२०७६ मंसिर २१ गते / 7th Dec 2019, Saturday
investment investment

अवैध कलेज खोलेर विद्यार्थीबाट उठाएको शुल्क फिर्ता

  • शिक्षा संवाददाता/रुकुम
  • २०७४ फागुन १७ गते
  • 534
  • समाचार





एसइइ वा सोसरहको प्राविधिक कक्षा भनेर विद्यार्थीलाई ठगी गर्दै आएका दुई कलेजले विद्यार्थीको शुल्क फिर्ता गरेका छन् ।  


वेस्र्टन नेपाल टेक्निकल कलेज र सारांशी टेक्निकल कलेजले विद्यार्थीबाट असुलेको शुल्क फिर्ता गरेका हुन् । वेस्र्टन कलेजले विद्यार्थीबाट लिएको शुल्कको दोब्बर शुल्क फिर्ता गरेको छ भने सारांशीले विद्यार्थीलाई फकाउँदै कसैलाई दोब्बर र कसैलाई लिएको शुल्क मात्र फिर्ता गरेको पाइएको छ ।

वेष्टर्न कलेजले एक सय २८ जना विद्यार्थीबाट असुलेको ५४ लाख रुपैयाँ रकम फिर्ता गरेको छ । एसएलसी (एसइइ) वा सोसरहको कृषि जेटिए, इलेक्ट्रिक सबओभरसियर र जुनियर कम्प्यूटर अपरेटर पढाउने भन्दै सो कलेज विद्यार्थीबाट ५ हजारदेखि ४५ हजार रुपैयाँसम्म शुल्क असुलेको थियो । सारांशी कलेजले सबै विद्यार्थीको शुल्क फिर्ता गरेको छैन । आफूहरुलाई व्यक्तिगत रूपमा भेटेर रकम फिर्ता गरेको गुनासो विद्यार्थीको छ । उनीहरूका अनुसार ६१ जना विद्यार्थीलाई मात्र कलेजहरुले शुल्क फिर्ता गरेका छन् । सारांशीमा शुल्क बुझाएका ३२ जना विद्यार्थीले अझै शुल्क फिर्ता पाएका छैनन् । विद्यार्थीले दोब्बर शुल्क पाउँदा सारांशी कलेजका सञ्चालकले १८ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ । सारांशीले केही नगद बुझाएपनि बाँकी रकम केही दिनमा दिने भनेर विद्यार्थीसँग फेरि सम्झौता गरेको छ ।

जिल्लामा सञ्चालित प्राविधिक कलेजहरू अवैध रहेको सूचना पछि सिटिइभिटिले रुकुममा सञ्चालित कलेजको अनुगमन गरी कलेजहरू प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको निष्कर्षसहित कक्षा रोक्न निर्देशन दिएको थियो । त्यसपछि मात्र आफूहरूलाई भ्रममा पारेर ठगेको चाल पाएका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । केही रकम फिर्ता गरेको सारांशीले बाँकी रकम पनि केही दिनमा तिर्ने सम्झौता गरेको पीडित विद्यार्थीले बताएका छन् । आठबीसकोट नगरपालिका ३ की जानकी बोहराले आफूहरूलाई भ्रममा पारेर पनि शुल्क फिर्ता गर्न आनकानी गरिरहेको बताउनुभयो ।


‘आउँछु–आउँछु भनेर हामीलाई रातभर होटेलमा बसाले । रातको २ बजेपछि मात्रै आउन नपाउने भएँ भनेर फोन गरेका थिए,’ बोहराले भन्नुभयो, ‘शुल्क फिर्ता गर्नुपर्ने मान्छे लुकिछिपी बसेपछि हामीले थप दुःख पायौं ।’

प्रमुख समाचार

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...

स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक

स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञा ...