२०७७ असार २९ गते / 13th Jul 2020, Monday
investment investment

कालापानी, लिपुलेख र लिम्पियाधुरा अब पाठ्यक्रममा रहनेछन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट पारित नेपालको नयाँ नक्सा अब पाठ्यक्रममा रहने बताउनुभएको छ ।


संघीय संसदलाई सम्बोधनका क्रममा आज प्रम ओलीले भन्नुभयो, ‘अब पाठ्यक्रममा रहनेछ । योसँग सम्बन्धित थुप्रै कुरा त्यसमा हुनेछन् ।’ उहाँले कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपाली भूमि रहेको र त्यसलाई समेटेर मन्त्रिपरिषद्ले नक्सा पारित गरेको जानकारी दिनुभयो । पारित गरिएको नेपालको नक्सा संविधानको अनुसूची ३ मा रहेको प्रतीक चिन्ह (निशाना छाप)मा पनि समावेश गरिने प्रधानमन्त्रीले बताउनुभयो ।


गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेख र लिम्पियाधुरालाई समेटी नेपालको नयाँ नक्सा पारित गरेको थियो ।


अहिलेसम्म विद्यालय तथा विश्वविद्यालयका पाठ्यपुस्तकमा कालापानी, लिपुलेख र लिम्पियाधुरा नसमेटिएको नक्सा अध्यापन गराइँदै आएको थियो ।

प्रमुख समाचार

सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन

सिन्धुपाल्चोकका पुराना शैक्षिक अभियन्ता एवं शिक्षक पोषप्रसाद नेपालको शनिबार राती ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी पर्नुभएका नेपालको ...

सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा ऐन नआउँदासम्म प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम कार्यक्रममा दोहोरोपना नआउनेगरी ...

 सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर  सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर

‘बजारको मागअनुरुप रोजगारी र सीप दिनेबीच अन्तर्सम्बन्ध जरुरी’ राष्ट्रिय आवश्यकता र बजारको मागअनुरुप जनशक्ति उत्पादन नहुँदा नेपालमा प्राविधि ...