२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday
investment investment

हेल्पले बदलिदिएको भोटेनाम्लाङ्ग स्कूल

सिन्धुपाल्चोक–शिक्षामा योगदान गरिरहेको संस्था हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड प्रोग्राम (हेल्प)ले सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा रहेको भोटेनाम्लाङ्ग माविको मुहार फेरिदिएको छ ।


२०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनेको सो स्कूलको पुनर्निर्माण गरी यही १२ वैशाखमा विद्यालयको साँचो व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । १२ वैशाखलाई विनाशकारी भूकम्प गएको दिनका रुपमा सम्झने गरिन्छ । अभिभावक हलसहित १६ कोठे भवनहरुको हेल्पले करिव १६ महिना लगाएर पुनर्निर्माण गरेको हो ।


हेल्पका कार्यकारी निर्देशक जिमी लामाका अनुसार २ करोड ४६ लाख २७ हजार ८ सय ८२ रुपैयाँ ९० पैसा निर्माणका क्रममा खर्च भएको थियो ।


विद्यालय हस्तान्तरणका लागि आयोजना गरिएको समारोहमा संघीय संसदका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रमुख अतिथिका रुपमा साँचो हस्तान्तरण गर्नुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले विद्यालयको अभिभावक हलको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा  राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गौरीशंकर पाण्डे उपस्थित हुनुहुन्थ्यो । वाग्लेले १६ महिना अघि विद्यालयको शिलन्यास गर्नुभएको थियो ।


समारोहमा जिल्लास्थित आयोजना कार्यान्वयन इकाईको सहयोगमा बनेको ६ कोठे भवनको पनि सो समारोहमा उद्घाटन गरिएको थियो ।   


हेल्प र टिच फर नेपालले विद्यालयको शैक्षिक सुधारका निम्ति संयुक्त रुपमा काम गर्दै आएका छन् । हेल्पले विद्यालयका विद्यार्थीलाई रातो झोला पनि पुनर्वितरण गर्योे । ‘स्कूल इन अ ब्याग’ कार्यक्रम अनुसार यो झोला वितरण गरिएको हो ।


भवन नबनुञ्जेल विद्यार्थीहरु खुला अस्थायी सिकाइ केन्द्रमा पढ्थे । हुरी–बतास, पानी र घामबाट पिरोलिँदै आएका विद्यार्थी अब भने खुशी छन् । समारोहमा प्रमुख अतिथि एवं पूर्वमन्त्री थापाले शिक्षकहरुलाई अब गुणस्तरका खातिर लाग्न आग्रह गर्नुभयो । ठाउँ र जन्मको आधारमा गुणस्तरीय शिक्षा पाउने वातावरणमा भेदभाव रहेको भन्दै थापाले यो अन्त्य हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि स्वर्णिम वाग्ले, इकाई प्रमुख पाण्डे, हेल्पका कार्यकारी निर्देशक लामालगायतले विद्यालयको पुनर्निर्माण र अब अपनाउनुपर्ने गुणस्तरीय शिक्षाका सम्बन्धमा बोल्नुभएको थियो ।  

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...