२०७६ मंसिर २१ गते / 7th Dec 2019, Saturday
investment investment

प्रोलिफिक विद्यालयको परीक्षाकेन्द्रमा परीक्षार्थीलाई मनोवैज्ञानिक ‘टर्चर’


काठमाडौं– परीक्षाका बेला विद्यार्थीमाथि कुनैपनि दबाब र त्रास दिइनु हुँदैन । परीक्षाका बेला दिइने दबाब र त्रासले उनीहरुमा मनोवैज्ञानिक असर पर्ने गर्छ । जुन नतिजामा देखिन सक्छ ।


तर, अहिले सञ्चालन भइरहेको एसइइ परीक्षामा केही परीक्षा केन्द्रहरुमा विद्यार्थीमाथि अस्वभाविक त्रास फैलाइएको आरोप लागेको छ । काठमाडौंको धुम्रबराहीस्थित प्रोलिफिक स्कूलमा रहेको परीक्षा केन्द्रमा केही विद्यालयका विद्यार्थीमाथि नामै तोकेर अस्वाभाविक दबाब दिने, त्रास फैलाउने काम भएको अभिभावकहरुले आरोप लगाएका छन् ।


परीक्षा शुरु भएकै दिनदेखि केही विद्यालयको नामै किटेर विद्यार्थीलाई कडाइ गर्ने बहानामा अस्वाभाविक दबाब र त्रास सिर्जना गरिएको सम्बद्ध प्रिन्सिपलहरुले जनाएका छन् ।


विद्यार्थीले ‘...फलानो स्कूलका विद्यार्थी’ भनेर सो परीक्षा केन्द्रमा केन्द्राध्यक्ष एवं विद्यालयका अन्य शिक्षकहरुले अस्वाभाविक दबाब दिने र त्रास फैलाउने काम गरेको भनेर गुनासो गरेपछि अभिभावकहरु विद्यालयमै पुगेर बुझ्ने प्रयाससमेत गरेका थिए ।


पत्रकारसमेत रहेका कपनका एक अभिभावक आफ्नी छोरीले परीक्षा केन्द्रमा विद्यालयका विद्यार्थीमाथि अस्वाभाविक त्रास फैलाएको गुनासो गरेपछि आफूले केन्द्रमै पुगेर बुझेको जानकारी दिनुभयो । अन्य विद्यार्थीले समेत सोही गुनासो गरेपछि आफू परीक्षा केन्द्रमा पुगेर अवस्थाको बारेमा जानकारी लिन खोजेको उहाँले बताउनुभयो ।


परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनु सही भएपनि त्यसैको नाममा कुनै अमूक विद्यालयका विद्यार्थीमाथि त्रास फैलाउन नहुने उहाँको भनाइ छ । यसबारे सो परीक्षा केन्द्रका केन्द्राध्यक्ष रेशम शर्मासँग बुझ्न खोज्दा उहाँले आरोपलाई अस्वीकार गर्नुभयो । हरेक कक्षामा कुन विद्यालयका कति विद्यार्थी रहेछन् भनेर जान्न खोज्दा त्यस्तो पर्न गएको हुनसक्ने भन्दै कुनै निश्चित विद्यालयलाई टार्गेट गरिएको भन्ने आरोपको खण्डन गर्नुभयो ।


उपस्थिति मिलाउन हरेक कक्षामा विद्यालय र विद्यार्थीको बारेमा जानकारी लिन खोजिएको भएपनि अन्य काम नभएको उहाँले परीक्षा मर्यादित र व्यवस्थित बनाउने नाममा भएका गतिविधिलाई त्रास फैलाएको भन्न नहुने तर्क गर्नुभयो ।


हामी पहिलो पल्ट एसइइ परीक्षा सञ्चालन गरेको होइन १०/१५ वर्षदेखि सञ्चालन गर्दै आइरहेका छौं । हामीले लोकसेवा, मेडिकल काउन्सिल, नर्सिङ, कक्षा ११ र १२ का परीक्षा समेत सञ्चालन गर्दै आइरहेका छौं । उहाँले भन्नुभयो, ‘विद्यार्थी माथि अनुचित दबाब दिने काम भएका छैनन् । यदि विद्यार्थीले नियमित प्रक्रियालाई नै त्यस्तो ठानेका भए सुधार गर्न तयार छौं ।’


हाल सो परीक्षाकेन्द्रमा १५ विद्यालयका ४२३ जनाले परीक्षा दिइरहेका छन् ।

 

तस्विरः कान्तिपुर

प्रमुख समाचार

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...

स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक

स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञा ...