२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday
investment investment

लाइसेन्स परीक्षामा मावि स्नातक तथा प्रावि र निमावि तहका लागि १२ कक्षा उत्तीर्ण हुनुपर्ने

माध्यमिक तहको हकमा ९ वटा विषयमा तालिम नभएपनि जाँच दिन पाइने


शिक्षक सेवा आयोगले यही २०७५ चैतभित्र लिन लागेको शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षामा परीक्षार्थीको योग्यता तीनै तहका लागि प्रचलित नियमावली अनुसार नै हुने भएको छ ।  


आयोगको नियमावलीको नियम ९ अनुसार माध्यमिकका लागि स्नातक,  निम्नमाध्यमिक र प्राथमिक दुबै तहका निम्ति १२ कक्षा वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ । साथै, १० महिना तालिम लिएको हुनुपर्ने उल्लेख छ । यद्यपि, माध्यमिक तहको हकमा ९ वटा विषयमा तालिम नभएपनि जाँच दिन पाउने व्यवस्था गरिएको छ । जसमा अंग्रेजी, गणित, विज्ञान, लेखा र प्राविधिक धारका विषयहरु रहेका छन् । यी विषयमा शिक्षाशास्त्रबाहेक विषय पढेकाले पनि जाँच दिन पाउँछन् ।   


शिक्षक सेवा आयोगले आउँदो चैतमा लाइसेन्स परीक्षा लिने तयारी गरिरहेको छ । आयोगले यसपटक लाइसेन्सको परीक्षा गरेर त्यसको नतिजा सार्वजनिक गरेपछि मात्र शिक्षकको खुला विज्ञापन गर्ने जनाएको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार अबको लाइसेन्स परीक्षा नयाँ पाठ्यक्रमबमोजिम विषयगत हुनेछ । आयोगले विषयगत परीक्षा लिनेगरी माध्यमिक र निम्नमाध्यमिक तहका लागि नयाँ पाठ्यक्रम तयार पारिसकेको छ ।

आयोगले अनलाइनबाटै फारम भर्ने व्यवस्था मिलाउँदैछ भने वस्तुगत प्रश्नको उत्तरपुस्तिका यन्त्र प्रणालीमार्फत् जाँच्ने तयारी गर्दैछ ।  

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...