२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

कक्षा ११ को ग्रेडवृद्धिको मौका परीक्षा माघ २७ मा कक्षा ११ को ग्रेडवृद्धिको मौका परीक्षा माघ २७ मा

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षामा डी प्लस वा सोभन्दा तलको ग्रेड आएका विद्यार्थीहरुका लागि आगामी माघ २७ गते ग्रेड वृद्धिको मौका परीक्षा सञ्चालन गर्ने भएको छ । कुनै एक विषयमा अनुपस्थित, डी प्लस वा सोभन्दा तलको ग्रेड प्राप्त गरेका परीक्षार्थीले त्यस विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुनसक्ने बोडले जनाएको छ । यस परीक्षामा सहभागी हुनका लागि प्रति विद्यार्थी ६ सय रुपैयाँको भौचर भरी माघ १४ भित्र आवेदन फारम भर्नुपर्ने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले जानकारी दिनुभ ...

‘विद्यालयहरुलाई प्राविधिक शिक्षालयहरुमा रुपान्तरण गरिनुपर्ने’ ‘विद्यालयहरुलाई प्राविधिक शिक्षालयहरुमा रुपान्तरण गरिनुपर्ने’

काठमाडौं – पूर्व शिक्षामन्त्री एवं माओवादी केन्द्रका नेता दिननाथ शर्माले सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षालयहरुमा रुपान्तरण गरिनुपर्ने बताउनुभएको छ । अबको आवश्यकता भनेको सीपयुक्त जनशक्तिको उत्पादन भएको भन्दै त्यसका लागि प्राविधिक एवं व्यवसायिक शिक्षा अपरिहार्य रहेकोमा उहाँको जोड थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंको पाँचौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै पूर्व शिक्षामन्त्री शर्माले अहिले परिप्रेक्ष्यमा जनवादी, समाजवादी, वैज्ञानिक शिक्षा भनेकै जीवनउपयोगी प्रविधिक शिक्षा भए ...

इस्लिङटन कलेजले शुरु गर्यो रोजगारसहितको एमविए इस्लिङटन कलेजले शुरु गर्यो रोजगारसहितको एमविए

काठमाडौं – इस्लिङटन कलेजले अन्तर्राष्ट्रियस्तरको अनुसन्धान र रोजगारसहितको एमबिए शुरु गरेको छ । देश र विदेशको सम्पूर्ण व्यावसायीक विषयको अध्ययन अनुसन्धान गर्न शुरु गरिएको यस एमबिए नेपालमा पहिलो भएको कलेजको दाबी छ । गत शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले नयाँ एमबिए कोर्ष शुरु गरेको जानकारी दिएको । कलेजले चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिएकोर्ष शुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनम ...

सुध्रिएका बालविकासले बिर्साउँछ घर सुध्रिएका बालविकासले बिर्साउँछ घर

विद्यालयको गेटमा अभिभावकले छाडी फर्किँदा बालबालिका डाँको छाड्दै रुदै भित्र पस्छन् । कतिपय विद्यालय समयभर रहन उनीहरुलाई जेल पसेजस्तै हुन्छ । विद्यालयको वातावरण, कक्षाकोठामा उपलब्ध सिकाइ सामग्री र सहजकर्ता (सहयोगी कार्यकर्ता)को व्यवहार फेरिएका विद्यालयका बालविकास केन्द्रमा भने यस्तो अवस्था देखिँदैन । सुधारिएका बालविकास केन्द्रमा भने बालबालिका हास्दै हतारिँदै विद्यालय आउँछन् । घर फर्किने बेलासम्म खेल्दै, रमाउँदै, सिक्दै गर्दा उनीहरुले समय गएको पत्तो पाउँदैनन् । घरमा भन्दा विद्यालयमै रहन मन पराउँछन ...

अस्थायी लाइसेन्स लिएका शिक्षकलाई दोस्रो मौका अस्थायी लाइसेन्स लिएका शिक्षकलाई दोस्रो मौका

काठमाडौं – शिक्षक सेवा आयोगले अस्थायी अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) लिएका शिक्षकहरुलाई आवश्यक प्रमाण पेश गर्न दोस्रोपटक मौका दिएको छ । आयोगले स्नातकोत्तर तह उत्तीर्ण गरी अस्थायी शिक्षक लाइसेन्स लिएका शिक्षकहरुलाई एमएड, बीएड वा १० महिने तालिम लिएको प्रमाण पेश गर्न फागुन मसान्तभित्रको समय दिएको छ । आयोगले पुस २३ गते एउटा सूचना जारी गर्दै पाँचै क्षेत्रिय शिक्षा निर्देशनालयहरुलाई यससम्बन्धी काम अगाडि बढाउन अनुरोध गरेको हो । आयोगले ०६८ चैत १५ गते लिखित परीक्षामार्फत् अस्थायी लाइसेन्स लिए ...

शिक्षामन्त्रीको नीतिगत निर्णय सहसचिव र सचिवले काटे शिक्षामन्त्रीको नीतिगत निर्णय सहसचिव र सचिवले काटे

शिक्षा मन्त्रालयको कानून दैवले जानून   आफ्नै मन्त्रीबाट गरिएको मन्त्रिस्तरीय निर्णयलाई शिक्षा मन्त्रालयका सहसचिवले काटेको पाइएको छ । तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले १६ चैत २०६८ मा गरेको शिक्षक काज स्वीकृतिसम्बन्धी मन्त्रिस्तरीय निर्णयलाई मन्त्रालयका सहसचिव डा. हरि लम्सालले ‘शिक्षा नियमावलीमा काज स्वीकृत गर्ने प्रावधान रहेको नदेखिएको’ भन्दै २६ पुस २०७४ मा लेख्नुभएको रायलाई शिक्षा सचिव मधुप्रसाद रेग्मीले सदर गर्नुभएको छ । यो सदरले विगतका आफ्नै मन्त्रीले गरेको निर्णय खारेज भ ...

उच्चस्तरीय शिक्षा आयोगमा निजीकै बोलवाला उच्चस्तरीय शिक्षा आयोगमा निजीकै बोलवाला

सामुदायिक शिक्षाका पक्षमा कसले बोलिदिने ?   पाँच महिनाको कार्यअवधि पाएको उच्चस्तरीय शिक्षा आयोगले सो अवधिमा आधा पनि काम गर्न सकेको छैन । आयोगअन्तर्गत गठित विज्ञ समूहले पुस ४ गते नै आयोग अध्यक्ष तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई बुझाएको प्रारम्भिक प्रतिवेदन गत बुधबार बसेको आयोगको दोस्रो पूर्ण बैठकमा पेश गरिएको थियो । उच्चस्तरीय शिक्षा आयोगको दोस्रो बैठकमा आयोगले प्राप्त गरेका ताली, गाली र गुनासो साथै, काम गर्दा प्राप्त गरेका प्रतिक्रियाका बारेमा छलफल भएको थियो । बुधबारको बैठकमा मुख्य ऐजे ...

कक्षा ११ को नतिजा विषयगत ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा विषयगत ग्रेडिङ प्रणालीमा

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको नतिजा पहिलोपल्ट विषयगत ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । बोर्डले परीक्षा सम्पन्न भएको सात महिना पछि बल्ल नतिजा सार्वजनिक गरेको हो । बोर्डले कक्षा १० को एसइइ परीक्षाकै जस्तै कक्षा ११ को नतिजा पनि नौ ग्रेडमा विभाजन गरेर सार्वजनिक गरेको छ । तर, एसइइ परीक्षामा समग्र ग्रेड दिने गरिएपनि कक्षा ११ को नतिजा भने हरेक विषयको छुट्टाछुट्टै विषयगत ग्रेड दिइएको छ । विद्यार्थीले कुन विषयमा कुन ग्रेड आयो भन्ने मात्रै थाहा पाउने भएका छन् । ए ...

पन्ध्र महिनामा विद्यालय बनाउन नसके ठेकदारको ठेक्का रद्द पन्ध्र महिनामा विद्यालय बनाउन नसके ठेकदारको ठेक्का रद्द

जिम्मा पाएको १५ महिनाभित्र विद्यालय भवन निर्माण नगर्ने ठेकदारको ठेक्का रद्द हुने भएको छ । केन्द्रीय परियोजना कार्यान्वयन इकाइले निर्माण कार्य शुरु नै नगर्ने तथा निर्धारित समयमा ढिलाइ गर्ने ठेकदार कम्पनीहरुको ठेक्का प्रक्रिया नै रद्द गर्ने प्रक्रिया शुरु गरेको हो । आपत्कालीन योजना भएकाले ठेक्का पाएको १५ महिनाभित्र काम पूरा गर्न नसक्ने ठेकदारको ठेक्का रद्द गर्ने प्रक्रिया शुरु गरिएको केन्द्रीय परियोजना कार्यान्वयन इकाईले जनाएको छ । निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरुलाई इकाईले बोलाएर प ...

‘अस्थायी शिक्षकको परीक्षा नयाँ सरकार गठन पछि मात्रै’ ‘अस्थायी शिक्षकको परीक्षा नयाँ सरकार गठन पछि मात्रै’

अस्थायी शिक्षकका लागि खुलेको विज्ञापनको परीक्षा नयाँ सरकार गठन पछि मात्रै तय गर्न आन्दोलनरत विद्यार्थीले माग गरेका छन् । आन्दोलनरत विद्यार्थीले गत सोमबार शिक्षक सेवा आयोग पुगेर तत्काल परीक्षा मिति तय नगर्न ध्यानाकर्षण पत्र बुझाएका छन् । आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थीले शिक्षक विज्ञापनको प्रक्रिया तत्काल रोक्न र परीक्षा मिति तोक्ने काम अगाडि नबढाउन चेतावनी दिएका हुन् । ‘वर्तमान संघीय र प्रादेशिक चुनाब सम्पन्न भइसकेपछिको यो नयाँ परिस्थिति र राजनीतिक परिवेश विकास भएको अवस्थालाई अबको ...

उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरिने उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरिने

काठमाडौं – प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरिने बताउनुभएको छ । शिक्षा क्षेत्रमा देखिएको असमानता हटाई समतामुलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ बनाउन राज्यले पहल गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोहलाई गत साता सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न महत्वपूर्ण भूमिका खेलेको ...

‘शिक्षाविद् र आयोगको प्रतिवेदन’ प्रति प्याब्सन आक्रमक ‘शिक्षाविद् र आयोगको प्रतिवेदन’ प्रति प्याब्सन आक्रमक

विज्ञ समूहलाई ‘कथित शिक्षाविद्’ र प्रतिवेदनलाई  ‘चुट्किला संग्रह’को संज्ञा काठमाडौं–उच्चस्तरीय शिक्षा आयोगमा विज्ञ समूहले तयार पारेको प्रारम्भिक मस्यौदा प्रतिवेदनप्रति निजी विद्यालय सञ्चालकहरु आक्रमक बनेका छन् । उनीहरुले शिक्षाविद्हरुले तयार पारेको उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदन ‘हास्यस्पद’ भन्दै त्यसमाथि कडा टिप्पणीसमेत गरेका छन् ।निजी विद्यालयप्रति प्रतिवेदन अनुदार देखिएपछि आक्रोशित बनेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( ...

स्थानीय शिक्षा ऐन– नियम नमान्ने शिक्षक महासंघको चेतावनी स्थानीय शिक्षा ऐन– नियम नमान्ने शिक्षक महासंघको चेतावनी

स्थानीय सरकारदेखि त्रसित शिक्षक नेतानेपालको संविधानले माध्यमिक तह (प्रारम्भिक बालशिक्षा देखि १२ कक्षा) को शिक्षाको अधिकार स्थानीय सरकारमातहत् रहने व्यवस्था गरेको छ । संविधानतः स्थानीय सरकार गठन भइसकेका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार क्रमशः स्थानीय सरकार मातहत्मा पुग्ने क्रम जारी छ । नवगठित स्थानीय सरकारहरुले पनि आ–आफ्नो तरिकाले शिक्षासम्बन्धी नीति–नियमहरु बनाउन थालेका छन् । तर, नेपाल शिक्षक महासंघले संविधानतः स्थानीय तहले गर्ने शिक्षाको व्यवस्थापन र नीति नियम नमान्ने चेतावनी ...

जनता माध्यमिक पाही ५९ औं वर्षमा जनता माध्यमिक पाही ५९ औं वर्षमा

 जनता माध्यमिक पाही, रांखानीले  विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ५९ औं वार्षिकोत्सव मनाएको छ । तत्कालीन शिक्षाप्रेमीहरु मुखिया मानबहादुर थापा, थानेश्वर उपाध्याय, जि.मु. चन्द्रदत्त उपाध्याय, कृष्णराज उपाध्याय, हरिनारायण उपाध्याय, छविलाल क्षेत्री, गुणाखर उपाध्याय, कृष्णराज उपाध्याय तथा मनिरत्न शर्मालगायतको सक्रियतामा जिल्लाको दक्षिणभेग हाँडीकोट धुरीको काखमा रहेको पाही गाउँमा सो विद्यालयको स्थापना गरिएको थियो । कार्यक्रमको शुरुवातमै शिक्षाको गौरवमय इतिहास रच्ने र शैक्षिक विकासको सुनौलो ...

प्याब्सनका पूर्व अध्यक्ष डा. पोखरेलको निधन प्याब्सनका पूर्व अध्यक्ष डा. पोखरेलको निधन

काठमाडौं – निजी तथा आवाशीय विद्यालय अर्गनाईजेशन प्याब्सनका पूर्व अध्यक्ष एवं पूर्व सांसद डा. बाबुराम पोखरेलको ६३ वर्षको उमेरमा आइतबार बिहान साढे ६ बजे निधन भएको छ ।   घरमै आराम गरिरहेका बेला बिहान श्वास फेर्न असजिलो भएपछि अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह र मुटु रोगका बिरामी हुनुहुन्थ्यो । उहाँ केही समय अघि सिंगापुरबाट उपचार गराएर फर्कनुभएको थियो । उहाँ बानेश्वरस्थित भिएस निकेतन स्कूलको संस्थापक प्रिन्सिपलसमेत हुनुहुन्थ्यो ।   स्वर्गीय पोखरेलका ...

स्थानीय तहमा शिक्षा : अलमलै अलमल स्थानीय तहमा शिक्षा : अलमलै अलमल

नयाँ संविधानअनुसार माध्यमिक तह (कक्षा १–१२) सम्मको शिक्षाको जिम्मेवारीसहितको अधिकार स्थानीय तहमा आएको भएपनि यो तहको सरकार गठन भएको ५ महिना बित्दासमेत काम हुनसकेको छैन । स्थानीय तहको शिक्षा शाखा कर्मचारी व्यवस्थापन नगरिदिँदा र शिक्षासम्बन्धी स्थानीय सरकारले पाएको अधिकार स्पष्ट नहुँदा शैक्षिक कार्ययोजना बनाउनसमेत अलमल भइरहेको छ । नेपालको संविधान २०७२ ले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भ ...

कमजोर बन्दै बालन्याय प्रक्रिया : कहिले खुल्ला अन्तर्राष्ट्रिय न्यायको ढोका कमजोर बन्दै बालन्याय प्रक्रिया : कहिले खुल्ला अन्तर्राष्ट्रिय न्यायको ढोका

नेपालमा बालबालिकामाथि हुने दुव्र्यवहारमा वृद्धि भइरहेपनि उनीहरुको न्यायको अवस्था भने तुलनात्मक रुपमा कमजोर देखिएको छ । बालबालिका आफ्नै छिमेकी, आफन्तबाट समेत असुरक्षित रहेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले गरेको एक अध्ययनमा बालबालिकामाथि भएको कुल बलात्कारका घटनामध्ये ८७ प्रतिशत छिमेकी, आफन्त र आफ्नै बुवाबाट भएको तथ्य पाइएको छ । यस वर्ष भएका कुल ९६ घटनामध्ये ४५ प्रतिशत (४३ जना) घटना आफ्नै छिमेकीबाट भएको पाइएको छ । त्यस्तै, चिनजानको व्यक्तिबाट २९ प्रतिशत (२८ जना) घटना हुँदा आफ्नै बुवाबाट १३ ...

शिक्षा ऐन संशोधन खारेजीको मुद्दामाथि संवैधानिक इजलाशमा बहस शिक्षा ऐन संशोधन खारेजीको मुद्दामाथि संवैधानिक इजलाशमा बहस

काठमाडौं– शिक्षा ऐन संशोधन खारेजीको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा पुगेको छ । शिक्षा ऐनको आठौं संशोधन सर्वोच्च अदालतको यसअघिको फैसला र सो ऐनको व्यवस्थाविरुद्ध भएको भन्दै खारेजीको माग गर्दै कुमार लामा, कान्तिकुमारी ढुंगेललगायत २० जना अस्थायी शिक्षकहरुले संवैधानिक इजलाशमा मुद्दा दायर गरेका थिए । २०७३ असार १५ मा शिक्षा ऐनको आठौं संशोधन भएलगत्तै त्यसको खारेजीको माग गर्दै २०७३ भदौ १९ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा मुद्दा दायर भएको थियो । सर्वोच्च अदालतको २०७४ मंसिर १२ गतेको ...

सामुदायिक विद्यालयमा निजी स्रोतका शिक्षकले तलब पाउनै गाह्रो सामुदायिक विद्यालयमा निजी स्रोतका शिक्षकले तलब पाउनै गाह्रो

विद्यार्थी संख्याको आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनांै विद्यालयमा निजीस्तरबाट राखिएका शिक्षकको भरमा काम चल्दै आएका छ । निजी स्रोतबाट राखिएका शिक्षकहरुले महिनौंदेखिको तलब नपाएर उधारोमा पढाउँदै आएको गुनासो गरेका छन् । ‘सरकारबाट तलब खाने शिक्षकलाई ४ महिनामा चौमासिक तलब आउँछ भने हामीलाई ८ महिनामा कहिलेकाहीँ चौमासिक तलब आउने गर्छ । त्रिवेणी नलगाड नगरपालिका–८ को पञ्चभयार माध्यमिक विद्यालयका गणित शिक्षक रविन्द्र खत्रीले ७ महिनादेखिको तलब पाउनुभएको छैन । सोही विद्यालयकी शिक्षक म ...

एनसिइको आठौं साधारणसभा :शिक्षालाई मानवअधिकारसँग जोड्न अभियन्ताको जोड एनसिइको आठौं साधारणसभा :शिक्षालाई मानवअधिकारसँग जोड्न अभियन्ताको जोड

काठमाडौं– संविधानतः शिक्षाको मौलिक हक सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शिक्षाका मौलिक अधिकारका व्यवहारिक कार्यान्वयन गर्नुपर्ने भन्दै उनीहरुले शिक्षालाई मानव अधिकारको कोणबाट हेर्नुपर्ने बताएका हुन् । सार्वजनिक शिक्षाका पक्षमा क्रियाशिल विभिन्न ३ सय ३९ संस्था आबद्ध शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसीई नेपालको आठौं साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारणा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानल ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...