२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday
investment investment

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ ।


बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयले शास्ती खेप्नु परेको छ । राजनीतिक खिचातानीका कारण विद्यालयले समस्या भोग्दा सरोकारवाला निकाय भने मौन देखिन्छन् । पुरानो व्यवस्थापन समितिको म्याद गत फागुन १७ गते सकिएको थियो ।


नेपाल सरकारबाट नमूना विद्यालयको रुपमा छनौट भएकोे यस विद्यालयमा नेकपा र नेपाली कांगेस समर्थकहरुले अध्यक्ष पद आफ्नै पोल्टामा पार्न खोजेका छन् । दुबै दलले गैर अभिभावकलाई व्यवस्थापन समितिमा राख्न खोजिरहेका छन् । दुबै पक्षबीच ‘बार्गेनिङ’ चल्दा विद्यालय आधा वर्ष समितिबिहीन हुन पुगेको छ ।


विद्यालयले समिति गठनका लागि एकपटक अभिभावक भेलाको आह्वान् गरिएपनि दलीय प्रतिनिधिले ‘सहमतिका लागि’ भन्दै गठन प्रक्रिया अगाडि बढ्न दिएका थिएनन । अभिभावकमध्येबाट चयन हुनुपर्ने ४ सदस्य चुनेर प्रक्रिया अगाडि बढाउनसमेत दिएका छैनन् । समिति गठनका लागि अभिभावक भेला बोलाइएपनि भाषण गरेर भेला समाप्त भएको थियो । अभिभावकमध्येबाट चुनिनुपर्ने ४ जना चुन्ने प्रक्रिया गर्नुको साटो सहमतिका नाममा कार्यक्रम ठप्प पार्नु विद्यालय प्रशासनको त्रुटि भएको अभिभावकहरु बताउँछन् ।


यता, विद्यालयका प्रधानाध्यापक रामप्रसाद अर्यालले राजनीतिक दलले सहमति भन्दै लामो समय लगाउँदा समस्या बल्झिएको बताउनुभयो । एक हप्तामा निकास दिने दलबाट आश्वासन आएपनि असहमतिका कारण लम्बिएको अर्यालले सुनाउनुभयो । विद्यालयमा ५ जना शिक्षक नियुक्ति गर्नुपर्नेछ । समिति नहुँदा रोकिएको छ । यसले पठनपाठनमा समेत असर पुगेको छ ।


यसै वर्ष नमूना विद्यालयको रुपमा छनोट भएको विद्यालयमा धेरै योजना र कामहरु गर्नुपर्ने भएपनि समिति नहुँदा अफ्ठ्यारोे अर्यालले बताउनुभयो । आन्तरिक छलफल नै २५ पटक भयो तर अहिलेसम्म सहमति जुरेको छैन ।


९ सदस्यीय व्यवस्थापन समितिमा ४ जना अभिभावकमध्येबाट हुन पर्छ । एक वडा प्रतिनिधि, प्रधानाध्यापक र १ जना शिक्षकसमेत रहने व्यवस्था रहेको छ । बाँकी रहेको २ जनामा गैर अभिभावक नियुक्त गर्न सकिन्छ । अभिभावकको ठाउँमा गैर अभिभावक आएमा नियमविपरित हुने बुद्धभूमि नगरपालिका शिक्षा शाखा उपसचिव लिलबहादुर राउत क्षेत्रीले बताउनुभयो ।

 

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...