काठमाडौं – बिहीवारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइइ) शुुरु भएको छ । परीक्षाको पहिलो दिन बिहीबार विद्यार्थीहरुले अनिवार्य अंग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा दिएका छन् ।
परीक्षामा ७७ वटै जिल्लाका ९ हजार ९ सय ८८ विद्यालयका ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थीेले एक हजार ९ सय ५६ केन्द्रमा परीक्षा दिइरहेका छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएकोछ ।
शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खल पुग्ने काम जो कोहीले गरेमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ ।
शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...
विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...
स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञा ...
Comments