२०७६ मंसिर २१ गते / 7th Dec 2019, Saturday
investment investment

छोराछोरीलाई बुद्ध होइन, सिद्धार्थ बनाऔं



आमाबुवाले घरमा नमस्कारको वातावरण सिर्जना गर्नुहोस् । श्रीमान्ले श्रमितीलाई र श्रीमतिले श्रीमान्लाई नमस्कार गर्नुहोस् । स्वीकार गर्नुहोस्, प्रेम र सद्भावको वातावरण सिर्जना गर्नुहोस् । झगडा गर्दै नगर्नुहोस्, गर्नै परे बच्चाबच्चीको सामुन्ने नगर्नुहोस् । ‘तेरो बाउले मेरो मासु खायो, तेरो आमा... यस्तो उस्तो’ भनेर भन्दै नभन्नहोस् । जुन आमाबाबुले घरमा तेरो बा तेरो आमा यस्तो उस्तै भन्नुहुन्छ । त्यो बच्चा भोलि सबैको कुरा काट्ने हुन्छ । त्यसैले प्रेमको वातावरण सिर्जना गर्नुहोस् । छोराछोरीलाई बुद्ध होइन सिद्धार्थ बनाउनु होला । अर्थात्, बच्चाबच्चीलाई संवेदनशील बनाउनुहोला । सिद्धार्थ परेवा मरेको देख्दा छटपटाए । त्यसको विरोध गरे । बालबालिकासामु ‘नेपाल खत्तम भयो’ भनेर नभन्नुहोला । उनीहरुको सामु त्यो स्कूलको शिक्षकलाई मैले जान्याछु नभनिदिनु होला । जुन आमाबाबुले फलानो स्कूल खत्तम छ । फलानो शिक्षक खत्तम छ भनेर भन्छन् । उनीहरुले छोराछोरीको जीवनलाई विशाक्त बनाइराखेका हुन्छन् । स्कूल फेर्न पाइन्छ तर ‘यो स्कूल खत्तम, यो शिक्षक खत्तम छ’ भनेर फेर्न लागेको भनेर नभन्नुस् ।


धेरै गर्न नसकेपनि एउटा कुरा भन्नुहोला, ‘हेर छोरा, हेर छोरी धेरै राम्रो गर्न मन थियो । तर एउटाचाहिँ राम्रो काम गरेँ, तिम्री आमासँग विवाह गरेर...’ भन्नुहोला । व्यस्त हुनुहुन्छ भने बालबालिकासँग थोरै कुरा गर्नुहोस् तर बच्चाबच्चीको हत्केला सुम्सुमाएर कुरा गर्नुहोस् । हातमा भाइब्रेसन हुन्छ । अकुपंचर र अकुप्रेसरको प्वाइन्ट हातमा हुन्छ । बच्चाबच्चीको टाउकोमा हात राखिदिनुहोला । त्यसलाई सहस्राह चक्र भन्छन् । पिठ्यु सुम्सुम्याउनु होला । जति सानो बच्चा भएपनि आँखामा हेरेर कुरा गर्नुहोला । अन्तै व्यस्त भएर चर्को नबोलिदिनु होला । ध्यान दिनुहोला, बच्चाबच्ची पाँच वर्ष मुनिको छ भने रिसाएको बेलामा कहिल्यै बच्चाबच्चीलाई नछुनुहोला । यौन उत्तेजनाका बेला बच्चाबच्चीलाई नछुनुहोला । घृणा, निरासा र खिन्नताका बेला बच्चालाई नछुनु होला । यसो गरे बच्चा नकारात्मक बन्छन् । विभिन्नखाले उत्तेजनाको समस्या हुन्छ । बालबालिका एकोहोरो हुने, जिद्दि हुने र नकारात्मक सोचाइ हुनुको कारण यही हो ।

कक्षा ९ र १० का बच्चाले आत्महत्या गरेको रेकर्ड हामीसँग छ । तपाईँका छोराछोरीले परीक्षामा ९० ल्यायो कि ८० त्यो महत्वपूर्ण विषय होइन । तपाईँको बच्चा खुशी छ कि छैन, सकारात्मक र व्यवहार कुशल छ कि छैन त्यो महत्वपूर्ण विषय हो । बच्चाका साना–साना कुरामा ध्यान दिनुहोस् । जुन घरमा बुवा ८ बजे घर फर्किदैनन् । बुवा र आमा सँगै बसेर गीत गाउँदैनन्, जुनघरमा आमाबाबु छोराछोरसिँग बसेर खाना खाँदैनन्, जुन घरमा बुवाले आलाई र आमाले बुवालाई सम्मान गर्दैनन् भने त्यहाँ समस्या छ । जुन घरमा बुवाआमाहरु गाउँबाट हजुरबाआमा आएको बेला चिन्ता लिन्छन् भने त्यहाँ समस्या छ ।

विदेशमा एउटा स्कूलको बच्चाले १६ जनालाई मारिदियो । तीन महिना पहिले चर्चमा एउटा मान्छेले ४० जना मारिदियो । एउटा मान्छेले लसभेनसमा ६५ जना मारिदियो, ३०० मान्छेलाई घायल बनाइदियो । एकजना विद्यार्थीले शिक्षक मा¥यो, साथी मा¥यो, आमाबुबा र ४० जना मारिदियो । सोच्नुहोस्, तपाईँको छोरा डाक्टर भयो, इञ्जिनियर भयो, धेरै पैसा कमाउने भयो, अमेरिकाको भिसा पाउने भयो । कुनै ठूलो कुरा भएन । तपाईँको छोरा मान्छे भयो कि भएन, त्यो ठूलो कुरा हो । सिद्धार्थ बनाउने जिम्मा आमाबाबुको हो । हाम्रो हो । बुद्ध बनाउने जिम्मा प्रकृतिको हो । तपाईँ हामीले बुद्ध बनाएर बालबालिका बुद्ध बन्दैनन् । प्रकृतिले बुद्ध बनाउँछ । बुद्ध विज्ञानले, अभिभावकले, शिक्षकले, स्कूलले बनाउने होइन, त्यो समयले बनाउने हो । यसपालिको नयाँ वर्ष यसरी मनाऔं हाम्रो मनमा, घरमा र जीवनमा खुशियाली होस् । हाम्रा बच्चा बच्चा बनुन् । बच्चालाई सफल मात्रै होइन असल बनाउने हो । सम्पत्ति मात्रै कमाउने होइन, सन्तति नि कमाउने हो । घर मात्रै बनाउने होइन, देश बनाउने हो ।


सरहरुले पनि मिसहरुलाई सम्मान गरिदिनु होला । नयाँ होस्, पुरानो होस्, बाहुन होस्, नेवार होस्, गुरुङ होस्, मगर होस्, पहाडको होस्, तराइको होस् सबैलाई सम्मान गरिदिनुहोस् । किनभने, हामी सबै शिक्षक हौं । शिक्षक बन्नु नै ठूलो कुरा हो । दलको नेता होइन, शिक्षक मात्रै बन्नुहोस् । विद्यार्थीलाई पनि बाहुन नेवार नबनाउनु होला । शिक्षक बन्न पाएकामा भगवानलाई बारबार धन्यवाद दिनुहोला । बरु पशुपतिनाथको मन्दिर नजानुहोला, यदि जानुहुन्छ भने छालाको पेटी लगाएर भित्र नजानुहोला । जुत्ता लगाएर भित्र नजानु होला । मोवाइल लिएर भित्र नजानु होला । विद्यालय पनि सरस्वतीको मन्दिर भएकाले गेटमै विद्यालयलाई नमस्कार गरेर छिर्नुहोला । विद्यालय आउँदैछु भनेर । शिक्षकहरुले पनि पटक–पटक तिम्रा बुवाआमा महान् भन्दै जानुहोस् एकदिन बच्चाले भन्नेछ– हो मेराआमाबाबु महान् हुनुहुन्छ ।


कक्षा १० भन्दा मुनीकाले मोवाइल चलाउनु हुँदैन । विद्यालय ल्याउनु त हुँदै हँुदैन । यदि १२ कक्षाभन्दा मुनिको बच्चाले स्कूलमा मोवाइल वा फेसबुक चलाउछ भने पासवर्ड शिक्षकलाई थाहा हुनु पर्छ । घरमा चलाउँदा पासवर्ड बुवाआमालाई थाहा हुनु पर्छ । जुन आमाबाबुलाई १८ वर्ष मुनिका बुवाआमालाई छोराछोरीको मोवाइलको पासवर्ड थाहा हुँदैन । उनीहरु हारेका आमाबुवा हुन् । रातीको १० बजेपछि सिरक ओडेर मोवाइल चलाउने बच्चा आतंकवादी हो । न आफू सुत्छ न अर्कालाई सुत्न दिन्छ । उनीहरुलाई आतंकवादी बनाउने आमाबाबुले नै हो ।

(यो भक्तपुर गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठ माविको १९ औं अभिभावक दिवसका अवसरमा चिन्तामणि योगीले दिनुभएको प्रवचनको आधारमा तयार पारिएको हो । )

 

प्रमुख समाचार

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...

स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक

स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञा ...