२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

शिक्षाको आठौं ऐन कार्यान्वयन नहुँदै नवौं संशोधन विधेयक संसदमा शिक्षाको आठौं ऐन कार्यान्वयन नहुँदै नवौं संशोधन विधेयक संसदमा

अनसन र आन्दोलनको घुक्र्याइमा वर्तमान सरकारलाई अस्थायी शिक्षकहरुले शिक्षा ऐनको नवौं संशोधन प्रस्ताव संसदमा दर्ता गराउन बाध्य पारेका छन् । यद्यपि, उनीहरुले ‘आमरण अनसन’ जारी राखी शिक्षक सेवा आयोगको यही १० भदौको परीक्षा अनिश्चितकालीन स्थगित गराउन अर्काे घुर्की लगाइरहेका छन् । सरकारले यसलाई ‘अराजक आन्दोलन’का रुपमा लिन्छ वा अहिले झैं लुरु–लुरु माग मान्छु भन्दै जाला ? यतिबेला लघुु–प्रतिक्षित प्रश्न भएको छ । शिक्षा मन्त्रालयले शिक्षा ऐनको नवौं संशोधन विधेयक व्यवस्थाप ...

अस्थायी शिक्षकका खातिर शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता अस्थायी शिक्षकका खातिर शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

  काठमाडौं–शिक्षा मन्त्रालयले शिक्षा ऐनको नवौं संशोधन विधेयक व्यवस्थापिक–संसदमा दर्ता गरेको छ । सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी गराउने र असफलहरुलाई सुविधा दिने प्रस्तावसहितको विधेयक शुक्रबार बिहान संसद सचिवालयमा दर्ता भएको हो । बिहीबारै दर्ता गर्ने तयारी भएपनि शिक्षा मन्त्रालयले आवश्यक विधेयक प्रति फोटोकपी गर्न नसकेपछि शुक्रबार १३ नम्बरमा दर्ता गरिएको संसद सचिवालयका विधेयक शाखा प्रमुख अधिराज राईले जानकारी दिनुभयो । संशोधन प्रस्ताव परिपक्व हुन अब ५ दिन लाग्नेछ । त्यसपछि सं ...

रुपन्देहीको नहरपुर मावि: नेपाली माध्यममै उदाहरणीय रुपन्देहीको नहरपुर मावि: नेपाली माध्यममै उदाहरणीय

विद्यालय सुधार्न भन्दै कोही भौतिक पूर्वाधार हुनुपर्छ भन्दै हिँडे । कोहीचाहिँ शिक्षक दरबन्दी पाउनु पर्छ भन्ने मागमै भुले । विद्यार्थी चाहिन्छ भन्दै कोही घरदैलोमा बालबालिका खोज्दै चाहरे त कोहीले अंग्रेजी माध्यमले पढाए । कतिचाहिँ नचाहिने हल्लाको पछाडि लागे । माथि वर्णित कामहरु कति विद्यालय सुधार्नकै लागि थिए त कतिचाहिँ बहाना बनाई तर्किनका लागि । धेरैले यही निहुँमा काम गरेर विद्यालय सुधारे पनि । तर कसैको पछाडि नलागी नेपाली माध्यममा पठनपाठन भएपनि विद्यालय सुध्रिन्छ भन्ने उदाहरण रुपन्देहीको नहरपुर मा ...

शिक्षामा यस्तो छ चामे गाउँपालिकाको निर्णय शिक्षामा यस्तो छ चामे गाउँपालिकाको निर्णय

मनाङ– चामे गाउँपालिकाले शैक्षिक सुधारको लागि योजनाबद्ध रुपमा लाग्ने निर्णय गरेको छ । गाउँपालिकाको शैक्षिक सुधारका लागि गाउँपालिकाले सम्पूर्ण वडा समितिहरु, विद्यालयहरु तथा विद्यालय व्यवस्थापन समितिका पदाधकारीहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, स्रोतव्यक्ति, विद्यालय निरीक्षक योजनाबद्ध तरिकाले सक्रिय भएर लाग्ने निर्णय गरेको हो । जिल्ला शिक्षा कार्यालय मनाङको आयोजनामा चामे गाउँपालिकका अध्यक्ष लोकेन्द्रबहादुर घले, उपाध्यक्ष मुनेन्द्रजङ गुरुङ, सबै वडाका वडाध्यक्षहरु गाउँपालिका सदस्य र सबै विद्या ...

परीक्षा सर्ला कि नसर्ला ! परीक्षा सर्ला कि नसर्ला !

शिक्षक आयोग : सर्ने विषय कल्पना नै गर्न सकिन्नशिक्षा मन्त्रालय : यस विषयमा बोल्नै मिल्दैनशिक्षक महासंघ : मन्त्रिपरिषदबाट सारिए अदालतमा मुद्दाअस्थायी शिक्षक : परीक्षा नसारे आत्मदाह गर्छौं अस्थायी शिक्षकहरुका लागि खुलेको विज्ञापनको परीक्षा हुन अब केही दिन मात्रै बाँकी रहेको छ । तर, आजसम्म पनि परीक्षा हुने नहुने टुंगो छैन । परीक्षा सार्नुपर्ने मुख्य माग राखेर अस्थायी शिक्षकहरु भद्रकालीमा दोस्रोपटक आमरण अनसनमा बसेका छन् । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकहरुबीच निरन्तर छलफल र वार्ता चलिरहेको छ ...

भृकुटी सामुदायिक सिकाइ केन्द्र :आय–आर्जन समूहबाटै आत्मनिर्भर बनाउँदै भृकुटी सामुदायिक सिकाइ केन्द्र :आय–आर्जन समूहबाटै आत्मनिर्भर बनाउँदै

नाम : भृकुटी सामुदायिक सिकाइ केन्द्रस्थापनाः २०६१–०९–१३ठेगानाः बुद्धभूमि नगरपालिका वार्ड नं–४, कर्नौलिया, कपिलवस्तु   धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रले भरिपूर्ण कपिलवस्तु बुद्धभूमिका रुपमा प्रख्यात छ । खोजकर्ता, शोधकर्ता तथा मनोरञ्जनका लागि आएका घुमन्ते, तीर्थाटनका लागि आएका श्रद्धालु भक्तजनको स्वागतमा जहिल्यै तत्पर कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ मा भृकुटी सामुदायिक सिकाइ केन्द्र रहेको छ । समुदायलाई साक्षर, समृद्ध र सचेत बनाउन यो स ...

बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको तीन ‘स’ साक्षरता, सहकारी र समृद्धि बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको तीन ‘स’  साक्षरता, सहकारी र समृद्धि

नाम : बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रस्थापना : २०५९ठेगाना : पोखरा–लेखनाथ महानगरपालिका–२५, कास्कीसेवा क्षेत्र : पोखरा–लेखनाथ महानगरपालिका वार्ड नं. २५ कास्की जिल्लाको हेम्जामा रहेको बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रले समुदायलाई साक्षर बनाएको त छ नै, सक्षम र समृद्ध बन्नसमेत मद्दत गरिरहेको छ । हालसम्म ६० भन्दा बढी साक्षर, साक्षरोत्तर र निरन्तर शिक्षाको कक्षा सञ्चालन गरेको केन्द्रले हेम्जालाई मुलुककै पहिलो साक्षर गाउँ बनाउन महत्वपूर्ण भूमिका खेल्यो । निरक्षरलाई साक्षर, क ...

अस्थायी शिक्षकको स्थायी आन्दोलन कहिलेसम्म ? अस्थायी शिक्षकको स्थायी आन्दोलन कहिलेसम्म ?

अस्थायी शिक्षकका नाममा करिव ३० वर्ष यता दर्जनौं आन्दोलन भएका छन् । शिक्षा मन्त्रालयले २०६७ यता एकजना पनि अस्थायी शिक्षक रहँदैनन भनेर घोषणा गरेपनि यसैको निहुँमा अहिले विभिन्न रुपमा आन्दोलन रोकिएको छैन । बरु, नेपालका लागि अस्थायी शिक्षकको समस्या चिरस्थायी हुने संकेत देखिएको छ । विभिन्न सहमति, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र शिक्षा ऐन संशोधनको बाबजुद पनि अस्थायी शिक्षक आन्दोलनले निकाश पाउन सकिरहेको छैन । एक हिसाबले टुंगोमा पुग्न लाग्ने र फेरि एक पक्षले भाँजो हाल्ने गर्दा अस्थायी शि ...

कक्षा १२ को विज्ञान विषयमा झण्डै ८० प्रतिशत उत्तीर्ण कक्षा १२ को विज्ञान विषयमा झण्डै ८० प्रतिशत उत्तीर्ण

काठमाडौं । कक्षा १२ को विज्ञान विषयमा झण्डै ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा नियमिततर्फ सहभागी भएका ४४ हजार ८ सय ९७ परीक्षार्थीमध्ये ३५ हजार ६ सय ८८ उतिर्ण भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।त्यस्तै, आंशिकतर्फ सहभागी ९ हजार ४ सय ८९ मध्ये ४ हजार १ सय ३७ जना(४३.६ प्रतिशत) उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकार ...

शिक्षकले छाता र चिर्पटले विद्यार्थी कुटे शिक्षकले छाता र चिर्पटले विद्यार्थी कुटे

विद्यार्थी समसुद्दिन धोवीको हजुरआमा भाँचिएको छाता र चिर्पटसहित न्यायको लागि गुहार्दै । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर–७ मा रहेको पजरकट्टि माध्यमिक विद्यालयमा कक्षा ५ अध्ययनरत १० वर्षीय समसुद्दिन धोवीलाई शिक्षक रामवृक्ष यादवले निर्घात कुटेका छन् । शिक्षकको कुटाईबाट घाइते बनेका धोवीको टाउको, कानमा चोट लागेको छ । घाईते बालकको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ । साथीहरुसँग शौचालय निस्किएका धोवी कक्षामा पस्नेबित्तिकै शिक्षक यादवले उनलाई यातना दिन शुरु गरेका थिए । ...

११ र १२ कक्षाः यता न उता ११ र १२ कक्षाः यता न उता

शिक्षा ऐनको आठौं संशोधन पछि कक्षा ११ र १२ को व्यवस्थापन शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रको मातहत्मा आएको एक वर्ष बित्दा पनि अहिले यी दुई तह वेवारिसेमा परेका छन् । शिक्षा बजेट सोझै स्थानीय तहलाई पठाइएको अवस्थामा कक्षा १ देखि १० सम्मका लागि मात्र छुट्याइयो । स्थानीय तहका लागि शिक्षा बजेटको ६० अर्ब छुट्याइएकोमध्ये करिव ५० अर्ब रुपैयाँ त कक्षा १–१० सम्मका शिक्षक–कर्मचारीका तलब–भत्तामा खर्चिने व्यवस्था गरियो । तर, विद्यालय शिक्षा इसिडिदेखि १२ कक्षासम्म भनिएपनि बजेट र कार्यक्र ...

आयोगको परीक्षा सार्ने- नसार्ने विषयमा,शिक्षामन्त्री र शिक्षक नेताबीच झोंक्काझोंक्की आयोगको परीक्षा सार्ने- नसार्ने विषयमा,शिक्षामन्त्री र शिक्षक नेताबीच झोंक्काझोंक्की

काठमाडौं– गत बिहीबार शिक्षा मन्त्रालयमा शिक्षक परीक्षाबारे छलफल गर्न शिक्षक महासंघको टोली पुगेको थियो । ९ असारमा बुधबारको बैठक बसी अस्थायी शिक्षकसँग भएको सहमति कार्यान्वयनमा दबाब दिन पुगेको महासंघ टोलीले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आयोगको परीक्षाबारे जिज्ञासा राखेका थिए । शुरुमै शिक्षामन्त्रीले परीक्षा सार्ने तयारी भइरहेको जानकारी गराएपछि शिक्षक महासंघका प्रतिनिधिहरु निकै रिसाए । शुरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा ‘कसका लागि परीक्षा सार्ने ...

धुषा सामुदायिक सिकाइ केन्द्रको योजना : निःशुल्क इन्टरनेटदेखि चेपाङ संग्राहलयसम्म धुषा सामुदायिक सिकाइ केन्द्रको योजना : निःशुल्क इन्टरनेटदेखि चेपाङ संग्राहलयसम्म

नाम : धुषा सामुदायिक सिकाइ केन्द्रस्थापना : २०६४ठेगाना : बेनीघाट रोराङ गाउँपालिका–७, चरौदिबजार (साविक धुषा गाविस) धादिङकार्यक्षेत्रः बेनीघाट रोराङ गाउँपालिका वार्ड नं. ६, ७ र ८ धुषा सामुदायिक सिकाइ केन्द्र धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं ७ मा रहेको छ । धुषा सामुदायिक सिकाइ केन्द्रले साक्षरता, साक्षरोत्तर र निरन्तर कक्षा सञ्चालनसँगै विभिन्न सीपमुलक तालिम दिएर समुदायलाई आय–आर्जनसँग जोड्दै आएको छ । केन्द्रकै पहलकदमीमा साविक धुषा गाविस २०७२ सालमा पूर्ण साक्षर घोषित भयो । ...

प्राविधिक विद्यालयमा ब्याट्री:भिडियोमार्फत् जापानीले सिकाए,विद्यार्थीले बनाएर देखाइदिए प्राविधिक विद्यालयमा ब्याट्री:भिडियोमार्फत् जापानीले सिकाए,विद्यार्थीले बनाएर देखाइदिए

‘कोन्निचिवा !’ भित्तामा प्रोजेक्टरमार्फत् प्रत्यक्ष भिडियोबाट जापानीहरु भन्न थाल्छन् । कक्षामा उपस्थित विद्यार्थीहरु पनि एकै स्वरमा उसैगरी अभिभावदन फर्काउँछन्– ‘कोन्निचिवा !’ विद्यार्थीहरुका स्वरले पूरा हल नै गुञ्जयमान भयो । कोन्निचिवा अर्थात् नेपालीमा ‘दिवा नमस्कार !’ नेपालीमा अनुवाद हुनेबित्तिकै विद्यार्थीहरुले यो शब्द उच्चारण गरेका थिए । त्यसपछि जापानबाट यताका विद्यार्थीलाई आफूसँग भएको एक–एक प्याकेट सामग्री आफ्ना अगाडि राख्न निर्देशन भयो । जुन ...

रुखको फेदमा बसेर पढ्छन विद्यार्थी रुखको फेदमा बसेर पढ्छन विद्यार्थी

रुकुमको मुसिकोट नगरपालिका २ महाकाली माध्यमिक विद्यालयका बालबालिकाहरु विद्यालय नजिकै रहेको रुखको फेदमा बसेर पढ्न बाध्य छन् । असार लागेदेखि विद्यालयले भवनको उचित व्यवस्था नभए सम्मका लागि खुला चउरमा पठनपाठन शुरु गरेको हो । १ देखि १० कक्षा सम्म पढाई हुँदै आएको यस विद्यालयमा पाँच वटा कक्षा कोठामा मात्र अहिले प्रयोगमा ल्याएको छ । बाँकी सबै भूकम्प र विद्यालयको खेल मैदान निमार्ण गर्दा पर्खाल भत्केर भवनमा क्षती भएपछि प्रयोग वीहिन भएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिता बिकले बताउनुभयो । अहिले आधार ...

अस्थायी शिक्षक–शिक्षा मन्त्रालय सहमति कार्यान्वयन नहुने अस्थायी शिक्षक–शिक्षा मन्त्रालय सहमति कार्यान्वयन नहुने

शिक्षा मन्त्रालयले वार्ता र सहमति गर्नै नपाउने हो त ? अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचभएको सहमति कार्यान्वयन नहुने सम्भावना बढेर गएको छ । कानूनी रुपमा मन्त्रालय सहमति कार्यान्वयन गर्न बाध्य नहुने देखिएको छ । विभिन्न चारबुँदे माग राखी गत २ असारदेखि आमरण अनशन बसेका अस्थायी शिक्षकसँग शिक्षा मन्त्रालयले ९ गते चारबुँदे सहमति गरेको थियो । अस्थायी शिक्षकहरुलाई परीक्षा पछिको सुविधा दिन शिक्षा ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने, कार्यदल बनाएर परीक्षाको पाठ्यक्रम, प्रश्नपत्र, परीक्षा र ग्रिडमा सुधार ...

थुमपाखर सामुदायिक सिकाइ केन्द्रको पहिचान:अक्षर, अलैँची र अम्लिसोसम्म थुमपाखर सामुदायिक सिकाइ केन्द्रको पहिचान:अक्षर, अलैँची र अम्लिसोसम्म

नाम : थुमपाखर सामुदायिक सिकाइ केन्द्रठेगाना : सुनकोशी गाउँपालिका–६, सिन्धुपाल्चोकस्थापनाः २०६४सेवाक्षेत्रः हाल सुनकोशी गाउँपालिका–६ (साविक थुमपाखर गाविस) थुमपाखर सामुदायिक सिकाइ केन्द्र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ६ मा क्रियाशील छ । समुदायलाई साक्षर, सचेत, सीपयुक्त र उद्यमी बनाउन यो लागी परिरहेको छ । सिन्धुपाल्चोक प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले देशका उत्कृष्ट जिल्लाध्ये एक हो । देशको उत्तरी सीमाना रहेको भन्सार विन्दु तातोपानी यसै जिल्लामा पर्छ । यस जिल्ल ...

जिशिका धनुषामा कुटपिट घटनाको मुख्य कारण भ्रष्टाचार जिशिका धनुषामा कुटपिट घटनाको मुख्य कारण भ्रष्टाचार

    - अवैध निजी विद्यालय अनुगमनमा कडाइ गर्दा नासुले कुटे सहायक जिशिअ- निजी विद्यालयलाई नासुले अवैध कागजात दिलाएको सहायक जिशिअको आरोप- जिशिअबाटै अवैध स्कूलबाट व्यक्तिगत रकम लिइरहेको सहायक जिशिअबाट खुलासा- जिल्लान्तर शिक्षक सरुवामा ३ लाख रुपैयाँसम्म लिएको दाबी-लामो समय एउटै कार्यालयमा रहेका कर्मचारीबीच अवैध काममा मिलिभगत तराईमा अहिले लामो समयदेखि अवैध रुपमा सञ्चालन भइरहेका निजी विद्यालयलाई बन्द गर्ने अभियान शुरु भएको छ । सिरहाबाट शुरु भएको अभियान धनुषालगायतका अन्य जिल ...

शिक्षा मन्त्रालयले थाल्यो स्थानीय तहमा कर्मचारी सरुवा शिक्षा मन्त्रालयले थाल्यो स्थानीय तहमा कर्मचारी सरुवा

 असन्तुष्ट कर्मचारी भन्छन्– अदालत जान्छौं सरकार भन्छ–नटेरे कार्बाही हुन्छ शिक्षा मन्त्रालयले स्थानीय तहमा कर्मचारी पठाउन शुरु गरेको छ । मन्त्रालयले गत बिहीबार र शुक्रबारको निर्णयबाट निर्वाचन सम्पन्न भएका पाँच महानगरपालिकासहित अन्य उपमहानगर, नगरपालिका र गाउँपालिकामा कर्मचारी पठाउन शुरु गरेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख चक्रबहादुर बुढाले जानकारी दिनुभयो । सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न गरेको कर्मचारीहरुको मागबारे निर्णय नहुँदै मन्त्रालयले कर्मचारी स्थानान्तारण ...

आहा ! कति राम्रा अक्षर !! आहा ! कति राम्रा अक्षर !!

विद्यार्थीको राम्रो अक्षर बनाउने भए नन्दी माविले झैं हस्तलेखन आयोजना किन नगर्ने ?   कक्षा १० का विद्यार्थी उत्सव सेढाइ निकै मिहिनेतका साथ कपिमा केही लेखिरहनुभएको थियो । उहाँ राम्रा अक्षर बनाउने प्रयास गर्दै हुनुहुन्थ्यो । अक्षरलाई कुन तरिकाबाट लेख्ने, कत्रो आकारको बनाउने, कसरी डिका दिने भन्नेमा उहाँ सजग देखिनुहुन्थ्यो । कक्षा ८ कि जश्मिन खड्गीको पनि नेपाली र अंग्रेजी अक्षरलाई कसरी राम्रोसँग लेख्ने भन्नेमै ध्यान थियो । कक्षा पाँच ५ की एलिना ढकाल पनि अक्षर लेख्नैमै व्यस्त । उहाँलाई विशेषज्ञ स ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...