२०७७ असार २८ गते / 12th Jul 2020, Sunday
investment investment

तत्काल एक लाख शिक्षक–विद्यार्थीको पिसिआर जाँची विद्यालय खुलाउन सुझाब

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने धारणा राख्नुभएको छ ।

कोरोना परीक्षणको दायरा बढाउँदै विभिन्न विकल्पहरुका साथ शैक्षिक संस्था खुला गर्नुपर्ने उहाँको मत छ ।


नेपाल शिक्षक संघ चितवनले आयोजना गरेको शिक्षकहरुको १० दिने सूचना प्रविधियुक्त सिकाइ तालिमको सोमबार समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भन्नुभयो, ‘शैक्षिक क्षेत्र लामो समय पूर्णतः बन्द गरेर राख्नु हुँदैन । तत्काल एक लाखभन्दा बढी शिक्षक–विद्यार्थीको पिसिआर परीक्षण गरी सामाजिक दूरी कायम राख्दै विद्यालय सञ्चालन गर्न सकिन्छ ।’


विद्यालय सञ्चालन र परीक्षणका लागि पनि प्रवक्ता शर्माले विकल्पहरु अगाडि सार्नुभएको छ । ‘व्यक्तिपिच्छे परीक्षण नगरी १०–१५ जनाको समूहका स्वावसँगै मिसाएर परीक्षण गर्ने र नदेखिए ठीकै छ, देखिए त्यो समूहको मात्रै छुट्टा–छुट्टै पुनः परीक्षण गर्ने गर्दा धेरैलाई छिटो परीक्षण गर्न सकिन्छ,’ प्रवक्ता शर्माले सुझाउनुभयो ।


यस्तै, विद्यालय पनि सबै नखुलाएर हप्ताको ३ दिन जोर कक्षाहरु (२,४,६,८ र १० कक्षा) र ३ दिन बिजोर कक्षाहरु (१, ३, ५, ७ र ९ कक्षा) सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्न सकिने उपाय उहाँले दिनुभयो ।


शिक्षण सिकाइलाई पनि पहिलेजस्तो अंकमा आधारित नभएर विद्यार्थीको क्षमताका आधारमा सञ्चालन गर्नुपर्ने शर्माले बताउनुभयो । एसइइ परीक्षाको एक दिन अगाडि स्थगित हुनु र लामो समय घरको उकुसमुकुसमा बस्दा बालबालिकामा पछि मानसिक असर देखिन सक्ने भन्दै विकल्पसहित समाधानमा लाग्नुपर्नेमा उहाँको जोड छ ।

प्रमुख समाचार

सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन

सिन्धुपाल्चोकका पुराना शैक्षिक अभियन्ता एवं शिक्षक पोषप्रसाद नेपालको शनिबार राती ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी पर्नुभएका नेपालको ...

सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा ऐन नआउँदासम्म प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम कार्यक्रममा दोहोरोपना नआउनेगरी ...

 सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर  सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर

‘बजारको मागअनुरुप रोजगारी र सीप दिनेबीच अन्तर्सम्बन्ध जरुरी’ राष्ट्रिय आवश्यकता र बजारको मागअनुरुप जनशक्ति उत्पादन नहुँदा नेपालमा प्राविधि ...