२०७६ मंसिर २१ गते / 7th Dec 2019, Saturday
investment investment

शैक्षिक समन्वय केन्द्रमा महर्जन


ललितपुर – जिल्लाको सामुदायिक विद्यालयको शैक्षिक विकासमा निरन्तर क्रियाशिल रहँदै आएको शैक्षिक समन्वय केन्द्र (इसिसि)को अध्यक्षमा गम्भीर समुन्द्र सेतु माविका सहायक प्रधानाध्यापक देवेन्द्र महर्जन निर्वाचित हुनुभएको छ ।


यही १२ फागुनमा ललितपुरमा सम्पन्न केन्द्रको १६ औं वार्षिक साधारणसभा एवं अधिवेशनले महर्जनको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।


केन्द्रको उपाध्यक्षमा आदर्श सौल युवक माविका प्रधानाध्यापक सरोजभक्त आचार्य, सचिवमा नमूना मच्छिन्द्र माविका शिक्षक कुलचन्द्र आचार्य निर्वाचित हुनुभएको छ ।  कोषाध्यक्षमा शिक्षकहरु महालक्ष्मी माविका अम्बिका लिम्बु र सहसचिवमा विशंखुनारायण माविका ईश्वरध्वज कार्की निर्वाचित हुनुभएको छ ।


त्यस्तै, अधिवेशनले सदस्यहरुमा शिक्षकहरु बालउदय आधारभूत विद्यालयका दयासागर घिमिरे, महेन्द्र आर्दश माविका एकबहादुर भण्डारी, गुप्तेश्वर आधारभूत विद्यालयका प्रेम नेपाली, देउराली आधारभूत विद्यालयका ज्ञानबहादुर देसार, चोइना विणा गुरुगणेश आधारभूत विद्यालयका भिमप्रसाद गेलाल र नवज्योति माविका गुरुशरण यादवलाई निर्वाचित गरेको छ ।


कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने नमूना मच्छिन्द्र माविका प्रवेश केसी (३.९) र आदर्शसौल युवक माविकी स्मृति खड्का (३.८) लाई पुरस्कृत गरिएको थियो । त्यस्तै, नेपाली हस्तलेखन प्रतियोगितामा प्रथम हुने चोइनाविणा गुरुगणेश आधारभूत विद्यालयका छात्रा रञ्जु चौधरी, द्वितीय प्रगति शिक्षा सदन माविका रचिता साह, तृतीय हुने श्रमिक शान्ति माविका आशिका चौधरी र सान्त्वना मोती विनायक आधारभूत विदालयकी अस्मिता श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, सेवा निवृत्त शिक्षकहरु उद्धवहरि अधिकारी, विजय बानियाँ, इन्दिरा ढुंगाना, वंशीधर खड्का र अर्जुन खड्कालाई सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी देवेन्द्रराम खनालले केन्द्रले विगतदेखि जिल्लाको सामुदायिक शिक्षाको विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त कार्यक्रम ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।


निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष एवं प्रगति शिक्षा सदन मावि कुपण्डोलका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले नयाँ कार्यसमितिले सबै पक्षलाई मिलाएर सामुदायिक शिक्षा र विद्यालयका समृद्धिका पक्षमा अझै नवीन काम गर्दै जाने अपेक्षा व्यक्त गर्नुभयो ।


नयाँ कार्यसमितिलाई केन्द्रका संरक्षकहरु होमबहादुर कुँवर, ब्रजभुषण राय, सल्लाहकार विजय बानियालगायले शुभकामना दिनुभएको थियो ।

प्रमुख समाचार

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...

स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक

स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञा ...