२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday
investment investment

के थियो, के छ, के हुनुपर्ला ?

हिजोका कुरा


‘कुकुरले मान्छे टोके स्वाभाभिक हुन्छ । मान्छेले कुकुर टोके समाचार बन्छ ।’ उठानी दिनमा यस्तै कुरा आए । शैक्षिक छिद्रान्वेषी । अपेक्षा थियो–छिद्र देखाएपछि सम्बन्धित व्यक्तिले प्वाल टाल्छन् । अनुभबले भन्यो–थेत्तरको प्वाल रहेछ । प्वाल पार्नेले बुझेछन्–‘हात्ती हिँडिरहन्छ । कुकुर भुकिरहन्छ ।’ यो प्रत्याभूतिले पत्रकारको चिन्तन फेरियो । राम्रो कुरा खोज्ने । खोज पत्रकारिताको यो बदलिँदो शैलीले काम गर्यो । पत्रिका (आजको शिक्षा)लाई ‘राम्रो गर्नेको हाम्रो’ बनायो । हाम्रोपनाको खोजीले पत्रिकालाई तत्कालै सबैको घरदैलोमा पुर्याउने सोंच बन्यो । पत्रकारहरु त्यसैमा लागे । अनलाइन प्रकाशन । अनलाइन प्रकाशनलाई अनलाइन सन्देशले सघायो । राम्रो गर्नेहरुका समाचारहरु स्वस्फूर्त आउन थाले । अहिले पत्रिका छापामा छ । अनलाइनमा छ । निःशुल्क अनलाइन । सशुल्क छापा । शुल्क तिरिदिने दाताहरु जन्मिए । विज्ञापन दिनेहरु जन्मिए । संस्करण किनिदिनेहरु जन्मिए । परिणामतः पत्रिका टिक्यो । पत्रकारहरुको मेहनतले । पढनेहरुको विश्वासले । दानदातब्यले । सम्बन्धले ।


आजको कुरा


पत्रिका टिकेको छ । बिकेको छ । विश्वास कमाएको छ । पत्रकारहरु अनवरत खटेका छन् । परिणामतः पत्रिकामा सुखद समाचारको ओइरो छ । दुःखद समाचार पनि छ । समसामयिक विचार छ । शिक्षाका । शिक्षणका । मूल्याङ्कनका । नीतिका । नियमावलीका । जानकारीका । चित्रात्मक अभिव्यक्तिका । सरकारी अलमलका । अलमलले निम्त्याएका परिणामका । यसरी हेर्दा पत्रिकाले खट्टा मिठाको काम गरेको छ । मिठा खोज्नेलाई मिठा दिएर । खट्टा खोज्नेलाई खट्टा दिएर । खट्टामिठा खोज्नेलाई खट्टामिठा नै दिएर । स्वदेशका । विदेशका ।


भोलिका कुरा


अहिलेका पत्रिकाहरु एकलकाटे छन् । आफैंमा पूर्ण हुन खोज्ने । भोलिका पत्रिकाले ‘रेफरल’ हुनु पर्छ । यति कुरा मेरोमा पढ्यौ थप त्यहाँ पढ भन्ने । मैले यो दृष्टिकोणले लेखेँ । अर्काे दृष्टिकोणको कुरा त्यहाँ पढ भन्ने । फेरिएका पाठकहरुलाई सन्तुष्ट बनाउने ।


एउटै विषयमा बहु प्रस्तुतिले पाठकहरु वाक्क छन् । ठीक खोज्ने पाठकहरु अलमल्ल छन् । त्यसैले दृष्टिकोणीय ठीकबाट भोलिको पत्रकार दृष्टिकोणीय विश्लेषणमा जानु पर्छ । बहु दृष्टिकोणबाट एउटा सत्यमा पुग्नु पर्छ । जहाँ पढे पनि त्यही सत्यमा । भोलिको व्यस्त पाठकले त्यो कुरा खोज्छ ।
हिजो र आजका कमै पत्रिकाले लिखित स्रोत दिए । भोलिका पत्रिकाले अनुसन्धानात्मक शैली अपनाउनु पर्छ । भन्नुभयो को ठाउँमा लेख्नुभयो भनेर । लेखेको र भनेकोमा यो फरक छ भनेर । गरेकोमा त झनै फरक छ भनेर । समानता छ भनेर । त्यो पनि किटानी तबरमा । यो शैलीले लेखनीलाई दह्रिलो बनाउँछ ।


भोलिको पत्रकार बहुविधाको लागि हुनु पर्छ । छापामा । भाइवरमा । फेसबुकमा । यूट्यूबमा । अनलाइनमा । पैसा तिराउनेगरी सबै पढनेलाई । निःशुल्कमा सार पढ्नेलाई ।


नराम्रो सुधार्ने उपाय हुनु पर्छ भोलिको पत्रिकामा । राम्रो कुरा बिस्तारित गर्ने तरिका हुनु पर्छ त्यहाँ । सन्देशले । सन्दर्भले । सम्भावनाले । अन्य कुनै तरिकाले ।


भोलिका पाठक विशिष्टिकृत हुन्छन् । शिक्षणका । मूल्याङ्कनका । विषयवस्तुका । त्यसैले पत्रिकामा भन्नुपर्छ मूल्याङ्कन खोजे अनलाइन पढ । विषयवस्तु खोजे यूट्यूब पढ । चित्रात्मक कुरा खोजे फेसबुक पढ । संस्करण त्यही हो । प्रकाशक त्यही हो । अङ्क त्यही हो ।


सम्भावना खोजाउनु पत्रकारको जिम्मेवारी बन्नु पर्छ भोलिका दिनमा । गरेका ठाउँको नमूना दिएर । विज्ञहरुको सोंच दिएर । गरेर हेर्नुस् न त भन्ने सन्देश दिएर । क्रमशः पत्रकारले अघोषित तालिमकर्ता बन्नु पर्छ । तालिम किन्न नसक्नेहरुलाई सघाउनु पर्छ पत्रकारले । किनकि, भोलिको पाठक यान्त्रिक बन्दैछ । पठन संस्कृति बदलिँदैछ । त्यसैले बोल्ने, हेर्ने र अनुभूति गर्ने पत्रिका चाहिन्छ भोलिका पाठकलाई । अन्यथा, आजको शिक्षा हिजोको आज बन्न पुग्छ । आजको आजमै रम्नुपर्ने हुन्छ । भोलिको आजमा नपुग्ने डर हुन्छ ।  

 

 


प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...