२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday

समाचार

बजेटमा शिक्षा : अब कक्षा १० सम्मका शिक्षकलाई स्थानीय तहबाटै तलब सुविधा बजेटमा शिक्षा :  अब कक्षा १० सम्मका शिक्षकलाई स्थानीय तहबाटै तलब सुविधा

अब कक्षा १० कक्षासम्मका शिक्षकले स्थानीय तहबाटै तलब पाउने भएका छन् । सरकारले आगामी वर्षको बजेट मार्फत विद्यालय कर्मचारीहरूको पारिश्रमिक, बालबाविकासका कार्यकर्ताको तलब तथा सञ्चालन खर्च समेत स्थानीय तहमार्फत दिने व्यवस्था गरेको छ । साथै, निरन्तर विद्यार्थी सिकाइतर्फको रकम, माध्यमिक तहसम्मका विद्यार्थीहरुका लागि उपलव्ध गराइने निःशुल्क पाठ्यपुस्तक, छात्रा छात्रवृत्ति, दलित छात्रवृत्ति तथा कर्णाली क्षेत्रका विद्यार्थी छात्रवृत्तिको रकम पनि स्थानीय तहबटै वितरण गरिने भएको छ । अर्थ मन्त्री कृष्णबहादुर ...

फेरी सर्ने भयो कक्षा ११ को परीक्षा फेरी सर्ने भयो कक्षा ११ को परीक्षा

काठमाडौं । कक्षा ११ को परीक्षा फेरी सर्ने भएको छ । स्थानीय तहको निर्वाचनका कारण पछिल्लोपटक ८ असारदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेकामा स्थानीय निर्वाचन ९ असारमा हुने भएपछि परीक्षा तेस्रो पटक सर्ने भएको हो । स्थानीय चुनावका कारण २४ वैशाखको परीक्षा १ असारदेखि सञ्चालन हुने गरी समय सारिएको थियो । चारवटा प्रदेशमा ३१ जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को परीक्षा ८ असारदेखि हुने गरी सारिएको थियो । जेठ ३१ गते निर्वाचन भए पनि मतगणना एक सातामा सकिन्छ भन्ने विश्लेषणका आधारमा असार ८ गतेल ...

नियमावली ढिलाइमा जिम्मेवार को ? नियत कि नियती ? नियमावली ढिलाइमा जिम्मेवार को ? नियत कि नियती ?

रोशन क्षेत्री गाउँले/काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा नियमावली प्रक्रियामा नै रहेकाले छिट्टै पारित हुने दाबी गर्नुभएको छ । यही ६ जेठ शनिबार नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा उहाँले नियमावली छिट्टै पारित हुने बताउनु भएको हो । तर, उहाँले तत्काल नियमावली जारी हुने कुरा गरेको यो पहिलोपल्ट भने होइन । उहाँसँगै शिक्षामन्त्री, शिक्षा राज्यमन्त्री, शिक्षासचिव, सहसचिवहरुले धेरैपल्ट नियमावली ‘एक हप्ताभित्रै’, ‘छिट्टै’ जारी ह ...

शिक्षक विज्ञापनमा द्वन्द्व : आयोग भर्सेस अदालत शिक्षक विज्ञापनमा द्वन्द्व : आयोग भर्सेस अदालत

शिक्षक सेवा आयोगको विज्ञापनमा समान प्रकृतिका भएपनि एकजना शिक्षकले आयोगमा प्रतिस्पर्धा गर्न पाउने र अर्काले नपाउने अवस्था सिर्जना भएको छ । सर्वोच्च अदालत र शिक्षक सेवा आयोगबीचको द्वन्द्वका कारण यस्तो अवस्था आएको हो । रोशन क्षेत्री गाउँले/काठमाडौं     तल्लो प्रावि स्थायी दरबन्दीमा लियन शिक्षक राखी २२ वर्षदेखि मावि अस्थायीमा पढाउँदै आउनुभएका धादिङका अस्थायी शिक्षक दलबहादुर थापालाई आयोगले शिक्षक विज्ञापनमा प्रतिस्पर्धा गर्न दिएन । तर, समान अवस्थाका समीभञ्ज्याङ माध्यमिक विद्यालय धादिङका प् ...

सिरहामा कानूनविपरितका निजी स्कूलमाथि कार्बाही शुरु सिरहामा कानूनविपरितका   निजी स्कूलमाथि कार्बाही शुरु

शम्भु यादव/लहान सिरहामा नियम विपरित अवैध रुपमा वर्षौदेखि सञ्चालनमा रहेका निजी विद्यालयमाथि जिल्ला शिक्षा कार्यालयले छानबिन गरी कार्बाही प्रक्रिया बढाएको छ । कतिपय नाम चलेका निजी विद्यालयहरुले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो तहसम्म सञ्चालन गरिरहेको तथ्य पनि खुलेको छ । दर्ताविनै विद्यालय सञ्चालन गर्नेहरुले अर्को कुनै निजी वा सामुदायिक स्कूलबाट विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै आएको भेटिएको छ । अनुमतिविना सञ्चालनमा रहेका कक्षामा पढ्ने विद्यार्थीलाई ‘कोचिङ्गमा पढाउँदै गरेको’ भनेर ...

यस्तो छ दलहरुको घोषणापत्रमा शिक्षा यस्तो छ दलहरुको घोषणापत्रमा शिक्षा

शिक्षामा दलीय राजनीतिकरण रोकी विद्यालय शान्तिक्षेत्रको पालनालाई दलहरुले आफ्नो घोषणापत्रमा विशेष जोड दिएका छन् । अनि, विद्यालय तहमा अनिवार्य र पूर्ण निःशुल्क शिक्षा दिनेदेखि प्रत्येक विद्यार्थीलाई ल्यापटप वितरण गरिनेसम्मका आश्वासन दलका घोषणापत्रमा उल्लेख छन् । रोशन क्षेत्री गाउँले/काठमाडौं काठमाडौं–स्थानीय तहको निर्वाचनका लागि दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरुले घोषणापत्रमा शिक्षाको मुद्दालाई विशेष स्थान दिएका छन् । दलहरुको घोषणापत्रमा मुख्यगरी प्राविधिक र व्यवसायिक शिक ...

दलको चुनावी प्रचार गरे शिक्षकको जागिर चट् दलको चुनावी प्रचार गरे शिक्षकको जागिर चट्

काठमाडौं–स्थानीय निर्वाचनमा दलको चुनावी प्रचारमा हिँड्ने शिक्षकको जागिर चट् हुने भएको छ । शिक्षा विभागले शिक्षकहरु चुनाव प्रचार वा अन्य राजनीतिक दलको गतिविधिमा संलग्न भएको पाइए जागिरबाट हटाउने भएको हो । विभागले गत १७ वैशाखमा ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई दलको चुनावी गतिविधिमा संलग्न शिक्षकहरुलाई कार्बाही गर्न निर्देशन दिएको छ । विभागले राजनीतिक प्रचारप्रसारमा लागेका शिक्षकको बारेमा यदि कसैले सप्रमाण उजूरी दिएमा प्रचलित कानूनबमोजिम कार्बाही गरी सोको जानकारी शिक्षा विभागमा पठाउन जिल्ला ...

कक्षा ११ को परीक्षा असार ८ गतेदेखि (परीक्षा तालिका सहित) कक्षा ११ को परीक्षा असार ८ गतेदेखि (परीक्षा तालिका सहित)

काठमाडौं । स्थानीय निर्वाचनको कारण अन्यौलमा परेको कक्षा ११ को परीक्षा असार ८ गतेबाट शुरु हुने भएको छ । पहिले असार १ गतेदेखि हुने भनिएपनि राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म गर्ने निर्णय गरेको हो ।स्थानीय तहको निर्वाचनका कारण यसअघि बैशाख २४ गते जेठ ३ सम्मका लागि तय गरिएको परीक्षा स्थगित गरी असार १ गतेदेखि गर्ने निर्णय गरिएको थियो । तर जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने भएपछि पुनः परीक्षा सारिएको बोर्डले जनाएको छ । जेठ ३१ गते निर्वाचन भए पनि मतगणना एक ...

शिक्षण पेशा छाडी दलका उम्मेदवार शिक्षण पेशा  छाडी दलका उम्मेदवार

    करिव चार सय शिक्षकले यही ३१ वैशाखमा हुन गइरहेको स्थानीय निर्वाचनमा उमेद्वार बन्ने आशामा जागिरबाट राजीनामा दिएका छन् । शिक्षाविद्हरु खरो टिप्पणी गर्छन्–शिक्षक पढाउनुको सट्टा राजनीति गर्दैथिए, उनीहरु जे थिए त्यही भए । नौलो नमानौं ।    रोशन क्षेत्री गाउँले/काठमाडौं शिक्षकले विद्यालयमा राजनीति गरिरहेका छन् । यसो गर्नु हुँदैन, शिक्षकले राजनीति गरेकाले नै सामुदायिक विद्यालय शिक्षा ध्वस्त भइरहेको छ भन्ने आरोप लागिरहेको अहिलेको अवस्था छ । तर, अहिले शिक्षक साँच्चै राजनीतिमा ...

राङ्खानीका थानेश्वर उपाध्याय : शिक्षामा ननिभेका आलोक राङ्खानीका थानेश्वर उपाध्याय : शिक्षामा ननिभेका आलोक

समुन्द्र जस्तो गहिरो तीक्ष्ण नजर, चम्किलो अनुहार, मृदुभाषी व्यवहार र जीवनको अन्तिम अवस्थासम्म पनि युवा जोश देखिन्थ्यो । शरीर कमजोर भएपनि उहाँको हिम्मत र सोंच बलियो लाग्थ्योे । पश्चिम नेपालको बाग्लुङ जिल्लाको अझ दक्षिणी भेगमा त उहाँलाई विकास र शिक्षाको जग नै मान्नेहरु धेरै छन् । उहाँले आफ्नो जीवन नै शिक्षा र स्थानीय विकासमा खर्च गरेर पनि भरी रहिरहनुभयो । उहाँले जीवनभर समुदायको आस्था, विश्वास, अभिभावकत्व, विकास र चेतनाको बत्ति कहिल्यै निभ्न दिनुभएन । त्यसैको कारण त्यो भेग अहिले शिक्षाको आलोकमा उज् ...

बढाएको शुल्क फिर्ता नलिने निजी विद्यालयको दर्ता नै खारेज हुने बढाएको शुल्क फिर्ता नलिने निजी विद्यालयको दर्ता नै खारेज हुने

काठमाडौं –बढाएको शुल्क फिर्ता नलिने निजी विद्यालयको दर्ता नै खारेज गर्ने भएको छ । सरकार र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्न १५ दिन समय दिने अन्यथा दर्ता खारेज गर्ने सहमति भएको हो । यस्तै, शिक्षा नियमावली २०५९ तथा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्दे्शिका २०७२ कडाइका साथ कार्यान्वयनमा ल्याउने समेत निर्णय भएको छ । यो सहमतिसँगै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङले जानकारी दिनु ...

प्रश्नपत्रमै प्रश्न उठेपछि परीक्षा नियन्त्रक अर्याल बर्खास्त प्रश्नपत्रमै प्रश्न उठेपछि परीक्षा नियन्त्रक अर्याल बर्खास्त

काठमाडौं– कक्षा १२ को प्रश्नपत्रमाथि नै प्रश्न उठेपछि राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्याल बर्खास्तगीमा परेका छन् । बोर्डको बुधवार बसेको बैठकले नियन्त्रक अर्याललाई हटाउने निर्णय गरेको हो । विद्यार्थी संख्याभन्दा कम प्रश्नपत्र छापिएको भन्दै बोर्डको चौतर्फी आलोचना भएको थियो । तथ्यांकभन्दा कम प्रश्नपत्र छापेको भन्दै बोर्डको बैठकले अर्याललाई हटाउने निर्णय गरेको बोर्ड सदस्यसमेत रहेका शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । हाल कक्षा १२ को अन्तिम (एसएलसी ...

अन्ततः शिक्षक आयोगले सुधार्यो, प्रतिस्पर्धा गर्न आवश्यक योग्यता र आवेदनको समयसीमा अन्ततः शिक्षक आयोगले सुधार्यो, प्रतिस्पर्धा गर्न आवश्यक  योग्यता र आवेदनको समयसीमा

काठमाडौं । अन्ततः शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा सहभागि हुन आवश्यक न्युनतम योग्यता र समयसीमामा परिमार्जन गरेको छ । आयोग अस्थायी शिक्षकको कार्यरत अवधि, दरखास्त दिने मिति, आवश्यक कागजात लगायतमा पहिले तोकेको भन्दा सुधार गर्न बाध्य भएको हो । आयोगको पहिलेको विज्ञापनले धेरै अस्थायी शिक्षकहरुलाई आयोगमा प्रतिस्पर्धा गर्नबाट वञ्चित गराएको भन्दै आजको शिक्षाले खबर सार्वजनिक गरेको थियो । खबर बाहिर आएसँगै आयोगले पहिलेको केहि व्यवस्थामा परिमार्जन गरेको हो । आयोगले पहिले २०७३ असार ...

सामुदायिक विद्यालयले अंग्रेजी माध्यम शुरु गरेपछि निजी विद्यालय सञ्चालक तनावमा सामुदायिक विद्यालयले अंग्रेजी माध्यम शुरु गरेपछि निजी विद्यालय सञ्चालक तनावमा

शम्भु यादव/सप्तरी   अंग्रेजी मोहका कारण अभिभावकहरु निजी विद्यालय तिर आकर्षित हुँदै गएपछि सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यममा पढाउन शुरु गरेका छन् । सामुदायिक विद्यालयको स्तर सुधार र अभिभावकहरुको आकर्षण बढाउनका लागि भन्दै सप्तरीको कुशहा स्रोत केन्द्रका सामुदायिक विद्यालयहरुले अंगे्रजीमा माध्यममै पठनपाठन शुरु गरेका छन् । विद्यालयले यसैवर्ष देखि अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेपछि कतिपय अभिभावकले निजी विद्यालयमा भर्ना गरेका बालबालिकालाई समेत सामुदायिकमै ल्याउन थालेका छन् । निजी वि ...

दराजमा रहेको पुस्तक नीति कहिले होला पारित ? दराजमा रहेको पुस्तक नीति कहिले होला पारित ?

रोशन क्षेत्री गाउँले/काठमाडौं शिक्षा मन्त्रालयले पहिलोपटक गत भदौमा राष्ट्रिय पुस्तक नीतिको मस्यौदा सार्वजनिक गरेको थियो । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले राष्ट्रिय पुस्तक नीति २०७३ सँगै अन्य दुई पुस्तकालय गुरुयोजना र पुस्तकालय अभिलेख व्यवस्थापन नीतिको मस्यौदा सार्वजनिक गर्नुभएको थियो । शिक्षामन्त्री पौडेलले केही समय सरोकारवालाहरुसँगको छलफल पछि पुस्तक नीति ल्याउने मन्त्रालयको तयारी रहेको बताउनुभएपनि मस्यौदा मन्त्राल ...

शिक्षा नियमावली मस्यौदाले सामाजिक समितिको बैठकमा प्रवेश नै पाएन शिक्षा नियमावली मस्यौदाले सामाजिक समितिको बैठकमा प्रवेश नै पाएन

  काठमाडौं । मन्त्रिपरिषद अन्तगर्तको सामाजिक समितिकै बैठकमा शिक्षा नियमावलीको मस्यौदालाई प्रवेश नै दिइएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट सामाजिक समितिमा छलफलका लागि पठाइएको शिक्षा नियमावलीको मस्यौदा समितिको वैठकको एण्जेडा नै बन्न नसकको हो । आज शुक्रबार बसेको समितिको वैठकमा मूख्य सचिव सोमलाल सुवेदीले वैठकको ऐजेण्डामा नियमावलीलाई प्रवेश नै नगराउनुभएको हो । आज विशेष त नियमावलीको बारेमा छलफल गर्न गृहमन्त्री विमलेन्द्र निधिले समितिको वैठक बोलाएको भएपनि मुख्य सचिव सुवेदीले बैठकको ऐजेण्डामा नै ...

सुविधा लिने अस्थायी शिक्षकको यसरी हुनेछ सेवा अवधि गणना सुविधा लिने अस्थायी शिक्षकको यसरी हुनेछ सेवा अवधि गणना

काठमाडौं । शिक्षा विभागले परीक्षा छाडेर सुविधा रोज्ने अस्थायी शिक्षकहरुकालागि सेवाअवधि गणनाको नयाँ आधार निर्माण गरेको छ । विभागले मन्त्रीस्तरीय निर्णय भन्दै यो सेवाअवधि गणना र आवेदनका लागि आवश्यक कागजातको आधार अनुसार गर्न गराउन भन्दै पाँचै विकास क्षेत्र र पचहत्तरै जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र समेत गरेको छ । शुद्ध रिक्त दरवन्दीमा अस्थायी नियुक्ति पाइ अविछिन्न रुपमा कार्यरत भई दरखास्त दिने अन्तिम मितिसम्म हुन आउने अवधिलाई सुविधा प्राप्तीकालागि सेवा अवधि मानिने विभागले जनाएको छ । त्यस्तै, प ...

संघीयतामा शिक्षक व्यवस्थापन : विभाजन हैन एकरुपता संघीयतामा शिक्षक व्यवस्थापन :  विभाजन हैन एकरुपता

काठमाडौँ– संघीयतामा शिक्षक विभाजन गर्न नहुने तर्फ सरोकारवालाहरुले जोड दिएका छन् । केन्द्रिय तहको शिक्षक, प्रादेशिक तहको शिक्षक, स्थानीय तहको शिक्षक नबनाएर एकैखाले शिक्षक बनाउनुपर्नेमा उनीहरुको जोड थियो । नेपाल शिक्षक महासंघले सोमबार राजधानीमा गरेको स्थानीय तहमा शिक्षक व्यवस्थापन सम्बन्धि एकदिने कार्यशालामा सरोकारवालाहरुले कर्मचारीमा जस्तो शिक्षकमा केन्द्र, प्रदेश र स्थानीय तहस्तरका गरी विभाजन गर्न नहुने बताएका हुन् । शिक्षा मन्त्री धनीराम पौडेलले संविधानले माध्यमिक तहको शिक्षाको व्यवस्थाप ...

यस्ता शिक्षक जो आयोगमा प्रतिस्पर्धा गर्नै बञ्चित बनाइए यस्ता शिक्षक जो आयोगमा प्रतिस्पर्धा गर्नै बञ्चित बनाइए

तल्लो तहमा स्थायी तर बढी योग्यताका कारण माथिल्लो तहको दरबन्दीमा अस्थायी रुपमा पढाइरहेका दर्जनौं शिक्षकहरु अहिले पढाइरहेकै तहका लागि खुला प्रतिस्पर्धा गर्नबाट बञ्चित भएका छन् । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकबारे दुराशययुक्त पुनर्परिभाषा गरेपछि यो अवस्था आएको हो । रोशन क्षेत्री गाउँले/काठमाडौं   धादिङका शिक्षक दलबहादुर थापा २०४८ सालमा प्रावि तहमा स्थायी हुनुभएको थियो । उहाँलाई जिल्ला शिक्षा कार्यालयले २०५२ जेठ २४ गते प्रावि तहमा लियन राखी मावि तहमा अंग्रेजी शिक्षकको रुपमा कामकाज गर्नेगरी ...

शिक्षकको मासिक तलब यही वैशाखबाटै शिक्षकको मासिक तलब यही वैशाखबाटै

काठमाडौं– चौमासिक रुपमा तलब पाइरहेका शिक्षकले यसै महिनादेखि अब मासिक रुपमै तलब पाउने भएका छन् । शिक्षा विभागले यही वैशाखदेखि शिक्षकलाई मासिक रुपमै तलब भुक्तानी गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले गत माघ ३ मै निर्णय गर्दै शिक्षकलाई मासिक रुपमै तलब भुक्तानीको व्यवस्था गर्न शिक्षा विभागलाई निर्देशन दिएको भएपनि कार्यान्वयन हुनसकेको थिएन । शिक्षा नियमावली २०५९ को नियम १०१ (१) मा शिक्षकले हरेक महिना तलब र भत्ता पाउने प्रावधान छ । तर, शिक्षा नियमावाली विपरित जिल्ला शिक्षा कार्यालयहरुले शिक्ष ...

प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...