरी पठनपाठन गराउन सकिएला ? स्थगित परीक्षा कुन किसिमले गर् ...

शिक्षामा अधिकार नै छैन, केन्द्रकै आदेश पर्खाइमा छौंः सामाजिक विकास मन्त्री साह शिक्षामा अधिकार नै छैन, केन्द्रकै आदेश पर्खाइमा छौंः सामाजिक विकास मन्त्री साह

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोनाको महामारीका कारण लकडाउन गरिएको अवस्थामा शिक्षासम्बन्धी कार्ययोजना बनाउन प्रदेश सरकारको कुनै पनि अधिकार नभएकाले केन्द्रकै मुख ताकेर बस्नुपरेको लाचारी व्यक्त गर्नुुभएको छ । शिक्षा पत्रकार समूहद्वारा आज आयोजित अनलाइन प्रेस मिटमा मन्त्री साहले भन्नुभयो, ‘कक्षा १२ सम्म हेर्ने अधिकार हामीलाई थियो भने प्रदेश सरकारले काम गरिसक्थ्यो । प्रदेशलाई खाली पान्नाका कापी पठाएर के हुन्छ ?’ उहाँले अधिकार बाँडफाँडका विषयमा स्पष्टता आउनैपर्ने जिकिर ...

परीक्षाका लागि शिक्षा मन्त्रालयका तीन विकल्प परीक्षाका लागि शिक्षा मन्त्रालयका तीन विकल्प

निर्णय एक साताभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को महामारीको जोखिमका कारण स्थगित एसइइ, कक्षा ११ र १२ को परीक्षाका निम्ति तीन विकल्प अघि सारेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आज आयोजित भर्च्युअल शिक्षा संवाद श्रृंखलामा बोल्दै शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले तीन विकल्प प्रस्तुत गर्नुभएको हो । ‘पहिलोचाहिँ तत्काल लकडाउन खुल्यो र आउँदो जेठ १५ सम्म अवस्था सामान्य भयो भने अहिले रहिरहेकै तयारी अनुसार जोखिम कम गरी परीक्षा द ...

परीक्षा गराउने पक्षमा छुः शिक्षामन्त्री परीक्षा गराउने पक्षमा छुः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एसइइ, कक्षा ११ र १२ को परीक्षा सकेसम्म गराउने पक्षमा आफू रहेको बताउनुभएको छ । शिक्षा पत्रकार समूहद्वारा आज आयोजित अनलाइन प्रेस मिटमा मन्त्री पोखरेलले भन्नुभयो, ‘भोलि १४ वैशाखमा स्वास्थ्य मन्त्रालयले कोभिड १९ को जोखिमको अवस्था बताएपछि थप निर्णयका लागि सोच्न सकिन्छ ।’ संकटमा परीक्षाको वैकल्पिक उपाय रोज्न सुझाबहरु आइरहेको तर अभिभावक र विद्यार्थीको मनोविज्ञान परीक्षामुखी नै भएकाले सकेसम्म आफू परीक्षा गराउने पक्षमा रहेको उहाँले ...

अब शिक्षक–विद्यार्थीलाई आरडिटि गरेरै भएपनि पठनपाठन गराउने सामाजिक विकास मन्त्रीको भनाइ अब शिक्षक–विद्यार्थीलाई आरडिटि गरेरै भएपनि पठनपाठन गराउने सामाजिक विकास मन्त्रीको भनाइ

प्रदेश ५ को सरकारले अनलाइन, रेडियो, टेलिभिजनबाट पहुँच नपुग्ने विद्यार्थीका निम्ति निश्चित दूरी कायम गरी जहाँ शिक्षक छन् त्यहीँकाले पढाउने व्यवस्था गर्ने भएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा पत्रकार समूहद्वारा आज आयोजित भर्च्युअल अनलाइन पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो । ‘पहिला त रेडियो, अनलाइन र टेलिभिजनको पनि पहुँच नपुग्ने विद्यार्थी कहाँ कति छन् ? त्यो पत्ता लगाउँछौं,’ मन्त्री बरालले भन्नुभयो, ‘तथ्याङ्क प्राप्त भएपछि उनीहरुलाई निश्च ...

आजको शिक्षा साप्ताहिक प्रकाशनसम्बन्धी सूचना

  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न जो जहाँ छ त्यही रहनू, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कनू, भिडभाडबाट टाढा रहनू भन्ने आग्रह सरकारबाट गरिएको अवस्था छ । यस्तो अवस्थामा विद्यार्थी, शिक्षक, अभिभावक तथा आम नागरिक घरमै रहने स्थिति सिर्जना भएको छ । यो संकटका बेला साप्ताहिक पत्रपत्रिकाहरुको सञ्जालले पनि परिस्थिति सामान्य नबनुञ्जेलका लागि पत्रिका बन्द गर्ने निर्णय गरेको अवस्था छ । अतः हरेक सोमबार नियमित रुपमा प्रकाशित आजको शिक्षा साप्ताहिक पनि स्थिति सामान्य नह ...

शिक्षण स्वयंसेवक कार्यक्रमविरुद्ध सर्वाेच्च अदालतमा रिट शिक्षण स्वयंसेवक कार्यक्रमविरुद्ध सर्वाेच्च अदालतमा रिट

शिक्षण स्वयंसेवक नियुक्ति प्रक्रिया रोक्न तुरुन्तै अन्तरिम आदेशको माग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थालेको शिक्षण स्वयंसेवक परिचालन कार्यक्रम संविधान र कानूनविपरित भएको भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गानाले सर्वाेच्चमा यही ४ चैतमा रिट दर्ता गराउनुभएको हो । रिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, शिक्षा मन्त्रालय, शिक्षा सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिवलाई विपक्षी बनाइएको छ । &lsquo ...

यस वर्षको एसइइ परीक्षा स्थगित यस वर्षको एसइइ परीक्षा स्थगित

यही ६ चैतबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा (एसइइ) परीक्षा स्थगित भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका कारण उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले एसइइ परीक्षा हालका लागि स्थगित गरिएको जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमणको त्रासका कारण यस वर्ष मुुलुुकभरका १ हजार ९ सय ९५ वटै परीक्षा के ...

प्रमुख समाचार

शैक्षिक शत्र खेर जान नदिने प्रधानमन्त्रीको आश्वासन शैक्षिक शत्र खेर जान नदिने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) पुनः सञ्चालन गर्न सकिने अवस्था नरहेतापनि विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिने ...

विज्ञको प्रश्नः छात्राको शैक्षिक गुणस्तर बढाउने नीति र बजेट खोई ? विज्ञको प्रश्नः छात्राको शैक्षिक गुणस्तर बढाउने नीति र बजेट खोई ?

यही १५ जेठमा प्रस्तुत हुने राष्ट्रिय बजेटमा बालिकालाई विद्यालयमा टिकाउन र तिनको शैक्षिक गुणस्तर बढाउनेगरी लैंगिक उत्तरदायी बजेट छुट्याउनुपर्ने विज्ञहर ...

शिक्षक तालिमः केन्द्रमा सिक्ने, बाटोसम्म सम्झिने अनि कक्षामा बिर्सिने ! शिक्षक तालिमः केन्द्रमा सिक्ने, बाटोसम्म सम्झिने अनि कक्षामा बिर्सिने !

नेपालमा सामुदायिक विद्यालयका ९८ प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने सरकारी आँकडा छ । तर, तालिमको प्रभावकारिता कक्षासम्म पुगेन भन्ने गुनासो आइरहँ ...