२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday

हाम्रो राम्रो सामुदायिक सिकाइ केन्द्र

जनता माध्यमिक पाही ५९ औं वर्षमा जनता माध्यमिक पाही ५९ औं वर्षमा

 जनता माध्यमिक पाही, रांखानीले  विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ५९ औं वार्षिकोत्सव मनाएको छ । तत्कालीन शिक्षाप्रेमीहरु मुखिया मानबहादुर थापा, थानेश्वर उपाध्याय, जि.मु. चन्द्रदत्त उपाध्याय, कृष्णराज उपाध्याय, हरिनारायण उपाध्याय, छविलाल क्षेत्री, गुणाखर उपाध्याय, कृष्णराज उपाध्याय तथा मनिरत्न शर्मालगायतको सक्रियतामा जिल्लाको दक्षिणभेग हाँडीकोट धुरीको काखमा रहेको पाही गाउँमा सो विद्यालयको स्थापना गरिएको थियो । कार्यक्रमको शुरुवातमै शिक्षाको गौरवमय इतिहास रच्ने र शैक्षिक विकासको सुनौलो ...

पराशर विद्यालयः सीमान्तकृत समुदायका निम्ति वरदान पराशर विद्यालयः सीमान्तकृत समुदायका निम्ति वरदान

  तनहुँ जिल्लामा विद्यालय व्यवस्थापनमा सुधार सहयोग परियोजना दोस्रो चरण (सिसम–२) को प्रभाव कस्तो छ ? विद्यालयहरुले के कस्ता राम्रा अभ्यास गरेका छन् ? तनहुँका पराशर आधारमूत विद्यालय पाटन, पार्वती आधारभूत विद्यालय म्याग्दे र भानु मावि बन्दिपुरका सबल अभ्यास र पक्षलाई यो अंकमा समेट्ने प्रयास गरेका छौं । व्यास नगरपालिका–५, पाटनमा रहेको यो विद्यालय २०४९ सालमा वर्तमान प्रधानाध्यापकको अगुवाइमा स्थापना भएको हो । गरीब समुदाय बसोबास भएको यस स्थानमा आधारभूत विद्यालय स्थापना हुनुले स्थानीयबास ...

योजनाबद्ध सुधारको बाटोमा डडेल्धुराका विद्यालय योजनाबद्ध सुधारको बाटोमा डडेल्धुराका विद्यालय

    ‘आजको उपस्थिति’ विधिले परिचित शिवशंकर आधारभूत विद्यालय प्रार्थनाको घण्टी बज्नासाथ विद्यार्थीहरु बडो अनुशासनका साथ चउरमा लाइन लाग्न पुगे । सरस्वती बन्दना, राष्ट्रगान पछि कवाज शुरु भयो । लाइनमा लाग्द लाग्दै विद्यार्थीहरुले हात उठाएर आ–आप्mना कक्षामा अनुपस्थित विद्यार्थीहरुको नामावली भन्न थाले र विद्यार्थीहरुले अगाडि रहेको ‘आजको उपस्थिती पाटी’मा अनुपस्थित विद्यार्थीको नाममा रातो लगाइदिए । उस्तै अनुशासनका साथ लाइन लागेर विद्यार्थीहरु आ–आप्mना कक्षामा ...

विद्यालय सुधारका निम्ति ऐना जस्तै बन्दैछ विद्यालय सुधार योजना विद्यालय सुधारका निम्ति ऐना जस्तै बन्दैछ विद्यालय सुधार योजना

बालकल्याण आधारभूत विद्यालयढुङ्गो हट्यो, अनियमितता घट्यो    विद्यालय माथितिर रहेको एउटा ठूलो ढुङ्गा भूकम्पले तल खसेपछि विद्यालयको भित्तामै प¥यो । भित्तालाई त असर ग¥यो नै, त्यसले पानी बग्ने खोल्सालाई समेत रोकिदिँदा पानी कक्षाकोठामा छिर्ने अवस्था आयो । विद्यार्थीले पानीमै खुट्टा डुबाएर पढ्नुपर्ने अवस्था आयो । पानीले भिजेर डेस्क–बेञ्चसमेत कुहिन थाले । विद्यार्थीहरु बिरामी हुन थाले । विद्यालय यसरी नै एक वर्ष चल्यो । पछि त्यस कक्षाका विद्यार्थी अन्य कक्षामा सारेर बहुकक्षा शिक् ...

उत्कृष्ट विद्यालय खोज्ने भए चुनादेवी मावि जाऔं उत्कृष्ट विद्यालय खोज्ने भए चुनादेवी मावि जाऔं

भक्तपुर जिल्लाको नगरकोटस्थित चुनादेवी मावि अहिले निकै चर्चित छ । कारण यसको पढाइ, आन्तरिक व्यवस्थापन र दीर्घकालीन योजना नै हो । २०४५ सालमा स्थापित यो विद्यालय सदरमुकामदेखि नगरकोट जाने बाटोको १६.४ किमि दूरीमा रहेको छ । विद्यालय नजिकैको काभ्रेपलाञ्चोक जिल्लाको मण्डन–देउपुर गाउँपालिकाबाट विद्यार्थी उल्लेखनीय संख्यामा आउने गरेका छन् । नाल्दुम, ठकुरी गाउँ र चाँगुनारयण नगरपालिका–६ देखिका विद्यार्थी पनि यहाँ पढ्न आइपुग्छन् । पछिल्लो तथ्याङ्क अनुसार विद्यालयमा जम्मा ३४९ जना विद्यार्थी अध्ययनर ...

समुदायको सुख–दुःखको साथी काका सामुदायिक सिकाइ केन्द्र समुदायको सुख–दुःखको साथी काका सामुदायिक सिकाइ केन्द्र

  नामः काका सामुदायिक सिकाइ केन्द्रस्थापनाः २०५९ठेगानाः बलरा नगरपालिका–४, सर्लाही   नेपालको प्रदेश नं २ स्थित जनकपुर अञ्चलमा रहेको सर्लाही अत्यधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी र पश्चिममा वागमति नदी सीमाको रूपमा बगेका छन् । यस जिल्लाको प्रमुख भाषामा बजिका (ठेटी), मैथिली र नेपाली हुन् र सर्लाहीको प्रमुख बाहुल्य जातीमा क्रमिक रूपमा यादव, कुशवाहा, कोइरी, मुस्लिम, तेली र तामाङ पर्छन् । सर्लाही जिल्लाको दक्षिणपश्चिममा पर्ने बलरा नगरपालिकामा अवस्थित काका ...

भृकुटी सामुदायिक सिकाइ केन्द्र :आय–आर्जन समूहबाटै आत्मनिर्भर बनाउँदै भृकुटी सामुदायिक सिकाइ केन्द्र :आय–आर्जन समूहबाटै आत्मनिर्भर बनाउँदै

नाम : भृकुटी सामुदायिक सिकाइ केन्द्रस्थापनाः २०६१–०९–१३ठेगानाः बुद्धभूमि नगरपालिका वार्ड नं–४, कर्नौलिया, कपिलवस्तु   धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रले भरिपूर्ण कपिलवस्तु बुद्धभूमिका रुपमा प्रख्यात छ । खोजकर्ता, शोधकर्ता तथा मनोरञ्जनका लागि आएका घुमन्ते, तीर्थाटनका लागि आएका श्रद्धालु भक्तजनको स्वागतमा जहिल्यै तत्पर कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ मा भृकुटी सामुदायिक सिकाइ केन्द्र रहेको छ । समुदायलाई साक्षर, समृद्ध र सचेत बनाउन यो स ...

बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको तीन ‘स’ साक्षरता, सहकारी र समृद्धि बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको तीन ‘स’  साक्षरता, सहकारी र समृद्धि

नाम : बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रस्थापना : २०५९ठेगाना : पोखरा–लेखनाथ महानगरपालिका–२५, कास्कीसेवा क्षेत्र : पोखरा–लेखनाथ महानगरपालिका वार्ड नं. २५ कास्की जिल्लाको हेम्जामा रहेको बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रले समुदायलाई साक्षर बनाएको त छ नै, सक्षम र समृद्ध बन्नसमेत मद्दत गरिरहेको छ । हालसम्म ६० भन्दा बढी साक्षर, साक्षरोत्तर र निरन्तर शिक्षाको कक्षा सञ्चालन गरेको केन्द्रले हेम्जालाई मुलुककै पहिलो साक्षर गाउँ बनाउन महत्वपूर्ण भूमिका खेल्यो । निरक्षरलाई साक्षर, क ...

धुषा सामुदायिक सिकाइ केन्द्रको योजना : निःशुल्क इन्टरनेटदेखि चेपाङ संग्राहलयसम्म धुषा सामुदायिक सिकाइ केन्द्रको योजना : निःशुल्क इन्टरनेटदेखि चेपाङ संग्राहलयसम्म

नाम : धुषा सामुदायिक सिकाइ केन्द्रस्थापना : २०६४ठेगाना : बेनीघाट रोराङ गाउँपालिका–७, चरौदिबजार (साविक धुषा गाविस) धादिङकार्यक्षेत्रः बेनीघाट रोराङ गाउँपालिका वार्ड नं. ६, ७ र ८ धुषा सामुदायिक सिकाइ केन्द्र धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं ७ मा रहेको छ । धुषा सामुदायिक सिकाइ केन्द्रले साक्षरता, साक्षरोत्तर र निरन्तर कक्षा सञ्चालनसँगै विभिन्न सीपमुलक तालिम दिएर समुदायलाई आय–आर्जनसँग जोड्दै आएको छ । केन्द्रकै पहलकदमीमा साविक धुषा गाविस २०७२ सालमा पूर्ण साक्षर घोषित भयो । ...

थुमपाखर सामुदायिक सिकाइ केन्द्रको पहिचान:अक्षर, अलैँची र अम्लिसोसम्म थुमपाखर सामुदायिक सिकाइ केन्द्रको पहिचान:अक्षर, अलैँची र अम्लिसोसम्म

नाम : थुमपाखर सामुदायिक सिकाइ केन्द्रठेगाना : सुनकोशी गाउँपालिका–६, सिन्धुपाल्चोकस्थापनाः २०६४सेवाक्षेत्रः हाल सुनकोशी गाउँपालिका–६ (साविक थुमपाखर गाविस) थुमपाखर सामुदायिक सिकाइ केन्द्र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ६ मा क्रियाशील छ । समुदायलाई साक्षर, सचेत, सीपयुक्त र उद्यमी बनाउन यो लागी परिरहेको छ । सिन्धुपाल्चोक प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले देशका उत्कृष्ट जिल्लाध्ये एक हो । देशको उत्तरी सीमाना रहेको भन्सार विन्दु तातोपानी यसै जिल्लामा पर्छ । यस जिल्ल ...

काम र नामसँगै एफएमसम्मको योजनामा शिखरापुर सामुदायिक सिकाइ केन्द्र  काम र नामसँगै एफएमसम्मको योजनामा शिखरापुर सामुदायिक सिकाइ केन्द्र

नामः शिखरापुर सामुदायिक सिकाइ केन्द्रस्थापना : २०६३ठेगाना : दक्षिणकाली नगरपमलिका–५, शेषनारायण, फर्पिङ, काठमाडौंकार्यक्षेत्र : दक्षिणकाली नगरपालिका र नजिकका अन्य क्षेत्रहरु काठमाडौं जिल्लाको दक्षिणभेगस्थित दक्षिणकाली नगरपालिकाको फर्पिङमा रहेको शिखरापुर सामुदायिक अध्ययन केन्द्रले युनेस्को काठमाडौंको सहयोगमा तथा आफ्नै प्रयासमा विभिन्न उदाहरणीय काम गर्दै आफ्नो पहिचान बनाउन सफल भएको छ । यसैले पनि १८ अप्रिल २०१६ मा नेपाल भ्रमणको क्रममा युनेस्कोकी महानिर्देशक इरिना बोकोवाले यस सासिकेको अवलोकन गर ...

निरन्तर शिक्षाकै खातिर सक्रिय त्रिभुवन सामुदायिक सिकाइ केन्द्र निरन्तर शिक्षाकै खातिर सक्रिय त्रिभुवन सामुदायिक सिकाइ केन्द्र

स्थापना : २०६८ जेठ २५ गतेठेगानाः मधुवन नगरपालिका वार्ड नं. १, बर्दियासेवाक्षेत्र : मधुवन नगरपालिका वार्ड नं. १ र २ (साविक सूर्यपटुवा गाविस) सेवाक्षेत्रको जनसंख्या : १०,९५८ मुलुकको प्रदेश नं ६, भेरी अञ्चलको दक्षिण–पश्चिममा पर्ने बर्दिया जिल्ला मुलुकको प्रमुख अन्न भण्डारको रूपमा पनि चिनिन्छ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ । पहिले आदिवासी थारुहरूको बाहुल्य रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा बाह्य स्थानहरूबाट बसाइस ...

सीप शिक्षामा फड्को मार्दै : श्रीकोट सामुदायिक सिकाइ केन्द्र सीप शिक्षामा फड्को मार्दै : श्रीकोट सामुदायिक सिकाइ केन्द्र

नाम : श्रीकोट सामुदायिक सिकाइ केन्द्रस्थापना : २०५६/१०/१०ठेगाना : श्रीकोट, बैतडीसेवाक्षेत्र : दोगडाकेदार गाउँपालिका वडा न. ३, (साविक श्रीकोट गाविस)साक्षर : कुल ७४४ निरक्षरमध्ये ५५१ साक्षर (बाँकी १६३ शारीरिक अपाङ्गता र अशक्त)   बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ३ श्रीकोटमा रहेकोश्रीकोट सामुदायिक सिकाइ केन्द्र  समुदायको चाहनाअनुरुप स्थापित संस्था हो । स्थानीय स्रोतसाधन पहिचान गरीत्यहीँको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यलेयो सिकाइ केन्द्र  १० माघ २०५६ सालमा स्थ ...

नीतिगत कसीमा सामुदायिक सिकाइ केन्द्र नीतिगत कसीमा सामुदायिक सिकाइ केन्द्र

नेपालका अग्रणी सामुदायिक सिकाइ केन्द्रहरुले गरिरहेको काम र अभ्यासलाई आजको शिक्षा साप्ताहिकले युनेस्को काठमाडौंसँगको सहकार्यमा आठ अंकसम्म निरन्तर प्रकाशन ग¥यो । यो अंकमा भने सामुदायिक सिकाइ केन्द्रसम्बन्धी नीति बनाउने र कार्यान्वयन गर्ने/गराउने तहका सरकारी अधिकारी, स्थानीय जनप्रतिनिधि तथा यसको विकासमा निरन्तर प्राविधिक सहयोग गरिरहेको युनेस्को काठमाडौंका प्रतिनिधिसँगको छोटो संवाद प्रस्तुत गरेका छौं । साथै, सासिकेसम्बन्धी सरकारको नीतिगत पक्ष र कार्यक्रममा दिइएको प्राथमिकतालाई पनि जानकारी दिने प ...

कामले नै परिचित पारिजात सामुदायिक सिकाइ केन्द्र कामले नै परिचित पारिजात सामुदायिक सिकाइ केन्द्र

सुर्खेतको छिन्चुमा रहेको पारिजात सामुदायिक सिकाइ केन्द्र प्रदेश नं. ६ मा आफ्नो कामले चर्चित छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगरदेखि २८ किलोमिटर पूर्वी दिशामा भेरीगंगा नगरपालिकाको वडा नं. १२ मा यो सामुदायिक सिकाइ केन्द्र रहेको छ । १७ जेठ २०६८ मा स्थापित पारिजात सामुदायिक सिकाइ केन्द्रमा आजीवन र साधारण सदस्य गरी १५३ जना रहेका छन् । यसको कार्यालय हाल भेरीगंगा नगरपालिकाको भवन छिन्चुमा रहेको छ । यस सिकाइ केन्द्रकै पहलकदमीमा ३० चैत २०७१ मा भेरीगंगा नगरपालिका वडा नं. ४, ५, १०र १२ (साविक छिन्चु गाविस) लाई ...

भित्रीकोट सामुदायिक सिकाइ केन्द्रको नयाँ काम जैविक मल र विषादीमा दामै–दाम  भित्रीकोट सामुदायिक सिकाइ केन्द्रको नयाँ काम जैविक मल र विषादीमा दामै–दाम

    नाम : भित्रीकोट सामुदायिक सिकाइ केन्द्रस्थापना : २०६६सेवाक्षेत्र : प्यूठान नगरपालिका–४, (साविक विजुवार गाविस)सेवा क्षेत्रको कुल जनसंख्या : ११,७२५क्रियाशील सदस्य : १८२प्रत्यक्ष लाभान्वितको संख्या : ३६०अप्रत्यक्ष लाभान्वितको संख्या : ३,२०० प्यूठान जिल्लामा भित्रीकोट सामुदायिक सिकाइ केन्द्र समुदायबीच नवीन काम गरेरै अलग पहिचान राख्न सफल सामाजिक संस्था हो । २२ चैत २०६६ मा स्थापित यस सामुदायिक सिकाइ केन्द्रले २०६७ साल जेठ महिनामा स्वीकृति पाएको थियो । यस केन्द्रले आफ्नो स्थापनाकालद ...

अत्तरिया सामुदायिक सिकाइ केन्द्र : अक्षरसँगै आत्मनिर्भर बन्न सिकाउँदै अत्तरिया सामुदायिक सिकाइ केन्द्र : अक्षरसँगै आत्मनिर्भर बन्न सिकाउँदै

नाम : अत्तरिया सामुदायिक सिकाइ केन्द्रस्थापना : २०६०सेवाक्षेत्र : गोदावरी नगरपालिका वार्ड नं १,२, ४ र ५, कैलाली देशको ७ नं प्रदेशअन्तर्गत कैलाली जिल्लाको मुटुमा रहेको गोदावरी नगरपालिका, अत्तरियास्थित यस सामुदायिक सिकाइ केन्द्रले निरक्षरलाई साक्षर बनाउँदै निरन्तर शिक्षासँग जोड्दै आएको छ । अर्थात्, समुदायका व्यक्तिलाई सीपमुलक तालिम प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाउँदै आएको छ । द्वन्द्वकालमा विस्थापित भएकाहरुको तथ्याङ्क लिने, समाजमा सहज तरिकाले बस्ने वातावरण बनाउनुका साथै विभिन्न सीपमुलक तालिम ...

नवयुग सामुदायिक सिकाइ केन्द्र : महिलालाई साक्षरसँगै आत्मनिर्भर बनाउन तल्लिन नवयुग सामुदायिक सिकाइ केन्द्र : महिलालाई साक्षरसँगै आत्मनिर्भर बनाउन तल्लिन

  प्रोफाइलनाम : नवयुग बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रठेगाना : जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं. ५, बलाहास्थापना : २०६२ कार्तिक २५ गतेसम्पर्क नं.: ०२५–५६११८६ स्थानीय अगुवा र बुद्धिजीविहरुको पहलमा २०६२ सालमा इनरुवा–५, सुनसरीमा स्थापना भएको नवयुग बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र अहिले पूर्वाञ्चलकै उत्कृष्ट सिकाइ केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । केन्द्रले निरक्षरलाई साक्षर बनाउन सहयोग गर्दै बचत गर्न सक्ने बनाएको मात्रै छैन, उनीहरुको आम्दानी बचत गरिदिने र ४० हजा ...

नाम र कामले प्रख्यात बन्ने योजनामा नाम्जे सामुदायिक सिकाइ केन्द्र नाम र कामले प्रख्यात बन्ने योजनामा नाम्जे सामुदायिक सिकाइ केन्द्र

नेपालको पूर्वी जिल्ला धनकुटाको सागुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा रहेको नाम्जे सामुदायिक सिकाइ केन्द्र (सासिके) अहिले समुदायका निम्ति साँच्चै सिक्ने थलो बनेको छ । ज्ञान, सीप र समुदायको आय–आर्जन गराउन निकै सक्रिय यो सामुदायिक सिकाइ केन्द्र अहिले नयाँखालको योजना बुन्दैछ । यो सिकाइ केन्द्र स्थापना भएको धेरै भएको छैन । २०७० सालमा स्थापित यस सासिकेसँग अहिले जम्मा २५ जना साधरण सदस्य छन्, जसमा सातजना महिला छन् । १३ सदस्यीय कार्यसमिति रहेको यस संस्थामा महिला पदाधिकारी तीनजना रहेका छन् । ...

उदाहरणीय कामको अर्को नाम: गीतानगर सामुदयिक सिकाइ केन्द्र एवं पर्यटन सूचना केन्द्र उदाहरणीय कामको अर्को नाम: गीतानगर सामुदयिक सिकाइ केन्द्र एवं पर्यटन सूचना केन्द्र

नाम : गीतानगर सामुदयिक सिकाइ केन्द्र एवं पर्यटन सूचना केन्द्रस्थापना : १७ मंसिर २०६२ सेवा क्षेत्र : साविकको गीतानगर गाविस (हाल भरतपुर महानगरपलिकाको वार्ड नं ६ र १३) गीतानगर सामुदयिक सिकाइ केन्द्र एवं पर्यटन सूचना केन्द्र चितवन जिल्लाको एक अगुवा समुदायिक सिकाइ केन्द्र हो । हालको भरतपुर महानगरपालिकाको वार्ड नं ६ मा अवस्थित यस सिकाइ केन्द्रले स्थानीय अन्य सिकाइ केन्द्रहरुलाई समेत समन्वय र सहयोग गर्दै आएको छ । साक्षरता अभियानबाट पहिलो साक्षर गाविस बन्न सफल फूलबारी गाविसलाई साक्षर बनाउन सहयोगी भूमिक ...

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...