२०७६ मंसिर २१ गते / 7th Dec 2019, Saturday
investment investment

विद्यार्थीलाई दिवा खाजामा हलुवाको साटो जाउलो




रुकुम पश्चिम र रुकुम पूवा जिल्लाका १ सय ६८ विद्यालयका विद्यार्थीलाई पोषिलो जाउलो खुवाउन थालिएको छ ।


कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । यस अघि दिवा खाजाका रूपमा रहेको हलुवा विस्थापन गरेर सरकारले पोषिलो चामलको साथमा दाल, तेल र नुन दिन शुरु गरेको हो ।


माघ महिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन भएका सबै विद्यालयमा जाउलो पाक्दै आएको छ । हलुवाबाट विद्यार्थीको पोषण स्थितिमा पर्याप्त सुधार नआएको निष्कर्षसहित सरकारले दिवा खाजामा पोषिलो चामल दिन थालेको शिक्षाका लागि खाद्य इकाइ रुकुम पश्चिमले जनाएको छ । पोषिलो दिवा खाजा वितरण गर्न लागेपछि विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । पहिला बिहान हाजिर गरेर घर फर्किहाल्ने विद्यार्थी अहिले पूरै समय विद्यालयमा बस्ने गरेका छन् ।


हाल दुई जिल्लाका २० हजार एक सय विद्यार्थीले विद्यालयमै जाउलो खान पाइरहेका छन् । पोषिलो चामलसहित अन्य खाद्य सामग्रीको जाउलो खानेमा १० हजार ४ सय २७ छात्रा छन् भने ९ हजार ६ सय ९१ छात्र रहेका छन् । ४ वटा वितरण केन्द्र रहेको रुकुम (पूर्व) मा ६७ वटा विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ । ५ वटा वितरण केन्द्र रहेको रुकुम पश्चिममा एक सय एक विद्यालयका विद्यार्थी यो कार्यक्रमबाट समेटिएका छन् । यसले विद्यार्थीको नियमित विद्यालय आउने दरमा पनि वृद्धि भएको सिस्ने गाउँपालिकाका स्रोतव्यक्ति बलबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार यसले खासगरी अति विपन्न परिवारका बालबालिकालाई प्रत्यक्ष रुपमा लाभ पु¥याएको छ ।


एक विद्यार्थीबराबर जाउलोका लागि ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल र २ ग्राम नुन आवश्यक पर्छ । शिक्षाका लागि खाद्य कार्यक्रम इकाईका निमित्त प्रमुख रामचन्द्र भट्टराईले साविक रुकुम जिल्लाका १ सय ६८ विद्यालयमै पोषिलो जाउलो पकाउन र खुवाउन शुरु भइसकेको जानकारी दिनुभयो । पोषिलो चामल सँगसँगै सरकारले जाउलो पकाउने भाँडा पनि उपलब्ध गराएपछि विद्यालयमा सहज भएको छ ।


प्रमुख समाचार

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...

स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक

स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञा ...