२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday
investment investment

‘होमवर्क मिस’ले सुध्रिएको पढाइ

अञ्जन यादवलार्ई टोल–टोल पुग्न निकै हतारो हुने गर्छ । उहाँको हातमा एउटा डायरी कहिल्यै छुट्दैन । त्यसभित्र बालबालिकालाई सिकाउन टिपिएका टिपोट छन् । उहाँ बालबालिकालाई ‘घर भेट’ गर्न टोलमै पुग्नुहुन्छ अनि उनीहरुलाई स्कूलले दिएको गृहकार्यमा परेका अफ्ठ्यारोमा सघाउनुहुन्छ । ‘विद्यालयले गृहकार्य दिएको छ/छैन त्यो हेर्छु,’ अञ्जनले आफ्नो कामको फेहरिस्त लगाउनुभयो ।


धनुषाको चारनाथ गणेशमान नगरपालिकास्थित महरा टोलमा अञ्जन एक वर्ष यता यसरी नै सक्रिय हुनुहुन्छ । यो दलित बस्ती हो । ‘निक शिक्षा दिअ’ परियोजनाबाट उहाँलाई यसरी खट्ने अवसर मिलेको हो । यो परियोजना शिक्षा पत्रकार समूह, आसमान नेपाल र प्याक नेपालले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् ।


टोलमा अञ्जनको नाम नै ‘होमवर्क मिस’ले परिचित छ । अञ्जनले कक्षा २, ३ र ४ का २० जना बालबालिकालाई सिकाउने गर्नुहुन्छ । खासगरी, अंग्रेजी, नेपाली र गणित विषयमा उहाँको सहयोग हुने गर्छ । ‘बालबच्चामा साँच्चै सुधार आएको छ,’ अञ्जनाले गृहकार्य सहजीकरणको परिणाम सुनाउनुभयो । हुन पनि, गृहकार्यमा सघाइएका बालबालिकाको सिकाइ उपलब्धि विद्यालयमा अब्बल रहेको उहाँको दाबी छ ।


बस्तीमा गएर बालबालिकाको गृहकार्यमा सघाउनु त छँदैछ, उहाँले अर्काे महत्वपूर्ण काम पनि गर्नुभएको रहेछ । त्यो हो–दलित बस्तीका बालबालिकालाई विद्यालयमा भित्र्याउनु । ‘मैले मात्र २२ जना बालबालिकालाई विद्यालय पठाउन सकेकी छु,’ अञ्जनले भन्नुभयो । यस टोलका बालबालिका नजिकै रहेको मावि बरमझियामा पढ्न जान्छन् ।


यसरी बालबालिकालाई सिकाउन टोल–टोलमा जाँदा शुरु–शुरुमा गाउँलेहरु राम्रो मान्दैनथिए । उहाँको अनुभव छ, ‘पहिला हाम्रो घरमा किन आउने भनेर मलाई प्रश्न गरिन्थ्यो । झर्काे–फर्काे हुन्थ्यो तर अहिले त सबैले बुझेका छन् ।’


गृहकार्यमा सहजकर्ता भएबापत् अञ्जनलाई पारिश्रमिकस्वरुप मासिक तीन हजार रुपैयाँ दिइने गरिएको छ । यति रकम कम भएन र ? भन्ने प्रश्नमा उहाँ मात्र मुस्कुराउनुभयो । पुनः सोद्धाचाहिँ भन्नुभयो, ‘निश्चय नै यो रकम कम नै हो, ५–६ हजार भइदिए हुन्थ्यो तर मैले स्वयंसेवी काम पनि गरिरहेकी छु भन्ने लाग्छ ।’

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...