२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday
investment investment

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु


शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ ।


आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरुलाई पदास्थापन गर्न गत जेठमै सिफारिश गरेको भएपनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यही ३ साउनबाट मात्रै जिल्लागत र विषयगत रूपमा नियुक्तिका लागि प्रक्रिया शुरु गरेको हो ।


शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्तिका लागि गत शुक्रबार देशभरका शिक्षा विकास तथा समन्वय इकार्ईलाई परिपत्र गरेको हो । प्रतिस्पर्धामा सफल भएका शिक्षकको विषयगत र जिल्लागत नामावलीसहित पदस्थापना प्रक्रिया अघि बढाउन केन्द्रले जिल्लास्थित इकाईहरुलाई निर्देशन दिएको हो । आयोगले पहिलो चरणमा माध्यमिक तहका १ हजार ९७ शिक्षक नियुक्त गर्न सिफारिश गरेको थियो ।

 

आयोगबाट साबिकको विकास क्षेत्रअनुसार स्थायी शिक्षक सिफारिश भएकामा उनीहरूलाई जिल्लागत र विषयगत रूपमा विभाजन गरेर विद्यालयमा खटाउँदा समय लागेको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । आयोगमा ५०३ रिक्त दरबन्दी संख्या पदपूर्तिका लागि पठाइएको भएपनि आयोगले गत जेठमा एक हजार ९७ जनाको नाम सिफारिश गरेपछि पदस्थापनामा ढिलाई भएको उहाँको भनाइ थियो ।


आयोगले सिफारिश गरेका थप ५९४ जना शिक्षक पदस्थापनाका लागि केन्द्रले देशभरका पालिकाहरु र जिल्लाहरुमा ताकेता गर्दा कसैले पनि रिक्त स्थान नभएको, चाहियो नभनेपछि समयमै पदस्थापना गर्न समस्या भएको महानिर्देशक पौडेलले बताउनुभयो । ‘हामीसँग ५०३ मात्रै पद थियो, बाँकी ५९४ जनालाई ७७ जिल्लामै पदस्थापन गर्न खोजेको कसैले चाहियो भनेनन्, पछि ७७ जिल्लामै बाँडेर पदस्थापनाको लागि पठायौं,’ पौडेलले भन्नुभयो, ‘शिक्षकहरुका लागि स्थान खोज्दा खोज्दै पदस्थापनामा ढिलाइ भयो ।’ स्थानीय तहको समन्वयमा दरबन्दी कम्ति रहेका विद्यालयलाई प्राथमिकता दिएर शिक्षक खटाउने प्रबन्ध मिलाएको उहाँले जानकारी दिनुभयो ।


दरबन्दी पुनर्मिलान कार्यदलको प्रतिवदेनअनुसार सामुदायिक विद्यालयमा ५७ हजार शिक्षक अपुग छ । संघीय संरचनाअनुसार शिक्षा ऐन र नियमावली बनिनसकेका कारण पुरानै संरचनाअनुसार विज्ञापन गरिएको थियो । यद्यपि, केन्द्रले स्थानीय तहको समन्वयमा मात्र शिक्षकलाई नियुक्ति दिन इकाईलाई निर्देशन दिएको छ । प्राथमिकता क्रमलाई आधार मान्दा समान तह र विषयको रिक्त स्वीकृत दरबन्दीमा अस्थायी रूपमा कार्यरतलाई पहिलो, अपाङ्गता भएकालाई दोस्रो, स्थायी ठेगाना वा विवाह दर्ताबाट खुल्ने आधारमा महिलालाई तेस्रो र अन्यलाई योग्यता क्रमका आधारमा चौथो प्राथमिकता दिएर नियुक्ति दिन परिपत्रमा निर्देशन दिइएको छ ।


निमावि तह सिफारिशको चरणमा


०७५ असारमा भएको खुलातर्फको विज्ञापनको सबै प्रक्रिया पूरा गरेर आयोगले १ हजार ९७ जनाको नाम गत जेठमा नियुक्तिका लागि सिफारिश गरेको थियो । निमावि र प्रावि तहका लागि क्रमशः ९ हजार ९ सय ९६ र एक हजार ६ सय ३५ पदमा विज्ञापन भएको थियो । निमावि तहको लिखित परीक्षामा सफल भएका उम्मेदवारको अन्तर्वार्तासमेत सकेर पदस्थापनाका लागि सिफारिशको चरणमा छ । प्रावि तहको अन्तर्वार्ता जारी रहेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले जानकारी दिनुभयो । आयोगले प्रावि, निमावि र मावि गरी तीनै तहमा १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन भएको थियो । खुलातर्फ माध्यमिक तहमा ११०८, निम्न माध्यमिक तहमा १६३५ र प्राथमिक तहमा ९ हजार ९९६ पदमा विज्ञापन भएको थियो । ‘माविमा सफल उम्मेदवारको नामावली सिफारिश भइसकेको छ, निमाविको केही दिनमा र प्रावि तहको भदौ दोस्रो सातासम्म सिफारिश गरिसक्छौं’ डा. थपलियाले भन्नुभयो ।


शिक्षकलाई नै जिल्ला रोज्ने मौका


मावि तहका छानिएका शिक्षकलाई प्राथमिकता क्रमअनुसार जिल्ला छनोट फाराम भर्न गत असार २ गते म्याद दिइएको थियो । नियुक्ति दिँदा रिक्त रहेका तह र विषयगत दरबन्दी संख्याअनुसार शिक्षकलाई पालिका रोज्न लगाउने आधार तय गरेको केन्द्रले जनाएको छ । यसरी नियुक्ति भएका शिक्षकको नामावलीसहितको विवरण पालिकामा उपलब्ध गराउनुपर्ने, त्यस विवरणका आधारमा स्थानीय सरकारले तह, कक्षा, विषय र विद्यार्थी संख्याका आधारमा विद्यालय रोज्न लगाउने तथा नयाँ नियुक्त शिक्षकको विवरण केन्द्रमा पठाउन उक्त परिपत्रमा निर्देशन गरिएको छ ।


रिक्त संख्यामै सिफारिश


शिक्षक सेवा आयोगले भने आफैं एउटा पनि पद बढाउन नसक्ने भन्दै केन्द्रले पठाएकै रिक्त पद संख्यामा सिफारिश गरेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगसँग ५०३ शिक्षक छनोट गरी पठाइदिन आग्रह गर्दा किन एक हजार ९७ जना सिफारिश गरेको ? भन्ने प्रश्नमा आयोगका प्रशासकीय प्रमुख डा. थपलियाले २०७२ असोज २ देखि २०७४ फागुन सम्मको रिक्त पदसंख्या केद्रले भनेजत्तिकै ५०३ भएपनि आन्तरिक तर्फको विज्ञापनका २५ प्रतिशत खुलामा जाने पद जोड्दा बढी हुन गएको स्पष्ट पार्नुभयो । आन्तरिकतर्फ फारम नभरेर सुविधा रोजेका, परीक्षामा उत्तीर्ण नभएर पद खाली भएका र ७५ प्रतिशत दरबन्दीमा आन्तरिक विज्ञापन भएर बाँकी रहेको २५ प्रतिशत खुला पदको रिक्त दरबन्दी जोडेर आयोगले विज्ञापन र पदास्थापनको लागि सिफारिश गरेको डा. थपलियाले जानकारी दिनुभयो । आयोगले १४ हजार २७० आन्तरिक तर्फ र १२ हजार ७३९ पदमा खुलातर्फ विज्ञापन गरेको थियो । आन्तरिक तर्फको सबैजना पदस्थापना भइसकेका छन् ।


जिल्ला छनोटमा चित्त नबुझे के गर्ने ?


केन्द्रले शिक्षकहरुको पदस्पना हुँदा जिल्ला छनोटमा चित्त नबुझेमा शिक्षकहरुले साउन १० गतेभित्र निवेदन दिन सक्ने जनाएको छ । पदस्थापना भएको जिल्ला छनोटमा चित्त नबुझेमा यही साउन १० गते शुक्रबार ३ बजेभित्र तभबअजभचmनत।अभजचम२नmबष्।िअयm मा हस्ताक्षरसहित निवेदन पठाउनुपर्ने केन्द्रले स्पष्ट पारेको छ ।


यस्ता छन् शिक्षक पदस्थापनाका आधार


शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्ला स्थित शिक्षा समन्वय इकाईहरुलाई पदस्थापनका ५ आधार सहित शिक्षक नियुक्ति गर्न परिपत्र गरेको छ ।


१. सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो जिल्ला अन्तर्गत रिक्त रहेको तह र विषयगत दरबन्दी संख्या अनुसार शिक्षकहरुलाई गाँउ नगरपालिका रोज्न लगाउने ।


२. उल्लिखित शिक्षक नियुक्ति तथा पदस्थापनका आधारहरु बमोजिम तह, विषय र सिफारिस भएको गाउँरनगरपालिका खुलाई स्थायी नियुक्ति पत्र दिने ।


३. विद्यालयमा पदस्थापन गर्न स्थायी नियुक्ति प्राप्त गरेका विषयगत शिक्षकहरुको नामावली र विधालयगत रिक्त दरबन्दीको विवरण सम्बन्धित गाँउ नगरपालिकालाई उपलब्ध गराउने ।


४. शिक्षा विकास तथा समन्वय इकाईबाट प्रा. विवरणका आधारमा स्थानीय तहले शिक्षा नियमावली अनुसार तह, कक्षा, विषय र विद्यार्थी संख्याको आधारमा विद्यालय रोज्न लगाई पदस्थापन गर्ने ।


५. शिक्षा विकास तथा समन्वय इकाईले नियुक्त गरिएका शिक्षकहरुको एकमुष्ट नामावली मात्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने ।

 

 

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...