२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

बालक्लबको सक्रियतापछि नियमितता बढ्यो बालक्लबको सक्रियतापछि नियमितता बढ्यो

विद्यार्थी भन्छन्– घरभन्दा स्कूल नै रमाइलो कक्षा ४ का विश्राम सिंजाली सेतो पानामा केही कोरिरहनुभएको थियो । त्यहाँ हरिया पहाड देखिन्थ्यो । मुन्तिर एउटा सुन्दर विद्यालय भवन, छेउमा नदी, दुई पहाडको बीचबाट सूर्य उदाएको आकृति सिंजालीले बनाउनुभयो । त्यसमा पहेलो रंग भर्नुभयो । एउटा सुन्दर विद्यालय तयार भयो प्राकृतिक सुन्दरतासहितको । ‘यो मेरो विद्यालय हो,’ उहाँले भन्नुभयो, ‘म ठूलो भएर कलाकार बन्न चाहन्छु ।’ गिम्दी, नागटार ललितपुरको मनकामना आधारभूत विद्यालयको कक्षा ३ मा पुग् ...

शिक्षक बन्न आयोगको परीक्षा उत्तीर्ण गरेरमात्रै नपुग्ने शिक्षक बन्न आयोगको परीक्षा उत्तीर्ण गरेरमात्रै नपुग्ने

        निजीमा छोराछोरी पढाए सरकारलाई क्षतिपूर्ति तिर्नुपर्ने निजी विद्यालयहरुको शुल्क स्थानीय सरकारले तोक्ने  विदाको बदलामा क्षतिपूर्ति कक्षा  किताब हेरेरै परीक्षा दिन पाइने  शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण हुँदैमा शिक्षक बन्न नपाउने व्यवस्था गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले  आयोगले लिएको लिखित, मौखिक एवं प्रयोगात्मक परीक्षा उत्तीर्ण मात्रै नभई शतप्रतिशत अंक पाउने व्यक्तिहरु मात्रै शिक्षक बन्न योग्य हुने व्यवस्था गर्न सुझाव दिएका हुन् । & ...

अख्तियारमा सबैभन्दा धेरै शिक्षाका उजूरी अख्तियारमा सबैभन्दा धेरै शिक्षाका उजूरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षासँग सम्बन्धित क्षेत्रको उजूरी सबैभन्दा धेरै परेको छ । गएको वर्ष अख्तियारमा शिक्षासम्बन्धी ३ हजार ९७४ उजूरी परेको हो । गत आर्थिक वर्षमा परेका उजूरीमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रका उजूरी २० दशमलव ३० प्रतिशत रहेको भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको अख्तियारको २७ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । अख्तियारमा नक्कली शैक्षिक प्रमाणपत्र बुझाई सरकारी जागिर खाने, विद्यालयमा जाने अनुदान रकमका हुने हिनामिना, शिक्षाका कर्मचारीले खाने घुसलगायतका उजूर ...

विद्यार्थीले रकेट उडाए, अभिभावक हेरेको हेर्यै विद्यार्थीले रकेट उडाए, अभिभावक हेरेको हेर्यै

काठमाडौं– कक्षा १० का नवराज दाहाल र सुदिप प्रधानले कागज र छ्वालीको बडो सुन्दर घर बनाएका थिए । घरको छतमा लुगा पनि सुकाइएको थियो । त्यहाँ अचानक पाइपबाट कृतिम झरी वर्षाइयो । पानीका थोपा छानामा पर्नसाथ घरभित्र भिन्न आवाज निकाल्दै बत्ति बोल्न थाल्यो । सबैले ताली बजाए । दाहाल र प्रधानले मख्ख हुँदै भन्नुभयो, ‘यसरी नै यो रेन सेन्सर मेसिनले घरभित्र बसेकालाई पानी परेको जानकारी दिन्छ । र, पानीमा रुज्ने समानलाई झरीबाट बचाउन सकिन्छ । यो मेसिनलाई अभिभावकहरुले बडो चासो लिएर हेरेका थिए । उनीहरु सन् ...

जिल्ला शिक्षाका सबै काम अब स्थानीय तहमा जिल्ला शिक्षाका सबै काम अब स्थानीय तहमा

स्थानीय तहमा शिक्षा हस्तान्तरण अन्तिम चरणमा संविधानतः स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिएअनुसार शिक्षा विभागले त्यसलाई कार्यान्वयन गर्न जिल्ला शिक्षा कार्यालयबाट जिम्मेवारी सारेको छ । स्थानीय तहमा अधिकार हस्तान्तरणमा यसलाई कोशेढुङ्गा ठानिएको छ । यसै वर्षदेखि शिक्षक कर्मचारीको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकलगायतको बजेट स्थानीय तहमा पठाउन शुरु गरेको शिक्षा मन्त्रालयले हाल शिक्षाका कर्मचारीसमेत काजमा खटाउन थालेको छ । भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइसकेको छ । प्रदेशसभा गठन हुनलागेको अवस ...

पराशर विद्यालयः सीमान्तकृत समुदायका निम्ति वरदान पराशर विद्यालयः सीमान्तकृत समुदायका निम्ति वरदान

  तनहुँ जिल्लामा विद्यालय व्यवस्थापनमा सुधार सहयोग परियोजना दोस्रो चरण (सिसम–२) को प्रभाव कस्तो छ ? विद्यालयहरुले के कस्ता राम्रा अभ्यास गरेका छन् ? तनहुँका पराशर आधारमूत विद्यालय पाटन, पार्वती आधारभूत विद्यालय म्याग्दे र भानु मावि बन्दिपुरका सबल अभ्यास र पक्षलाई यो अंकमा समेट्ने प्रयास गरेका छौं । व्यास नगरपालिका–५, पाटनमा रहेको यो विद्यालय २०४९ सालमा वर्तमान प्रधानाध्यापकको अगुवाइमा स्थापना भएको हो । गरीब समुदाय बसोबास भएको यस स्थानमा आधारभूत विद्यालय स्थापना हुनुले स्थानीयबास ...

विद्यालय सुधारका निम्ति ऐना जस्तै बन्दैछ विद्यालय सुधार योजना विद्यालय सुधारका निम्ति ऐना जस्तै बन्दैछ विद्यालय सुधार योजना

बालकल्याण आधारभूत विद्यालयढुङ्गो हट्यो, अनियमितता घट्यो    विद्यालय माथितिर रहेको एउटा ठूलो ढुङ्गा भूकम्पले तल खसेपछि विद्यालयको भित्तामै प¥यो । भित्तालाई त असर ग¥यो नै, त्यसले पानी बग्ने खोल्सालाई समेत रोकिदिँदा पानी कक्षाकोठामा छिर्ने अवस्था आयो । विद्यार्थीले पानीमै खुट्टा डुबाएर पढ्नुपर्ने अवस्था आयो । पानीले भिजेर डेस्क–बेञ्चसमेत कुहिन थाले । विद्यार्थीहरु बिरामी हुन थाले । विद्यालय यसरी नै एक वर्ष चल्यो । पछि त्यस कक्षाका विद्यार्थी अन्य कक्षामा सारेर बहुकक्षा शिक् ...

पूरा होला त बाम गठबन्धनको शैक्षिक प्रतिबद्धता ? पूरा होला त बाम गठबन्धनको शैक्षिक प्रतिबद्धता ?

समाचार–टिप्पणी संघीय तथा प्रादेशिक चुनाब सम्पन्न भइसकेको छ । मतगणनामा देखिएको रुझानले बाम गठबन्धनलाई स्पष्ट बहुमत मिल्ने स्पष्ट भइसकेको छ । अब मुलुकले आगामी पाँच वर्ष बाम गठबन्धनको नेतृत्वमा सरकार पाउनेछ । सरकार चुनाब अघि जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न लागी पर्नेछ । यही मेसोमा हामी बाम गठबन्धनलाई शिक्षा सम्बन्धमा चुनाब अघि व्यक्त गरिएको प्रतिबद्धता स्मरण गराउन सान्दर्भिक ठानिएको छ । किनभने, अबको शिक्षा सुधार्ने र समृद्ध बनाउने जिम्मा अब बन्ने बाम गठबन्धन सरकारकै हुनेछ । २०४८ देखि ०७४ ...

कक्षा ११ आंशिकको तर्फ ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण कक्षा ११ आंशिकको तर्फ ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण

    भक्तपुर । कक्षा ११ आंशिकको तर्फ ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यो ३५ दशमलब ५८ प्रतिशत हो । परीक्षा भएको ६ महिनापछि राष्ट्रिय परीक्षा बोर्डले सोमबार आंशिक तर्फको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ सहभागी मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय तिरी १५ दिन भित्र आवेदन गर्न सक्नेछ ...

दश वर्षमा प्राथमिक तहमा झण्डै तीनलाख विद्यार्थी घटे दश वर्षमा प्राथमिक तहमा झण्डै तीनलाख विद्यार्थी घटे

गएको दश वर्षमा सामुदायिक विद्यालयमा प्राथमिक तह अध्ययन गर्ने विद्यार्थीको संख्यामा झण्डै तीन लाखले कमी आएको छ । सन् २००७ मा प्राथमिक तहमा ४४ लाख १८ हजार ७१३ विद्यार्थी अध्ययनरत रहेका थिए । तर, २०१६ सम्म आउदा घटेर ४१ लाख ३५ हजार २५३ मा झरेका छन् । उता, राष्ट्रिय जनगणना २०६८ भने विगत १० वर्षमा १.४० प्रतिशतका दरले ३४ लाख ६९ हजार ३८६ जनसंख्या बढेको देखाउँछ । एकातिर जनसंख्या बढिरहेको छ भने अर्कोतर्फ सरकारी विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या घटिरहेको देखिन्छ । सन् २००७ देखि २०१० सम्म विद्यार्थी ...

विद्यालयमा पनि मौका परीक्षा किन ?  विद्यालयमा पनि मौका परीक्षा किन ?

वार्षिक परीक्षामा देखिएको आफ्नो कमजोरी सुधारेर मौका परीक्षा दिन पाउने व्यवस्थालाई उच्च शिक्षामा जस्तै विद्यालयका विद्यार्थीका लागि पनि अधिकारको रुपमा स्थापित गराउनु पर्छ । मौका परीक्षाको सुविधा माध्यमिक शिक्षा परीक्षादेखि उच्च शिक्षासम्म पूरक परीक्षा, ब्याकपेपर, आदि नामबाट लिने व्यवस्था गरेको पाइन्छ । तर अबोध बालबालिका पढ्ने विद्यालय तहमा मात्र त्यस्तो सुविधाबाट बञ्चित गर्नुपर्ने कुनै औचित्य देखिँदैन । बालबालिकालाई झन् अध्ययनतर्फ प्रोत्साहित गर्न र निरन्तर सफलतातिर उन्मुख गराउनुपर्नेमा त्यस्तो स ...

अब कक्षा ८ को परीक्षा स्थानीय तहबाट अब कक्षा ८ को परीक्षा स्थानीय तहबाट

भक्तपुर–शिक्षा मन्त्रालयले यो वर्षदेखि कक्षा ८ को जिल्लास्तरीय परीक्षा गर्ने जिम्मा स्थानीय निकायलाई दिएको छ । विभागले गत मंगलबार निर्णय गरी कक्षा ८ को परीक्षा सञ्चालनका लागि स्थानीय तहलाई आवश्यक सहयोग गर्न आफू मातहत्का निकायलाई निर्देशन दिएको हो । माध्यमिकसम्मको शिक्षा अधिकार स्थानीय तह मातहत् हुने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई विभागले निर्देशन दिएको हो । हाल जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्दै आएका यो परीक्षा स्थानीय तहको ...

आफ्नैबाट असुरक्षित बालबालिका आफ्नैबाट असुरक्षित बालबालिका

बालबालिका आफ्नै छिमेकी, आफन्तबाट समेत असुरक्षित रहेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले गरेको एक अध्ययनमा बालबालिकामाथि भएको कुल बलात्कारका घटनामध्ये ८७ प्रतिशत छिमेकी, आफन्त र आफ्नै बुवाबाट भएको तथ्य पाइएको छ । यस वर्ष भएका कुल ९६ घटनामध्ये ४५ प्रतिशत (४३ जना) घटना आफ्नै छिमेकीबाट भएको पाइएको छ । त्यस्तै, चिनजानको व्यक्तिबाट २९ प्रतिशत (२८ जना) घटना हुँदा आफ्नै बुवाबाट १३ प्रतिशत (१२ जना) बलात्कारका घटना भएका छन् । अध्ययनमा आफ्नै शिक्षकबाट ७ प्रतिशत (७ जना) र घरेलु कामदार बालबालिकालाई माल ...

विद्यार्थीले बनाएका शैक्षिक सामग्री हेरेर अभिभावक दंग विद्यार्थीले बनाएका शैक्षिक सामग्री हेरेर अभिभावक दंग

विद्यालय परिसर रंगीचंगी बनाइएको थियो । विद्यार्थीद्वारा विभिन्न स्टलमा विज्ञान, गणित, सामाजिक, सांस्कृतिक लगायतका सामग्री प्रदर्शन गरिएको थियो । अभिभावकहरुको उल्लेख्य उपस्थिति थियो । उनीहरुले आफ्ना छोराछोरीले बनाएका विभिन्न विषयका शैक्षिक सामग्री हेरेर दंग देखिन्थे । विद्यार्थीले सोलार पावरबाट मोटर गुडाएको देखेपछि अभिभावकहरु समेत हौसिएका थिए । विद्यार्थीहरुले हावाबाट बिजुली निकालेर देखाउँदा अभिभावकचाहिँ हेरेको हे¥यै भए । हाइड्रोलिक ब्रेकले कसरी काम गर्छ ? ज्वालामुखी कसरी निस्कन्छ ? ब्याट्री ...

निर्वाचनमा जहिल्यै असुरक्षित बालबालिका र विद्यालय निर्वाचनमा जहिल्यै असुरक्षित बालबालिका र विद्यालय

प्रतिबद्धता र कानून कार्यान्वयन खोई ?   नेपाल सरकार मन्त्रिपरिषद्बाट २०६८ जेठ ११ मा ‘विद्यालय शान्तिक्षेत्र घोषणा’ गरेको थियो । लगत्तै सरकारद्वारा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकासमेत जारी गरिएको थियो । त्यसको कार्यान्वयनका लागि शिक्षा पत्रकार समूहको अगुवाईमा प्रमुख राजनीतिक दलसहित डेढ दर्जन पार्टीका शीर्ष नेताहरुले विद्यालय शान्तिक्षेत्रप्रति लिखित प्रतिबद्धता जाहेर गरेका थिए । त्यसो त, अधिकांश राजनीतिक दलले आफ्ना घोषणापत्रमा बन्द आयोजना नगर्ने प् ...

उत्कृष्ट विद्यालय खोज्ने भए चुनादेवी मावि जाऔं उत्कृष्ट विद्यालय खोज्ने भए चुनादेवी मावि जाऔं

भक्तपुर जिल्लाको नगरकोटस्थित चुनादेवी मावि अहिले निकै चर्चित छ । कारण यसको पढाइ, आन्तरिक व्यवस्थापन र दीर्घकालीन योजना नै हो । २०४५ सालमा स्थापित यो विद्यालय सदरमुकामदेखि नगरकोट जाने बाटोको १६.४ किमि दूरीमा रहेको छ । विद्यालय नजिकैको काभ्रेपलाञ्चोक जिल्लाको मण्डन–देउपुर गाउँपालिकाबाट विद्यार्थी उल्लेखनीय संख्यामा आउने गरेका छन् । नाल्दुम, ठकुरी गाउँ र चाँगुनारयण नगरपालिका–६ देखिका विद्यार्थी पनि यहाँ पढ्न आइपुग्छन् । पछिल्लो तथ्याङ्क अनुसार विद्यालयमा जम्मा ३४९ जना विद्यार्थी अध्ययनर ...

अब वर्षै पिच्छे ऐन संशोधन ! अब वर्षै पिच्छे ऐन संशोधन !

-सुविधा रोजेका, योग्यता र शर्त पूरा गरेका सहभागी हुन पाउने- स्वत्तः स्थायी गर्ने दाउ- विज्ञापनको विरुद्धमा अदालतमा मुद्दा-विद्यार्थीहरु आन्दोलनमा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुकालागि पुनः विज्ञापन गरेको छ । आयोगले यसअघि नै सामुृदायिक विद्यालयमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्न २०७३ चैत्र १९ गते विज्ञापन गरेको भएपनि विज्ञापन अनुसारको परीक्षा संचालन नहुँदै शिक्षा ऐन, २०२८ मा नवौं संशोधन भएपछि सोही अनुसार दोस्रो पटक विज्ञापन गरेको हो । यसअघिको विज्ञापनमा सुविधामा फारम भरे ...

अन्यायको यो हद : एक वर्षदेखि तलबविनै अध्यापन अन्यायको यो हद : एक वर्षदेखि तलबविनै अध्यापन

 सिरहा–उहाँ नियमित विद्यालय आउनुहुन्छ । आफ्नो कक्षामा गएर नियमित कक्षा लिनुहुन्छ । महोत्तरी घर भएपनि उहाँले १५ वर्षदेखि भाडाको घरमा बसेर सिरहामा पढाउँदै आउनुभएको छ । तर, एक वर्षदेखि तलब सुविधा भने पाउनुभएको छैन । जिल्ला शिक्षा कार्यालयले उहाँको नाममा एक वर्षदेखि तलब निकासा गरेको छैन । उहाँले २०७३ मंसिर २० देखि आजसम्म तलब–भत्ता नपाउनुभएको हो । यो समस्या सिरहा प्रावि तिरुवाका शिक्षक अशोककुमार सिंहको हो । २०५८ मा सिरहाकै राहुपुर निमाविमा अस्थायी नियुक्ति लिएर पढाउँदै आउनुभएका सिंहक ...

अस्थायी शिक्षकका लागि आयोग खुल्यो  अस्थायी शिक्षकका लागि आयोग खुल्यो

शिक्षक सेवा आयोगले स्थायी हुनका लागि अस्थायी शिक्षकलाई विज्ञापन आहवान् गरेको छ । शिक्षा ऐनको नवौं संशोधनबमोजिम खोलिएको यो विज्ञापन अनुसार आउँदो मंसिर तीन गतेसम्म आवेदन दिन सकिनेछ । आयोगले यसअघि नै सामुृदायिक विद्यालयमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्न १९ चैत २०७३ मा विज्ञापन गरेको भएपनि सो विज्ञापन अनुसारको परीक्षा सञ्चालन नहुँदै शिक्षा ऐन २०२८ मा नवौं संशोधन भएपछि सोहीबमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ । ‘शिक्षा ऐन, २०२८ को आठौं र नवौं संशोधनबमोजिम परीक्षामा सहभागी हुन पाउनेग ...

संघीय तथा प्रादेशिक चुनाव–२०७४ : यस्तो छ दलहरुको घोषणापत्रमा शिक्षासम्बन्धी प्रतिबद्धता संघीय तथा प्रादेशिक चुनाव–२०७४ : यस्तो छ दलहरुको घोषणापत्रमा शिक्षासम्बन्धी प्रतिबद्धता

  मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । यही माघ १० गते पहिलो र २१ गते दोस्रो चरणमा हुने संघीय तथा प्रादेशिक चुनाव पछि यसले अझ सार्थकता पाउँनेछ । दलहरु चुनाव पछि आफूहरूले बहुमतको सरकार निर्माण गरी देशलाई उच्चस्तरमा विकास गर्ने योजना र उद्देश्यका साथ निर्वाचनमा होमिएका छन् ।   नेपाली कांग्रेस, वाम गठबन्धन (नेकपा एमाले, नेकपा माओवादी केन्द्र) र अन्यदलहरु निर्वाचन पछि मुलुक समृद्ध पार्ने कार्ययोजनासहित चुनावी मैदानमा छन् । त्यसको छनक उनीहरुले निर्वाचनका लागि सार्वजनिक गरे ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...