२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

मुख्य समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाप्रति शिक्षा नीति मौन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गत साता राष्ट्रिय शिक्षा नीति २०७६ पारित भइसकेको घोषणा गर्नुभयो । तर, नीति मन्त्रिपरिषद्बाट पारित भएको जनाउन पत्रकार सम्मेलन गर्नुभएका मन्त्री पोखरेलले केवल ‘उधारो जानकारी’ दिनुभयो । शिक्षा नीतिका ‘प्रमुख अंश’लाई मात्र वक्तव्यका र ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले हालै सार्वजनिक गरेको सूचना नै विवादमा परेको छ । प्याब्सन केन्द्रीय कार्यालयले यही ९ असोजमा महासचिव कुमार घिमिरेको हस्ताक्षरमा सूचना जारी गर्दै सामाजिक विकास कोषमा सूचीकृत हुन विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुलाई सूचित गरेको थियो । प्याब्सनले श्रममन्त्री गोकर्ण विष्ट, श्रम मन्त्रालयका सचिव, सामाजिक सुरक ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल चुरोनेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् पूर्ण रुपमा सुखद हुन सकेन । विभिन्न शिक्षक संगठनहरु मिलेर बनेको महासंघको पहिलो परिषद्को उद्घाटन शत्र महासंघको प्रमुख घटक नेपाल शिक्षक संघले बहिष्कार गर्यो । शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको परिषद्मा संघको बहिष्कारले महासंघलाई दातमा ढुङ्गा लागे जस्तै भएको छ । उद्घाटन शत्रमा स ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयले शास्ती खेप्नु परेको छ । राजनीतिक खिचातानीका कारण विद्यालयले समस्या भोग्दा सरोकारवाला निकाय भने मौन देखिन्छन् । पुरानो व्यवस्थापन समितिको म्याद गत फागुन १७ गते सकिएको थियो । नेपाल सरकारबाट नमूना विद्यालयको रुपमा छनौट भएकोे यस विद्यालयमा नेकपा र नेपाली कांगेस समर्थकहरुले अध्यक्ष पद आफ्नै पोल्टामा पार्न ...

शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ? शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ?

उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाल शिक्षक महासंघको कार्यक्रममा खराब नतिजा ल्याउने र आश्चार्यजनक सफलता हासिल गर्ने विद्यालयका शिक्षकहरु एकै ठाउँ जम्मा भएकाले सार्वजनिक शिक्षा सुधार्नका निम्ति समीक्षा गर्न सुझाब दिनुभएको छ । यही ४–५ असोजसम्मका लागि आज ललितपुरमा आयोजित महासंघको प्रथम राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सार्वजनिक विद्यालय नसुधारिनुको कारणबारे शिक्षकहरुप्रति नै गुनासो गर्नुभयो । ‘सार्वजनिक शिक्षामा राज्यको लगानी बढेकै छ तर प्रतिफल निजीको ...

सार्वजनिक शिक्षा सबलीकरणमा सरकार प्रतिबद्ध छ–चिन्ता नलिनोस्ः शिक्षामन्त्री सार्वजनिक शिक्षा सबलीकरणमा सरकार प्रतिबद्ध छ–चिन्ता नलिनोस्ः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको एक दशक सार्वजनिक शिक्षा सबलीकरणमा सरकार रहेको र विद्यार्थीको ‘सिकाइमा क्रान्ति’ ल्याएपछि मात्र त्यो सम्भव हुने बताउनुभएको छ । शिक्षामा काम गरिरहेका देशभरीका ३५४ संघ–संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालका नवनिर्वाचित पदाधिकारीहरुले मन्त्रीलाई आज शिक्षा मन्त्रालयमै भेट गर्ने क्रममा अब आउनै लागेको राष्ट्रिय शिक्षा नीतिमा सार्वजनिक शिक्षा सबलीकरणलाई विशेष जोड दिइयोस् भन्ने प्रसङ्गमा उहाँले सो धारणा ...

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरुलाई पदास्थापन गर्न गत जेठमै सिफारिश गरेको भएपनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यही ३ साउनबाट मात्रै जिल्लागत र विषयगत रूपमा नियुक्तिका लागि प्रक्रिया शुरु गरेको हो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्तिका लागि गत शुक्रबार देशभरका शिक्षा विकास तथा समन्वय इकार्ईलाई परिपत्र गरेको हो । प्रतिस्पर्धामा सफल भएका शिक्षकको विषयगत र जि ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।   यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न थिए । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १७ हजार ५ सय ८० जना रहेका छन् । त्यसैगरी जीपीए ३.२० देखि ३.६० सम्म ५१ हजार १ सय ३७ जनारहेका छन् । यस वर्ष पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक गरिएको हो । त्यस्तै, जीपीए २.८५ देखि ३.२० ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार पाँच किसिमको विज्ञापन खुलाइएको छ । जसमा योग्यता र तालिम पुगेका नेपाली नागरिकले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका लागि विज्ञापन खुलाइएको छ । त्यस्तै, शिक्षा ऐन अनुसार गणित, विज्ञानलगायत नौवटा विषयका निम्ति शैक्षिक योग्यता पुगेका तर तालिम नभएका व्यक्तिले पनि लाइसेन्सको परीक्षा दिन पाउँनेछन् । यस्तै, ऐनको दफा ३९ अनुसार साविकको उच्च माध्यमिक ...

लाइसेन्स परीक्षाको विज्ञापन खोल्ने अन्तिम तयारी लाइसेन्स परीक्षाको विज्ञापन खोल्ने अन्तिम तयारी

शिक्षक सेवा आयोगले यही हप्ताभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुलाउनेगरी अन्तिम तयारी सकेको छ । गत वैशाखकै पहिलो हप्तामा विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न सकेको थिएन । अब भने प्राविधिक समस्या हटेकाले एक/दुई दिनदेखि अर्थात् (यो समाचार लेख्दासम्मको मिति १ असारदेखि) एक साताभित्रै विज्ञापन गरिने आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताउनुभयो । उहाँ ...

पाठ्यक्रम विकास केन्द्रको गम्भीर झुठ

मन्त्रिपरिषद्बाट पारित नै नभएको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई २०७५ सालमा पारित भएको हवाला दिँदै पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लेख गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले पारित नै नभएको राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई ‘पारित भइसकेको’ भन्दै पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लेख गरेको पाइएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप मन्त्रिपरिषद्बाट पारित हुनु पर्छ । तर, पाठ्यकम विकास केन्द्रबाट प्रकाशन गरिएको आधारभूत तह कक्षा १–३ को पाठ्यक्रम, २०७५ को प्राक्कथनलगायत विभिन्न पृष्ठहरूमा राष्ट्रिय पाठ ...

पाठ्यपुस्तकको नाम मेरो नेपाली हटाएर राखियो ‘भाषा संसार’ पाठ्यपुस्तकको नाम मेरो नेपाली हटाएर राखियो ‘भाषा संसार’

शिक्षा मन्त्रालयको स्वीकृतिबिना नै पाठ्यपुस्तक विद्यालयमाशिक्षा मन्त्रालय भन्छः नेपाली विषयको नाम परिवर्तन गर्न पाइदैन भाषाविद् भन्छन्ः यस्तो पुस्तक चल्न दिँदैनौं पाठ्यक्रम विकास केन्द्र भन्छः केही अलग नाम राखौं भनेर गरिएको हो पाठ्यक्रम विकास केन्द्रले सरकारी स्वीकृतबिनाको पुस्तक विद्यालयमा परीक्षणका लागि पठाएको पाइएको छ । कानूनतः शिक्षा मन्त्रालयको स्वीकृति पछि मात्रै पुस्तक लागू गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रले परीक्षणका लागि विद्यालयहरुमा कक्षा १ को ‘मेरो नेपाली’ विषयक ...

विश्वविद्यालय ऐन संशोधन विधेयकको पूर्व उपकुलपतिहरुद्वारा विरोध विश्वविद्यालय ऐन संशोधन विधेयकको पूर्व उपकुलपतिहरुद्वारा विरोध

विश्वविद्यालयका पूर्व उपकुलपतिहरुले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न संसदमा पेश गरिएको विधेयकको प्रावधानले प्राज्ञिक स्वायत्तता र स्वतन्त्रतामाथि धावा बोलेको भन्दैै सरकारको विरोध गरेका छन् । त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका ७ जना पूर्व उपकुलपतिहरुले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकार प्राथमिकता दिनुपर्ने विषयलाई छोडेर विश्वविद्यालयहरुको स्वायत्तता हडप्नपट्टि उद्यत् भएको बताएका छन् । ‘डाक्टरले दिएको रिपोर्ट छोडेर धामी–झाँक्री लगाउन पो खोज्दैछ सरकार,& ...

राष्ट्रिय झण्डाको किनारामा कालो रङ्ग ! राष्ट्रिय झण्डाको किनारामा कालो रङ्ग !

विद्यालयको पाठ्यपुस्तकमा गम्भीर त्रुटियो शैक्षिक शत्रमा वितरित विद्यालय तहको कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक हेर्दा विषयवस्तुमा गम्भीर त्रुटि र एकै किताबको मूल्यमा एकरुपता नभएको पाइएको छ । साथै, शैक्षिक शत्र एक महिना बित्नै लाग्दा पनि राजधानीकै सामुदायिक विद्यालयहरुले पूरा सेटमा पाठ्यपुस्तक पाइरहेका छैनन् । राजधानीकै बौद्ध नारायणटारस्थित चामुण्डा विद्यालयका विद्यार्थीले एक हप्ता अघिसम्म पूरा सेटमा पाठ्यपुस्तक पाएका थिएनन् । सबैभन्दा त्रुटि त कक्षा ९ का पाठ्यपुस्तकमा भेटिएका छन् । कक्षा ९ को न ...

हेल्पले बदलिदिएको भोटेनाम्लाङ्ग स्कूल

सिन्धुपाल्चोक–शिक्षामा योगदान गरिरहेको संस्था हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड प्रोग्राम (हेल्प)ले सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा रहेको भोटेनाम्लाङ्ग माविको मुहार फेरिदिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनेको सो स्कूलको पुनर्निर्माण गरी यही १२ वैशाखमा विद्यालयको साँचो व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । १२ वैशाखलाई विनाशकारी भूकम्प गएको दिनका रुपमा सम्झने गरिन्छ । अभिभावक हलसहित १६ कोठे भवनहरुको हेल्पले करिव १६ महिना लगाएर पुनर्निर्माण गरेको हो ...

दरबन्दी पुनर्वितरण कार्यदलको सुझाबलाई लत्याएर १४ हजारभन्दा बढी शिक्षकको पदस्थापना दरबन्दी पुनर्वितरण कार्यदलको सुझाबलाई लत्याएर १४ हजारभन्दा बढी शिक्षकको पदस्थापना

  -कार्यदलका संयोजक असन्तुष्ट -स्थानीय तहको अनुमति अधिकार इकाईलाई दिइयो आठ महिना अघि शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले दिएको प्रतिवेदनलाई लत्याएर अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभर १४ हजारभन्दा बढी शिक्षकलाई पदस्थापना गरेको छ । नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा गठित ‘शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदल’ले गत असोज २ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउँदै तत्काल दरबन्दी मिलान गर्न सुझाएको थियो । तर, शिक्षक सेवा आयोगले ग ...

‘शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन एक साताभित्रै’ ‘शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन एक साताभित्रै’

शिक्षक सेवा आयोगले आउँदो साताभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुल्ने जनाएको छ । आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो । २०७५ चैतभित्रै लाइसेन्सको विज्ञापन खोल्ने तयारी गरेपनि अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्न लागिएकाले सोका लागि परीक्षण गर्दा गर्दै केही ढिलाई भएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको एक साताभित्र लाइसेन्सको विज्ञापन हुन्छ । हामी अन्तिम ...

एकीकृत पाठ्यक्रम प्रारुप यही सालबाट लागू हुँदै

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले विद्यालय शिक्षाको एकीकृत राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ लाई २०७६ बाटै कक्षा १ मा परीक्षण गरी लागू गर्ने भएको छ । केन्द्रका अनुसार यही २०७६ सालमा कक्षा १ का लागि एकीकृत पाठ्यक्रम प्रारुप परीक्षण गरिनेछ भने कक्षा २–३ मा २०७७ सालमा लागू गर्ने कार्यक्रम छ । त्यस्तै, कक्षा ६ का लागि २०७७ सालमै परीक्षणका साथ लागू गरिनेछ । कक्षा ११ र १२ मा भने यही २०७६ सालबाट लागू गर्ने कार्यक्रम छ । २०७७ सालभरिमा नयाँ पाठ्यक्रम नेपालका सबै विद्यालयमा पुगिसक्ने पाठ्यक्रम विकास ...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनलाई प्रधानमन्त्री निवास बालुवाटारमै गुमनाम अवस्थामा थन्क्याएको छ । गत माघ १ गते प्रधानमन्त्री निवास बालुवाटारमै एक भव्य समारोह आयोजना गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा आयोगका अध्यक्ष गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउनुभएको थियो । प्रतिवेदन बुझ्नेबित्तिकै प्रधानमन्त्री ओलीले आयोगको प्रतिवेदनलाई एउटा ‘सिफारिश’ मात्र भएको प्रतिक्रिया दिनुभएको थियो । उहाँको प्रतिक्रिया सुनेका आयोगकै केही सदस्य त्यत्ति ...

स्वतः अवकाशमा पर्ने १० हजारभन्दा बढी शिक्षकलाई पुनः करारमा नियुक्त गर्ने तयारी

शैक्षिक शत्रको मुखमा कक्षाकोठा रित्तिन नदिने उद्देश्य शिक्षक सेवा आयोगबाट छनौट भएका नयाँ शिक्षकको पदस्थापनासँगै कार्यरत करिव १० हजारभन्दा बढी शिक्षक बिस्थापित हुने र त्यसबाट तत्काल विद्यालयमा रिक्त स्थिति हुन नदिन तिनलाई तीन महिनाका लागि करारमा पुनः नियुक्त गर्ने गृहकार्य शुरु भएको छ । आयोगले गत असारमा अस्थायी शिक्षकबीच गराएको प्रतिस्पर्धाको अन्तिम नतिजा आउनै लाग्दा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकारीहरुले यो जानकारी दिएका हुन् । ‘आयोगको अन्तिम नतिजा आउनेबित्तिकै अस्थायी शिक्षकहर ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...