२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday
investment investment

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।

 

यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न थिए । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १७ हजार ५ सय ८० जना रहेका छन् । त्यसैगरी जीपीए ३.२० देखि ३.६० सम्म ५१ हजार १ सय ३७ जनारहेका छन् । यस वर्ष पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक गरिएको हो ।


त्यस्तै, जीपीए २.८५ देखि ३.२० सम्म ल्याउने ६३ हजार ७ सय ४१ जना छन् । जीपीए २.४० देखि २.८० सम्म ७६ हजार ५ सय ६४ जना रहेका छन् ।
२.० देखि २.४० सम्म ९८ हजार २ सय ७, १.६० देखि २.० सम्म ल्याउने ९५ हजार ३ सय ७ रहेका छन् ।

यस्तै ४३ हजार ८ सय ४१ जनाले १.२० देखि १.६० सम्म जीपीए ल्याएका छन् । ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ४ हजार ४ सय २९ रहेको छ ।


ग्रेड सी र त्यो भन्दा कम अंक ल्याउने विद्यार्थीले यसैवर्ष सबै विषयको परीक्षा दिन पाउने छन् । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

 

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीलेले जानकारी दिनुभयो ।

बुधवार नै एसइइ नतिजा सार्वजनिक हुने समाचारहरु प्रकाशित भएका भएपनि राष्ट्रिय परीक्षा बोर्डले खण्डन गरिदिएको थियो । अघिल्ला वर्षहरुमा असार पहिलो हप्ता नै सार्वजनिक हुँदै आएको एसइइ नतिजा यसपटक प्रदेश नम्बर २ मा पुन परीक्षा लिइएका कारण एक हप्ता पछाडि सरेको हो ।

 

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

२०७५ सालको एसइइ परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

 

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...