२०७७ असार २९ गते / 13th Jul 2020, Monday
investment investment

सबै बालबालिकालाई विद्यालयमा भित्र्याइने, साक्षर नेपाल घोषित हुने

सरकारले २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आउँदो वर्ष विद्यालय जाने उमेरसमूहका सबै बालबालिकालाई विद्यालय ल्याइसक्ने र साक्षर नेपाल बनाइसक्ने घोषणा गरेको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय दुबै संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै यो घोषणा गर्नुभएको हो । विद्यालय बाहिर रहेका दुई लाख ७० हजार बालबालिकालाई विद्यालय भर्ना गरिएको र आउँदो वर्ष बाँकी सबैलाई स्कूल भित्र्याइने राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभयो । ‘बालबालिकालाई विद्यालयमा ल्याऔं, सबैलाई टिकाऊ’ भन्दै सरकारले यो कार्यक्रम ल्याएको हो ।


सरकारले सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने घोषणा गरेको छ । यसका लागि सरकारले २०७६–०८५ लाई सार्वजनिक विद्यालय सबलीकरण अभियान थालेको जानकारी दिएको छ ।

विद्यालयहरुको नक्साङ्कन गरी समायोजन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

विज्ञान विषयलाई रुचिपूर्ण बनाउने र यसका लागि विज्ञान अध्ययन केन्द्रहरुको स्थापना गरिने घोषणा गरिएको छ ।

प्रमुख समाचार

सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन

सिन्धुपाल्चोकका पुराना शैक्षिक अभियन्ता एवं शिक्षक पोषप्रसाद नेपालको शनिबार राती ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी पर्नुभएका नेपालको ...

सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा ऐन नआउँदासम्म प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम कार्यक्रममा दोहोरोपना नआउनेगरी ...

 सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर  सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर

‘बजारको मागअनुरुप रोजगारी र सीप दिनेबीच अन्तर्सम्बन्ध जरुरी’ राष्ट्रिय आवश्यकता र बजारको मागअनुरुप जनशक्ति उत्पादन नहुँदा नेपालमा प्राविधि ...