२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday
investment investment

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

 

शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ ।


प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार पाँच किसिमको विज्ञापन खुलाइएको छ । जसमा योग्यता र तालिम पुगेका नेपाली नागरिकले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका लागि विज्ञापन खुलाइएको छ । त्यस्तै, शिक्षा ऐन अनुसार गणित, विज्ञानलगायत नौवटा विषयका निम्ति शैक्षिक योग्यता पुगेका तर तालिम नभएका व्यक्तिले पनि लाइसेन्सको परीक्षा दिन पाउँनेछन् । यस्तै, ऐनको दफा ३९ अनुसार साविकको उच्च माध्यमिक तहमा अस्थायी लाइसेन्स लिई पढाएका व्यक्तिले पनि लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरिएको आयोगका प्रशासकीय प्रमुख डा. थपलियाले बताउनुभयो ।


१०० पूर्णाङ्कको परीक्षामा उत्तीर्णका लागि ५० अंक ल्याउनु पर्नेछ । आयोगले यही २२ असारसम्ममा नियमित दस्तुर तिरेर र थप ७ दिन थप रकम तिरी फारम भर्ने मिति तोकेको छ । फारमका लागि प्राथमिकका लागि ५००, निमावि ७०० र माध्यमिक तहका निम्ति १००० रुपैयाँ दस्तुर तोकिएको छ ।


आयोगले अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्दै विज्ञापन गरेको हो । अनलाइन फारम भर्दा बैंक भौचर भर्न आयोगले दिएको सिम्बोल नं अनुसार प्रत्येक व्यक्तिलाई बैंकले बेग्लाबेग्लै कोड नम्बर दिनेछ । यसबाट बैंक भौचर भरेको सुनिश्चितता हुने बताइएको छ । ‘यसपालि नयाँ तरिकाले विज्ञापन गरिएको छ,’ डा. थपलियाले भन्नुभयो, ‘पहिलोपटक अनलाइन फारम भर्ने व्यवस्था र निम्नमाध्यमिक तथा माध्यमिक तहको परीक्षा विषयगत हुनु आफैंमा नयाँ हो ।’ अनलाइन फारम भर्ने र बुझाउने तरिका आयोगको वेभसाइटमा राखिएको छ ।  माध्यमिक र निम्नमाध्यमिक तहका लागि विषयगत परीक्षा लिनेछ । यसका लागि नयाँ पाठ्यक्रम बनाइएको छ ।


शिक्षक सेवा आयोगले अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने पनि बताएको छ । परीक्षाको विश्वसनीयता बढाउन यसो गर्न लागिएको हो ।


अहिलेसम्म आयोगको परीक्षा दिएर करिव ७ लाख व्यक्तिसित शिक्षण लाइसेन्स भएको बताइएको छ । यीमध्ये एकैजनाबाट तीन तहको लाइसेन्स लिनेहरुको संख्या पनि उल्लेखनीय छ । कोही ४० वर्ष नाघेका र कतिचाहिँ अर्काे पेशामा गइसकेकाले ७ लाख जना नै शिक्षक हुन तयार जनशक्ति भने अहिले नभएको आयोगको ठम्याई छ ।


कुन योग्यताले कुन तहमा दिन पाउने ?


माध्यमिकका लागि स्नातक, निम्नमाध्यमिक र प्राथमिक तहका निम्ति १२ कक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । परीक्षाको मिति भने तोकिन बाँकी नै छ । 

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...