२०७६ मंसिर २१ गते / 7th Dec 2019, Saturday
investment investment

‘संघीय शिक्षा ऐन सामुदायिक विद्यालय विकासमा केन्द्रित हुन्छ’


ललितपुर – नेकपा माओवादी केन्द्रका नेता एवं संघीय संसदकी सांसद पम्फा भुसालले अब बन्ने संघीय शिक्षा ऐन सामुदायिक विद्यालय विकासमा केन्द्रित हुने बताउनुभएको छ ।


सामुदायिक शिक्षा विकासबिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै भुसालले वर्तमान सरकार सामुदायिक विद्यालयको विकासमा केन्द्रित रहने बताउनुभयो ।
प्रगति शिक्षा सदन माध्यमिक विद्यालय, कोपुण्डोल, ललितपुरको ६७ औं स्थापन दिवसको उपलक्ष्यमा बोल्दै भुसालले अब सीपयुक्त दक्ष जनशक्ति उत्पादनका लागि प्रविधिमैत्री शिक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

लामो समयसम्मको आफ्नो हेराइबाट प्रगति शिक्षा सदन माविले साँच्चै नै प्रगति गरिरहेको बताउनु हुँदै लामो समयदेखि सामुदायिक विद्यालयको विकासमा देखिएका समस्या समाधान गर्न नीति निर्माण तहमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सामुदायिक विद्यालयहरुले पछिल्लो दिनमा गरेका प्रगतिबाट आफु प्रभावित बनेको बताउनुभयो ।

महानगरका केही सामुदायिक विद्यालयहरु निजी भन्दापनि अब्बल रहेकोमा खुशी लागेको भन्दै उहाँले आफू निर्वाचित भइसकेपछि पटक–पटक प्रगति शिक्षा सदन माविको भ्रमण गरेको र विद्यालयको प्रगति देखेर धेरै खुशी लागेको उहाँले सुनाउनुभयो । ‘यस विद्यालयलाई नमूना विद्यालयको रुपमा अगाडि लैजान महानगरपालिकाको सधैं सहयोग रहनेछ,’ उहाँले भन्नुभयो ।


कार्यक्रममा मन्तव्य दिनुहुँदै विद्यालय व्यवस्थापन समितिकी सदस्य अञ्जु शाह सिंहले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै प्रगतिको मार्गमा लागिरहनुपर्ने बताउनुभयो ।


त्यस्तै, भवन निर्माण समितिका अध्यक्ष डा. वीरेन्द्रराज पोखरेलले विद्यालयले गरेको प्रगति देखेर आफू अत्यन्तै खुशी भएको बताउनुभयो । उहाँले महानगरलगायतका क्षेत्रमा दृष्टिबिहीनहरुका लागि अध्ययन सामग्री उपलब्ध गराउन सदैब लागी पर्ने वचन दिनुभयो ।


सोही समारोहमा भवन निर्माण समितिका अध्यक्ष एवं सल्लाहकार दिपेन्द्रपुरुष ढकालले विद्यालयको पहिलो भवन निर्माणको काम समाप्त भइसकेको र दोस्रो भवन निर्माणको काम केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट हुने हुँदा अब विद्यालय भौतिक रुपमा सक्षम हुनेमा विश्वास व्यक्त गर्नुभयो ।


प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले सबै पक्षको साथ र सहयोगका कारण विद्यालयले केही सुधार गर्न सकेको भन्दै मुलुककै नमूना विद्यालय बन्ने योजनामा आफूहरु लागिरहेको स्पष्ट पार्नुभयो । घिमिरेले शैक्षिक वर्ष २०७४ को प्रगति तथा आ.व. २०७३/०७४ को आय व्ययको विवरणा प्रस्तुत गर्दै विद्यालयका समस्या र आगामी दिनमा गर्नुपर्ने कामबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा यस वर्ष अनिवार्य अवकाश प्राप्त गर्नुहुने माध्यमिक तह शिक्षक मुन्ना सिंह र प्राथमिक तह शिक्षक देवमाया श्रेष्ठलाई सम्मान तथा विदाई गरिएको थियो । साथै २० वर्षभन्दा बढी समयसम्म सेवा गर्नुहुने माध्यमिक तह शिक्षक बन्दना पोखरेल, प्राथमिक तह शिक्षक रमेशकुमार बस्नेत र सीता भट्टराईलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा विद्यार्थीलाई पूरै दिन हाजिरी गराउन सफल चारजना अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो ।कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १० का अध्यक्ष नरसिंह व्यञ्जनकार, सल्लाहकार समितिका अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, भवन निर्माण समितिका अध्यक्ष दिपेन्द्रपुरुष ढकाल, सल्लाहकारहरु बसन्तराज मिश्र, एम.एल. कायस्थ, डा. सुरेशराज शर्मा, मीना खड्का, डा.मदन मानन्धर, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, छात्रवृत्ति दाताहरुलगायतका अतिथिहरुको उपस्थिति थियो ।

प्रमुख समाचार

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...

स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक

स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञा ...