२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

एसइइको नतिजा सार्वजनिक एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् । यस वर्षको एसइइ परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । यस वर्षको एसइइ परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए । कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ...

अदालतले दिनू भनेको सुविधाबाट यसरी बञ्चित भए विद्यालय कर्मचारी अदालतले दिनू भनेको सुविधाबाट यसरी बञ्चित भए विद्यालय कर्मचारी

काठमाडौं - सामुदायिक विद्यालयका कर्मचारीहरु मुखमै आएको सुविधा पाउनबाट बञ्चित हुने भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीहरुलाई दिन तयार भएको औषधी उपचार, सञ्चय कोष, विमा, शैक्षिक सन्ततिवृत्ति, निवृत्तभरणलगायत स्थायी शिक्षकसरह उपलब्ध गराउने भएको सुविधा अन्ततः नपाउने भएका हुन् । शिक्षा मन्त्रालयले यी सब सुविधा दिनका लागि भन्दै २०७० सालमा शिक्षा नियमावलीको संशोधन प्रस्तावसमेत तयार पारेको थियो । तर, अहिले विधेयक समितिबाट पारित भएको शिक्षा नियमावलीको मस्यौदामा यी ...

कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पुरा कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पुरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मंगलबार शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बोर्डका कार्यवहाक अध्यक्ष समेत रहनुभएका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले परीक्षाको सम्पूर्ण तयारी पुराभएको जानकारी दिनुभएको हो । कक्षा १२ को परीक्षा सञ्चालनमा भएका अव्यवस्था र अनियमितता नदोह्ररिने गरी परीक्षा सञ्चालनको तयारी भएको श्रेष्ठले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा अव्यवस्थित रुपमा भएपछि शिक्षा मन्त्रालयले तत्कालीन परीक्षा नियन्त्रक सन्तोष क ...

शिक्षामन्त्रीलाई अमेरिकी राजदूतको वचनबद्धता–नेपालको शिक्षामा थप सहयोग हुन्छ शिक्षामन्त्रीलाई अमेरिकी राजदूतको वचनबद्धता–नेपालको शिक्षामा थप सहयोग हुन्छ

अमेरिकाले नेपालको शिक्षालाई थप सहयोग गर्ने वचन दिएको छ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग अमेरिकी राजदूत अलिना बी टेप्लिजले यही २९ जेठमा शिक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्दै सहयोग गर्ने वचन दिनुभएको हो । अमेरिकासँग नेपालको दौत्य सम्बन्ध कायम भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा राजदूत टेप्लिजले मन्त्री श्रेष्ठलाई भेट्नुभएको थियो । सन् १९५४ देखि नेपालमा सञ्चालन हुँदै आएको पिस्कोर भोलेण्टिएर कार्यक्रम शिक्षा क्षेत्रमा पनि परिचालन गर्न शिक्षा मन्त्रालयमा सम्पर्क विन्दु तोकिने भएको छ । ...

ड्रोन उडाउनेले गरे काञ्जिरोवामा स्टिम प्रयोगशाला उद्घाटन ड्रोन उडाउनेले गरे काञ्जिरोवामा स्टिम प्रयोगशाला उद्घाटन

विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित विषयलाई एकीकृत गरी राजधानीको कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा निर्माण गरिएको स्टिम प्रयोगशालाको समुद्घाटन गरिएको छ । पूर्व अमेरिकी राजदूत थियोडोर क्रोनमिलर र उनका सुपुत्र माइकल क्रोनमिलरले संयुक्त रूपमा बिहीवार प्रयोगशाला उद्घाटन गर्नुभएको हो । पूर्व राजदूत क्रोनोमिलरले कान्जिरोवा स्कूलका ‘स्टिम’ परियोजनामा भएको प्रगतिको प्रशंसा गर्नुभयो । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै माइकलले आफूले निर्माण गरेको ड्रोन परियोजनामा विगत आधा दशक ...

श्रेष्ठ बने नयाँ शिक्षामन्त्री श्रेष्ठ बने नयाँ शिक्षामन्त्री

काठमाडौं - निवर्तमान शिक्षामन्त्री धनिराम पौडेलको विदाइसँगै नयाँ शिक्षामन्त्रीको रुपमा काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ आउनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रेष्ठ शिक्षामन्त्री बन्नुभएको हो । शिक्षाको खासै अनुभव नरहेका श्रेष्ठले उपप्रधानमन्त्री सहित शिक्षा मन्त्रालय सम्हाल्ने हुनुभएको छ । यस अघि बाणिज्य, वन र भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हालेको अनुभव भएपनि उहाँ पहिलो पटक शिक्षा मन्त्री बन्नुभएको हो । संविधानले माध्यमिक तह सम्मको शिक्षाको अ ...

सिरहाका १ सय ४६ निजी विद्यालय कार्बाहीमा सिरहाका १ सय ४६ निजी विद्यालय कार्बाहीमा

लहान – वर्षौदेखि कानून विपरित अवैध रुपमा सञ्चालनमा रहेका निजी विद्यालयहरुमाथि जिल्ला शिक्षा कार्यालय सिरहाले कार्बाही प्रक्रिया अगाडी बढाएको छ । अनुगमनको क्रममा ३८ वटा विद्यालय बिना अनुमति नै सञ्चालनमा रहेको फेला परेपछि उनीहरुमाथि कार्बाही प्रक्रिया अगाडी बढाइएको हो । अनुगमनका क्रममा १ सय ८ वटा विद्यालयले अुनमति विना नै माथिल्लो कक्षा सञ्चालन गरिरहेको फेला परेको छ । जसमध्ये ३३ वटा विद्यालयल कक्षा ९ र १०, ५१ वटा विद्यालयले कक्षा ६,७,८ र २४ वटा विद्यालयले कक्षा ५ सम्म अनुमति बिनै कक्षा सञ्च ...

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयलाई सर्वोच्चको पुनः ताकेता अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयलाई सर्वोच्चको पुनः ताकेता

काठमाडौं–सर्वोच्च अदालतले अस्थायी शिक्षकहरुको सुविधाका सम्बन्धमा शिक्षा मन्त्रालयलाई पुनः ताकेता गरेको छ । गत २२ वैशाखमा पठाइएको ताकेता पत्रको जवाफ मन्त्रालयले चित्तबुझ्दो नदिएपछि सर्वोच्चले पुनः ताकेता पत्र काटेको हो । मन्त्रालयले २२ वैशाखमा सर्वोच्चद्वारा पठाइएको पत्रको जवाफ ९ जेठमा दिँदै सुविधा रोज्ने शिक्षकलाई सुविधा दिने व्यवस्था गरिएको, शिक्षक संघ–संगठनहरुको विरोधका कारण समयमा खुला विज्ञापन गराउन नपाएको, प्रतियोगिता नै हुन नपाएका कारण प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकहरु ...

शिक्षा नियमावली संशोधन प्रक्रियामै ! शिक्षा नियमावली संशोधन प्रक्रियामै !

  पारित भएको हल्ला किन चलाइयो ? ‘आवश्यक संशोधन पछि मात्रै नियमावली प्रमाणित गरिने’   काठमाडौं- एकाएक सञ्चार माध्यममा शिक्षा नियमावली पारित भएको हल्ला चलाइयो । शिक्षा मन्त्री धनीराम पौडेलले समेत शिक्षा नियमावली पारित भएको बताउनुभयो । लामो समय प्रतिक्षारत रहेको शिक्षा नियमावली अन्ततः मन्त्रिपरिषद्बाट पारित भयो भनेर सञ्चार माध्यममा समाचारहरु आए । नियमावली पारित भएको र यसले शिक्षामा गर्ने महत्वपूर्ण सुधारहरु भनेर प्रचारप्रसारहरु समेत गरिए । नियमावली पारित भइसकेको भन्ने माह ...

चौथो 'कान्तिपुर हिसान एडु फेयर' काठमाडौंमा चौथो 'कान्तिपुर हिसान एडु फेयर' काठमाडौंमा

काठमाडौं– चौथो 'कान्तिपुर हिसान एडु फेयर' राजधानीको भृकुटीमण्डममा शुुरु भएको छ । शैक्षिक मेला चार दिनसम्म चल्नेछ । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पव्लिकेशन्सको संयुक्त विहीवार आयोजनामा शुरुभएको शैक्षिक मेलाको विहिवार हिसानका पूर्व अध्यक्ष, शिक्षा सचिव, विभिन्न विश्वविद्यालयका उप–कुलपति, रजिस्ट्रारहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, शिक्षामन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ् ...

शिक्षामन्त्री कति सफल ? शिक्षामन्त्री कति सफल ?

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको उपलब्धि फेहरिस्त लगाउँदै गौरवसाथ पदबाट राजीनामा दिएका बेला उहाँकै मन्त्री–मण्डलका एक सदस्य शिक्षामन्त्री धनीराम पौडेल भने ‘अक्षम’को पगरी भिरेर सिंहदरबारबाट विदा हुनुपर्ने अवस्था आएको छ । सरकार कामचलाऊ भएसँगैै शिक्षा नियमावली मात्रै अलपत्र परेको छैन, विद्यालय कर्मचारीको व्यवस्थापन र इसिडीका बाल शिक्षकको व्यवस्थापन समेत अनिश्चित बनेको छ । शिक्षा नियमावली निर्माणको प्रक्रिया जारी रहेका बेला सरकार कामचलाऊ भएपछि यसको मार ...

निमावि तहको गणित विषयको अन्तर्वार्ताको नतिजा सार्वजनिक निमावि तहको गणित विषयको अन्तर्वार्ताको  नतिजा  सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो । आयोगले पहिलो दिन सोमबार पाँचै विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । अब क्रमैसँग अन्य विषयको नतिजा सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । नतिजा अनुसार पूर्वाञ्चलमा ३३, मध्यमाञ्चलमा ४१, पश्चिमाञ्चलमा ४८, मध्यपश्चिमाञ् ...

बजेटमा शिक्षा : अब कक्षा १० सम्मका शिक्षकलाई स्थानीय तहबाटै तलब सुविधा बजेटमा शिक्षा :  अब कक्षा १० सम्मका शिक्षकलाई स्थानीय तहबाटै तलब सुविधा

अब कक्षा १० कक्षासम्मका शिक्षकले स्थानीय तहबाटै तलब पाउने भएका छन् । सरकारले आगामी वर्षको बजेट मार्फत विद्यालय कर्मचारीहरूको पारिश्रमिक, बालबाविकासका कार्यकर्ताको तलब तथा सञ्चालन खर्च समेत स्थानीय तहमार्फत दिने व्यवस्था गरेको छ । साथै, निरन्तर विद्यार्थी सिकाइतर्फको रकम, माध्यमिक तहसम्मका विद्यार्थीहरुका लागि उपलव्ध गराइने निःशुल्क पाठ्यपुस्तक, छात्रा छात्रवृत्ति, दलित छात्रवृत्ति तथा कर्णाली क्षेत्रका विद्यार्थी छात्रवृत्तिको रकम पनि स्थानीय तहबटै वितरण गरिने भएको छ । अर्थ मन्त्री कृष्णबहादुर ...

फेरी सर्ने भयो कक्षा ११ को परीक्षा फेरी सर्ने भयो कक्षा ११ को परीक्षा

काठमाडौं । कक्षा ११ को परीक्षा फेरी सर्ने भएको छ । स्थानीय तहको निर्वाचनका कारण पछिल्लोपटक ८ असारदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेकामा स्थानीय निर्वाचन ९ असारमा हुने भएपछि परीक्षा तेस्रो पटक सर्ने भएको हो । स्थानीय चुनावका कारण २४ वैशाखको परीक्षा १ असारदेखि सञ्चालन हुने गरी समय सारिएको थियो । चारवटा प्रदेशमा ३१ जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को परीक्षा ८ असारदेखि हुने गरी सारिएको थियो । जेठ ३१ गते निर्वाचन भए पनि मतगणना एक सातामा सकिन्छ भन्ने विश्लेषणका आधारमा असार ८ गतेल ...

नियमावली ढिलाइमा जिम्मेवार को ? नियत कि नियती ? नियमावली ढिलाइमा जिम्मेवार को ? नियत कि नियती ?

रोशन क्षेत्री गाउँले/काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा नियमावली प्रक्रियामा नै रहेकाले छिट्टै पारित हुने दाबी गर्नुभएको छ । यही ६ जेठ शनिबार नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा उहाँले नियमावली छिट्टै पारित हुने बताउनु भएको हो । तर, उहाँले तत्काल नियमावली जारी हुने कुरा गरेको यो पहिलोपल्ट भने होइन । उहाँसँगै शिक्षामन्त्री, शिक्षा राज्यमन्त्री, शिक्षासचिव, सहसचिवहरुले धेरैपल्ट नियमावली ‘एक हप्ताभित्रै’, ‘छिट्टै’ जारी ह ...

शिक्षक विज्ञापनमा द्वन्द्व : आयोग भर्सेस अदालत शिक्षक विज्ञापनमा द्वन्द्व : आयोग भर्सेस अदालत

शिक्षक सेवा आयोगको विज्ञापनमा समान प्रकृतिका भएपनि एकजना शिक्षकले आयोगमा प्रतिस्पर्धा गर्न पाउने र अर्काले नपाउने अवस्था सिर्जना भएको छ । सर्वोच्च अदालत र शिक्षक सेवा आयोगबीचको द्वन्द्वका कारण यस्तो अवस्था आएको हो । रोशन क्षेत्री गाउँले/काठमाडौं     तल्लो प्रावि स्थायी दरबन्दीमा लियन शिक्षक राखी २२ वर्षदेखि मावि अस्थायीमा पढाउँदै आउनुभएका धादिङका अस्थायी शिक्षक दलबहादुर थापालाई आयोगले शिक्षक विज्ञापनमा प्रतिस्पर्धा गर्न दिएन । तर, समान अवस्थाका समीभञ्ज्याङ माध्यमिक विद्यालय धादिङका प् ...

सिरहामा कानूनविपरितका निजी स्कूलमाथि कार्बाही शुरु सिरहामा कानूनविपरितका   निजी स्कूलमाथि कार्बाही शुरु

शम्भु यादव/लहान सिरहामा नियम विपरित अवैध रुपमा वर्षौदेखि सञ्चालनमा रहेका निजी विद्यालयमाथि जिल्ला शिक्षा कार्यालयले छानबिन गरी कार्बाही प्रक्रिया बढाएको छ । कतिपय नाम चलेका निजी विद्यालयहरुले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो तहसम्म सञ्चालन गरिरहेको तथ्य पनि खुलेको छ । दर्ताविनै विद्यालय सञ्चालन गर्नेहरुले अर्को कुनै निजी वा सामुदायिक स्कूलबाट विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै आएको भेटिएको छ । अनुमतिविना सञ्चालनमा रहेका कक्षामा पढ्ने विद्यार्थीलाई ‘कोचिङ्गमा पढाउँदै गरेको’ भनेर ...

यस्तो छ दलहरुको घोषणापत्रमा शिक्षा यस्तो छ दलहरुको घोषणापत्रमा शिक्षा

शिक्षामा दलीय राजनीतिकरण रोकी विद्यालय शान्तिक्षेत्रको पालनालाई दलहरुले आफ्नो घोषणापत्रमा विशेष जोड दिएका छन् । अनि, विद्यालय तहमा अनिवार्य र पूर्ण निःशुल्क शिक्षा दिनेदेखि प्रत्येक विद्यार्थीलाई ल्यापटप वितरण गरिनेसम्मका आश्वासन दलका घोषणापत्रमा उल्लेख छन् । रोशन क्षेत्री गाउँले/काठमाडौं काठमाडौं–स्थानीय तहको निर्वाचनका लागि दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरुले घोषणापत्रमा शिक्षाको मुद्दालाई विशेष स्थान दिएका छन् । दलहरुको घोषणापत्रमा मुख्यगरी प्राविधिक र व्यवसायिक शिक ...

दलको चुनावी प्रचार गरे शिक्षकको जागिर चट् दलको चुनावी प्रचार गरे शिक्षकको जागिर चट्

काठमाडौं–स्थानीय निर्वाचनमा दलको चुनावी प्रचारमा हिँड्ने शिक्षकको जागिर चट् हुने भएको छ । शिक्षा विभागले शिक्षकहरु चुनाव प्रचार वा अन्य राजनीतिक दलको गतिविधिमा संलग्न भएको पाइए जागिरबाट हटाउने भएको हो । विभागले गत १७ वैशाखमा ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई दलको चुनावी गतिविधिमा संलग्न शिक्षकहरुलाई कार्बाही गर्न निर्देशन दिएको छ । विभागले राजनीतिक प्रचारप्रसारमा लागेका शिक्षकको बारेमा यदि कसैले सप्रमाण उजूरी दिएमा प्रचलित कानूनबमोजिम कार्बाही गरी सोको जानकारी शिक्षा विभागमा पठाउन जिल्ला ...

कक्षा ११ को परीक्षा असार ८ गतेदेखि (परीक्षा तालिका सहित) कक्षा ११ को परीक्षा असार ८ गतेदेखि (परीक्षा तालिका सहित)

काठमाडौं । स्थानीय निर्वाचनको कारण अन्यौलमा परेको कक्षा ११ को परीक्षा असार ८ गतेबाट शुरु हुने भएको छ । पहिले असार १ गतेदेखि हुने भनिएपनि राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म गर्ने निर्णय गरेको हो ।स्थानीय तहको निर्वाचनका कारण यसअघि बैशाख २४ गते जेठ ३ सम्मका लागि तय गरिएको परीक्षा स्थगित गरी असार १ गतेदेखि गर्ने निर्णय गरिएको थियो । तर जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने भएपछि पुनः परीक्षा सारिएको बोर्डले जनाएको छ । जेठ ३१ गते निर्वाचन भए पनि मतगणना एक ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...